Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी सन्धिका लागि जुट्दै मुलुकहरू

प्लास्टिक प्रदूषण अन्त्य गर्ने सम्बन्धमा राष्ट्रसंघमा हालै तयार गरिएको एक मस्यौदा प्रतिबद्धतालाई पेरिस सम्झौतापछि गरिएको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय वातावरण सम्झौताको रुपमा लिइएको छ।

nepal_readers nepal_readers
चैत्र २४, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -एमा ब्रिस-

    प्लास्टिक प्रदूषण अन्त्य गर्ने सम्बन्धमा कानुनीरुपमै बाध्यकारी पहिलो विश्वव्यापी सन्धिमा वार्ता सुरु गर्नका लागि संयुक्त राष्ट्रसंघले बलियो आधारशिला तयार गरेको छ । केन्याको राजधानी नैरोबीमा एक महिना पहिले भएको राष्ट्रसंघीय वातावरण सभा (यूएनईए) मा भावी सन्धिका मापदण्डहरू तय गरिएको छ । त्यसमा प्लास्टिकको पूर्ण जीवनचक्रलाई सम्बोधन गरी समुद्रमा मात्र नभई समग्र वातावरणमै फोहोरको समस्या समाधान गर्ने विषय समेत समेटिएको छ ।

    १ सय ७५ सदस्य राष्ट्रबाट आएका प्रतिनिधिमण्डलको गडगडाहट ताली, उत्साह र आँशुका बीच मार्च २ मा यो निर्णय गरिएको थियो । ती संसारभरका प्रतिनिधिहरू वातावरणसम्बन्धी थुप्रै बहुपक्षीय सम्झौतामा वार्ता गर्नका लागि त्यहाँ भेला भएका थिए । तर, तीमध्ये सबैभन्दा महत्त्वपूर्णचाहिँ प्लास्टिकसम्बन्धी विषय थियो । “यसको आधारभूत कुरा के हो भने हामीले आफ्नो वातावरणबाट प्लास्टिक प्रदूषण उन्मूलन नै गर्नेछौँ,” राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) की कार्यकारी निर्देशक इन्गर एन्डर्सनले सो सभाको अन्तिम सत्रमा भनेकी थिइन् ।

    “यो साँच्चिकै महत्त्वपूर्ण कदम हो । मैले प्लास्टिकको मुद्दामा काम गर्न सुरु गर्दा यो समस्याको व्यापकताबारे बृहत् सहमति थिएन, यो समस्या छ भन्नेमा समेत सहमति हुँदैनथ्यो”, युनिभर्सिटी अफ प्लाइमाउथका जल वैज्ञानिक रिचार्ड थम्पसनले भने । विगत ३० वर्षदेखि प्लास्टिक प्रदूषणबारे अध्ययन गरिरहेका थम्पसनले नै ‘माइक्रोप्लास्टिक’ भन्ने शब्दलाई प्रयोगमा ल्याएका थिए ।

    विगत २० वर्षमा प्लाष्टिक उत्पादन २३ करोड ४० लाख टनबाट वृद्धि भई दोब्बर अर्थात् ४६ करोड पुगेको छ । त्यसैले अब देशहरूले स्वैच्छिक कदम चालेर वा उनीहरूका राष्ट्रिय कार्यक्रम कार्यान्वयन गरेर मात्र यो समस्या समाधान गर्न सम्भव छैन भन्ने स्वीकार्न थालिएको छ । पछिल्ला केही वर्षदेखि वैज्ञानिकहरूको घोषणापत्र र लोकप्रिय विचारहरूका आधारमा विश्वव्यापीरुपमा समन्वयकारी पहल गर्न जोड दिन थालिएको छ ।

    विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) ले गत महिना एक सर्वेक्षणको नतिजा प्रकाशित गरेको थियो । २८ देशमा गरिएको सो सर्वेक्षणका क्रममा सोधिएका १० मध्ये ९ जना नागरिकले प्लास्टिक प्रदूषणसम्बन्धी एक विश्वव्यापी सम्झौता गर्न आवश्यक रहेको बताएका थिए । त्यसमध्ये पनि मेक्सिको, पेरु र चीनमा सबैभन्दा ठूलो समर्थन थियो । प्लास्टिक उत्पादनकर्ता र प्लास्टिक प्याकेजिङमा अत्यधिकरुपमा निर्भर रहने कोका–कोला, नेस्ले र युनिलिभरजस्ता बहुरष्ट्रिय ब्रान्डहरूले समेत यो अवधारणाप्रति समर्थन जनाइरहेका छन् ।

    दुईवटा प्रस्तावमाथिको बहस तातिरहेकै बेला (गत फेब्रुअरीको अन्तमा) विश्वव्यापी सम्झौताका लागि बढ्दो समर्थन पनि निर्णायक विन्दुमा आएको थियो । प्लास्टिक प्रदूषणलाई कसरी समाधान गर्ने भन्नेबारे रुवान्डा र पेरुले एउटा प्रस्ताव अघि सारेका थिए भने जापानले अर्को प्रस्ताव ल्याएकाे थियाे । केही दिनसम्म जारी रहेको गर्मागर्मी बहसपछि २८ फेब्रुअरीका दिन भएको राष्ट्रसंघीय वातावरण सभा (यूएनईए) मा संसारभरबाट जम्मा भएका वातावरण मन्त्रीले सहमतिका लागि एउटा मस्यौदा प्रस्तुत गरे ।

    महत्त्वाकांक्षी, अपरिहार्य र बृहत्

    त्यस प्रतिबद्धतामा समेटिएका विषयवस्तुलाई पेरिस सम्झौतापछिको ‘सबैभन्दा महत्त्वपूर्ण’ मानिएको छ । सन्धिलाई अन्तिम रूप दिइएपछि त्यसले कानुनी मान्यता पाउनुपर्नेमा जोड दिइएको छ । वार्ताको सुरुको चरणमा यो कुरा थिएन । प्लास्टिक प्रदूषणलाई न्यूनीकरण होइन ‘अन्त्य’ नै गर्नुपर्ने भनेको सो प्रतिबद्धताले सन् २०२४ सम्ममा सन्धिलाई अन्तिम रुप दिनुपर्ने महत्त्वाकांक्षी समयसीमा तोकेको छ ।

    “सबै मुलुकहरू एक ठाउँमा उभिएर भनेका छन् कि ‘यो समस्याको अपरिहार्यतालाई आत्मसात् गर्दै हामी तत्काल केही गरिहाल्न चाहन्छौँ”, इन्भायरनमेन्टल इन्भेस्टिगेसन एजेन्सी (ईआईए) नामक एनजीओकी डेपुटी क्याम्पियन लिड क्रिस्टिना डिक्सनले भनिन् । सो सभामा भएका वार्ताहरूमा उनी एक पर्यवेक्षकको रुपमा सहभागी थिइन् ।

    सो प्रतिबद्धताले राखेको महत्त्वाकांक्षी योजना देखेर नागरिक समाजका समूहहरूले उत्सव नै मनाइरहेका छन् । किनभने वार्ताकारहरूले यसपटक अरु बेलाजस्तो एउटा साँघुरो र दाँतविनाको थोते सन्धि गरेका छैनन् । यसले प्लास्टिक प्रदूषणलाई सबै पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा सम्पूर्णरुपमा अन्त्य गर्ने गरी वार्ता केन्द्रित गर्न जोड दिएको छ । अहिलेसम्मका प्रायः सबै नीतिगत प्रयास जलजन्य वातावरणमा केन्द्रित छन् किनभने त्यसमा ठूलो स्तरमा प्रभाव परिरहेको छ । नदीले बगाउने प्लास्टिक समुद्री प्रदूषणको एक मुख्य स्रोत भएका कारण पनि यो प्रावधान महत्त्वपूर्ण छ । यो समस्या मुख्यतः एसियामा छ ।

