Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यस्ता किताब पढ्नुभन्दा उपन्यास पढ्नु धेरै राम्रो

समाज होस् वा व्यक्तिको प्रगती र खुशी, राजनीतिक र सामुहिक प्रयासबाट प्राप्त हुने कुरा हो। व्यक्तिले ‘आफ्नो अन्तर आत्मासँग जोडिन’ गर्ने कुनै प्रयास अथवा यस्तै कुनै अमुर्त कुराबाट प्रगती या खुसी आउने होइन।

नेपाल रिडर्स नेपाल रिडर्स
पुस १२, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सेल्फ हेल्प बुक (स्वसहायता सम्बन्धी किताब) को विश्वभर अर्बौंको व्यापार छ। ‘धनी कसरी बन्ने, सफल कसरी बन्ने, असल वक्ता कसरी बन्ने, प्रभावशाली कसरी बन्ने? छोटो समयमै कसरी धेरै पैसा कमाउने, तनाबलाई कसरी नियन्त्रण गर्ने ?’लगायत विषयमा आकर्षक डिजाइनसहित बजारमा यस्ता किताब छ्यास्छ्यास्ती पाइन्छन्। संसारका ठूला भनिने मिडियाहरूले पनि यस्ता किताबहरूको खुबै प्रचार गर्छन्, समीक्षा लेख्छन्। बेस्टसेलर र्‍यांकिङमा राखिदिएर यस्ता किताबहरू बेच्न सहयोग(व्यापार) गर्छन्।

    तर के यस्ता स्वसहायता सम्बन्धी किताबहरूले हामीलाई वास्तवमै जीवन जिउन सहयोग गर्छन् त? मान्छेको जीवनमा परिवर्तन गर्नमा त्यस्ता किताबहरू सहयोगी बन्लान् त? स्ट्यान्ड फर्मः रेसिस्टिङसेल्फ इम्प्रुभमेन्ट क्रेज किताब निकालेर सेल्फ हेल्पसम्बन्धी किताबहरूका बारेमा आलोचना गरेका डेनिस मनोवैज्ञानिक स्भेन्ड ब्रिंकम्यान भने यस्ता किताबहरूले उल्टै तनाब बढाउन सहयोग गर्ने, अहंकार/आत्मसम्मोहनलाई बढावा दिने र कतिपय अवस्थामा डिप्रेसनमा समेत पुर्याउने बताएका छन्।

    ब्रिंकम्यान भन्छन्, ‘झुटो आश्वासन बेच्छन् सेल्फ हेल्पवाला किताब।’यस्ता किताब पढ्नेहरूमा डिप्रेसनसमेत बढाउने उनको तर्क छ। मेट्रोडटयुएसले ‘सेल्फ हेल्पसम्बन्धी किताबले किन काम गर्दैन, बरु त्यसको साटो उपन्यास पढ्नु उपयोगी छ’ भन्नेबारे सन् २०१७ मा कुरा गरेको थियो। नेपाली पाठकहरूमाझ पनि यस्ता किताबहरू पढ्ने प्रचलन सुरु भएकाले यस्ता किताबको प्रभाविकारित कस्तो छ भन्नेबारे जान्नु आवश्यक छ। प्रस्तुत छ मेट्रोले ब्रिंकम्यानसँग गरेको छोटो अन्तर्वार्ताको सारसंक्षेपः

    मनोवैज्ञानिक स्भेन्ड ब्रिंकम्यान

    यदि सेल्फ हेल्पसम्बन्धी पुस्तकले साँच्चिकै जीवन परिवर्तन गराउँछ भने प्रत्येक वर्ष यही विषयका पुस्तकहरूको बजार झनै किन बढ्छ?

