प्रोविर प्रमाणिक।नेपालको भारतसँग सिमा विवाद त्यस्तो समयमा बाहिर आयो जब सीमारक्षक भारतीय र चिनियाँ सेनाबिच चिनको छिमेक स्थित सिक्किममा छोटो झडप भएको थियो।
भारतको रक्षा मन्त्रालयले “दुबै पक्षको आक्रामक ब्यवहार ” लाई “यसको जिम्मेवार ठहर्याएता पनि सिक्किमका राजनीतिक विश्लेषकहरु चिनले सिक्किममा स्वतन्त्रता पक्षीय भावनालाई उरालिरहन्छ भन्ने गर्छन्।
निसन्देह राजावादीहरु, जसमध्ये धेरैजसो विगतको राज्यका सामन्तहरु (भारदारहरु) र कुलीन जमिन्दारहरु थिए। उनीहरु नामग्याल वंशका चोग्यालहरुद्वारा तीन सय वर्षसम्म शासित आफ्नो सानो हिमाली राज्यको इतिहासमा गर्व गर्छन्। अझै पनि सिक्किमी जनताको एउटा अंशले सन् १९७५ मा भारतद्वारा सिक्किमको भारतमा विलय गरिदा आफुहरुलाई ” धोका भएको र ठगिएको” ठान्दछ ।
आफ्नो नाम उल्लेख गर्न नचाहने एक पुर्व सिक्किमी कर्मचारी अनुसार राजावादी अहिले पनि `राजतन्त्रका ती स्वर्णिम दिनहरु´ को सम्झना गर्छन् तर निजी तवरमा। “अहिले पनि सिक्किममा सिक्किमको स्वतन्त्रताको सपना देख्ने मानिसहरु छन्। उनीहरु भारतमा विलय हुँदा आफुहरु माथि विश्वासघात भएको ठान्दछन्,” ती कर्मचारीले साउथ एसिया मनिटरलाई बताए।
गहिरो धार्मिक र सांस्कृतिक भावना भएका केही मुठ्ठिभर पुर्व सिक्किमी कुलिनहरुले यस लेखकलाई, ” कसरी उनीहरु अहिले पनि चोग्यालको संस्थालाई मान्यता दिन्छन्” भनेर बताए।
भारतमा सिक्किम गाभिएसँगै चोग्याल संस्था उन्मूलन गरिएता पनि राजावादीहरुका लागि चोग्यालहरु अझै जिउदै छन्, उनीहरुमध्ये केहीले लेखकलाई बताए। ”
मानिसहरु अझै पनि सिक्किम स्वतन्त्र हुने सम्भावना भएको भन्छन्। र सिमा पारि तिब्बतको चुम्बी उपत्यकाका निवासीसँग विबाह गरेकाहरुले सिक्किमको स्वतन्त्रताको लागि आवाज उठाउनेछन् भनी कामना गर्छन्”, अन्तिम राजाको शासनकालमा कार्यरत एकजना अर्का अवकासप्राप्त कर्मचारीले भने।
सिक्किमी जनताको एउटा हिस्सामा सिक्किमी राष्ट्रवादको प्रवल भावना विद्यमान रहेको नाम उल्लेख नगर्ने सर्तमा एक क्षेत्रीय दैनिक पत्रिकाका सम्पादकले बताए।
” भारतीय सरकारले विलय पछिका ४५ वर्षमा सिक्किममा अथाह पैसा खन्याएर सिक्किमी राष्ट्रवादलाई दवाएर राख्न सफल भएको छ,” सम्पादकले साउथ एसिया मनिटर लाई बताए।
” राष्ट्रवादीहरुका गतिविधिहरु छोपिएर राखिएका छन्। ती तबमात्र बाहिर आउछन् जब कुनै वित्तीय संकट आउँछ। पुर्वकुलीन र सामन्तहरुका लागि पैसा एउटा प्रमुख मुद्दा हो। सिक्किमको भारतमा विलय भए देखि नै सिक्किमले भारतको दानशिलताबाट प्रशस्त फाइदा लिएकोछ,” सम्पादकले भने।
सिक्किमी राष्ट्रवादीहरु चिनका प्रजा बन्न चाहदैनन् तर उनीहरु पुरानो सार्वभौम देशको अवस्थामा फर्कन भने अवश्य चाहन्छन्, सम्पादकले थपे।
साउथ एशिया मनिटर मइ १९, २०२० मा प्रसारित।