    यो प्रतिबद्धताले ‘प्रभाव’को पनि लचिलो व्याख्या गरेको छ । प्लास्टिक फोहोरमात्र नभई यसले प्लास्टिकजन्य रसायनका कारण मानवस्वास्थ्यमा पर्ने जोखिमहरू जुन अध्ययनबाट स्थापित छन् त्यसलाई पनि यसले समेटेको छ । महिलाहरूको पाठेघरमा हुने प्लासेन्टा (जहाँबाट गर्भमा रहेको शिशुलाई अक्सिजन र पौष्टिक तत्व प्राप्त हुन्छ) लगायतका प्रमुख मानव अंगमा समेत माइक्रोप्लास्टिक भेटिन थालेको हुँदा यो जोखिमलाई गम्भीर रुपमा लिइएको छ ।

    भावी सन्धिले सफल नतिजा दिनका लागि प्लास्टिकको पूर्ण जीवनचक्रलाई सम्बोधन गर्नुपर्ने भनेर याे प्रतिबद्धताले तोकेरै उल्लेख गरेको छ । त्यो यसको महत्त्वपूर्ण पक्ष हो । यसले गर्दा सन्धिको कार्यक्षेत्रलाई विस्तार गरी केवल फोहोरलाई सम्हाल्नेमात्र नभई उत्पादन नै कम गरिनेछ । मुख्यतः एकल प्रयोग (सिंगल युज) हुने उत्पादनलाई कम गरिनेछ ।

    “यस उद्योगले सधैँ ‘अब हामीलाई एउटा राम्रो भुइँ पुछ्ने मप चाहियो’ भन्ने गर्छ तर वास्तवमा हामीले पानीको धारा नै बन्द गर्नुपर्छ”, एकल प्रयोग गरिने प्लास्टिकबारे कानुन बनाउन क्रियाशील विज्ञ क्रिस्टोफर चिन भन्छन् । सेन्टर फर ओसियनिक अवेरनेस, रिसर्च एन्ड एजुकेसन नामक गैरनाफामूलक संस्थाका कार्यकारी निर्देशक चिन सो वार्तामा एक पर्यवेक्षकको रुपमा सहभागी थिए । सो प्रतिबद्धताले प्लास्टिक प्रदूषणलाई अझ बढी सम्पूर्णतामा हेरेर अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने उनको भनाइ छ ।

    प्रतिबद्धतामा वित्तीय व्यवस्थाको पक्ष पनि समेटिएको र त्यसले गर्दा सो सन्धि कार्यान्वयनमा आएपछि सम्बन्धित देशहरूलाई उनीहरूको जिम्मेवारी पूरा गर्न सहयोग पनि पुग्ने डिक्सनको बुझाइ छ । सो प्रस्तावमा भनिएजस्तै नयाँ ‘सर्कुलर इकोनोमी’ अर्थात् ‘घुमिफिरी अर्थतन्त्र’ स्थापित गर्नु पनि अर्को महत्त्वपूर्ण कदम हुनेछ । त्यस्तो अर्थतन्त्रमा प्लास्टिक घुमाइफिराइ पटक–पटक प्रयोग गरिन्छ वा एकपटक प्रयोग गरेर फ्याँकिँदैन । यो अवधारणाको उद्देश्य कम प्रयोग, मर्मत तथा पुनःप्रयोगजस्ता उपाय अपनाएर प्लास्टिकको जीवन लम्ब्याउने र उत्पादन घटाउने हो । त्यसका लागि सम्बन्धित मुलुकहरूसँग उल्लेख्यरुपमा साधनस्रोतको आवश्यक पर्छ । धेरै मुलुकमा त्यो प्रविधि र क्षमता नभएको हुँदा स्तरोन्नति गर्नुपर्छ ।

