Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ट्रम्पको उपचारमा केही उट्पट्याङ्ग प्रयोग

आर सुकुमार आर सुकुमार
अशोज २०, २०७७
- कोभिड–१९, यो हप्ता, समाचार
A A
0
ट्रम्पले उपचार गर्ने क्रममा स्वीकार गरे कि उनले केहि हप्ता अघि हाइड्रोक्सीक्लोरोक्वीन एक हप्ता प्रयोग गरेका थिए जुन मइ महिनामा व्यापक प्रचारमा आएको थियो। चाखलाग्दो कुरा, उनका चिकित्सकले जारी गरेको विवरणमा उनलाई चलाइएको हालका औषधिउपचारमा एचसीक्यूको उल्लेख गरिएको छैन। (रायटर फोटो)

ट्रम्पले उपचार गर्ने क्रममा स्वीकार गरे कि उनले केहि हप्ता अघि हाइड्रोक्सीक्लोरोक्वीन एक हप्ता प्रयोग गरेका थिए जुन मइ महिनामा व्यापक प्रचारमा आएको थियो। चाखलाग्दो कुरा, उनका चिकित्सकले जारी गरेको विवरणमा उनलाई चलाइएको हालका औषधिउपचारमा एचसीक्यूको उल्लेख गरिएको छैन। (रायटर फोटो)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड-१९ संक्रमण र उनलाई गरिएका उपचारले भाइरल रोगका केही पक्षहरू र यसको उपचारमा प्रयोग गरिने औषधीहरू र उपचारविधिमा पुनरावलोकन गर्न विज्ञानका लागि राम्रो अवशर मिलेको छ। तथापी उनको उपचारमा केही उट्पट्याङ भएका छन्।

    हामीलाई थाहा छ ट्रम्पले एक पटक व्यापक रूपमा कोभिड-१९ को रोकथाम उपचारलागि हाइड्रोक्सीक्लोरोक्वीन लिने गरेका थिए, जुनबेला विज्ञानले यसको उपयोगिताबारे शंका गरेको थिएन। हुन त, त्यसो गर्नुलाई सजिलै गलत भन्न सकिने अवस्था थिएन किनकि यसको उपयोगिताबारे शन्देहजनक सूचनाका आधारमा अनुसन्धान भएका थिए। तर वर्तमान वैज्ञानिक निष्कर्ष अनुसार एचसीक्यूले कोरोनाभाइरस संक्रमण रोक्न मद्दत गर्दैन भनिएकोछ।

    स्टेरोइड सम्बन्धमा ?

    अमेरिकी राष्ट्रपतिलाई डेक्सामेथासोन दिइएकोछ, स्टेरोइडको प्रयोग केवल कोभिड १९ को गम्भीर अवस्थामा गर्न सकिने भनी सिफारिस गरिएको छ, र जसका फाइदाहरू अनुसन्धानबाट प्रमाणित भएका छन्। उनको संक्रमण ह्वाइट हाउसले हल्का दाबी गरेकाले यो स्पष्ट छैन कि किन ट्रम्पलाई यो दिइदैछ।

    ट्रम्पले उपचार गर्ने क्रममा स्वीकार गरे कि उनले केहि हप्ता अघि हाइड्रोक्सीक्लोरोक्वीन एक हप्ता प्रयोग गरेका थिए जुन मइ महिनामा व्यापक प्रचारमा आएको थियो। चाखलाग्दो कुरा, उनका चिकित्सकले जारी गरेको विवरणमा उनलाई चलाइएको हालका औषधिउपचारमा एचसीक्यूको उल्लेख गरिएको छैन।