    प्रत्येक वर्ष उस्तै खालका सैयौँ यस्ता पुस्तक निस्कनुको अर्थ, यस्ता किताबले काम गर्दैनन् भन्ने प्रमाण हो। यदि एउटा सेल्फ हेल्पवाला किताबले काम गरेको थियो भने, हामीलाई यति धेरै अन्य सेल्फ हेल्पवाला किताबहरू नै चाहिने थिएनन्। यस्ता किताबहरूले पाठकलाई तिनको ‘भाग्य’लाई नियन्त्रण गर्न सकिन्छ तथा सुख, स्वस्थ्य जीवन र सफलता प्राप्त गर्न सक्छन् भन्दै भ्रम बेचिरहेका छन्। जीवन संघर्षपूर्ण छ तर सेल्फ हेल्पवाल पुस्तकले मान्छेलाई यस्तो व्यक्तिवादी विचार फैलाउँछ कि मान्छेले कुनै काममा ‘असफल’ हुँदा केबल आफैँलाई मात्र दोसी ठान्छ, जबकि व्यक्ति असफलतामा समाज, त्यसको संस्कृति, असमानत आर्थिक, शैक्षिक वितरण लगायतक अनेकौँ कारणहरू हुन्छन्।

    त्यसो हो भने मान्छेहरूले यस्ता किताबहरू किन किन्छन्?

    मान्छेहरूले यस्ता किताब किन किन्छन् भने हामीले समाज बदल्न नसके पनि कमसेकम आफूलाई बदल्न सकियोस्। सम्भवत: यस्तै सोचका कारण अथवा जीवनमा यो किताब पढेपछि त ठूलै मान्छे होइन्छ भन्ने अभिलाषाका कारण मान्छेहरू यस्ता किताब किन्छन्। किनभने अहिलेको समाजमा मान्छे धेरै महत्वाकांक्षी हुन्छन् तर महत्वाकांक्षा पूरा गर्न त कठिन छ। तर यस्ता किताबहरू निरासाका कारण बन्न जान्छन्। समाज होस् वा व्यक्तिको प्रगती र खुशी, राजनीतिक र सामुहिक प्रयासबाट प्राप्त हुने कुरा हो। व्यक्तिले ‘आफ्नो अन्तर आत्मासँग जोडिन’ गर्ने कुनै प्रयास अथवा यस्तै कुनै अमुर्त कुराबाट प्रगती या खुसी आउने होइन।

    के सेल्फ हेल्पवाला किताबहरूले साँच्चिकै समस्याहरू सिर्जना गर्छन्?

    खासमा समाज नै धेरैभन्दा धेरै व्यक्तिवादी हुँदैछ। र, त्यो समस्याको सिम्प्टम् (लक्षण) नै खासमा सेल्फ हेल्पवाला किताबहरू हुन् किनभने यस्ता पुस्तकहरूले भन्छन् कि मान्छेहरूले आफ्ना समस्याहरूको समाधान समुदाय र समाजको सहयोगबिना आफैँ खोज्न सक्छन्। तर यस्ता किताबहरूले जगाएको अपेक्षासँग किताबका पाठकहरूको अपेक्षा मिल्दैनन् र पाठकहरूले आफैँमा कमजोरी रहेछ भन्ने ठान्दै दुखी हुन्छन्। आफैँलाई दोसी ठहर गर्छन्।

    यस्ता किताबहरूले पार्न सक्ने खास खास समस्याहरू के के हुन्?

    यस्तो किताबले सिर्जना गर्ने पहिलो समस्या आत्ममुग्धता हो किनभने यस्ता किताबहरूले ‘आफूले आफैँलाई कसरी माया गर्ने?’ भनेर सिकाउन खोज्छन्। दोस्रो समस्या हो, निरासा। किनकि व्यक्तिगत महत्वाकांक्षा र सपना प्रायः पूरा गर्न सकिने कुरा होइन। र, जब कोही मान्छे निरन्तर आत्म–सुधार तथा व्यक्तिगत विकासका कारण थाक्छ, त्यसले व्यक्तिलाई डिप्रेसनतर्फ लैजान सक्छ।

    त्यसो हो भने सेल्फ हेल्पवाला किताबहरू केबल प्लेसिबो (औषधी हो भनेर बिरामीलाई झुक्याएर खुवाउने सेता ट्याब्लेट/मानसिक रूपमा सान्त्वना दिने विधी) इफेक्ट हो? यस्ता किताबहरूले वास्तविक जीवनमा वास्तविक समस्याहरूको समाधान गर्न सक्दैनन्, हो?

