Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राजनीति नबुझ्नेले यो आन्दोलनलाई ‘पदकोे आन्दोलन’ ठान्छन्

रञ्जित तामाङ रञ्जित तामाङ
माघ १६, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बहुमतको सरकार हुँदाहुँदै गत पुष ५ गते पार्टीभित्रको अन्तरसंघर्षका बावजुद प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गलत निर्णय लिन पुगे । जनताले निर्वाचित गरेको संसद ३ वर्षमै विघटन हुनु नेपालको संविधानको परिकल्पना भन्दा बाहिरको कुरा हो । संविधानको भावना र मर्मभन्दा बाहिर गएर गरिएको संसद विघटन प्रतिगामी कदम हो । ओलीबाट भर्खरै बामे सर्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमाथि आक्रमण गर्ने काम भयो । यो प्रतिगामी कदमबाट लाखौँ नेपाली र हजारौँ शाहिदहरूको अर्पण र बलिदानीबाट स्थापित संविधान र व्यवस्था नै खतरामा प-यो । यो व्यवस्था नै रहेन भने नेपालको इतिहासले फेरि उल्टो गति लिन्छ ।
    त्यसैले यो प्रतिगमनलाई जसरी हुन्छ रोक्नुपर्छ र अग्रगमनको पक्षमा युवाहरूसहित आम देशलाई उभ्याउनुपर्छ भनेर हामी सडकमा छौँ । प्रतिगमनविरुद्ध आन्दोलन सफल नहुँदासम्म हाम्रो आन्दोलन जारी रहनेछ।

    ईँटको जवाफ पत्थरले

    अदालतमा मुद्दा चल्दाचल्दै पनि हामी आन्दोलन गर्न बाध्य छौँ । बाहिर भनिएजस्तो अदालतमा विश्वास नगरेर हामी यो आन्दोलन गरिरहेका छैनौँ । तर अनेकौँ कुराहरू बाहिर आएका छन्। प्रतिगमनकारीहरूले विभिन्न सेटिङ, अनेकौँ प्रलोभन र प्रभावका कुराहरू उठाएका छन् । त्यसैले गर्दा सत्ता र शक्तिको दुरुपयोग भएर यदि संवैधानिक निकाय र न्यायालयहरू प्रभावित भयो भने हाम्रो अग्रगमन, परिवर्तन र यो व्यवस्था नै पछाडि फर्किन्छ । त्यसैले सडकमा आउनुपर्ने आवश्यकता भयो। हामीले देखिरहेका छौँ, प्रतिगमनको निर्णयपछि ओली सरकार देश दौडाहमा छ । पञ्च -यालीहरू गर्ने, विभिन्न नागरिक अभिनन्दनहरू खाँदै हिँड्ने र सत्ता तथा शक्तिको दुरुपयोग गरेर यही २३ गते उपत्यकामा विभिन्न प्रदर्शन गर्ने भनेर पनि तयारी गरिरहेको छ ।

    यो सबै कुरालाई हेर्दा प्रतिगमन संस्थागत गर्ने र यसलाई कुनैपनि मूल्यमा टिकाउन प्रतिमगनकारी र तिनका मतियारले तयारी गरेका छन् । त्यसैले ईटको जवाफ पत्थरले नदिकन यो व्यवस्था टिकाउने र प्रतिगमन सच्चिने देखिँदैन । यसका लागि हामी बाध्य छौँ । सर्वोच्च अदालतमाथि हामीलाई विश्वास छ । ‘अदालतले संसद पुनस्र्थापना हुनेगरी फैसला गरेन भने के गर्ने ?’ भन्नेतर्फ हामी अहिले नै नजाऔँ । न्यायालय संविधानको व्याख्याता हो र उसले व्याख्या गर्ने अधिकार राख्छ। संविधान र कानूनको क्षेत्रमा लामो विद्धता प्राप्त गरेका व्यक्तिहरूले प्रभाव वा प्रलोभन वा कुनै सेटिङको कारणले संसद विघटनलाई सदर गर्ने फैसला गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

