Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पुटिन भाषणका केही अंशः जवाफी कारवाही गर्ने जुनसुकै अधिकार सुरक्षित

आधुनिक यूक्रेन सम्पूर्ण रूपमा रूसले बनाएको हो, अझ प्रष्ट रूपमा भन्नुपर्दा बोल्शेबिक अर्थात् साम्यवादी रूसले। यो प्रक्रिया सन् १९१७ को क्रान्तिलगत्तै शुरू भएको थियो...

nepal_readers nepal_readers
फाल्गुन ११, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधन गर्दै रसियाले युक्रेनबाट छुट्टिन चाहेका दुई भागलाई आफूले किन मान्यता दिएको भन्नेबारे औचित्य पुष्टि गर्ने प्रयास गरे। जबकि, रसियाको यो ‘हर्कत’ले ठूलो युद्ध हुनसक्ने भन्दै पश्चिमाहरूले आशंक व्यक्त गरेका छन्। प्रस्तुत छ पुटिनको सम्बोधनको अंशको सार संक्षेप :

    रूस समर्थक पृथकतावादीहरूलाई दिइएको मान्यता बारे

    डोनेट्स्क पीपुल्स रिपब्लिक र लुहान्स्क पीपुल्स रिपब्लिकको स्वतन्त्रता तथा सम्प्रभुतालाई तुरन्तै मान्यता दिने विषयमा मेरो मत छ कि त्यस्तो निर्णय गर्नु तत्कालै आवश्यक थियो, खासमा यो काम धेरै पहिले हुनुपर्ने थियो।

    यूक्रेनलाई नाटोको सदस्यता दिनेबारे

    यदि यूक्रेनलाई नेटोमा सहभागी गराइयो भने त्यस कुराले रूसको सुरक्षामा सीधा खतरा पर्नजान्छ।

    आधुनिक यूक्रेनको उत्पत्तिका विषयमा

    आधुनिक यूक्रेन सम्पूर्ण रूपमा रूसले बनाएको हो, अझ प्रष्ट रूपमा भन्नुपर्दा बोल्शेबिक अर्थात् साम्यवादी रूसले। यो प्रक्रिया सन् १९१७ को क्रान्तिलगत्तै शुरू भएको थियो…

    बोल्शेबिकको नीतिकै परिणामस्वरूप, सोभियत यूक्रेनको उदय भएको हो। र, आज पनि सोही कारण सकारात्मक रूपमा ‘ब्लादिमीर इलिच लेनिनको यूक्रेन’ भन्न सकिन्छ। वास्तवमा लेनिन युक्रेनका परिकल्पनाकार तथा डिजाइनर हुन्। संग्रहित दस्तावजेहरूका माध्यमबाटै सो कुरा पुष्टि हुन्छ। तर कृतज्ञ वंशजहरूले युक्रेनमा रहेको लेनिनको स्मारकलाई ध्य्वस्त गरिदिएका छन्। र, उनीहरू यसलाई ‘डिकम्युनाइजेसन’ भनिरहेका छन्। के तपाईँहरू ‘डिकम्युनाइजेसन’ चाहिरहनुभएको छ? ठीकै छ नि त, हामीलाई पनि त्यसो गर्ने कुरा सही नै लाग्छ। तर भनिन्छ नि, कुनै कामको बीचैमा रोकिने कुराचाहिँ ठीक होइन। युक्रेनका लागि वास्तविक ‘डिकम्युनाइजेसन’ या बिघटनको अर्थ के हो भनेर हामी तपाईँलाई देखाउन तयार छौँ।

    यूक्रेनको राज्यको दर्जाबारे

    यूक्रेनले वास्तविक राज्यको महसुस गर्ने खालको परम्परा कहिल्यै स्थापित गरेन।

    यूएसएसआरको विभाजनबारे…

    रूसले उतिखेर नयाँ घोषित स्वतन्त्र राज्यहरूसँग आफ्नो सम्पत्ति फिर्ता गर्ने सर्तमा सोभियत संघको पूरै ऋण चुक्ता गरेको थियो। सन् १९९४ मा ऋणचुक्तासम्बन्धी सम्झौता युक्रेनसँग पनि गरिएको थियो तर युक्रेनले कहिल्यै त्यो सम्झौताको पालन गरेन। रुसबाट प्राप्त हुने सबै फाइदा र अधिकारको कुरा गर्ने तर आफ्नो उत्तरदायित्व भुल्ने ढंगबाट यूक्रेनले काम गर्न चाह्यो।

    हामीलाई जोड्ने हरेक कुराहरूलाई नकार्दै उनीहरूले आफ्नो राज्यको पहिचान बनाउन चाहे। उनीहरूले हामीबीचको चेतना तथा युक्रेनमा बसेका पुरै पीढिको, लाखौँ मान्छेहरूको ऐतिहासिक स्मृतिलाई समेत तोडमोड गर्न खोजे।

    २००८ मा नेटोले युक्रेन र जर्जियालाई नेटोको सदस्यता दिन गरेको बाचाबारे

    संयुक्त राज्य अमेरिकाका कैयौँ यूरोपीयन सहयोगीहरू यस खालको योजनाले ल्याउने जोखिमका बारेमा जानकार थिए। तैपनि आफ्नो वरिष्ठ साथीको इच्छालाई उनीहरूले नकार्न सकेनन्। यहाँनिर हामी केमा प्रष्ट हुनुपर्छ भने अमेरिकाले यी दुई देशलाई नेटो सदस्यता दिलाएर स्पष्ट रूपमा रूसी विरोधी नीतिलाई कार्यान्वयन गर्ने उदेश्य राखेको थियो।

