Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘मर्दांगी’को परीक्षामा पास हुन नसक्दा पुरुषले आत्महत्या समेत गर्छ

यी समस्याहरूबाट पुरुषहरू कति जुधिरहेका छन् भन्ने जान्न तपाईँ भारतका सडकका पर्खालहरूमा भेटिइने विज्ञापनहरू हेर्नुहोस्ः ‘मर्दांगीका लागि हकिम ताराचन्दलाई भेट्नुहोस्।’ मेलातिर हुने सिलाजितको आकर्षक व्यापारले पनि त्यही संकेत दिन्छ।

nepal_readers nepal_readers
चैत्र ३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमिर खानः यो मर्दांगी (पुरुषत्व) को जुन सोच छ हामीमा, त्यसको सुरुवात कहाँबाट हुन्छ?

    कमला भासिनः अत्यन्त भारी मनका साथ म भन्छु र त्यसो भन्नुपर्दा म आफैँलाई ग्लानीसमेत हुन्छ। पितृसत्ता स्वयं पुरुषका लागि समेत घातक छ। मलाई लाग्छ, जुन हिंसात्मक मर्दांगी छ, यसको सम्बन्ध असमानता र अन्यायसँग छ। शक्ति र सत्तासँँग छ। म सही छु र तपाईँ गलत हुनुहुन्छ भन्ने ठान्छ पितृसत्ता। पितृसत्ता ठान्छ, ‘म यदि लातै मार्न सक्षम छु भने किन तिमीसँग कुरा गरुँ?’

    अमिर खानः ‘म शक्तिशाली भएका हुनाले जेसुकै गर्न सक्छु र त्यसो हुँदा म सही हुन्छु’ भन्ने सोच होइन त पुरषत्वको?

    कमला भासिनः पुरुषहरूलाई मेरो आग्रह छ, ‘यदि तपाईँ आफ्नो पुरुषार्थ देखाउन चाहनुहुन्छ भने आफ्नो प्रेमको सामर्थ्यलाई सम्झनुहोस्। शक्तिप्रतिको मोहमा घमण्ड नगर्नुहोस्। प्रेमको शक्तिलाई बुझ्नुहोस्। ख्यालयोग्य कुरा यो छ कि प्रकृतिलाई कसैको पुरुषार्थप्रति केही पनि मतलव छैन। प्राकृतिक रूपमा महिला र पुरुषमा एउटै कुराको फरक छ। त्यो हो, ‘महिलाले बच्चालाई जन्म दिन सक्छिन् र उनीसँग बच्चा जन्माउनका लागि योग्य अंगहरू छन्। महिलासँग बच्चा रहने गर्भासय छ, जहाँ बच्च सक्छन्। हामीसँग स्तन छ, जसबाट हामी आफ्ना बच्चालाई दुध पिलाउन सक्छोँ। तर पुरुषमा यी २ चीजहरू नै छैनन्। दुःख लाग्छ कि पुरुषसँग त्यस्ता अंग छैनन्। यदि पुर्नजन्म हुन्थ्यो र मेरो पुकारा सुनिन्थ्यो भने आउँदो जन्ममा तपाईँ (अमिर खान) पनि महिला भएर जन्मिनुहोस् भन्ने मेरो कामना छ। यसको अलावा पुरुष र महिलामा केही पनि फरक छैन।

    प्रकृतिले सबैमा उत्तिकै प्रेमको भावना दिएको छ। बच्चा जन्मेपछि बाउ र आमालाई लाग्ने माया पनि उस्तै हो। कतिपय भन्छन् कि पुरुषहरूले रोटी पकाउनुहुन्न, भाँडा माझ्नुहुन्न। सज्जनहरू, किन पुरुषले चाहिँ त्यस्ता काम गर्नुहुन्न? किन महिलाले मात्रै ति कामहरू गर्नुपर्छ? के महिलासँग त्यति धेरै हात छन्, जेसुकै भ्याउनलाई? हामीसँगचाहिँ पाँचवटा हात छन् र? एक हातले कपडा धुने र अर्को हातले जुत्तामा पालिस लगाउने गर्न कसरी गर्न सक्छौँ हामी? हामीसँग पनि पुरुषको जस्तै जम्मा दुई वटा हात नै त छन्। प्रकृतिले कुन काम यसले गर्ने र कुनै काम अर्कोले गर्ने भनेको पनि त छैन। तर हामीले यो विभेद गर्ने गरेका छौँ। यो पनि विभेदकारी सोच हो।