    यो नेपालको राजनीतिक आन्दोलनको कुरा हो । न्यायपूर्ण निर्णय गर्ने कि अन्यायपूर्ण निर्णय गर्ने भन्ने कुरा न्यायको तराजु समाउनुभएकाहरूको पनि परीक्षाको कुरा हो । किनभने उहाँहरूले सही निर्णय गर्न सक्नुभएन भने नेपालको राजनीतिक इतिहासमा उहाँहरू पनि कलंकित व्यक्तिको रुपमा चित्रित हुनुहुन्छ। न्यायालय सँधै रहला तर न्याय क्षेत्रमा रहेका व्यक्तिहरूले गरेका निर्णयहरू कति पारदर्शी र न्यायपूर्ण भए भन्ने कुराको इतिहास नेपाली जनताले राख्नेछन् । यदि न्यायालयको क्षेत्रमा काम गरेका व्यक्तिहरू प्रतिगमनका मतियार बनेमा, प्रतिगमनसँग सति गएमा र ओलीका प्रतिगमनकारी निर्णयको काट्टो खान तयार भएमा हामीले नचाहेर पनि उनीहरू कलंकित बन्न पुग्छन् ।

    त्यसैले उहाँहरू कसैबाट प्रभावित नहुनुहोला। तर नेपालको इतिहास वा जनताले निर्माण गर्ने इतिहासँग उहाँहरू पक्कैपनि डराउनुहुनेछ र न्यायपूर्ण निर्णय गर्नुहुनेछ। उहाँहरूले केपी ओली र प्रतिगमनकारी मतियारले भनेजस्तो सेटिङबाट प्रभावित नभई जनताको मनमा आज जे कुरा छ त्यसअनुसारको निर्णय गर्नुहुनेछ । संविधानको पक्षमा बसेर उहाँहरूले निर्णय गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ। कथमकदाचित् उहाँहरूले संविधानसम्मत् निर्णय गर्नुभएन भने त्यो देशको लागि दुर्भाग्यपूर्ण हुनेछ ।

    ‘निर्वाचन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्छ’

    निर्वाचन आयोगले पार्टी फुटन् नदिनेगरी गरेको निर्णय बेठिक छैन । तर आयोगको लाचारी देशले देखेको छ। निर्वाचन आयोग आफैमा एउटा संवैधानिक निकाय हो । जसले दलसम्बन्धी विभिन्न समस्या वा वादविवाद हुँदा एउटा निर्णायक र कहिलोकाँही न्यायिक निकायका रुपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। बहुमत एकातिर हुँदाहुँदै, लिखित प्रतिवेदनहरू र प्रत्यक्षदर्शीहरू पनि अगाडि हुँदाहुँदै आयोगले जुन प्रकारले बीचमा बसेर निर्णय ग¥यो, त्यसबाट हामी त दुःखी छैनौँ । यो निर्णय हाम्रो लागि गलत छैन ।

    तर आयोगले जसरी प्रष्टसँगले तथ्य र प्रमाणका आधारमा जुन निर्णय दिनुपथ्र्यो त्यो निर्णय दिन नसक्दा चाहिँ आयोगको लाचारीपन देखिन्छ । आयोग पनि कतै सत्ता र शक्तिको अगाडि डरायो अथवा प्रभावित भयो कि भन्ने आशंका आम मानिसमा छ । निर्वाचन आयोगले के गर्नुपथ्र्यो र तथ्य तथा प्रमाणका आधारमा के निर्णय दिन सक्नुपथ्र्यो भन्न आधार थियो । यो सबै कुरालाई हेरेर पनि त्यसअनुसार निर्णय गर्न नसक्दा निर्वाचन अयाोगको लाचारी हामी देख्न सक्छौँ ।

    त्यसैले निर्वाचन आयोगमा संवैधानिक परिषदबाट बाट नियुक्ति गर्ने व्यवस्था हटाएर स्वतन्त्र, निश्पक्ष र खुला प्रतिश्पर्धाबाट नियुक्तिको व्यवस्था गर्नुपर्छ। यसरी नियुक्ति गर्दा भागबण्डामा नियुक्ति हुने हुनाले जसले नियुक्त ग¥यो उप्रति बफादार हुनुपर्ने र त्यसको प्रभावमा पर्ने देखिन्छ । त्यसैले संवैधानिक निकायहरूमा नियुक्तिको विषयमा पनि हामीले नयाँ बहस सुरु गर्नुपर्छ । यदि निर्वाचन आयोगको प्रमुख र आयुक्तहरू खुला प्रतिश्पर्धाबाट एउटा प्रक्रियाबाट आएको भए यस प्रकारको समस्या आउँदा आज स्वतन्त्र र निश्पक्ष ढंगले निर्णय दिन सक्थ्यो । त्यसैले आज नेकपाको समस्या होला र हामीलाई आज ठूलो कुरा लागेको होला । तर यो समस्या भोलि पनि आउछ । निर्वाचन सम्बन्धी नै अब हामीले नयाँ बहस चलाउनुपर्छ ।

