Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एजाज अहमद : साम्राज्यवादविरोधी एक विचारक

भारतको स्वतन्त्रताभन्दा ६ वर्षपहिले सन् १९४१ मा भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको सानो बस्तीमा जन्मेका अहमद केटाकेटीमै आफ्नो पिताबाट प्रेरित भएर र प्रोत्साहन पाएर पठनपाठन एवम् किताबहरूको संसारमा आकृष्ट भएका थिए । भारतको स्वतन्त्रता तथा भारत–पाकिस्तानको विभाजनपछि उनको परिवार पाकिस्तानतिर लागेको थियो ।

nepal_readers nepal_readers
बैशाख ५, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतका सबैभन्दा प्रभावशाली माक्र्सवादी चिन्तकहरूमध्ये एक एजाज अहमदको मार्च ९, २०२२ को दिन इरवीन क्यालिफोर्नियामा निधन भयो । जनताका बुद्धिजीवी एजाज अहमदलाई साहित्य, समाज, इतिहास, अर्थतन्त्र र राजनीतिको जटिल अन्तरसम्बन्धहरूको अन्तरदृष्टिपूर्ण व्याख्याको लागि जानिन्छ। एजाज अहमद युनिभर्सिटी अफ क्यालिफोर्निया, इरविनको तुलनात्मक साहित्य विभागमा २०१६ देखि चान्सलर प्रोफेसरको रूपमा अध्यापनरत थिए।

    भारतको स्वतन्त्रताभन्दा ६ वर्षपहिले सन् १९४१ मा भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको सानो बस्तीमा जन्मेका अहमद केटाकेटीमै आफ्नो पिताबाट प्रेरित भएर र प्रोत्साहन पाएर पठनपाठन एवम् किताबहरूको संसारमा आकृष्ट भएका थिए । भारतको स्वतन्त्रता तथा भारत–पाकिस्तानको विभाजनपछि उनको परिवार पाकिस्तानतिर लागेको थियो । त्यसैले पाकिस्तानको लाहोरमा उनको विद्यालय शिक्षा पूरा भयो र त्यहीँ उनले उच्च शिक्षा हासिल गरेका थिए।

    सन् १९६० को दशकमा पाकिस्तानमा सैनिक तानाशाहीसँगै एजाजले पाकिस्तान छोड्नुप-यो र उनी अध्ययनका लागि न्युयोर्क गए । त्यहाँ उनी राजनीतिकरूपले सक्रिय रहँदै उर्दू साहित्य र विशेषगरी गालिबका शायरीमाथि काम गरे। न्युयोर्क बसाइँकै क्रममा सन् १९७१ मा कोलम्बिया युनिभर्सिटी प्रेसबाट एजाजद्वारा सम्पादित पहिलो किताब छापियो, ‘गजल्स अफ गालिब’ । त्यस किताबमा गालिबका गजलहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद एजाज अहमद, डब्ल्युएस मार्विन, एडीएन रिच, विलियम स्टैफर्ड, डेविड रे, टामस फित्जसिमन्स, मार्क स्टैन्ड र विलियम हन्टद्वारा गरिएको थियो । तीमध्ये केही अनुवाद १९६९ मै मिर्जा गालिबको शताब्दी वर्षको अवसरमा ‘द हडसन रिभ्यु’ मा छापिएका थिए।

    उक्त किताबका लागि लेखिएको लामो भूमिकामा एजाज मिर्जा गालिबको जीवनी, उर्दूका समकालीन लेखकहरू तथा मुगल दरबारसित तिनीहरूको सम्बन्धबारे लेख्नुको साथै ‘दस्तबुं’ मा सङ्कलित मिर्जा गालिबका पत्रहरूमार्फत उनले सन् १८५७ को विद्रोहसित जोडिएका गालिबका अनुभव र विद्रोहीहरू तथा अङ्ग्रेजहरूप्रति उनीहरूको व्यवहारका बारेमा पनि विस्तारमा लेखेका छन् । एजाजले दिल्लीसमेत तत्कालीन उत्तर भारतका ती सामाजिक–सांस्कृतिक र भाषासम्बन्धी परिवेशको पनि चर्चा गरेका छन्, जसमा गालिब बाँचिरहेका थिए । साथै उनले मिर्जा गालिबका गजलहरू अङ्ग्रेजीमा तयार गर्दा आइपरेका चुनौतीहरूको पनि उल्लेख गरेका छन्।

