Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सम्झनामा फिडेल क्यास्ट्रो : विश्वभरका वामपन्थीका प्रेरक

लगातार घन्टौंसम्म जोशिलो भाषण दिने कलाका कारण फिडेल क्यास्ट्रोलाई उनका साथीहरूले ‘द ज्वाइन्ट’ को नामले बोलाउने गर्थे। फिडेलले एउटा सानो द्वीप क्युुबालाई शक्तिशाली साम्राज्य अमेरिकाको अगाडि स्वाभिमानका साथ उभिन सिकाए।

nepal_readers nepal_readers
मंसिर २१, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अनीश अंकुर

    क्यूूबाका पूर्व राष्ट्रपति तथा ल्याटिन अमेरिकासहित पूरै विश्वको क्रान्तिकारी शक्तिको प्रतीक फिडेल क्यास्ट्रो अहिले यस दुनियामा नभएपनि उनले छोडेको क्रान्तिकारी छाप आज पनि धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। क्यास्ट्रोको पाँच वर्षअघि २५ नोभेम्बरमा नब्बे वर्षको उमेरमा निधन भएको थियो। फिडेल क्यास्ट्रोपछि क्युुबामा साम्राज्यवादी शक्ति खुल्ला रुपबाट त्यहाँको कम्युनिष्ट सरकारलाई अस्थिर बनाउने पुरानो योजनामा काम गर्न थालेका छन्। गत ११ जुलाईमा क्युुबामा भएको विरोध प्रदर्शनहरूलाई अमेरिकाको नेतृत्वमा पूँजीवादी मुलुकहरूले साहयोग गरिरहेको कुरा विश्वमै जगजाहेर छ।

    मियामीस्थित केन्द्रबाट मिडिया तथा सञ्चारको उपयोग गरेर ‘हाइब्रिड वार’ को माध्यमबाट हस्तक्षेपका साथै क्युबामा ‘कु’को समेत कोशिस भयो। तर सधैंको जस्तै समाजवादी गणतन्त्र क्युुबाका जनताले अमेरिकाको यो कुटिल चाललाई लत्याइदिए। संकटको यो घडी पूरै विश्वका जनता सधैंझै क्युुबाको समर्थनमा खडा भए।

    अमेरिकाको सत्ताधारी वर्गका तमाम कुचक्रका बावजूद क्युुबा आज पनि विश्वभर समाजवादका लागि लड्ने जुनसुकै व्यक्तिका लागि पनि आशाको किरणजस्तै हो, भलै फिडेल क्यास्ट्रो आज सशरीर छैनन्। तर जुन मूल्यलाई उनले त्यहाँको सामाजिक जीवनको हिस्सा बनाए, त्यसले आफ्नो गरीमा र स्वभिमानको रक्षाका लागि संघर्षमा उत्रिने जो कोहीलाई प्रेरित गरिरहनेछ।

    फिडेल क्यास्ट्रो, मुहम्मद अली र तियोफिलो स्टीवेंसन

    अमेरिकाका मुक्केबाज मुहम्मद अली एकपटक क्युबा गएका थिए। त्यहाँ उनको क्युबाका प्रख्यात मुक्काबाज तियोफिलो स्टीवेन्सनसँग भेटघाट भयो। तियोफिलो स्टीवेन्सनलाई उनको मुक्केबाजीका कारण क्युबाको राष्ट्रिय हिरोको दर्जा प्राप्त भएको थियो। त्यसबेला मुहम्मद अली स्वयं पार्किन्सन रोगबाट पीडित थिए। उनको हात काप्ने गथ्र्यो। तियोफिलो स्टीवेन्सनले मुहम्मद अलीसँग सोधे ‘आफ्नो हालत किन यस्तो बनाएर राख्यौ?’ मुहम्मद अलीको जवाफ थियो, ‘हामी अफ्रिकन–अमेरिकीहरूसँग कुनै फिडेल छैनन्, जसले तिम्रोजस्तै मेरो पनि ख्याल राख्छन्।’