    सम्बन्धित देशहरूलाई राष्ट्रिय कार्ययोजना बनाउन र स्तरीय प्लास्टिक उत्पादन गर्न तथा प्रगति मापन गर्नका लागि महत्त्वपूर्ण हुने फोहोर अनुगमन विधि बनाउन सो प्रतिबद्धतामा आह्वान गरिएको छ । त्यसमा समस्या सुल्झाउने स्थानीय उपाय खोज्ने आदिवासी तथा परम्परागत ज्ञानलाई पनि महत्त्व दिइएको छ र प्लास्टिकको पुनःप्रयोगका लागि अनौपचारिकरुपमा फोहोर उठाउनेहरूको भूमिका विश्वव्यापीरुपमै महत्त्वपूर्ण रहेको भनी मान्यता दिइएको छ ।

    “समग्रमा भन्दा यो प्रतिबद्धतामा भएको विषयवस्तुप्रति हामी अत्यन्त खुसी छौँ”, डिक्सनले भनिन्, “त्यहाँ स्वास्थ्यको सन्दर्भ पनि दिइएको छ, त्यसको अर्थ हामी त्यसबारे (प्लास्टिकबाट आउने टक्सिन) पनि कुराकानी गर्न सक्छौँ ।” सो प्रतिबद्धतामा दिगो उत्पादन तथा उपभोगबारे चर्चा गरिएको हुँदा प्लास्टिक उत्पादनबारे पनि छलफल गर्न सकिने उनको भनाइ छ । “खासमा अबचाहिँ कडा मिहिनेत गर्नुपर्ने दिन सुरु भयो”, उनले भनिन् ।

    प्रतिबद्धतादेखि सन्धिसम्म

    यो प्रतिबद्धताले एउटा अन्तर्सरकारी वार्ता समिति स्थापना गर्छ, जसले सन्धिलाई अन्तिम रुप दिनका लागि त्यसका बुँदाहरूलाई टुंग्याउँदै जान्छ । यसको पहिलो बैठक आगामी मे महिनामा सेनेगलमा हुने तय भएको छ ।

    प्रस्तावित सन्धिले माथि भनिएजस्तै घुमिफिरी प्लास्टिक प्रयोगको पूर्वाधार बनाउनका लागि आवश्यक परिवर्तन गर्न सबै देशहरूलाई कसरी सक्षम बनाउँछ भन्ने प्रश्नको सेरोफेरोमा बहसका केही चरण केन्द्रित हुनेछन् । यूएनईएमा जी७७ र चीनका तर्फबाट बोल्दै कोलम्बियाली वकिल मोनिका दे ग्रिफ लिन्दोले विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा वित्तीय सहयोग तथा प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन्। विकासोन्मुख मुलुकमा उपभोग र उत्पादनको दिगो प्रणाली स्थापना गर्न त्यस्तो सहयोग आवश्यक रहेको उनको भनाइ थियो। यसमा देशहरूलाई आफ्नै दायित्वप्रति अडिग बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको ठहर छ।

    प्लास्टिकका विकल्प र पुनःप्रयोग (रिसाइकल्ड) गरिने सामग्रीप्रति सहयोगी बजार निर्माण गर्नु अर्को चुनौती हो । “यस सन्धिले भइरहेको प्रगतिलाई सघाउनेछ भन्ने हामीले बुझेका छौँ”, उपभोग्य वस्तु उत्पादनकर्तामध्येको ठूलो कम्पनी युनिलिभरका सिनियर ग्लोबल सस्टेनिबिलिटी म्यानेजर एड शेफर्डले यूएनईएको साइड बैठकमा बोल्ने क्रममा बताएका थिए । तर नयाँ प्लास्टिकको मूल्य कम भएको खण्डमा व्यवसायीहरूले आफ्ना नयाँ उत्पादनमा पुनःप्रयोगवाला प्लास्टिक प्रयोग गर्न नचाहने उनले प्रस्ट्याए। ‘विस्तारित उत्पादक जिम्मेवारी योजना’ लागू गर्नु असन्तुलित बजार आयामलाई सच्याउने एउटा तरिका हुनसक्छ। त्यसबाट प्लास्टिक फोहोर व्यवस्थापनलाई उत्पादनमा लगाउन वा नयाँ प्लास्टिकमा कर लगाउन सकिन्छ।