    सन् १९७० को दशकमा एजाज पुनः पाकिस्तान फर्के । त्यस क्रममा उनी एकातिर पाकिस्तानमा फिरोज अहमदद्वारा प्रकाशन गर्न लागेको पत्रिका ‘पाकिस्तान फोरम’ सित जोडिएर त्यहीँ उनले न्युयोर्कबाट छापिने प्रसिद्ध पत्रिका ‘मन्थली रिभ्यू’ मा पनि लेख लेख्न सुरु गरे । तर, १९७७ मा पुनः जनरल जियाउल हकले गरेको तख्तापलट (सैनिक विद्रोह) को दुई वर्षपछि देश निकालामा परेर अरू वामपन्थी नेताहरूसँगै एजाजले पनि सधैँका लागि पाकिस्तान छोडेर जानुप-यो । देश निकालामा परी संरा अमेरिकातिर गएका एजाजले १९८० को दशकमा भारतमा शरण पाए । उनी भारतमा तीन दशकभन्दा बढी समयसम्म रहे र लेखन तथा प्राध्यापनसँगै वामपन्थी आन्दोलनसित जोडिएर सक्रिय रहे । उनी लामो समयसम्म नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरीमा अनुन्धानकर्ता रहे, त्यहाँ उनी उक्त संस्थाका तत्कालीन निर्देशक रविन्दर कुमारसित आत्मीय सम्बन्धमा रहे ।

    आफ्नो चर्चित पुस्तक ‘लिनिएजेज अफ द प्रेजेन्ट’ लाई एजाजले रविन्दर कुमारलाई नै समर्पित गरेका थिए । तीनमूर्ति निकेतनमा बिताएको यस पूरा कालखण्डलाई उनले आफ्नो बौद्धिक निर्माण र वैचारिक तयारीको दृष्टिले अत्यन्त महत्वपूर्ण अवधि मानेका छन् । त्यसै अवधिमा उनले भारतीय उपमहाद्वीपसमेत दक्षिण एसियाको समग्र इतिहासबारे सुव्यवस्थित ढङ्गले अध्ययन गरे । त्यतिमात्र होइन उनले जवाहरलाल नेहरू विश्वविद्यालय र जामिया मिलिया इस्लामियामा पनि अध्यापन गरे । नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरीमा अनुसन्धानकर्ताको रूपमा काम गर्दागर्दै उनले ‘इन थियरी’ जस्तो चर्चित पुस्तक पनि लेखे ।

    साहित्यको सैद्धान्तिक र विचारधाराको राजनीति

    सन् १९९२ मा छापिएको एजाज अहमदको प्रभावशाली पुस्तक ‘इन थियरी’ प्रकाशन भएको पनि तीन दशक हुन लागेको छ । साहित्यको आलोचनाका लागि इतिहासबोधको साथसाथै राजनीतिक–आर्थिक परिदृश्यको गहिरो बुझाइ हुन र साहित्यलाई देश–कालको समग्रतामा राखेर मूल्याङ्कन गर्न कति आवश्यक छ भन्ने कुरा ‘इन थियरी’ पढेपछि छर्लङ्ग हुन्छ ।

    वैश्विक मञ्चमा सक्रिय साम्राज्यवादी शक्तिहरू, पुँजीवादी सत्ता र विचारधाराहरूद्वारा साहित्यको क्षेत्रमा गरिँदै आएका सूक्ष्म हेराफेरीलाई जति मिहिन ढङ्गले एजाजले उद्घाटित गरेका छन्, ती निकै पठनयोग्य छन् । ‘इन थियरी’ मा एजाज अहमद वर्ग, राष्ट्र र साहित्यको कुरा गर्छन् । उनी आफ्नो रचनामा बहुलतामा हामी भन्ने आफ्नो बहुवचनीयतालाई कायम राख्छन् । उनले अकारण नै आफ्नो पुस्तकको उपशीर्षक ‘वर्गहरू, राष्ट्र र साहित्य’ राखेका थिएनन् ।

