Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्केन्डिनेभिया र साम्राज्यवाद

हरेक सफल पुँजीवादी देशको आफ्नै साम्राज्य चाहिन्छ भन्ने छैन । एउटा सग्लो साम्राज्यवादी व्यवस्थाभित्र पुँजीवादी विकास भइरहन्छ र यस व्यवस्थाबाट थुप्रै उन्नत पुँजीवादी देशहरूले लाभ लिन्छन् । आफ्नै साम्राज्य नै नभए पनि ती देशले यस्तो लाभ लिन सक्छन् । उदाहरणको लागि बेलायती साम्राज्यवाद चरमचुलीमा छँदा बेलायती बजार युरोपभरिका मालसामानको लागि खुला गरिएको थियो ।

प्रभात पटनायक प्रभात पटनायक
साउन १०, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्केन्डिनेभियाली पुँजीवादको बारेमा धेरै भ्रमहरू छन् । स्केन्डिनेभियाली देशहरूमा विदेशमा उपनिवेशहरू नबनाई चुस्त पुँजीवादको विकास गरिएको छ भन्ने एउटा साझा धारणा छ । पुँजीवादी विकासका लागि साम्राज्यवादको आवश्यकता पर्छ भन्ने दाबीलाई यसले गलत साबित गर्छ । दशकौँदेखि मैले यो तर्क सुन्दै आएको छु । तर, यो धारणा भ्रामक छ । स्केन्डिनेभियाको हकमा मात्र नभई यस धारणाले साम्राज्यवादको विषयमा पनि भ्रम छर्छ ।

    खासमा स्केन्डिनेभियाली सामाजिक प्रजातन्त्रतिर देखाउँदै पुँजीवादका लाभहरूबारे धेरै थरी सकारात्मक कुराहरू सुनाइन्छन् । (यद्यपि, नवउदारवादी युगको जाँतोमुनि यस्ता धेरै लाभहरू अहिले खतरामा छन् ।) तर, स्केन्डिनेभिया गैरसाम्राज्यवादी पुँजीवादको उदाहरण हो भन्नु पुँजीवादलाई बुझ्दै नबुझ्नु हो । स्केन्डिनेभियाली देशहरूका आफ्नै उपनिवेशहरू नहोलान् । तर, तिनीहरू अन्य साम्राज्यवादी मुलुकहरूको पिठ्यूँ चढेका थिए । दोस्रो विश्वयुद्धभन्दा अघि होस् वा पछि, उनीहरूले साम्राज्यवादको बुई चढ्न छोडेनन् । एकचोटि साम्राज्यवादी बन्दोबस्तीलाई केलाऔँ ।

    हरेक सफल पुँजीवादी देशको आफ्नै साम्राज्य चाहिन्छ भन्ने छैन । एउटा सग्लो साम्राज्यवादी व्यवस्थाभित्र पुँजीवादी विकास भइरहन्छ र यस व्यवस्थाबाट थुप्रै उन्नत पुँजीवादी देशहरूले लाभ लिन्छन् । आफ्नै साम्राज्य नै नभए पनि ती देशले यस्तो लाभ लिन सक्छन् । उदाहरणको लागि बेलायती साम्राज्यवाद चरमचुलीमा छँदा बेलायती बजार युरोपभरिका मालसामानको लागि खुला गरिएको थियो । ती देशले आफ्नै बजार बनाउन आवश्यक थिएन किनभने तिनीहरू आफ्ना मालसामान बेच्न सजिलै बेलायती बजार पस्न सक्थे । किनभने, बेलायतमा औद्योगिकीकरण ‘पहिले नै सुरु’ भएकोले उसको श्रमको उत्पादकता भर्खर औद्योगिकीकरणमा बामे सर्दै गरेका देशहरूको भन्दा कम थियो र (ज्यालादर झन्डै समान राख्दा) उसको लागत बढी थियो । बेलायती साम्राज्यवादले आफ्ना उपनिवेश र अर्ध–उपनिवेशबाट थुपारेका कच्चा सामानहरूमाथि युरोपभरिका देशहरू र त्यसबेलाका अन्य बामे सर्दै गरेका पुँजीवादी देशहरूको पहुँच थियो । यी सामानहरूको आपूर्तिका लागि ती देशले आफ्नो छुट्टै बन्दोबस्ती मिलाउन आवश्यक थिएन ।