    चिकित्सहरुले जिङ्क  (मिनरल)दिइएको उल्लेख गरेका छन् – जुन औषधिलाई कसै-कसैलाई विशेषगरी कोभिड-१९  को संक्रमण–बिरूद्ध प्रोफेलेक्टिकको काम गर्छ र सामान्य प्रतिरोधात्मक शक्ति बृद्धि गर्छ भन्ने विश्वास गरिएको छ। – तर ट्रम्पलाई यो जिङ्क कोरोनाभाइरस संक्रमणको रोकथामका लागि दिइएको हो कि या दैनिक आवश्यक पर्ने खनिज तत्व परिपूर्ति गर्नका लागि हो स्पष्ट गरिएको छैन। हामी सबैलाई थाहा छ, अमेरिकीहरू विशेषगरी सम्भ्रान्तहरु यस्तै भिटामिन र खनिजतत्व दैनिक लिने गर्छन्।

    अझ, हामीलाई थाहा दिइएको छ कि ट्रम्पको रगतमा अक्सिजनको स्तर दुई पटक खस्कियो तर एक पटक अक्सिजन दिइएको बताइयो। मध्यमस्तरको कोभिड-१९ संक्रमण भएका व्यक्तिहरूमा यस्तो हुनु सामान्य हो। यस्तो अवस्था भनेको फोक्साले पर्याप्त अक्सीजन लिन नसकेको अवस्था हो, जसलाई अङ्ग्रेजी भाषामा हाइपोक्सिया भनिन्छ। हाइपोक्सिया हुनु भनेको संक्रमणको संकेत हो। अपुष्ट उपचार प्रमाण र अनुसन्धान दुवैले देखाएका छन् कि केहि अवस्थाहरूमा कोभिड-१९ ले चाल नपाइनेगरी रगतमा अक्सिजन हुने अवस्था निम्त्याउँछ। यसको मतलब प्रायजसो रोगीमा हाइपोक्सियाको लक्षण स्पष्ट हुने गरी थाहा पाइदैन।

    ट्रम्पका डाक्टरले बताएका छन्– अमेरिकी राष्ट्रपतिलाई रेमडेसीभिर औषधि दिइयो। यो सूइबाट दिइने एन्टिभाइरल औषधि हो, जसलाई भर्नाभएपछिको प्रारम्भिक चरणमा दिइँदा कोभिड १९ को हल्कादेखि मध्यम स्तरसम्मको संक्रमणका लागि फाइदा देखाएको छ। उपचारमा यसलाई पाँच मात्रा दिइन्छ।

    चाखलाग्दो कुरा, डाक्टरले ट्रम्पलाई डेक्सामेथासोन पनि दिइदैछ भनेका छन्। यो एक स्टेरोइड हो जसको प्रयोग केवल कोभिड १९ गम्भीर मामिलाहरूमामात्र गर्न सिफारिस गरिएको छ। यसको फाइदा, अनुसन्धानद्वारा पुन प्रमाणित हुनु पर्छ। यदि उनको संक्रमण ह्वाइट हाउसले दाबी गरेझैं हल्का हो भने, यो किन ट्रम्पलाई यो दिइयो स्पष्ट छैन। डेक्सामेथासोनले प्रारम्भिक चरण लगायत अन्य चरणका बिरामीहरूलाई राहत प्रदान गर्न सक्ने स्पष्ट छैन। चिन्ताजनक कुरा, आवश्यक नहुने बिरामीहरूलाई स्टेरोइड दिइयो भने यसले केकस्तो प्रतिकूल प्रभाव पार्छ यकिन छैन। तर यस्ता उपचारले वास्तवमा, अमेरिकाका केही मिडिया रिपोर्टहरूले दावी गरेको जस्तै अमेरिकी राष्ट्रपतिको संक्रमण बढी गम्भीर छ कि भनेर बताउन सक्ने तथ्य आधार बन्छ।

    “संक्रमणमा गोवर दल्नु” 