    इतिहास, साहित्य र राजनीतिको अन्तरसम्बन्धहरूलाई बुझ्नको लागि यस पुस्तक र उनका अरू पुस्तकहरू पनि पढ्नुपर्ने हुन्छ । साथै, उनका पुस्तकले जब साहित्य र साहित्यलोचनासित जोडिएका सैद्धान्तिकीलाई इतिहास, राजनीति, अर्थतन्त्र आदिको समग्रतामा बुझ्नुपर्ने हुन्छ, तब आफ्नो समयको जटिलताहरूको नेपथ्यमा काम गर्ने सत्ता र विचारधाराको राजनीतिलाई उद्घाटित गर्छन् । दोस्रो विश्वयुद्धपछि औपनिवेशीकरणबाट मुक्त हुने प्रक्रियामा जहाँ एकातिर एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूलाई स्वतन्त्रता प्राप्त भयो, अर्कोतिर त्यही दौरानमा साम्राज्यवादले बिस्तारै बिस्तारै नवउपनिवेशीकरणका लागि सूक्ष्म वैचारिक स्वरूप तयार गर्न थालेको थियो । साम्राज्यवादको यही वैचारिकी अमेरिका र युरोपका विश्वविद्यालयहरूमा बीसौँ शताब्दीको उत्तराद्र्धमा विकसित भएका सिद्धान्तहरू विशेषगरी उत्तर–संरचनावाद र उत्तर आधुनिकतावादमा परिलक्षित भएको थियो ।

    एजाज अहमदका अनुसार यी विचारधारा र चिन्तन पद्धतिहरूले सन् १९६० को दशकमा सुरु भएका युद्धविरोधी आन्दोलन र विद्यार्थी आन्दोलनहरूको रूपमा हुर्किएका राजनीतिक असन्तोष र प्रतिरोधको आन्दोलनलाई कमजोर पार्ने, नियन्त्रण गर्ने तथा तिनीहरूलाई प्राज्ञिक बहसहरूमा सीमित गरेर संस्थागत रूप दिने काम पनि गरेका थिए ।

    युद्धोत्तर कालमा हुने गरेका यस्ता सिद्धान्तहरूको विष्फोटको पछाडि सक्रिय ऐतिहासिक शक्तिहरू र यस प्रक्रियालाई तीव्रता दिनेखाले राजनीतिक–आर्थिक परिघटनाहरूको अध्ययनलाई पनि यस किताबमा एजाजले उल्लेख गरेका छन् । त्यस क्रममा एजाजले आफ्नो ध्यान ती मूल विचारधाराहरूमाथि केन्द्रित गरेका छन्, जसबाट दोस्रो विचारधाराहरू र चिन्तन उपधाराहरू प्रस्फुटित भए । यतिमात्र होइन एजाजले समकालीन साहित्यलोचनाको पद्धति र सैद्धान्तिकीमा रहेको त्यस स्पष्ट विरोधाभासलाई पनि देखाइदिए जसमा माक्र्सवादको वैचारिक इतिहास र सिद्धान्तहरूलाई सुरुदेखि अस्वीकार गरेर पनि ती नव–सिद्धान्तकारहरूले आफ्नो लेखनमा माक्र्सवादी स्थापना र विचारकहरूलाई बिनाकुनै अप्ठ्यारो समाहित गर्ने गरिरहेका थिए ।

    कुनै काल विशेषका सांस्कृतिक उत्पादनको आफ्नै समयका अन्य उत्पादन र राजनीतिक प्रक्रियाहरूसित जटिल सम्बन्धहरूको अध्ययनको प्रश्न ती नवसिद्धान्तकारहरूको प्राथमिकतामा कहिल्यै परेन । एजाजले ठिक्कै लक्षित गरेका थिए कि ती सिद्धान्तकारहरू स्वयम्ले आफ्नो वर्गीय स्थिति र सिद्धान्त रचनाका प्रक्रियाहरूलाई प्रभावित गर्ने कारक तत्वहरूका बारेमा मौनता साधेका थिए । यसकारण, एजाजले ती सिद्धान्तकारहरूमाथि विचार गर्दै उनीहरूका ठेगाना र संस्थागत सम्बद्धताको प्रश्नलाई प्रमुख रूपमा उठाए । यसमा ‘तेस्रो विश्व’ ‘सांस्कृतिक राष्ट्रवाद’ जस्ता धारणाहरूमाथि प्रश्न उठाउन पनि सामेल थिए।

