Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एउटा अन्तर्राष्ट्रियवादी क्रान्तिकारी जो लड्दालड्दै शहीद भयो

यसै क्रममा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुनु वा मेडिकल साइन्समा योगदान दिनुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु।’ अतः मानवीय संवेदनाका धनी चेले गरीब जनताको शोक, भोक र सन्तापबाट मर्माहत भई स्टेथेस्कोप फालेर बन्दुक समात्ने निधो गरे।

सहयोगीबाट सहयोगीबाट
अशोज २३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अर्नेस्टो ग्वेभारा लिन्च र सेलिया डेला सेर्नाबाट अर्जेन्टिनाको रोजारियामा १४ जुन १९२८ मा चे ग्वेभाराको जन्म भएको थियो। उनी मध्यम वर्गका शिक्षित परिवारमा जन्मे। उनका बाबु अर्जेन्टिनाका तत्कालिन् निरंकुश शाषक पेरोका कट्टर विरोधी थिए। उनका बा भूमिगत लडाइँ लड्ने संगठनसँग आबद्ध थिए भने चेकी आमा पेरो सत्ताको विरोधी प्रदर्शनमा भाग लिँदा दुईपटक गिरफ्तारीमा समेत परेकी थिइन्।

    चे अर्जेन्टीनाका मार्क्सवादी क्रान्तिकारी थिए। उनले क्यूबाको क्रान्तिमा मुख्य भूमिका निभाए। यिनलाई एल चे अथवा ‘केवल चे’पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा आन्दोलनहरू उठाएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे। चेको मृत्युपछि उनको चर्चा विश्वभर झनै व्यापक भयो। चे ग्वेभारा सारा संसारमा सांस्कृतिक विरोध एवं वामपन्थी गतिविधिहरूका प्रतीकका रूपमा चिनिए।

    लडाकु जो जीवनभर दमको रोगी थियो

    चे वाल्यकालमै दमरोगी थिए। २ वर्षको उमेरमै उनमा दम देखिएको थियो। यसकारण ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन। त्यसो हुँदा उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे। भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो। उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए।

    शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए। अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गर्न सूरु गरेका थिए। चार वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनसआयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरी पढाईको लागि भर्ना हुन गए। उनको परिवार भने उनलाई इन्जिनियर बनाउन चाहन्थ्यो। क्यान्सर रोगबाट आफ्नी हजुरआमाको मृत्यु, आमाको क्यान्सरसँगको लडाईँ र आफ्नै दम रोगका कारण पनि उनी डाक्टरी पढ्नतिर लागेका थिए।

    चे यात्रा गर्न औधी रुचाउँथे। अध्ययनकै क्रममै उनी साइकल चढेर देशको कुनाकाप्चा पुगे। स्वास्थ्यका कारण भौतिक शरीर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न उनले कहिल्यै छाडेनन्। पढन्ते र घुमन्ते स्वभावका उनले घुम्ने क्रममै मार्क्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए।

    चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे। यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पुर्‍यायो  र उनले यसको कारण के हुनसक्छ भन्नेबारे गम्भीर भएर सोचेँ। ‘शरीरमा हुने जैविक रोगको कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनीतिक कारणको उपचार कसरी सम्भव होला?’ यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो।

    प्रायः पूरै ल्याटिन अमेरिका घुमेपछि त्यस महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्‍यायो। उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण पुँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद थियो र त्यसबाट छुटकारा पाउने एकमात्र उपाय थियो– विश्व क्रान्ति। यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका राष्ट्रपति याकोबो आरबेन्ज गुजमानद्वारा चलाईएको समाज सुधारका कार्यक्रमहरूमा भाग लिए।

    उनको क्रान्तिकारी सोच त्यतिखेर झनै बलियो बन्यो, जब सन् १९५४ मा राष्ट्रपति गुजमानलाई अमेरिकाको मद्धतमा पदबाट हटाइयो। यसको केही समयपछि मेक्सिको सिटीमा चेको भेट फिडेल कास्ट्रो र राहुल क्यास्त्रोसित भयो। क्यास्त्रो दाजुभाइसँगको भेटपछि चे २६ जुलाईको क्युबाली क्रान्तिमा सामेल भए। बाटिस्टाको राज्यविरुद्ध दुई वर्षसम्म चलेको अभियानमा चेले मुख्य भूमिका निभाए।

    डाक्टर बनेर बिरामीको सेवा गर्ने उद्देश्य राखेका उनको जीवनमाथि नै अब अर्को प्रश्न खडा भयो। चेले गरीबि र असमानताका सामाजिक र राजनीतिक कारणहरु खोज्नतिर लागे। उनी गाउँगाउँ पुगे। विभिन्न वस्तीवस्ती पुगे। उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीबहरू। भोक र पीडाले अत्यन्त दयनीय जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीबिका कारण बाबुआमाहरू स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे। ड्राइभर र भरियाका कथाहरु सुने उनले। उनी चिलीका खानीहरूमा पुगे। अमेजन जंगलका रेड–इण्डियन आदिवासीहरूको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे।