    हामी जब प्रकृतिको कुरा गर्छौँ, बुद्धजस्ता महाज्ञानीले समेत आफैँले बच्चा पैदा गर्न सक्दैनथे। किनकि पुरुषले बच्चा आफैँ जन्माउन सक्दैन। त्यो नै प्रकृतिको नियम हो। बुद्ध करुणामय हुन सक्थे, संवेदनशील हुनसक्थे, ममतामयी हुनसक्थे। तर बच्चा जन्माउन सक्दैनथे। अर्को कुरा, पुरुषहरू बढी हिंस्रक हुन्छन् भन्ने मान्यता छ तर महिला पनि उत्तिकै क्रुर हुन सक्छन्। प्रकृतिले त्यस्तो बनाएको छ। उनीहरू किन पनि क्रुर हुनसक्छन् भने पितृसत्ताले उनीहरूलाई निर्मम सताएको समेत छ। महिलाहरू दबिएका छन्, सोही कारण जब बुहारीहरू सासु बन्छन्, उनीहरूले पनि आफ्ना बुहारीहरूमाथि सबै खालका हिंसा गर्छन्।

    आखिर शक्तिको दुरुपयोगकै कुरा न हो। प्रहरीको एसपी जब आफू अन्तर्गतका प्रहरी कर्मचारीहरूसँग हुन्छ, उ आफूलाई शेर सम्झन्छ। तर एसपीका अघि जब डिआइजी आइपुग्छ, त्यही व्यक्ति डिआइजीका अघि बिरालोमा रूपान्तरित हुन्छ। जो अघिसम्म आफूलाई शेरझैँ ठान्थ्यो, त्यही मान्छे एकै मिनेटमा बिरालो हुनआइपुग्छ। ‘यस् सर यस् सर’ भन्न थाल्छ। तर जब त्यहाँबाट डिआइजी हिँड्छ, तब उ आफू मातहतकालाई फेरि झपार्न थाल्छ, ‘ए तँ अघि कहाँ गएको थिइस्?’ भनेर मातहतकालाई हकार्न थाल्छ। तर यस्तो खालको व्यवहारसँग प्रकृतिसँग कुनै लेनादेना छैन। यो हाम्रो विचारसँग जोडिएको कुरा हो। हाम्रो समाज र व्यवस्थाले बनाएका कृत्रिम कुरा हुन् यी। पितृसत्ता पनि कृत्रिम कुरा हो। र, यसले पुरुषलाई पनि उत्तिकै हानि गरेको छ।

    अमिर खानः तर हामी त ठान्छौँ कि मर्दांगीले केबल महिलालाई मात्रै हानी पुर्याउँछ !

    कमला भासिनः पुरुषत्व र पितृसत्ताले महिलालाई त हानि त पुर्याउँछ नै, हिंस्रक पुरुष स्वयंलाई समेत यसले हानि पुर्याइरहेको छ। जो पुरुष हिंसा गर्छ, उसले आफैँलाई पनि नोक्सान पुर्याइरहेको हुन्छ। उसको मानवता नै खतम भइरहेको हुन्छ। भारतीय सरकारको तथ्यांकअनुसार भारतका ४० प्रतिसत ‘पतिपरमेश्वर’हरूले आफ्ना श्रीमतीलाई कुट्छन्। जो व्यक्ति आफ्नै पत्नीलाई निर्दयतापूर्वक पिट्न सक्छ, त्यस व्यक्तिको मनभित्र केही मरेको हुनसक्छ। केही कुरा छुटेको हुनसक्छ। तब न उसले आफ्नी श्रीमतीलाई कुट्न सक्छ।
    उसमा केही गम्भीर समस्या भएर न बल्ल त्यसो गर्न सक्छ। जो मान्छे ६ महिनाको बच्चीलाई बलात्कार गर्न सक्छ, त्यसको मनमा कुनै गम्भीर आघात भएको छ, त्यसको उसको मनमा कुनै भावनासमेत बाँकी छैन। र, यति सम्मकी उ आफ्नै शरीरलाई समेत माया गर्ने अवस्थामा छैन। आफ्नो आउने पुस्ताका बारेमा पनि उसलाई चिन्ता छैन। उसलाई सत्ता र शक्तिको मात्रै चिन्ता छ। तर सत्तासँग मानवता पराजित हुन्छ। र, हाम्रा लागि मानवता ठूलो या सत्ता÷शक्ति?’ मलाई लाग्छ, मानवता नै ठूलो कुरा हो।