    साम्राज्यवाद, उपनिवेशबाट मुक्ति र समाजवादको लागि सङ्घर्षको द्वन्द्वात्मकताले कसरी हाम्रो आफ्नो समयको अन्तरविरोधहरूको रचना गर्छन् भनी बुझ्नु नै एजाज अहमदको प्राथमिकता रह्यो । जब युरोप र अमेरिकाको प्राज्ञिक संसारमा उत्तर संरचनावाद, उत्तर आधुनिकतावादजस्ता विचारधाराहरूको विस्फोट भइरहेको थियो, त्यसै दौरानमा पुँजीवादी शक्तिहरूले आफ्नो मायावी जाल फैलाए जसमा उनीहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका नवस्वाधीन देशहरूलाई ऋण सहयोगको नाममा आफ्नो नियन्त्रणमा लिँदै गए।

    एजाज अहमदले उत्तर–संरचनावाद, विखण्डनको त्यसको सैद्धान्तिक पक्षको आलोचना गरे, जो उपनिवेश र साम्राज्यसित जोडिएका साहित्यको व्याख्या गर्दै त्यस संसारको कुरा गर्न हिच्किचाउने गर्छ, जुन संसारबाट सीधा तरिकाले यस साहित्य र सैद्धान्तिक पक्ष जोडिएका छन् । उत्तर–संरचनावादको उदयलाई एजाजले बहुराष्ट्रिय पुँजीको आक्रामक विस्तार र त्यसको सफलता, विश्वस्तरमा भएका राजनीतिक–आर्थिक परिवर्तनहरूको परिप्रेक्ष्यमा राखेर हेरे ।

    दोस्रो विश्वयुद्धपछिको कालमा जहाँ अमेरिका प्रभुत्वशाली पुँजीवादी सत्ताको रूपमा उदायो, त्यहीँ पुँजी सञ्चयको प्रवृत्ति पनि अभूतपूर्व रूपमा बढ्यो । पुँजीवादको यो उन्नत अवस्था एकातिर साम्राज्यवाद र त्यसको सैन्य संयन्त्रको कार्यको रूपमा देखाप-यो । अर्कोतिर वैश्विक स्तरमा कर्पोरेट (व्यापारिक) अर्थव्यवस्थाको वर्चस्व स्थापितको रूपमा पनि प्रकट भयो । यस साम्राज्यवादी–पुँजीवादीतन्त्रले समाजवादी नीतिलाई अपनाउने नवस्वाधीन राष्ट्रहरूमा योजना निर्माण र त्यसको प्रभावी कार्यान्वयनलाई हरस्तरमा विफल बनाइदिनका लागि पैतालादेखि टुपीसम्मको बल लगाएका थिए । त्यसको नतिजा उपनिवेशवादविरोधी आन्दोलनको लामो दौडबाट निक्लियो र प्रायः उजाड एवम् आर्थिकरूपले विपन्न बनिसकेका यी देशहरूका संशाधनहरूको अभावको गम्भीर समस्यासित जुझ्नुपरेको थियो।

    जब–जब यी नवस्वाधीन देशहरूको समाजवादी झुकावबाट साम्राज्यवादी–पुँजीवादी शक्तिहरूको खतरा महसुस भयो, तब–तब ती देशहरूमा सैनिक विद्रोहजस्ता कारबाहीहरूलाई कार्यान्वयन गरी अराजकता फैलाउने, जनप्रिय तर साम्राज्यवादविरोधी राष्ट्राध्यक्ष र राजनेताहरूको हत्या गराउने, यहाँसम्म कि सिधा सैन्य हस्तक्षेप गर्नमा समेत संरा अमेरिका र अरू साम्राज्यवादी देशहरूले थोरै पनि अप्ठ्यारो मानेको देखिन्न।