    वास्तवमा सबै साम्राज्यवादी देशहरूले सदैव यो भूमिका बहन गर्छन् । यो पाटो उनीहरूको नेतृत्वकारी भूमिकाको अभिन्न अङ्ग हो । यसले आफ्ना प्रतिद्वन्द्वी देशहरूमा पुँजीवाद फैलाउन अनुमति दिन्छ । यसरी भर्खरै औद्योगिकीकरण गर्दै गरेका देशहरूले तिनको नेतृत्वमाथि गम्भीर चुनौती खडा गर्दैनन् । वास्तवमा ‘नेता देशहरू’ ले स्वदेशमै औद्योगिक पुँजीवादको विकासमा लागिरहेका प्रतिद्वन्द्वी देशहरूबाट मालसामान खपत गर्छन् । साम्राज्यवादी बन्दोबस्तीभित्रै आफूलाई शोधान्तर घाटाबाट आफूलाई जोगाउँछन् । बेलायतले आफ्ना उपनिवेशहरूमाथि लुटपाट वा ‘ड्रेन’ थोपरेर आफूलाई यस्तो घाटाबाट जोगाएको थियो । यसको लागि ऊसित पर्याप्त उपनिवेशहरू थिए । तिनको मद्दतले ऊ घाटाबाट जोगिन्थ्यो र ती देशहरूमा मनग्गै पुँजी निर्यात पनि गथ्र्यो । युरोपेलीहरूले आवाद गरेका समशीतोष्ण देशहरू नै ती देश थिए ।

    बेलायतपछि संरा अमेरिका पुँजीवादी विश्वको नेता बन्यो । ऊसित बेलायतसँग भएजति उपनिवेशहरू थिएनन् । तैपनि, उसले डलर छापीछापी आफ्नो शोधान्तर घाटा सम्हालिरह्यो । ब्रेटन वुड्स प्रणालीअनुसार अमेरिकी डलर ‘सुनजत्तिकै असल छ’ । (अमेरिकी डलरलाई ३५ डलर प्रतिऔंसका हिसाबले सुनमा फेर्न सकिन्छ ।) ब्रेटन वुड्स प्रणाली र सुन–डलर विनिमय व्यवस्था भताभुङ्ग भए पनि डलरलाई व्यवहारतः सुनजत्तिकै असल भनेर विश्वका धनीमानीहरूले स्वीकार्दै आएका छन् । तिनीहरूले नहिच्किचाई आफ्नो धन डलरमा थुपार्छन् ।

    सारमा, समग्र पुँजीवादी विश्वलाई नेतृत्वकारी पुँजीवादी देशले आफ्नो पिठ्यूँमा बुई चढेर अघि बढ्न निम्तो गर्छ । हुनसक्छ, केही अघि बढेका देशहरूले यसले आफ्नो हातखुट्टा बाँधेको अनुभव गर्न सक्छन् र आफ्नै साम्राज्य खडा गर्ने प्रयास गर्न सक्छन् । तर, जसले यस्तो गर्दैन तिनले साम्राज्यवादको बैसाखीबेगर नै आफ्नो पुँजीवादको निर्माण गरे भन्न सकिन्न । स्केन्डिनेभियाली देशहरू यही कोटीका देश हुन् । नेतृत्वकारी पुँजीवादी शक्तिले खडा गरेको साम्राज्यका लाभहरूमा ती देशको पहुँच छ ।

    यहाँनिर थप दुइटा कुरा छन् । पहिलो, उदाउँदा प्रतिद्वन्द्वी पुँजीवादी शक्तिहरूले नेतृत्वकारी पुँजीवादी देशको बजारमा खुला पहुँचको लाभ लिन्छन् । तर, घरेलु बजारमा हुने आयातमाथि करहरू थोपर्न सक्छन् । नेतृत्वकारी पुँजीवादी देशलाई पनि यसरी नै टाढा राख्न सक्छन् । यसरी नै आफ्नो राष्ट्रिय बजारलाई आफ्नै पुँजीपतिहरूको लागि सुरक्षित राख्न जर्मनी र संरा अमेरिकाले प्रथम विश्वयुद्धअघि आयातमा करहरू थोपरेका थिए । जब कि त्यति नै बेला उनीहरू बेलायती बजारमा घुसिरहेका थिए । यही असन्तुलनकै कारण बेलायतले पहिले सुरु गरे पनि ती देशले औद्योगिकीकरण गर्न सके । युरोपका अन्य देशको कथा पनि यही हो । दोस्रो, यी प्रतिद्वन्द्वी शक्तिहरूले बेलायती बजारमा मात्र पहुँच पाएका थिएनन्, बरु सन् १९२० र ३० को दशकसम्म बेलायती उपनिवेशहरूका बजारहरूमा पनि यिनको पहुँच थियो ।