    केही महिनाअघि मुहम्मद अलीको मृत्युको समयमा अली र फिडेलको भेटघाटका केही तस्वीरहरू मिडियामा सार्वजनिक भए। मुहम्मद अली आफ्ना सबै प्रतिस्पर्धीहरूलाई धुलो चटाउने गर्थे। मुक्केबाजीका विश्लेषकहरू भने मोहम्मद अली र तियोफिलो स्टीवेन्सनबीचको प्रतिस्पर्धा भने सबैभन्दा जबर्दस्त हुनसक्ने आँकलन गर्छन्। तर बिसौं शताब्दीका यी महान् मुक्केबाजीहरूबीको महान् भिडन्त कहिल्यै हुन सकेन। यसका कारक थिए, फिडेल क्यास्ट्रो।

    तियोफिलो स्टीवेन्सनले क्युबाका लागि तीन ओलम्पिक स्वर्ण जिते। मुहम्मद अलीलाई ओलम्पिकमा एक मात्र स्वर्ण हासिल भएको थियो। त्यसपछि उनी व्यवसायिक मुक्केबाजीमा लागे। मुहम्मद अलीसँग लड्नका लागि तियोफिलो स्टीवेन्सनलाई कैयौँ लाख डलरको प्रस्ताव गरिएको थियो। र, यदि भएको भए यो लडाइँ बिसौं शताब्दीकै सबैभन्दा रोचक प्रतिस्पर्धा हुन सक्थ्यो।

    तर यो लडार्इँ लडेमा तियोफिलो स्टीवेन्सनले क्युबा नै छोड्नुपथ्र्यो। किनकि त्यहाँ व्यवसायिक मुक्काबाजी (बक्सिङ) गर्न प्रतिबन्ध थियो। क्युबामा खेललाई व्यवसायको सट्टा भावनाबाट खेल्नुपर्नेमा जोड दिइन्छ। त्यतिबेला स्टीवेन्सनले एउटा प्रेरणादायी अभिव्यक्ति दिए, ‘म पैसाको लागि फिडेल र क्युुबाली जनताको साथ छोड्न सक्दिनँ।’

    फिडेल क्यास्ट्रो र डियेगो माराडोना

    फिडेल क्यास्ट्रोप्रति ल्याटिन अमेरिकाका स्टार फुटबल खिलाडी डियेगो म्याराडोनाको पनि अगाध श्रद्धा थियो। क्यास्ट्रोसँग प्रभावित म्याराडोनाले आफ्नो बायाँ गोडामा फिडेलको ट्याटु बनाएका थिए। माराडोना प्रसिद्धिको शिखरमा रहेका बेला उनमा नशालु पदार्थको लत लागेको थियो। क्यास्ट्रोले म्याराडोनालाई यस लतबाट बाहिर निकाल्नका लागि सहयोग गरे।

    यस घटनालाई सम्झिँदै म्याराडोना भन्थे, ‘क्युबाले मेरो लागि त्यतिबेला ढोका खोलिदियो, जब आफ्नो देशका क्लिनिकहरू मलाई स्वीकार गर्न तयार थिएनन्। यसका लागि म फिडेललाई धन्यवाद दिन चाहन्छु। नशालु पदार्थले शरीरमा पार्ने नकारात्मक असरका विषयमा क्यास्ट्रोले मसँग खुलेर कुरा गरे। म क्युबामा चार वर्षसम्म रहँे। फिडेल रातको दुई बजेसमेत मलाई बोलाउने गर्थे र राजनीति, खेल तथा विश्वमा भइरहेका घटनाका विषयमा कुराकानी गर्थे।’