    जब मेरो बलात्कार हुन्छ, मान्छेहरू भन्छन् कि मेरो इज्जत गयो। के बकवास तर्क हो यो? कसरी मेरो इज्जत गयो? मेरो योनीमा कसले राखेको रहेछ मेरो इज्जत? मैले कसरी मेरो इज्जत गुमाएँ? मेरो इज्जत मेरो योनीमा छैन यार। मलाई कसैले बलात्कार (हिंसा) गर्दा मेरो या मेरो समुदायको इज्जत जाने कुरा नै पितृसत्तात्मक सोच हो। यसकारण म सबैलाई भन्न चाहन्छु, तपाईँहरूले आफ्नो कुल या समाजको इज्जत किन कुनै महिलाको योनीमा राख्नुभएको? यदि कसैको इज्जत जान्छ भने त बलात्कारीको पो इज्जत जानुपर्ने हो। बलात्कृतको इज्जत के कारण जान्छ?

    मलाई यस कुरामा खुसी लागिरहेको छ कि विगत २० देखि २५ वर्षमा धेरैजसो पुरुषहरूले यो कुरा बुझ्न थालेका छन् कि पितृसत्ताले महिलामाथि गरेको हिंसा या गलत व्यवहारका कारण पुरुष पनि पीडित बनेका छन्। यसकारण पितृसत्ताले पुरुषसँग गरेको व्यवहार पनि घातक छ। पितृसत्ता पुरुषका लागि पनि घातक छ। अतः मर्द र मर्दांगीको विरोधमा पुरुषहरूले पनि आवाज उठाउनु पर्छ। ख्याल राख्नुपर्ने कुरा यो छ कि महिला र पुरुषको दुईवटा बेग्लै समूह संसारमा छैन। समाजमा केबल दुई वटा गुट छः त्यो हो; समानता र असमानताका गुट। यस कारण महिला र पुरुषबीचको लडाईँ नै होइन यो। त्यसकारण हामीले हरेक तह र स्तरमा लैंगिकताका बारेमा काम गर्नुछ। तर ज्यादा काम हामीले आफ्नै मानसिकता बदल्नमा गर्नुपर्छ।

    अमिर खानः मर्दांगीकै कारण पुरुषहरू पनि तनाबमा छन्, त्यस बारेमा हामीलाई बताउनुहोस् न।

    कमला भासिनः कस्तो पुरुषचाहिँ सबैभन्दा योग्य हो भन्नेबारेमा समाजमा अनेक अवधारणा छन्। अग्लो, बलियो र सिंगो घरका लागि पैसा कमाउन सक्ने पुरुष सबैभन्दा योग्य हो भन्ने मान्यता छ। र, कति पुरुषहरू यस्तो ‘योग्य पुरूष’को परिभाषाभित्र अटाउँछन्? फिट हुन्छन्?’ यस्ता परिभाषाहरू मान्ने हो भने त जुन पुरुष होचो छ, त्यो खत्तमै भयो। जो पातलो छ, त्यस्तो पुरुषको त कामै छैन, होइन? त्यतिमात्रै होइन, पुरुष हुनलाई जर्बजस्त यौनशक्ति हुन जरुरी छ भन्ने मान्यता पनि स्थापित छ। समाजले पुरुषलाई दिएको त्यही अनावश्यक तनाब नै हो मर्दांगीबाद। यी समस्याहरूबाट पुरुषहरू कति जुधिरहेका छन् भन्ने जान्न तपाईँ भारतका सडकका पर्खालहरूमा भेटिइने विज्ञापनहरू हेर्नुहोस्ः ‘मर्दांगीका लागि हकिम ताराचन्दलाई भेट्नुहोस्।’ मेलातिर हुने सिलाजितको आकर्षक व्यापारले पनि त्यही संकेत दिन्छ। बिचरा पुरुषहरू यौनशक्ति बढ्छ भन्ने भ्रममा सिलाजित खोज्न दौडिरहेका हुन्छन्।

    अमिर खानः यो सिलाजित भन्ने वस्तु के हो?