    ओलीले राजावादीसँग तालमेल गर्नसक्छन्

    केपी ओलीको चालामाला हेर्दा उहाँले राजावादी शक्तिहरूसँग पनि तालमेल गर्न सक्नुहुन्छ । तर हामीलाई त्यसमा किमार्थ दुःख छैन । नेपालको राजनीतिक इतिहासले प्रतिश्थापन गरिसकेको शक्तिसँग फेरि कुम जोडेर कोही आउँछ भने त्यससँग लड्न हामीलाई कुनै हिच्किचाहट छैन । हामी लड्छौँ नै । तर हामी कुनैपनि मूल्यमा हामी स्वीकार्दैनौँ । यसलाई टिक्न दिदैनौँ ।

    जहाँसम्म केपी ओलीको विभिन्न षड्यन्त्र र तानाबानाको कुरा छ, यो कुरा सबैलाई थाहा छ कि केपी ओली राष्ट्रिय एकता भाँड्न लाग्या छन् । केपी ओली धर्म निरपेक्षताको विरुद्धमा छन् । संघियता र गणतन्त्रको विरुद्धमा छन् । उनको बयलगाडे दर्शन भनेको त्यही हो । त्यसैले गर्दा केपी ओलीले यी सबै गर्न सक्छन् । तर देशमा हिंसा भड्कियो, कुनैपनि प्रकारको धार्मिक द्धन्द्ध फैलियो र कुनैपनि प्रकारको जातीय द्धन्द्ध फैलियो भने केपी ओलीले त्यसको जिम्मेवारी लिनुपर्छ । र, यदि त्यस्तो प्रकारको परिस्थिति सिर्जना भयो भने जनताले ओलीलाई माफी दिने छैनन्।

    पहिलो कुरा त नेपालको राजनीतिक इतिहासमा केपी ओली जस्ता मान्छेहरूले राजनीतिप्रति फ्रस्ट्रेशन जगाउने काम गरे । किनभने केपी ओलीले यति मिठा र चिल्ला कुरा गरेका थिए, कि म विकास गर्छु, समृद्धि र सुशासन ल्याउने । स्वास्थ्य, शिक्षा, रोजगारका लागि जनताले फर्केर हेर्नुपर्दैन । रेलदेखि पानीजहाजसम्मका कुरा गरेका थिए । तर अन्तिममा केपी ओलीले केहीपनि गरेनन् । देशको एउटा राजनीतिज्ञले र सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको नेताले एंव प्रधानमन्त्रीले यस्ता झुठ र वाइयात तर्कहरू, विभिन्न प्रहसनहरू, उखान टुक्का र मजाकहरू गर्दै हिँडेको देख्दा आम युवा वर्गमा राजनीति भनेको यस्तै फोहरी, प्रहसन गर्नेहरूको केन्द्र रहेछ भनेर आम युवाहरूमा ‘पलिटिक्स इज ए डर्टी गेम’ (राजनीति खराब खेल हो) भन्ने कुरालाई बल पुगेको छ ।

    ओली प्रवृत्तिलाई अब आउन दिनुहुन्न

    त्यसैले केपी ओली जस्ता प्रवृत्तिहरूलाई हामीले राजनीतिमा फेरि पनि आउन दिनु हुँदैन । यसो भन्दा हामी चाहिँ राजनीतिमा किन आयौँ भन्दा, हामी चाहिँ अयोग्य व्यक्तिबाट शासित हुन हामी तयार भयौैँ भने चुप लागेर बस्नुपर्ने रहेछ । तर अयोग्य व्यक्तिलाई हटाएर योग्य व्यक्तिलाई मूल जिम्मेवारीमा ल्याउनुपर्छ भन्ने लाग्यो भने युवाहरूले हस्तक्षेप गर्नुपर्दो रहेछ । आज केपी ओलीबाट देश हाँसेको छ । देश मजाकमा छ । यत्रो कोभिडको समय छ । दुईतिहाईको सरकार छ । संसद विघटन गरेर प्रतिगमन भएको छ । त्यो कारणले गर्दाखेरी एउटा गलत व्यक्तिबाट शासित हुनुभन्दा त्यो गलत व्यक्तिलाई प्रतिश्थापन गर्नु युवाहरूको दायित्व हो र हामी त्यो अनुसार आन्दोलन आएका छौँ ।