    अमेरिकी राष्ट्रपतिको उपचारविधि कैयौं डक्टरहरुका भनाइको सारमा बुझ्दा “संक्रमणमा गोवर दल्नु” जस्तै भएको छ। राष्ट्रपति ट्म्पले पनि प्रयोगस्वरुप रिजेनेरनबाट बनाइएको एन्टीबडिहरुको कक्टेल प्रयोग गरेका छन्। पछिल्ला सूचनाहरुले रिजेनेरनबारे के उल्लेख गरेका छन् भने जसको दुई मोनोक्लोनल एन्टिबडीहरुको कक्टेलले सार्स-कोरोना भाइरस-२ का स्पाइक प्रोटिनहरुलाई लक्षित गर्दछ। “संक्रमणमा गोवर दल्नु” को कथालाई यथावत राख्दै, ट्रम्पले उक्त कक्टेलको बुस्टर डोज लिएका छन्। कुरा के छ भने कम्पनीले २.४ ग्राम प्रभावकारी भनेको अवस्थामा उनले ८ ग्राम लिएका छन् भन्ने कुरा बाहिर आएको छ।

    स्वीकृति प्राप्त गरि नसकेका औषधिले आकस्मिक अवस्थामा पनि प्रयोग अनुमति पाएको हुँदैन। तर, अमेरिकी राष्ट्रपतिले यो औषधि कथित “अनुकम्पा स्वरुप प्रयोग” गरी  विनास्वीकृति प्रयोग गर्न बाटो खोलि दिएका छन्।

    ट्रम्पले उपचार गर्ने क्रममा स्वीकार गरे कि उनले केहि हप्ता अघि हाइड्रोक्सीक्लोरोक्वीन एक हप्ता प्रयोग गरेका थिए जुन मइ महिनामा व्यापक प्रचारमा आएको थियो। चाखलाग्दो कुरा, उनका चिकित्सकले जारी गरेको विवरणमा उनलाई चलाइएको हालका औषधिउपचारमा एचसीक्यूको उल्लेख गरिएको छैन। (रायटर फोटो)

    रिजेनेरनले आफूले चालु राखेको क्लिनिकल ट्रायलका प्रारम्भिक तथ्याङ्क प्रकाशित गरेको छ जसले मोनोक्लोनल एन्टिबडिको कक्टेलले कोभिड-१९ विरुद्ध कुनै एन्टीबडी नभएका विरामीहरु र लक्षणरहित विरामी वा हल्का वा ठिकैको संक्रमण भएका विरामीहरुका लागि काम लाग्छ भन्ने देखाएको छ। यो उपचार गम्भीर संक्रमणका विरामीहरुमा कारगर हुन्छ वा हुँदैन अझ स्पष्ट छैन। यस्तै हो भने अब उपचारका विभिन्न विकल्पहरु छन्।

    त्यसोभए, अब के गर्न बाँकी छ?

    चिनको सिनोफर्मले हालसालै बताएकोछ– यसले लाखौं मानिसहरूमा कोरोनाभाइरस विरुद्धको खोपहरू प्रयोगका लागि लगाएको छ, र रूसले गमल्याया अनुसन्धान संस्थानको स्पुतनिक –५ भ्याक्सिन अनुमोदन गरेको छ।  तर ती अमेरिकाका प्रतिस्पर्धी शक्तिबाट प्रयोगमा ल्याइएका हुनाले अमेरिकी राष्ट्रपतिले आफैंलाई अप्रमाणित खोप लगाउन अनुमति दिने सम्भावना छैन।

    कअमेरिकी औषधि नियन्त्रकले पनि कन्भलेसेन्ट प्लाज्मा थेरापीलाई अनुमोदन गरेको छ। अब त्यो उपचार ट्रम्पको मेडिकल टीमका लागि विकल्पका रुपमा बाँकी छ। अमेरिकी राष्ट्रपतिले विगतमा प्लाज्मा थेरापीको बारेमा कुरा गरेका छन्। विशेषज्ञहरूको एउटा समितिले सेप्टेम्बरको शुरुमा संयुक्त राज्यका स्वास्थ्य स्वास्थ्य संस्थाले भेटेका थिए। कोभिड–१९ बिरामीहरूलाई प्लाज्मा थेरापी सिफारिस गर्नु भन्दा पहिले थप प्रमाण चाहिन्छ भनेर भनेका थिए।

    स्रोतः अक्टुबर ०६, २०२० को हिन्दुस्तान टाइम्स, नयाँ दिल्लीबाट। शिर्षक परिवर्तन गरिएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      आर सुकुमार

      आर सुकुमार

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.