    दुई विश्वयुद्धबिच ‘साम्राज्यवादी वरियता’ को चाँजो मिलाइयो । यसमा थरीथरी करको व्यवस्था थियो । बेलायती साम्राज्यभित्र बनेका उत्पादनहरूको दाँजोमा बाहिर बनेका उत्पादनमाथि धेरै कर लगाइयो । कर व्यवस्थामा एउटा मोड आयो । खासगरी एसियाका बेलायती उपनिवेशहरूका बजारहरू कब्जा गर्ने जापानको तीव्र अभिलाषाविरुद्ध यो कदम चालिएको थियो । तर, जापान ‘साम्राज्यवादी वरियता’ को प्रमुख तारो भए पनि र जापानले ‘साम्राज्य नै किन्ने’ अभियान चलाएको भए पनि थरीथरी करको व्यवस्थाको अर्थ साम्राज्यवादी प्रणालीमै हेरफेर थियो । यो हेरफेर साम्राज्यवादी देशहरूबिचको शत्रुताको कारण र लक्षण दुवै थियो । दुई विश्वयुद्धबिच आएको मन्दीले साम्राज्यवादी देशहरूबिचको शत्रुताको झिल्को बालेको थियो । तर, यो हेरफेर आउनुअघि बेलायती उपनिवेशका बजारहरू बेलायतको लागि मात्र नभई प्रतिद्वन्द्वी शक्तिहरूका मालसामानको लागि पनि खुला थिए । तर, जापानको आर्थिक विस्तारवादले प्रथम विश्वयुद्धअघिको त्यो व्यवस्थामा बिगार ग¥यो र बेलायतको प्रतिरक्षात्मक कारबाहीबाट त्यो व्यवस्थामा कायापलट भयो ।

    यसरी आआफ्नै उपनिवेशहरू खडा नगरी स्केन्डिनेभियाली देशहरूमा पुँजीवादको विकास हुनुले पुँजीवादको विकासका लागि साम्राज्यवादी बन्दोबस्ती हुनुपर्छ भन्ने मतको खण्डन हुन्न । बरु यसले साम्राज्यवादी बन्दोबस्तीको पेचिलोपन उजागर गर्छ । यसबाट के स्पष्ट हुन्छ भने साम्राज्यवादी बन्दोबस्ती जोगाउन स्केन्डिनेभियाली देशहरू पनि त्यत्तिकै उत्सुक छन् जति अन्य प्रमुख पुँजीवादी देशहरू छन् । राजनीतिक कारणले मात्र यस्तो हुने होइन – साम्राज्यवादी ‘सुरक्षा’ बन्दोबस्त भङ्ग भए कुनै पनि विकसित पुँजीवादी देशको अस्तित्व धरापमा पर्नेछ र ऊ राजनीतिक घेराबन्दीमा पर्नेछ भनिन्छ । तर, त्यस्तो उत्सुकता ती देशको आर्थिक आवश्यकता पनि हो । साम्राज्यवादी बन्दोबस्त कमजोर भए पुँजीवादी महानगरीमा उत्पादन गर्न नसकिने उष्ण र अर्धउष्ण क्षेत्रका मालसामानको आपूर्ति बिथोलिन्छ । तिनको आपूर्तिको लागि पनि स्केन्डिनेभियाली देशहरूले साम्राज्यवादी बन्दोबस्त जोगाउन खोज्छन् ।

    हालसालै नेटोको सदस्यता लिन स्वीडेन र फिनल्यान्डले दर्खास्त दिने निर्णय गरे । टर्कीले यस प्रक्रियामा भाँजो हाले ती देशहरू टर्कीसँग सम्झौता गर्न पनि तयार रहेको खबर छ । यसको लागि टर्की सरकारले दण्डित गर्न चाहेका कुर्द जातिका राजनीतिक शरणार्थीहरूलाई ती देशहरूले दिँदै आएको संरक्षण हटाइनेछ । यो सुनेर धेरैले आश्चर्य प्रकट गरे । निश्चय नै, युक्रेन युद्धको पृष्ठभूमिमा नै नेटोमा संलग्न हुने स्वीडेन र फिनल्यान्डको मनसाय बाहिर आएको हो । युक्रेन युद्ध तत्कालीन कारणमात्र हो । तिनले अडान फेर्नु खासमा एउटा गहिरो कुराको सङ्केत हो । पुँजीवादी विश्वमा एउटा मौलिक फेरबदल आउँदै छ भन्ने सङ्केत हो ।