    कमला भासिनः भारतका धेरैजसो मान्छेलाई यसबारे थाहा छ। सिलाजितले पुरुषलाई मर्दांगी बनाइन्छ भन्ने विश्वास छ। बिचरा यी पुरुषहरू ‘मेरो यौनशक्ति किन कम भयो होला’ भनेर त्रस्त छन्, तनाबमा छन्। यसमा अर्को सन्दर्भ जोडौँ। भारतमा वार्षिक लाखौँ किसानले आत्महत्या गर्ने गरेका छन्। मलाई लाग्छ कि आधाजति मान्छेले त गरीबीकै कारण आत्महत्या गर्लान्। तर आधा कारणचाहिँ पुरुषत्वकै कारणले हो। ति किसानहरूलाई लाग्दो हो, ‘म कस्तो खालको मान्छे हुँ, जो आफ्नो बच्चा पाल्न सक्दैन!’ आफू पुरुषका रूपमा फेल भएको ठानेपछि उनीहरूले आत्महत्या गरेका हुनसक्छन्। भन्नुहोस् त, आत्महत्या गर्नेमध्ये कतिजना महिलाहरू छन्? कति पनि छैनन्। पुरुष भएर पनि मैले मेरा जिम्मेवारी निर्वाह गर्न सकिनँ भन्ने ठानेरै आत्महत्या गर्ने निचोडमा पुग्छन् पुरुषहरू। उनीहरूमाथि कहालिलाग्दो मनोवैज्ञानिक दवाव भएकै कारण तिनले आत्महत्या गरे।

    अर्को कुरा, पुरुषहरूलाई भनिन्छ कि उनीहरूले रुनु हुँदैन। त्यसको अर्थ हो आफ्नो भावनालाई व्यक्त गर्ने या बुझ्ने हक पुरुषलाई छैन। त्यसो भएपछि मान्छेलाई रिस उठ्छ, तनाब बढ्छ। अनि आत्मनियन्त्रणबाहिर जान्छ त्यस्तो मान्छे। पुरुषलाई कुनै केटी मन पर्यो तर केटीले केटाको प्रस्ताव मानिनँ। त्यसपछि पुरुष बेकाबु हुन्छ र उसले गएर केटीमाथि एसिड फ्याँकिदिन्छ। मर्दांगीको भ्रमपूर्ण अवधारणाका कारण यस्ता अपराध हुन गएका छन्।

    हामी सुन्छौँ, र्यागिङ गरेर मान्छेहरू एकअर्कालाई मारिरहेका छन्। कसैले तपाईँको मोटरसाइकलाई छुन आइपुग्यो, मोटरसाइकल छुनेलाई नै मोटरसाईकल धनीले मारिदियो। मलाई लाग्छ, समाजका धेरै खराबीका लागि यस्तो खालको हिंसात्मक मर्दांगी जिम्मेवार छ। जस्तो किः विश्वभर १ अर्ब महिलामाथि पुरुषले भौतिक हिंसा गर्छ। दुनियाँमा युद्धहरू हुने गर्छन्, त्यसका पछाडि पनि यही हिंसात्मक मर्दांगी जिम्मेवार छ। आज पैसाका लागि जे पनि गर्न तयार छन् मान्छेहरू, त्यसमा पनि मर्दांगी कारक छ। आतंकवादका पछाडि पनि मर्दांगी एउटा कारक तत्व अवश्य हो। जो मान्छे धर्मका नाममा धार्मिक कट्टरता फैलाइरहेका छन्, यसको पछाडि पनि पितृसत्ता जिम्मेवार छ। यसलाई बदल्न समय लाग्नेछ तर यदि तपाईँ ‘मर्दको सन्तान’ हो भने तपाईँले यसलाई बदल्नैपर्छ।

    ‘सत्यमेव जयमते’ नामक स्टार प्लस टेलिभिजको भारतीय टिभी सोमा चलचित्र नायक अमिर खान र अधिकारकर्मी कमला भासिनबीच सन् २०१२ मा भएको कुराकानीबाट उतारिएको। भासिनको २०२१ सेप्टेम्बर २५ मा मृत्यु भयो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.