    हो। कहिलेकाहीँ त प्लेसिबो होइन, यस्ता सेल्फ हेल्पवाला किताबले नोसिबो (खराब प्रभाव पार्छ)। आफू पहिले भएभन्दा झनै कमजोर हुन्छन्, यस्ता किताबहरू पढेपछि मान्छेहरू। तर यसो भन्दाभन्दै पनि म के कुरा भन्छु भने केही सेल्फ हेल्पवाला किताबहरूले थोरै सकारात्मक असर पनि पार्छ। अध्ययनहरूले अति नै थोरै मान्छेहरूले यी किताबहरूमध्ये केहीबाट लाभ लिन सक्छन् भन्ने देखाएको छ। कतिपय औषधीले जस्तै यस्ता किताबहरूले एकदमै खराब साइड इफेक्ट पनि पार्न सक्छन्। यस्ता किताबले आफैँमा आत्मदोष देखाउने र मानसिक तनाब दिने काम गर्छन्।

    टोनी रबिन्सजस्ता मान्छेहरू हामीले ‘निरन्तर र कहिल्यै नसकिने खालको सुधार वा प्रगती’ को लक्ष्य राख्नुपर्छ। त्यसको अर्थ हो, मान्छेहरू निरन्तर दौडिरहनुपर्छ र त्यसो हुँदाहुँदै पनि महत्वाकांक्षाहरू त पूरा हुँदैनन्। यस्ता सन्देशहरू सर्वसाधारणका लागि खतरनाक हुन्। साथै उ यसो पनि भन्छ, ‘सफलता भनेको त्यही चीज हो, जे चाह्यो, जति खेर चाह्यो, जहाँ चाह्यो, जोसँग चाह्यो, जति चाह्यो, त्यही गर्नु नै सफलता हो।’ यो हावा कुरा हो। किनभने कोही व्यक्तिले के चाहन्छ भन्ने कुरालाई यसले सम्बोधन गरेकै छैन। मानौँ, कसैले एकदमै अनैतिक कुरा चाह्यो भने के हुन्छ? भन्नुको मतलव, न्युन नैतिक चेतनासहित गरिने कोचिङ खासमा व्यक्तिकेन्द्रित अभ्यास हो। अतः जीवन दर्शनमा यसको खासै अर्थ र महत्व छैन।

    प्रायः कुनै पनि सेल्फ हेल्पवाला किताबहरूमा जीवनका बारेमा सजिला सुत्रहरू हुँदैनन्। त्यसो हुँदाहुँदै पनि कुनैले त काम गर्लान् नि?

    मैलेचाहिँ यस्ता किताबहरू फालेर बरु आफ्ना समस्या र चुनौतीका बारेमा मन मिल्दा साथीहरू कुरा गर्न थाल्थेँ हुँला। यस्ता किताबहरू पढ्नुभन्दा उपन्यासहरू पढ्नु धेरै राम्रो। उपन्यासहरूमा जीवनका अनेकौँ समस्याहरू समेटिएका हुन्छन्। सेल्फ हेल्पवाला पुस्तकहरूले भन्दा त्यस्ता उपन्यासहरूले हामीलाई सान्त्वना दिनसक्छन्।

    [सम्पादकीय टिप्पणी : ब्रिंकम्यानले त्यस्ता आत्मपरक किताबहरू नपढ्न सल्लाह दिएपनि ‘प्राथमिक उपचार कसरी गर्ने?’, ‘कसरी विभिन्न परिकारहरू पकाउने’, कसरी उब्रेका सामानहरू प्रयोग गर्ने लगायतका कतिपय वास्तविक जीवनमा गाइड गर्ने किताब या सल्लाहले भने हामीलाई फाइदै गर्ला।]

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.