    क्रिस्टोफर चिनले प्रतिबद्धतामा प्लास्टिकको ‘पूर्ण जीवनचक्र’सम्बन्धी शब्दको खुला अर्थ लाग्ने गरी प्रयोग गर्दा प्लास्टिकको ‘जीवन’ ठ्याक्कै कहाँबाट सुरुवात हुन्छ त भन्ने प्रश्न उठ्न सक्नेतर्फ सतर्क गराएका छन् । त्यो प्रश्नका कारण प्लास्टिकको उत्पादन र फोहोरप्रतिको जिम्मेवारी कसमा पर्छ भन्ने अर्को प्रश्न पनि जन्माउँछ । “कसैले प्लास्टिकको जीवनचक्र एउटा उत्पादन बनेपछि सुरु हुन्छ भन्छ, वा एउटा पोलिमरको रुप लिएपछि वा कसैले छुट्याइएपछि हुन्छ भन्न सक्छ”, उनले भने । इन्भायरनमेन्टल इन्भेस्टिगेसन एजेन्सी (ईआईए) की डिक्सनले यस विषयमा सो संस्थाले वार्ताका क्रममा लबिङ नै गर्ने बताइन् । किनभने प्लास्टिकको नयाँ जीवनचक्रको विषयमा जीवाश्म इन्धन (फोसिल फ्युल) कम्पनीहरू पनि जोडिने उनको भनाइ छ । “यो विषय नटुंगिँदासम्म पेट्रोकेमिकल उद्योगीहरूले यसबारे कुनै चिन्ता नै लिनुपरेको थिएन”, उनले भनिन्।

    समाधानको खोजी

    यस विश्वव्यापी सहमतिले समाधान खोजीका लागि घचघच्याउने र वास्तवमा केले ठीकसँग काम गर्छ भन्ने निर्क्यौल गर्नका लागि अब थप अनुसन्धान गर्नुपर्ने रिचार्ड थम्पसनको भनाइ छ । “प्लास्टिकबाट हुने क्षतिबारे हामीलाई चाहिनेभन्दा बढी प्रमाणहरू प्राप्त भइसकेको छ । राम्रो नतिजा हासिल गर्नका लागि कुन अवस्थामा समाधानको कुन उपायलाई प्रयोग गर्ने भन्नेबारे बरु अहिले हामीसँग त्यति प्रमाण जुटेको छैन”, उनले भने ।

    यसका लागि वातावरण वैज्ञानिक, अर्थशास्त्री, भौतिक वैज्ञानिक, व्यवहार मनोवैज्ञानिक र यस्तै अन्य विज्ञहरू एक ठाउँमा बसेर प्लास्टिकको समग्र जीवनचक्रबारे सम्पूर्णतामा समाधान निकाल्नुपर्ने उनको ठहर छ । यसो नगरे, सन्धिले विद्यमान चुनौती सामना गर्नका लागि अनुपयक्त उपाय लागू गर्ने जोखिम हुन्छ ।

    राष्ट्रसंघीय वातावरण सभा (यूएनईए) का कारण यतिबेला जुन माहोल बनेको छ, त्यही जोस र जाँगरलाई सबै मुलुकका प्रतिनिधिले आआफ्ना मुलुकमा पुर्याउन र कार्यान्वयन गर्न राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) की कार्यकारी निर्देशक इन्गर एन्डर्सनले सबैसँग आग्रह गरेकी छन् । उनले उदाहरणको रुपमा यूएनईएको आयोजक केन्यालाई प्रस्तुत गरिन्, जसले हालै प्लास्टिकको एकल प्रयोगलाई प्रतिबन्ध लगाउने साहसिक कदम चालेको थियो । “प्लास्टिक सन्धि कहिले पारित हुन्छ र हस्ताक्षर हुन्छ भनी त्यसको प्रतीक्षामा आनन्दले बस्ने बेला अहिले होइन”, उनले भनिन्, “धेरै कुरा तपाईंहरू आफैँ पनि गर्न सक्नुहुन्छ ।”

    -द थर्ड पोल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.