    फिडेलको मृत्युपछि ल्याटिन अमेरिकी महाद्वीपका प्रख्यात खेडाली म्याराडोनाले भने ‘निःसन्देह, उनी महान् थिए। तर उनका आख्यानहरू हाम्रो हृदयमा सुरक्षित छन्। फिडेल मरेका छैनन्। उनी मेरा दोस्रो पिता थिए। उनले हाम्रा लागि एउटा यस्तो विरासत छोडे, जसलाई हामी विश्वासघात गर्न सक्दैनौं। कतिपयले यी महान् व्यक्तिको मृत्युपछि क्युबा कमजोर भइसककेको विश्लेषण गर्न सक्लान्। तर यो गलत सावित भइसकेको छ। म क्युुबाका जनतालाई आफ्नो शुभकामना पठाउँदै मेरो मन क्युबाका जनताकै साथमा रहेको कुरा भन्न चाहन्छु। आज म एउटा क्युबाली सिपाही हुँ। आज म आफ्नो हृदय र शरीर यस झण्डा, क्युुबा, फिडेल क्यास्ट्रो र चे ग्वेभाराको नाममा समर्पित गर्न चाहन्छु।’

    फिडेल, अफ्रिका र नेल्सन मण्डेला

    दक्षिण अफ्रिकामा फिडेल क्यास्ट्रोले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको सम्बन्धमा थोरै कम चर्चा हुन्छ। यहाँ क्युुबाली सेनाको हस्तक्षेपको प्रभाव थियो। त्यसैले त्यहाँ स्वधीनता संग्रामको रक्षा हुनसक्यो। फिडेल क्यास्ट्रोले क्युुबाली सैनिकलाई अंगोला र मोजाम्बिकमा ७०÷८० को दशकमा त्यहाँको रंगभेदी शासनद्वारा समर्थित प्रतिक्रान्तिकारी शक्तिविरुद्ध पठाएका थिए। त्यस्तै सन् १९८८ को क्युुटो क्युुआनवालेमा क्युुबाली सेनाको निर्णायक हस्तक्षेपबाट नै अमेरिकाको सीआईएबाट सञ्चालित युनिटा सैन्य बललाई पराजित गरिएको थियो। अंगोलामा दक्षिण अफ्रिकी रंगभेदी शासनको अन्त्य यसै पराजयको परिणाम थियो।

    यसरी नै युनिटाले नामीबियाबाट पनि आफ्नो फौज हटाउनुुपरेको थियो। यस सैन्य मिसनमा क्युबाका दुुई हजार सैनिक मारिएका थिए भने लगभग दस हजार सैनिक घाइते भए। कुनैपनि पश्चिमी देशले आफ्नो महाद्धीपभन्दा बाहिर फौज पठाएको यो पहिलोपटक थियो।
    यिनै कारणहरूले गर्दा नेल्सन मन्डेलाले सार्वजनिक रुपमै क्युुबा र फिडेल क्यास्ट्रोप्रति आभार प्रकट गरेका थिए। २७ वर्षपछि सन् १९९० मा जेल बाहिर निस्केपछि नेल्सन मन्डेलाले क्यास्ट्रोप्रति आभार प्रकट गर्नका लागि क्युुबाको यात्रा गरे। क्युबा भ्रमणका क्रममा नेल्सन मन्डेलाले भने, ‘हामी क्युुबाली जनताद्वारा दिइएको यस महान ऋणप्रति आफ्नो आभार प्रकट गर्न यहाँ आएको हुँ। कुनै यस्तो दोस्रो देश छैन, जसले अफ्रिकी जनताप्रति यस्तो निःस्वार्थ व्यवहार गरेको होस्।’

    सन् १९९४ मा दक्षिण अफ्रिकाको रंगभेदी शासन समाप्त भएसँगै नेल्सन मन्डेला राष्ट्रपति बनेपछि उनलाई शुभकामना दिन फिडेल क्यास्ट्रो आफैँ उपस्थित भए। दोस्रो विश्वयुुद्धपछि दोस्रो विश्वका कुनैपनि नेतामा फिडेल क्यास्ट्रोको जस्तो अन्तराष्ट्रियतावादी प्रतिबद्धता देखिँदैन।