    आन्दोलन गर्ने रहर हामीलाई पनि विलकुल थिएन। हामी घरपरिवार सबै भएका मान्छे हौँ हामीपनि । हामी चाहन्थ्यांै, अहिले विकास होस्, हरेक ठाउँमा सडकहरू फराकिलो होउन्, बाटो नभएको ठाउँमा बाटो पुगेको होस्, जहाँ साना साना बाटाहरू थिए, त्यहाँ ठूला ठूला बाटाहरू बनुन् । पुल नबनेको ठाउँमा पुल बनेको होस् । विकासका मूलहरू फुटुन् भन्ने हामी चाहन्थ्यौँ । आज केपी ओलीले केही गर्न सकेनन् । तपाई हामीले उनले ल्याएका बजेटहरू हे-यौँ । समृद्धिको कुरा गर्ने हो भने कुन समृद्धि ? ओलीबाहेक अरुलाई समृद्धि आएन । केपी ओलीका वरिपरि, केपी ओलीको गुणगान गाउने मान्छे, उनका येसम्यानहरू, केपी ओलीको जयजयकार गाउने मान्छेबाहेक अरुलाई त समृद्धि आएन ।

    ओलीको ‘सुशासन’

    विदेशमा बस्ने नेपालीहरूको अवस्था उस्तै छ। यहाँ बसेका किसान, मजुदुर र विद्यार्थीहरू सबैको अवस्था उस्तै छ । सुशासनको कुरा गर्ने हो भने केपी ओलीले कति मिठो कुरा गरे, भ्रष्टाचारीको मुखै पनि हेर्न नपरोस् भन्थे। तर बिहान बेलुका उनी तिनै भ्रष्टाचारीलाई वरिपरि राखेर डिनर र लञ्च गर्छन् । स्वास्थ्य र शिक्षाको कुरा नि देखेका छौँ, कोभिडको समयमा न विदेशमा फसेका नेपालीलाई ल्याउने कुनै योजना बनाउनुभएको थियो, न यहि निःशुल्क कोभिड परीक्षण गर्ने वातावरण बनाउनुभयो । राम्रो काम गरेकाहरूलाई पनि उनको जयजयकार गरेन भनेर सरुवा गर्नतिर लागे।

    ओम्नी, यती, ७० करोड यस्ता कति काण्डहरू त उनको सुशासनको फलहरू हुन् । शिक्षाको कुरा गर्ने हो भने आज शिक्षा अस्तव्यस्त भएको छ । कसैका छोराछोरीले पढ्न पाएका छैनन्। पढ्नै नपाएपनि निजि विद्यालयहरूले उनका वरिपरि घुम्ने र जयजयकार गर्नेहरूले मनपरी शुल्क उठाका छन्। उनले आफ्ना मन परेका मान्छेहरूलाई असक्षम मान्छेहरूलाई ल्याएर जिम्मेवारी दिएका छन् । रोजगारीको कुरा त के गर्नु ? प्रधानमन्त्री स्वरोजगार कार्यक्रम विभिन्न मिडियाहरूमा दुईचारवटा गाईवस्तु धपाको भन्ने थियो, त्यैपनि राम्रै कुरा थियो। त्यो पनि कहाँ छ ? केपी ओली जयजयकार गर्नेदेखि बाहेक अरु कसैको पनि विकास, समृद्धि र सुशासन आएन ।
    यस्तो अवस्थामा चुप लागेर बस्न र ओली सरकारले ठिक गरेको छ भनेर उनको जयजयकार गर्दै हिँड्न मेरो नैतिकताले दिएन । त्यसैले म फेरि एकपल्ट आम मान्छेलाई भन्न आएँ । विकास भएन, समृद्धि भएन, सुशासन भएन, स्वास्थ्य, शिक्षा र रोजगार भएन यसमा जनताको पहुँच भएन । त्यसकारण हामी आन्दोलनमा आएका छौँ र यो आन्दोलनमा आउँदा आज केपी ओलीको सरकार र यो प्रतिगमनका मतियारहरूलाई परास्त नगरीकन फेरि साँचो विकास र समृद्धिको पक्षमा काम गर्ने मान्छेलाई ल्याउँन सकिँदैन।