    नेटोमा यूक्रेनको सम्भावित उपस्थितिका बारेमा नेटो गठबन्धनका कतिपय सदस्य देशहरू भने अहिले पनि धेरै संशयमा छन्। हामीलाई कतिपय यूरोपीयन राजधानिहरूबाट संकेत मिलिरहेको छ कि भोलि नै त्यसो चाहिँ पक्कै हुनेछैन। हाम्रा अमेरिकन साथीहरूले पनि यसबारे कुरा गरिरहेका छन्।

    तर जेसुकै होस्, भोलि नभए त्यो पर्सी त अवश्यै हुन्छ। र, यसो हुनुले ऐतिहासिक परिप्रेक्ष्यमा हामीलाई के फरक पार्छ? मूल रूपमा त्यसले केही पनि फरक पार्दैन। त्यसका अलावा, हामी अमेरिकी नेतृत्वको स्थिति तथा शब्दलाई राम्ररी बुझ्दछौँ कि पूर्वी यूक्रेनको सक्रिय रहेको द्वन्द्वपूर्ण व्यवहार युक्रेन नेटोमा संलग्न भयो भने पनि अन्त्य होला भन्ने कुरामा निश्चिन्त हुन सकिन्न।

    साथै, उ(अमेरिकी नेतृत्वको नेटो) हामीलाई बारम्बार यही सम्झाउने कोशिश गर्छ कि नेटो एक शान्तिप्रिय र विशुद्ध रूपमा रक्षात्मक गठबन्धन हो र यसबाट रूसलाई कुनै पनि खतरा छैन। अझै जोड दिएर उनीहरू भन्छन् कि उनीहरूले भनेको कुरा झुटपूर्ण होइन, वास्तविक हो। तर यस्ता जालझेलपूर्ण शब्दहरूको वास्तविक मूल्य हामीलाई थाहा छ।

    रुसमाथिको खतराका बारे

    तर हामी स्पष्ट रूपमा यो कुरा बुझ्छौँ कि यस्तो परिदृश्यमा रूसका लागि सैन्य खतराको स्तर नाटकीय रूपमा धेरै गुणा बढ्नेछ। म यस कुरामा विशेष ध्यान दिन्छु कि हाम्रो देशविरुद्ध अचानक हमलाको खतरा धेरै गुणा बढ्नेछ।

    म तपाईँलाई यो कुरा बताउँछु कि अमेरिकी रणनीतिक योजनासम्बन्धी दस्तावेजहरूमा दुश्मनको मिसाइल प्रणालीको खिलाफ तथाकथित आकस्मिक हमलाको सम्भावना उल्लेख गरिएको छ। र, भन्नुस त, अमेरिका र नेटोका मुख्य दुश्मन को हो? हामीलाई यो कुरा पनि थाहा छ कि त्यो रुस नै हो। नेटोको दस्तावेजमा, आधिकारिक र सिधै उत्तरी अटलान्टिक सुरक्षाका लागि रुस खतरा भएको कुरा उल्लेख छ। र, भोलिका दिनमा यूक्रेनले हमला भएका अवस्थामा ‘फ्रन्टलाइन स्प्रिङबोर्ड’का रूपमा काम गर्नेछ। यदि हाम्रा पूर्वजले यसबारेमा सुनेका हुन्थे भने उनीहरूले कसरी यस्तो कुरामा विश्वास गर्थे? र, हामी पनि यस्तो कुरामा विश्वास गर्न चाहँदैनौँ तर सत्य यही हो।

    प्रतिबन्धका बारेमा

    तिनीहरू हामीसँग फेरि पनि ब्ल्याकमेल गर्ने कोशिस गरिरहेका छन्। उनीहरू हामीलाई फेरि पनि प्रतिबन्ध लगाउने धम्की दिइरहेका छन्। यसै पनि मलाई लाग्छ कि उनीहरूले हाम्रो देशको सम्प्रभुता मजबुत हुने र सशस्त्र बलको शक्ति बढ्दै गएसँगै हाम्रो देशमाथि प्रतिबन्ध लगाउने नै छन्। युक्रेनको यो समस्या हुन्थेन भने पनि यिनीहरूले कुनै न कुनै बहाना निकाल्ने थिए या अवस्थालाई ‘फेब्रिकेट’ गर्ने थिए।

    र, त्यसको केबल एउटै लक्ष्य छ, रूसको विकासलाई रोक्नु। र, पहिले यिनीहरूले जसो गर्थे, अहिले पनि त्यसै गर्छन्। औपचारिक बहानाबिनै पनि यिनीहरूले त्यसो गरेका उदाहरणहरू छन्। र, हामी अस्तित्वमै भएका कारण र हामीले आफ्नो सम्प्रभुता, राष्ट्रीय हित र आफ्नो मूल्यबाट कहिल्यै पनि सम्झौता नगरेकै कारण पनि यिनीहरूले त्यसो गर्नेछन्।

    म स्पष्ट र सीधा रूपमा भन्छु कि मौजूदा स्थितिमा, जब मौलिक मुद्दाहरूमा समान वार्ताबारेको हाम्रो प्रस्तावको उत्तर संयुक्त राज्य अमेरिका र नेटोले दिएका छैनन्, जतिखेर हाम्रो देशका लागि खतराको स्तर धेरै बढिरहेको छ, यस्तो अवस्थामा रूससँग आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि जवाफी कारवाही गर्ने जुनसुकै अधिकार सुरक्षित छ।र, ठ्याक्कै हामी त्यही गर्नेछौँ।

    अलजजिराबाट नेपाल रिडर्सको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.