    फिडेल, पाब्लो नेरुदा र मार्कवेज

    लगातार घन्टौंसम्म जोशिलो भाषण दिने कलाका कारण फिडेल क्यास्ट्रोलाई उनका साथीहरूले ‘द ज्वाइन्ट’ को नामले बोलाउने गर्थे। फिडेलले एउटा सानो द्वीप क्युुबालाई शक्तिशाली साम्राज्य अमेरिकाको अगाडि स्वाभिमानका साथ उभिन सिकाए। फिडेल क्यास्ट्रो त्यस्ता विरला नेताहरूमा पर्छन्, जो आफ्नो समयका महान साहित्यकारहरूसँग घनिष्ठता थियो।

    गेब्रिएल गार्सिया मार्खेज उनका निकटतम् मित्र नै थिए। यसका अलावा अर्नेस्ट हेमिङ्वे, सिमोन दि बोउवार, ज्याँ पाल सात्र्र, जोसे सारामोगो र पाब्लो नेरुदा पनि उनका निकट साथी थिए। मार्खेज आफ्नो उपन्यासको पाण्डुलिपिसमेत क्यास्ट्रोलाई देखाउने गर्थे। फिडेलले धेरैपटक उनका पाण्डुलिपिमा तथ्यगत अशुद्धिहरूलाई सच्याइदिएका पनि थिए। मार्खेजको उपन्यास ‘लब इन द टाइम अफ कलेरा’ बिसौं शताब्दीको सर्वश्रेष्ठ साहित्यिक कृतिमा गनिन्छ। यस कृतिको पाण्डुलिपि पनि मार्खेेजले क्यास्ट्रोलाई देखाएका थिए।

    मार्खेज र फिडेलको मित्रता क्रान्तिको प्रारम्भदेखि नै थियो। अमेरिकाको दुुष्प्रचारको विरोध गर्नका लागि क्युुबाले समाचार एजेन्सीको शुरुआत गरेदेखि नै उनीहरूबीचको मित्रता गाँसिएको हो। फिडेलका बारेमा मार्खेज भन्छन्, ‘फिडेलको स्मरणशक्ति धेरै राम्रो थियो। उनी धेरै पढ्थे। उनी आफ्नो व्यस्त समयका बावजूद पढ्नका लागि समय निकाल्थे। उनी कुनै पनि प्रश्नको उत्तर दिन इन्कार गर्दैन थिए, भलै त्यो प्रश्न उनलाई जतिसुकै असहज हुने खालको किन नहोस्। फिडेललाई समुन्द्री भोजनको विषयमा धेरै जानकारी थियो।’

    फिडेल क्यास्ट्रोसँगको सम्बन्धका कारण अमेरिकामा मार्खेजमाथि प्रतिबन्ध लगाइएको थियो। सन् १९९२ मा बिल क्लिन्टन राष्ट्रपति बनेपछि भने उनीमाथिको प्रतिबन्ध हटाइएको थियो। मार्खेजले बिल क्लिन्टनसँगको एउटा भेटघाटमा भनेका थिए, ‘यदि तपाईं र फिडेल आमने–सामने बसेर समस्यालाई सुल्झाउने हो भने बरफ पनि पग्लिन सक्छ।’

    पाब्लो नेरुदाले आफ्नो संस्मरणको किताब ‘मेरो जीवन, मेरो समय’ मा फिडेल क्यास्ट्रोलाई पहिलोपटक सुनेको अनुभवको बारेमा लेखेका छन्, ‘त्यो दुुई लाखको भीडमा उभिएर त्यो लामो भाषण सुन्नेमध्येमा म पनि एक थिएँ। म र अरु बाँकी तमामका लागि फिडेलको भाषण एक प्रकारले रहस्योद्घाटन नै थियो। उनले यति धेरै मानिसका अगाडि गरेको भाषण सुन्दा मलाई लाग्यो कि ल्याटिन अमेरिकामा एउटा नयाँ युगको शुरुवात भइरहेको छ। मलाई उनको भाषाको ताजगी धेरै राम्रो लाग्यो।’

