Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
Monday, August 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोही किन निहुरन्छ निहुरीमुन्टी?

झंकेश्वर दास झंकेश्वर दास
माघ ५, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सामाजिक संजालको आगमनले राजनीतिज्ञहरूका शैली पनि फेरिएका छन्। ट्विटरकै कारण अमेरिकामा दंगा र हिंसा फैलने डरले ट्विटर, फेसबुक, इन्स्टाग्रामहरूले त्यहाँका पराजित राष्ट्रपति ट्रम्पमाथि केहीअघि उनको संजाल खातामा प्रतिवन्ध नै लगाइदिएका छन्। ट्रम्पको अकाउन्ट बन्द गर्दा आर्थिक रूपमा अर्बाैं घाटा पर्ने अनुमान छ तर पनि संजालकै कारण हिंसा भड्केला भन्ने ठानेर ट्रम्पका सामाजिक संजालका खाताहरू बन्द गरिएका छन्। यसबाटै अनुमान गर्न सकिन्छ संजालको शक्ति।

    क्यामरा र इन्टरनेट प्रविधिमा आएको अकल्पनीय परिवर्तनलाई प्रयोग गरेर राजनीतिज्ञहरूले कुटनीति र राजनीतिलाई आफ्नो प्रभावमा पार्ने गरेका छन्। प्रचार र उत्तिकै दुस्प्रचार गरेका छन्। ‘तस्वीर बलियाे हुन्छ’ भन्ने कथनलाई बल पुर्‍याउने परम्परागत कथन नै छ: तस्वीर आफैं बोल्छ। पहिले-पहिले तस्वीरहरू सर्वत्र पुर्याउन कठिन थियो। कार्यकर्तामाफर्त पर्चा र पत्रपत्रिकामार्फत अन्तर्वार्ता/समाचारमार्फतमात्रै नेताहरूका फोटाहरू जनतामा पुग्थे। अहिले समय अलग रह्यो। अहिले एकैछिनमा फोटा तथा भिडियोहरू सर्वत्र जनताका मोबाइलमा पुग्न थाले।

    अझै पनि मोबाइल र सामाजिक संजाल नचलाउने जनता पनि टन्नै छन् तर खासगरि शिक्षक, कर्मचारी, व्यवसायीलगायतका समाजमा प्रभाव राख्ने ‘समाजका गेटकिपर’हरू अहिले मोबाइल र नेट चलाउने हैसियतमा पुगेका छन्। र, अमेरिकाको क्यापिटोल हिल, दिल्लीको हैदरावाद हाउस र नेपालका सिंहदरबारमा मात्रै होइन, अन्यत्र देखिएका चाखलाग्दा दृश्य पहिलेको युगभन्दा अति द्रुत गतिमा तिनका स्क्रिनमा आइपुग्छन् र त्यस्ता फोटा/श्रव्यदृश्यको छनक, चाल, हाउभाउ र मुद्राका चर्चा समाजमा हुनथाल्छन्।

    र, दक्षिण एशियामा सम्भवत : तस्वीरको हाउभाउ, तिनको छनक र मुद्राबारे पछिल्लो दस वर्षमा सबैभन्दा चर्चा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भएको छ। राजनीतिमा जे भनिन्छ, त्यो गरिँदैन र जे देखाइन्छ त्यो अन्तरमनमा हुँदैन। जनताहरु दम्भी शासक मन पराउँदैनन् र दम्भीले विनम्रताको अभिनय गर्छ। यस्तो अभिनय हाल कैयन राजनीतिज्ञहरुले गरेका देखिन्छन्। भारतको केन्द्रीय संसदमा संसद चुनिएर छिर्नुअघि उतिखेरका प्रोजेक्टेड प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको गेटमै घोप्टिएर ढोगेका थिए। मान्छेले पाइताला राख्ने खुड्किलामा टाउको राख्दै ढोगेर उनले के सन्देश दिन खोजेका थिए कुन्नि, तर आम मिडिया र उनका अनुयायीहरूले उनको अभिनयलाई ‘संस्कारी र सनातनी भावी प्रधानमन्त्री’का रूपमा बुझे।

    मोदी अत्यन्त वृद्धवृद्धा, जोगी, ‘बाबा’, ‘गुरु’ र मन्दिरहरूमा पुगेपछि त्यसैगरि ढोग्छन्। कतिका पाउ छुन्छन्। भारतको संविधानकाे मर्मलाई बारम्वार उल्लंघन गरेका उनले त्यहाँको संविधानकाे पुस्तकलाई उसैगरी ढोगेका छन् । दोस्रो पटकको चुनावका लागि भोट माग्न जाँदा मोदीले वनारसका जनतासँग कुप्रिएरै नमस्कार गरे। नेपाल भ्रमणताक मुक्तिनाथ मन्दिर अाईपुग्दा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका तर्फबाट सालिग्राम उपहार दिँदा पनि उनले गुरुङकाे हातमा रहेकाे सालिग्रामप्रति कुप्रिएरै ढाेगेका थिए।

    र, नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमण जाँदा त्यहाँका रक्षामन्त्री राजनाथसिंहसँगको भेटले अहिले सामाजिक संजालमा चर्चा पाएको छ। अति विनित भावमा ज्ञवाली सिंहसँग झुकेको देख्न सकिन्छ। यस्तो विनम्रता ओलीहरुमा कहिल्यै देखिएको थिएन। यसैकारण यो समाचार बन्यो।