    वर्तमान गाँठोहरूमाथि विगतको उज्यालो

    सन् १९९६ मा प्रकाशित आफ्नो पुस्तक ‘लिनिएजेज अफ द प्रेजेन्ट’ मा एजाजले दक्षिण एसियामा राजनीति र विचारधारासित जोडिएका ज्वलन्त प्रश्नहरूको गहन खोज गरेका छन्। एजाज हाम्रो राजनीतिक–सामाजिक वर्तमानका गाँठोहरूलाई बुझ्ने र सुल्झाउने क्रममा वर्तमानको स्थितिमा अतीतको भूमिकाको खोज गर्छन् । उनी इतिहासलाई वर्तमानलाई अतीतसित जोड्ने प्रक्रियाको रूपमा देख्छन् ।

    यसै पुस्तकमा ज्याक डेरिडाद्वारा लिखित पुस्तक ‘स्पेक्टरर्स अफ माक्र्स’ को बारेमा एजाज आफ्नो मत प्रकट गर्छन् कि उनी डेरिडाद्वारा नवउदारवादलाई नकार्ने र माक्र्सवादको अन्तको घोषणा गरिँदै गरेको समयमा माक्र्सवादमाथि विश्वास जगाउने डेरिडाको साहसलाई स्वागत गर्छन्। तर, एजाज डेरिडाद्वारा माक्र्सवाद र विखण्डनवादको बीचमा समायोजन स्थापित गर्ने प्रयासहरू र यस क्रममा देरिदाको विमर्शको अधुरोपन र उनको असङ्गत धारणाहरूको आलोचना गर्छन्।

    यसका साथै एजाजले यस पुस्तकमा अन्य लेखहरूमा फासीवाद र साम्प्रदायिकता, साम्राज्यवादी विचारधारा, पाकिस्तानमा प्रजातन्त्र र तानाशाही, उर्दू भाषाको दशा, संस्कृति र राष्ट्रवादजस्ता प्रश्नहरूमा पनि सविस्तार चर्चा गरेका छन्। मौलाना अबुल कलाम आजादमाथि लेख्दै एजाजले राष्ट्रवादी मुस्लिमहरूका उपलब्धिहरूको साथसाथै उनीहरूको विफलता र सीमाहरूलाई पनि रेखाङ्कित गरेका छन् । डिसेम्बर १९९२ मा बाबरी मस्जिद विध्वंसको घटनाको सन्दर्भमा लेख्दै एजाज भारतमा साम्प्रदायिक र फासीवादी शक्तिहरू, सङ्गठनहरूको उभारको परिघटना र उनको विचारधाराको पनि गहन विश्लेषण गरेका छन्। अगाडि गएर एजाज अहमदले ‘फ्रन्टलाइन’ जस्ता समाचारपत्रहरूमा समसामयिक मुद्दामा लगातार लेखहरू लेखे र विश्व राजनीति एवम् अन्तर्राष्ट्रिय सम्बन्धहरूको बारेमा वेब न्यूज पोर्टललाई अन्तर्वार्ताहरू पनि दिए ।

    एजाजको संवाद प्रवृत्तिको सुन्दर लय इतिहासकार विजयप्रसादसित उनको लामो साक्षात्कारमा पनि देखिएको छ, जुन पुस्तकको रूपमा ‘नथिङ ह्युमन इज एलियन टु मी’ शीर्षकमा प्रकाशित छ । एजाजले कार्ल माक्र्स, फ्रेडरिक एँगेल्स र माक्र्सवादी समीर अमीनको चुनिएका लेखहरूको सङ्कलन पनि तयार गरे, जुन ‘लेफ्ट वर्ड’ प्रकाशनद्वारा प्रकाशित छ । एजाज अहमदको केही अन्य पुस्तक पनि छन् : ‘इराक, अफगानिस्तान र हाम्रो समयको साम्राज्यवाद’, ‘साम्यवाद र विश्वव्यापीकरणबारे’, ‘भारत: उदार प्रजातन्त्र र अति दक्षिणपन्थ’ आदि । एजाज अहमदलाई उनको प्रतिबद्धता, वैचारिक साहस र प्रबुद्ध तार्किकताको लागि सधैँ याद गरिनेछ ।

    -onlinemajdoor.com

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.