    स्टेथेस्कोप फालेर बन्दुक

    चेले भन्थे, ‘मैले यात्रा गरेका देशहरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो। मैले यात्राको क्रममा पत्ता लगाएँ, स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु। मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन्। कुपोषणको आँधी चल्दैछ। यसै क्रममा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुनु वा मेडिकल साइन्समा योगदान दिनुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु।’ अतः मानवीय संवेदनाका धनी चेले गरीब जनताको शोक, भोक र सन्तापबाट मर्माहत भई स्टेथेस्कोप फालेर बन्दुक समात्ने निधो गरे।

    उनले दक्षिण अमेरिकामा अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप देखे। त्यसबेला दक्षिण अमेरिकामा अमेरिका समर्थित तानाशाहहरुको जगजगी थियो। त्यहाँ निर्धन जनता र मजदुरमाथि अमेरिका तथा विदेशी कम्पनीद्वारा भइरहेको शोषण दमनलाई उनले नजिकैबाट नियाले। त्यसैले उनले बन्दुक समातेर अमेरिकी साम्राज्यवादका विरुद्धको क्रान्तिमा होमिए।

    उनले फिडेल क्यास्ट्रोसँग मिली बाटिस्टा शोषणका विरुद्धमा मोर्चा कसे र क्युबालाई मुक्त गरेरै छाडे। स्वयम् दमका रोगी चे कुशल चिकित्सकका साथै कुशल लडाकु पनि थिए। युद्धका क्रममा चे घाइतेको उपचार गर्थे, भारी बोक्थे र बन्दुक बोकेर लड्थे। चे भन्थे, ‘क्रान्तिकारी राजनेताले साधुको जीवन बिताउनुपर्छ, आडम्बरहीन भएर बाँच। समाजवादमा पुँजीवादी वातावरण सिर्जना गर्ने प्रयास नगर।’

    अन्तर्राष्ट्रियवादी कमरेड

    क्युबाको मुक्तिपछि उनी क्युबाको नेसनल ब्यांकको गभर्नर बने, भूमिसुधार मन्त्री भए। र, अनेकौं देशसमेत डुले तर सम्पत्तिका नाममा एक सुता धागो पनि जोडेनन्। उही खाकी ड्रेसमै सधैँ उनी रमाए। उनी कठिन परिश्रम गर्थे, मजदुर र किसानहरुलाई निरन्तर प्रशिक्षित गर्थे। उनले क्युबामा क्रान्ति हुनुपूर्व नै फिडेल क्यास्ट्रोसँग सर्त राखे, ‘क्युबामा क्रान्ति सम्पन्न भएपछि कुनै पनि बहानामा मलाई यहाँ रोकिने छैन। मैले भन्नासाथ मलाई दक्षिण अमेरिकामा क्रान्ति सम्पन्न गर्नका लागि जान दिनुपर्छ ।’ उनलाई कुनै पनि किसिमको मानसम्मान र ओहोदाले रोक्न सकेन र शर्तबमोजिम उनी बोलिभिया गए।

    २७ जनाको डफ्फासहित बोलिभियाको जंगलमा गुरिल्लायुद्ध लड्न पुगेका चे अन्तमा एकजना विश्वासघाती किसानका कारण शत्रुको घेरामा परे। अमेरिकी सिआइ एजेन्टमार्फत तालिम प्राप्त रेन्जरका आधा दर्जनभन्दा बढी गोलीबाट उनको गैरन्यायिक हत्या भयो। अमेरिका समर्थित त्यहाँको शासकले चेका बिरुद्धमा कानूनी कारवाही गर्नुको सट्टा उनको ज्यान लिएको थियो। पछि अमेरिका स्वयंले स्वीका-यो, ‘चेमाथि मुद्दा चलाउनुको अर्थ भूकम्प निम्त्याउनु थियो।’ त्यस्तो क्रान्तिकारीलाई अदालतको कठघरामा उभ्याउनु असम्भव थियो।

    चे एक अन्तर्राष्ट्रियवादी क्रान्तिकारी योद्धा थिए। जीवनभर दमका रोगीको न्याय र क्रान्तिप्रतिको त्यो निष्ठा आफैँमा लोभलाग्दो थियो। चेका संसार एउटै भूगोल एउटै थियो, देशका सिमानाको कुनै अर्थ थिएन। अर्जेन्टिनाको भूमिमा जन्मेर, पढेर, ग्वाटेमालाबाट क्रान्तिको कखरा सिकी मेक्सिकोबाट क्युबामा गई क्रान्ति सम्पन्न गर्ने महान् अन्तर्राष्ट्रियवादी चेले कंगोमा क्रान्तिको बीज छरेर बोलिभियाको क्रान्तिमा ९ अक्टोवर १९६७ मा सहादत प्राप्त गरे। जीवनभर क्रान्तिमा होमिएर ३९ वर्षकै उमेरमा सहादत प्राप्त गरेका त्यस्ता अन्तर्राष्ट्रियवादो क्रान्तिकारी कमरेडलाई लाल सलाम।

    –राजनीतिडटकम/समाधानन्युजको सहयोगमा। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.