Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

घरपरिवारभित्रै सोध्नुहोस्-महिलामाथि कस्ताकस्ता हिंसा र हर्कत हुन्छन्?

किशोरीको साहसमा साथ र हिम्मतलाई ढाडस दिइनुपर्थ्यो। तर उल्टै कतिपय मान्छेहरू १७ बर्षकी ती किशोरीलाई चरित्रहीन करार गर्न खोज्दै छन्। उनीहरूको कुरा सुन्दा लाग्छ, बलात्कार किशोरीले गरेकी हुन्।

उषाकिरण तिम्सेना उषाकिरण तिम्सेना
फाल्गुन १७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रो समाज रोगी र कुण्ठित छ भन्ने धेरै पहिले नै थाहा थियो तर अहिले देखिएको स्तरसम्म समाज प्रतिगामी र जिर्ण छजस्तो चाहिँ लागेको थिएन। बलात्कार आरोपीका पक्षमा खुलम्खुला पक्षमा लाग्न सक्नेहरु पनि यो समाजमा रहेछन्। के महिला–के पुरुष, सामाजिक संजाल र अन्य सामाजिक प्लेटफर्मममा समेत बलात्कारीका पक्षमा देख्दा उदेक लागेको छ। घरमा वयस्क छोरी भएका आमाहरूसमेत कसरी आरोपीप्रति सदासयता राख्न सक्छन् भनेर म चकित छु। सम्झील्याउँदा कति डरलाग्दो रहेछ यो समाज!

    मैले यो ‘डरलाग्दो’ घटनापछि कला क्षेत्रका सफल व्यक्तिहरूसँगसम्पर्क गरेर उनीहरूका विचार बुझ्न चाहेँ तर तिनीहरूका विचार डरलाग्दा थिए। घरमा किशोरी छोरी भएका ‘बा’हरू पनि यो घटनाबिरुद्द बोलेनन्, तटस्थ बस्न चाहे। उनीहरू बोलीदिनुको ठुलो अर्थ हुन्थ्यो तर बोल्न चाहेनन्। शायद, पपुलर न्यारेटिभविरुद्ध गएर जोखिम बोल्न नचाहेका होलान्। ईच्छाविपरित यौन सम्बन्ध त के, अनुमतिबिना अर्काको काँधमा हात राख्नु पनि हिंसा हो भन्ने कुरा उनीहरूले नबुझेका होईनन्, बुझ्न नचाहेको हुन् नाम चलेको कलाकारमाथि लागेको बलात्कारको आरोपविरुद्ध बोल्दा आफ्नो पनि कलाकारित भोलि धरापमा पर्ला कि भनेर तर्सेका हुन्।

    राजनीतिमै लागेका महिलाहरूसमेत बलात्कारका बारेमा किन चुप छन् भनेर सामाजिक संजालमा केही प्रश्नहरू सोधिएका छन्। आफ्ना पार्टीका नेताहरूको जन्मदिन, बैबाहिक बर्षगाँंठ, सफलता–असफलता, कस्मेटिक र क्रृत्रिम उपलब्धिहरुमा घरघर पुगेर शुभकाना दिन भ्याउने हाम्रा कमरेडहरू कतै चुक्नु र छुट्नु भएको छैन। तर देशमा सानासाना नानीहरूको बलात्कार हुँदा भने दलका फुलीधारी महिलाहरूलाई छुँदैन।

    कमसेकम मेरै पार्टीनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले मात्रै काठमाण्डूमा १ हजार महिलाहरूको जुलुस निकाल्नुको अर्थ र सन्देश पक्कै ठुलो हुने थियो। बलात्कार आरोपको विषय अदालतमा पुगेको कारणले आन्दोलन गरिएन भन्ने तर्क गर्न सकिन्छ तर यस्ता मुद्धाहरूमा लबिइङ र ऐक्यवद्धता पनि उत्तिकै आवश्यक हुन्छ। तर पीडित पक्ष स्वयंले आफू सार्वजनिक रूपमा हिँड्न र डुल्न पनि असहज भएको बताइरहेको अवस्थामा उनकै ढाडसकै लागि पनि महिला संस्थाहरू उनीकहाँ पुग्नुपर्ने होइन? साथ र समर्थन दिनुपर्ने होइन?

    तर राजनीतिमार्फत नै शक्ति र सत्तामा पुगेकाहरूले आज भुईँका कुरालाई किन वेवास्ता गरिरहेका छन्? आजका किशोरीहरूका आमाहरूले वा समग्र महिलाहरूले अनेमसंघहरूलाई किन सम्झनुपर्छ भनेर कमरेडहरूले सोच्नुपर्दैन? महिलाका नाममा राजनीति गर्ने अनेमसंघलगायत अन्य महिला संघ वा संगठनले यो कुरा ख्याल गर्नुपर्दैन? १७ बर्षे किशोरीले आफूमाथि बलात्कार भएको र बलात्कारीविरुद्व कारबाही होस् भन्ने साहस देखाइन्। यस्तो बलात्कारका विषयमा समाज झस्कनु पर्थ्यो।

    किशोरीको साहसमा साथ र हिम्मतलाई ढाडस दिइनुपर्थ्यो। तर उल्टै कतिपय मान्छेहरू १७ बर्षकी ती किशोरीलाई चरित्रहीन करार गर्न खोज्दै छन्। उनीहरूको कुरा सुन्दा लाग्छ, बलात्कार किशोरीले गरेकी हुन्। यो घटना बाहिरिएपछि मैले मेरा आफन्त–किशोरीहरूलाई फोन गरेर मैले भनेँ, ‘यदि तिमीहरूलाई कसैले गलत ढंगले हेर्दैछ या कसैले गलत व्यवहार गरेको भए मलाई भन्नु।’ गतहप्ता नै मेरी साथीले एक राष्ट्रिय दैनिकमा काकाले आफूमाथि बलात्कार गरेको ‘कथा’ लेखेकी थिईन्। केहि समय अगाडि अर्की साथीले आफू बच्चामै बलात्कारमा परेको कुरा सेयर गरिन् (त्यो सम्झिने बित्तिकै मेरा आँखा अझै रसाउँछन्)।

    अनेकौँ बहानामा चुपचाप बसेका सफल कलाकारहरू, नायकनायिकाहरु र ‘अधिकारकर्मी’हरू हो, सके फकाएर–लोभ्याएर, नसके धम्क्याएर, त्यो पनि नभए बल प्रयोग गरेर गरिने यौन अपराध नै हो। यौनसम्बन्ध त्यतिबेला मात्र जायज हुन्छ, जतिखेर दुबै निर्धक्क सहभागी हुन्छन्। यति सामान्य कुरा बुझ्न नसक्नु कमजोरी हो तर बुझ्न नचाहनु चाहिँ एक किसिमको अपराध हो। र, अन्त्यमा राजनीतिक कार्यकर्ताहरूलाई अनुरोध, तपाईँहरू लैगिंकता(जेण्डर) का जटिलताहरू जान्नु हुन्न भने आउनुस्, गम्भीर छलफल गरौँ। महिलामाथि कस्ताकस्ता हिंसा र हर्कत हुन्छ? आफू नजिकका महिलाहरू (आमा, दिदीबहीनी, श्रीमती र प्रेमिहरू)सँग छलफल गर्नुस्। त्यति गर्दा सबै विषयहरू नजानिएला, तर धेरथोर तपाईंलाई सम्वेदनशील बनाउँछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      उषाकिरण तिम्सेना

      उषाकिरण तिम्सेना

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.