    सिंह त्यही पात्र हुन् जसले नेपालको भूमिमा भारतले अवैधानिक रूपमा बनाएको बाटो उद्घाटन गरेका थिए। लिम्पियाधुरा, कालापानी र लिपुलेकको समस्याको कुरा गर्न गएको प्रचार गर्दै भारत भ्रमण हुनु तर बाटो उद्घाटन गर्ने सिंहकै हातमा ज्ञवालीले ढोग्नुको अर्थ नै सर्वसाधारणले खोजेका होलान्।

    उसो त चुनाव घोषणा गर्ने सरकार कामचलाउ हो। यसकारण नेपालका कामचलाउ सरकारका मन्त्रीप्रति भारतीय उपेक्षाभाव सही नै हो भन्न सकिएला तर आफूलाई उच्चस्तरको राष्ट्रवादी मान्ने सरकारका परराष्ट्रमन्त्री भारत पुग्दा त्यस देशको प्रधानमन्त्रीसँग भेटसमेत नपाउनु चाहिँ लाजैमर्दो हो। नेपालको अपमान पनि हो। भारतका जासुसहरू नेपालमा आएर सिधै प्रम ओलीलाई भेट्न सक्ने, अस्तिसम्म संगीन आरोप लगाउने दुई पैसे भारतीय प्रोपागान्डिस्ट पत्रकार सुधीर चौधरी आएर बालुवाटारमै प्रमसँग उपरखुट्टी लगाएर अन्तर्वार्ता लिनसक्ने तर नेपालको प्रमले गएर एउटा मन्त्रीसँग फोटो नसक्नु हाम्रो अस्थिर राजनीति/कमजोर कुटनीतिकै परिणाम हो।

    त्यसमाथि, नेपालमा संविधानलाई कुल्चेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको दूत बनेर भारत गएका थिए ज्ञवाली। उसो त भारत र अमेरिकाको समर्थन र उक्साहटमै उनीहरूका अनुचित मागको सम्बोधनका लागि ओलीले संसद विघटन गरेको भन्ने चर्चा पनि उत्तिकै छ। कतिपयले चाहिँ संसद विघटनको पक्षमा भारतको समर्थन र आशिर्वाद पाउनका लागि ज्ञवाली त्यसतर्फ गएको भन्ने गरेका छन्। सोही डायनामिक्समा पनि ज्ञवालीको भ्रमणलाई हेर्नुपर्ने हुन्छ। जसरी जाँदा पनि ज्ञवालीको भारत भ्रमण निम्छरो र निर्बल हुने अवस्था थियो। त्यसकारण भारत भ्रमणताक उनले भेटिएका सबै ‘छोटेमोटे हर्ताकर्ता’सँग जम्लाहात गर्नु उनको विवसता नै थियो।

    सामान्य अवस्थामा मान्छे र देशहरूको हैसियत र स्तर एउटै हो। तर राजनीति र कुटनीतिमा जम्लाहातै गरेरै शक्ति आर्जन गर्ने प्रयास गरिन्छ। काम होइन, योजनावद्ध भाषण, नाटक र प्रहसनमार्फत चुनाव जितेर अथाह शक्ति आर्जन गर्ने व्यक्ति हुन् भारतका प्रम नरेन्द्र मोदी। भारत र दक्षिण एशियामा मोदीको विनित भाव र जम्ला हात शक्ति आर्जन गर्ने एउटा कुटील तरिका हो। सुम्सुम्याएर/छल गरेर शक्ति आर्जन गर्ने दाउ हाे। मुलुकमा कामचलाउ सरकार भइरहेको अवस्थामा शक्तिशाली र हेपाहा मुलुकसँगका दीर्घकालिन समस्याहरूमा सम्वाद गर्न जानु नै सांकेतिक जम्लाहात थियो भने ज्ञवाली त्यो भन्दा अघि बढे। प्रश्न त यसरी पनि गर्न सकिन्छ, दुई तिहाई निकटको लोकप्रिय सरकारको प्रतिनिधित्व गर्दै ज्ञवाली भारत गएका हुन्थे भने तिनले सिंहको हातमैमा ढोग्नुपर्ने हुन्थ्यो होला त?

    विनम्रता नराम्रो कुरो होइन। तर ओली र ओलीका साइवर सेनाले अघिअघिका प्रचारमा अरु नेता र पात्रहरुबाट गरिने शिष्टता र विनम्रतालाई खिसिट्युरी गरेका कारण सर्वसाधारणले ठाडो हुनुलाई नझुक्नु भन्ने बुझे। उल्लेखनीय छ, उखान र टुक्काकाे प्रयाेग गरेर अाेलीले अरूलाई ‘नीच’ देखाउने प्रयास गर्दा स्वयं उनी जोक्कर बन्न थालेका छन्। ‘जिसकी जुत्ती तिस्की मुहँ पर?’ भनेझैं अब ‘केटाहरु’ उखाने र टुक्के ओलीहरुविरुद्ध “पुक्क लात्ता” फर्काउन थालेका छन्। त्यसपछि ओलीहरू संस्कार र विनम्रताको कुरा गर्न थालेका छन्। यस्तो सदबुद्धि ओलिहरूमा आओस्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.