    ‘रुसी विस्तारवाद’ ले निम्त्याएको खतराले गर्दा नै स्वीडेन र फिनल्यान्डले आफ्नो अडान फेरेको भनेर साम्राज्यवादीहरू दलिल दिँदै छन् । सम्पूर्ण दोष रुसमाथि थोपरिएको छ । तर, यो कुरा सत्यको कसीमा खरो उत्रिन्न । मानौँ रुसलाई ‘विस्तारवादी’ भन्ने भूत चढेको छ रे । तर, अहिलेसम्म उसको ‘विस्तारवाद’ ले ती भूभागहरूमात्र ओगटेको देखिन्छ जो कुनै बेला सोभियत सङ्घको हिस्सा थिए । स्वीडेन र फिनल्यान्ड यो भूभागमा पर्दैनन् । शीतयुद्धको चरमचुलीमा युरोपेली शक्तिहरू सोभियत खतराको हवाला दिँदै घाँटी सुक्ने गरी कुर्लिन्थे । बोल्शेभिकवादविरोधी अफवाहहरूले दिनदिनै युरोपेली सर्वसाधरणको दिमाग भर्थे । त्यस्तो बेला पनि स्वीडेन र फिनल्यान्ड नेटोप्रति उदासिन रहे । सोभियत सङ्घ विघटन भयो । साम्राज्यवादी बर्चस्वको लागि वैचारिक छेकबार कमजोर भयो । तैपनि, अकस्मात् ती देशले किन नेटोको सदस्यता पाउन दर्खास्त हालेका होलान् ?

    उत्तर पश्चिमा साम्राज्यवादको वर्तमान दुर्दशामा छ । नवउदारवाद एउटा दीर्घकालीन सङ्कटमा फसेको छ । यही सङ्कटले गर्दा पश्चिमा साम्राज्यवाद भित्रैबाट भत्किँदै छ । दीर्घकालीन सङ्कटमा पिल्सिएको खण्डमा साम्राज्यवादी प्रभुत्वमा टेवा पुग्दैन । विश्व परिवर्तनको सङ्घारमा छ । पश्चिमा शक्तिहरू यो परिवर्तनलाई रोक्न हत्ते हाल्दै छन् । यसको लागि तिनीहरू उग्र हुँदै छन् । पश्चिमा बर्चस्वको अवसान हुने र वैकल्पिक शक्ति केन्द्रको रूपमा चीन तथा रुस उदाउने सम्भावित आसन्न परिवर्तनको डरले पश्चिमा देशहरूलाई एक ढिक्का बनाउँदै छ । यसमा स्केन्डिनेभियाली देशहरू पनि थपिएका छन् । यस्तो एकता पहिले कहिल्यै देखिएको थिएन । त्यसैले स्केन्डिनेभियाली देशहरूको अडानमा परिवर्तनले रुसको उग्रता झल्काउँदैन । बरु यसले त दीर्घकालीन आर्थिक सङ्कटमा घाँटीघाँटी हुनाले खतरामा परेको प्रभुत्व वा हैकमको चिन्ताले हतासिएका पश्चिमा शक्तिहरूको उग्रतातिर पो सङ्केत गर्छ ।

    (स्रोत : अनलाइन मजदुर/एमआर अनलाइन। अनुवाद : सम्यक)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रभात पटनायक

      प्रभात पटनायक

      भारतीय मार्क्सवादी अर्थशास्त्री एवम् राजनीतिक टिप्पणीकार प्राध्यापक प्रभात पटनायक आफ्ना लेखन तथा विश्लेषणहरूले विश्वविख्यात छन्। विश्वव्यापी वित्तीय पुँजीवाद र नवउदारवादबारे विभिन्न प्रकाशन मार्फत गहिरो विश्लेषण गरेका प्राध्यापक पटनायक समाजवादी आन्दोलनका अग्रणी पनि हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.