उत्तर कोरियाली नेता किम जोंग उन “जीवित र कुशल” छिमेकी दक्षिण कोरियाका राष्ट्रपतिका सुरक्षा सहयोगीले खुलासा गरेका छन्।
किम आफ्ना स्वर्गीय हजुरबुबाको १०८ औं जन्मसमारोहमा अनुपस्थित भएका कारण उनको स्वास्थ्यको बारेमा उनको स्वास्थ्यबारे विभिन्न अफवाह फैलिरहेका छन्। उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिन कार्यक्रम त्यस देशको क्यालेन्डरमा सबैभन्दा महत्वपूर्ण मिति हो।
एसोसिएटेड प्रेसका अनुसार किमले २०११ मा आफ्नो पिता किम जोंग इलको मृत्युपश्चात सत्ता ग्रहण गरेपछि अप्रिल १५ को कार्यक्रममा जहिले पनि उपस्थित हुन गर्दथे। एसोसिएटेड प्रेसका अनुसार उनी शनिबार कतै पनि देखिएनन् जुन दिनमा सैन्य स्थापना दिवसको रूपमा मनाइएको थियो।
जबकि उत्तर कोरियाको सरकारी मिडिया किमको स्वास्थ्य र उनी कहाँ छन् भन्ने बारेमा मौन छ, केही मिडियाहरुले उनको शल्यक्रिया गरिएको र निको भइरहेको खबर प्रसारण गरेका छन्।
तर आइतवार, दक्षिण कोरियाका राष्ट्रपति मून जाइ-इनका विदेश नीति सल्लाहकार चुंग-इन मूनले फक्स न्यूजलाई भने: “हाम्रो सरकार पुरै विश्वस्त छ। किम जोंग उन जीवित छन् र कुशल छन्।” उनले किम अप्रिल १३ देखि वोनसान क्षेत्रमा वसिरहेको बताए। उनले भने त्यस क्षेत्रमा “कुनै शंकास्पद गतिविधिहरु अहिलेसम्म कुनै देखिएकोछैन।”
यो 38 North नामक वेवसाइटमा छ जुन उत्तर कोरियाको बारे विशेष समाचार दिने गर्छ। त्यसले रिपोर्ट गरेको छ कि स्याटलाइट तस्वीरमा किमले चढ्ने गरेको रेल सम्भवत अप्रिल २१ देखि उनको निवास वोनसन कम्पाउन्डको रेलवे स्टेशनमा पार्क गरिएको छ।
किम सार्वजनिक रूपमा अप्रिल ११ देखि देखिएको छैनन्, तर उत्तरकोरियामा कुनै असामान्य गतिविधि भइरहेजस्तो देखिएकाले दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाली नेता को स्वास्थ्यको बारेमा सन्देह गरेका छन्, रोयटर्सले जनाएकोछ।
अमेरिकी गुप्तचर अधिकारीहरूले पनि भनेका छन्– उनीहरूले त्यहाँ कुनै गडबड भइरहेको संकेत दिने असामान्य सैन्य गतिविधिको देखेनन्।
डेली एनके, सियोलस्थित वेबसाइटमा सोमबार उत्तर कोरियाको अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रसार गरिएअनुसार किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भइरहेको थियो। त्यसमा बताइएको छ किमलाई अत्यधिक धूम्रपान, मोटापा, र अधिक काम” का कारणले मुटुको समस्याकव उपचार गर्नैपर्ने थियो र हाल उनी हाइङसान काउन्टीको भिलामा उपचार गरिरहेछन्।
न्युजविक 4/26/2020 मा खालडा रहमानको रिपोर्ट