    उनको भाषाको सम्बन्धमा पाब्लो नेरुदा अगाडि भन्छन् ‘आम रूपमा मजदुर वर्गका राम्राभन्दा राम्रा नेता पनि पुरानै कुरालाई दोहो¥याइरहन्छन्। भलै यी कुराको अर्थ महत्वपूर्ण होस्, तर अधिकांश कुरा बारबार दोहोरिरन्छन्। फिडेल यसप्रकारको बहानाबाजी गर्दैनथिए। उनको भाषा रचनात्मक र प्रकृतिक थियो।’

    पछिल्लो दशकको दौरान उनी ल्याटिन अमेरिकी वाममपन्थ र उसलाई नयाँ पिंढीका नेताहरूको ‘गड फादर’ को रूपमा थिए। विशेषगरी भेजेजुुएलाका ह्युुगो शावेज, बालिभियोका इबो मोरालेस र इक्वेडरका राफेल कोर्रा आदिका लागि उनी प्रेरणाका स्रोत हुन्। त्यसैगरी क्यास्ट्रो ब्राजिल र चिलीका गरी पाँच वामपन्थी सरकारका पनि नेतै थिए। निकारागुआमा सान्डिनिस्टाको सरकार र चिलीमा लोकतान्त्रिक तरिकाबाट चुनिएको पहिलो वामपन्थी सरकारले पनि फिडेल क्यास्ट्रोबाट प्रेरणा प्राप्त गरे।

    चिलीका राष्ट्रपति सल्बाडोर अयेन्देलाई फिडेल क्यास्ट्रोले एउटा राइफल उपहार दिएका थिए। अमेरिकाको खुफिया एजेन्सी सीआईएद्वारा समर्थित अगस्तो पिनोसे नेतृत्व सैन्य तख्ताले राष्ट्रपति भवनलाई घेरे। जब सल्वादोर अयेन्दे चारैतर्फबाट घेरिएका थिए। त्यससमय उनले फिडेल क्यास्ट्रोद्वारा दिइएको त्यही राइफलले प्रतिकार गरे। लडाइँकै क्रममा उनी मारिए। फिडेल क्यास्ट्रो भन्ने गर्थे, ‘क्रान्ति कुनै गुलाबको बिछ्यौना होइन। वर्तमान र भविष्यको बीच संघर्षको नाम हो क्रान्ति।’

    फिडेल क्यास्ट्रोको निधनपछि उनको अस्थिलाई सेन्टियागोस्थित जोसे मार्ती र चे ग्वेभाराको समाधिस्थल नजिकै राखियो। यो निर्णय फिडेल क्यास्ट्रोको आफ्नै थियो। फिडेल मृत्युपछि आफ्नो नाममा कुनैपनि पार्क, रेस्टुराँ, प्लाजा, सार्वजनिक स्थल, घर आदि नबनाइयोस् भन्ने चाहन्थे। क्यास्टेले आफ्नो मूर्ति र स्मारक पनि नबनाउन आग्रह गरेका थिए।

    ८१ जना साथीका साथ मेक्सिकोबाट ‘ग्रैनमा’ नामक नाउमा सवार भएर क्युुबाको मुक्तिका लागि यात्रामा निस्किएकै दिन उनको मृत्यु भएको थियो। ६५ वर्ष पहिले २ डिसेम्बरमा फिडेल क्यास्ट्रो, चेग्वारा र राउल क्यास्ट्रो सैन्टियागोमा उत्रिएका थिए। संयोग नै भन्नुपर्ला, पाँच वर्षअघि २ डिसेम्बरमै फिडेलको शव सेन्टियागो पु¥याइयो। फिडेलको इच्छाअनुसार उनको शवलाई एक दिनका लागि चेग्वाराको समाधि छेउमा राखियो। फिडेल क्यास्ट्रोलाई ४ डिसेम्बरमा समग्र ल्याटिन अमेरिकाको मुक्ति संग्रामको नायक मार्तीको स्मारकको छेउमा दाहसंस्कार गरियो।

    सवलोग डट इनबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.