    आम युवाहरूलाई म हार्दिक आग्रह र अपिल गर्न चाहन्छु । एउटाले हामीलाई झुट बोल्यो ढाँट्यो भने त्यसको प्रतिकार भनेको त्यसकै प्रतिस्थापन हो । प्रतिगमनको प्रतिस्थापन गरेर हामीले जनताको पक्षमा काम गर्ने अर्को व्यक्ति ल्याउँला। र, त्यसले पनि काम गरेन भने अर्को व्यक्ति ल्याउँला । देशमा योग्य मान्छे आएर विकास र समृद्धि र सुशासनको प्रत्याभूति नदिलाउँदासम्म युवाहरू सडकमा उत्रनैपर्छ । खबरदारी गर्नैपर्छ । सचेत युवाहरूको हस्तक्षेप भयो भने मात्रै गलत व्यक्तिहरू दण्डित हुने र राम्रा मान्छेहरू पुरस्कृत हुने र इमान्दार मान्छेहरू शासनसत्तामा आउने वातावरण बन्छ ।

    ५ वर्षको जनादेश नजोगाउनेले जनादेशको कुरा गर्ने?

    ताजा जनादेशको कुरा गर्नेले जनताले दिएको ५ वर्षको जनादेश बचाउन नसक्नेले जनताको जनादेशको के कुरा गर्ने ? केपी ओलीले गरेको घोषणा देशद्रोही घोषणा हो । केपी ओली देश विरोधी हो, व्यवस्था विरोधी हो। केपी ओली संघियता, धर्म निरपेक्षता र गणतन्त्रविरोधी हो। यो कुरा सानो बच्चालाई पनि थाह छ। अब केपी ओलीले गुलिया र आम मान्छे भुलाउने कुरा नगरे हुन्छ। कोहीपनि भ्रममा छैन । केपी ओलीको हावादारी गफबाट आम जनताहरू वाक्कदिक्क भएका छन् । त्यसैले उनलाई फाल्न देश तयार भएको छ ।
    यो लडाईँ पदका लागि होइन । जसले त्यो भन्छ, उसले राजनीति बुझेको छैन र बुझ्न चाहेको छैन ।

    यदि पदको लगडाई हुन्थ्यो भने यो अर्कै तरिकाले जान्थ्यो । केपी ओलीको असक्षमता, गलत प्रवत्ति, र गलत तरिकालाई निस्तेज गर्न खोज्दा ओलीले फैलाएको भ्रम हो त्यो । यो अरु नेताहरूको कुर्सीको लडाई भनिएको छ, यो सन्दर्भले पनि त्यस्तो बताउँदैन । किनभने अढाई वर्ष प्रधानमन्त्रीमा रहने सहमति गरेर पाँच वर्षका लागि सरकार चलाउन दिएको तर स्वयं केपी ओली एकपछि अर्को बजेट र कामहरूमार्फत एकपछि अर्को काण्डैकाण्ड र असफलता आएपनि अनेकौँ बाहनाबाजी गरेर र तर्कहरू गरेर आफ्ना सहयोद्धा र पार्टीभित्रका जिम्मेवार नेताहरूलाई गालीगलौज गर्ने को हुन्? अनेकौँ ढंगबाट टिप्पणी गर्ने तर आफू सुध्रिन तयार नहुने को हुन्?

    प्रधानमन्त्री जस्तो मान्छेले संविधानको धारा नमिलाईकन संसद विघटन गर्दा हुने र जनताले सडकमा आन्दोलन गर्दा भाषा मिलाईदिनुपर्ने? निरंकुश पञ्चेहरूको शासन व्यवस्था हो यो ? केपी ओलीको जयजयकार गरेर अथवा नगरिबक्सियोस् भनेर जनताले भन्नुपर्ने? केपी ओलीले संविधानको धारा उल्लघंन गरेर संविधानमै नभएको व्यवस्था उल्लेख गरेर संसद विघटन गर्न मिल्ने, तर जनताले सडकमा केपी ओलीका पक्षमा मिठो गीत गाइदिनुपर्ने ? त्यो संभव छ ? यस्ता तानाशाहहरूको जनताले राम्रो शब्दले टिप्पणी गर्दैनन्।

    भिडियो – 

    (नेपाल रिडर्सका लागि विद्यार्थी नेता तामाङसँग मेनुका बस्नेतले गरेको कुराकानीमा आधारित ।तस्वीर : महेश पाण्डेय)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रञ्जित तामाङ

      रञ्जित तामाङ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.