Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गर्भपतन कानूनको प्रस्तावित संसोधनले महिला-शिशुहत्या बढ्न सक्ने

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १, २०७६
- यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विशेष अवस्थामा २८ हप्तासम्म गर्भपतन गर्न मिल्ने प्रावधान राखिएपछि चिकित्सकहरूले नयाँ कानुनको विरोध गरेका छन्।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा बनेको ऐनले शिशुको बाँच्ने अधिकार हनन गरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

    उक्त प्रावधान सच्याएर गर्भपतन गर्न पाइने हदम्याद २२ हप्तासम्म सीमित गरिनुपर्ने उनीहरूको भनाइ छ।तर स्वास्थ्य मन्त्रालयले २८ हप्तासम्म गर्भपतन गर्न मिल्ने प्रावधानसहित नियमावली तयार हुन लागेको जनाएको छ।

    परिवर्तन

    महिलाको प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सुनिश्चित गर्न बनेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा केही विशेष अवस्थामा २८ हप्तासम्म गर्भपतन गर्न मिल्ने प्रावधान छ।

    करिब एक वर्षअघि पारित उक्त ऐनमा राखिएको गर्भपतनको व्यवस्थाबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. आभा श्रेष्ठ भन्छिन्, ‘बलात्कार वा हाडनाता करणीका कारण बसेको गर्भ, त्यसैगरी आमाको ज्यानै जाने अवस्था भयो अथवा जन्मिसकेपछि बच्चा बाँच्ने क्षमता छैन भने गर्भ रहेको २८ हप्तापछि पनि गर्भपतन गर्न मिल्ने कानुन रहेको छ।’

    तर केही चिकित्सकले २८ हप्तामा गर्भपतन गर्न नमिल्ने बताएका छन्।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा‍. चन्दा कार्की भन्छिन्, ‘यदि गर्भमा रहेको बच्चा २२ हप्ताअघि बाहिर निकालियो भने त्यसलाई गर्भपतन भनिन्छ, त्यसपछि बच्चा जन्माउने भनिन्छ। त्यसैले गर्भपतन २२ हप्ताभित्र नै हुनुपर्छ यसमा दुईमत नै छैन।’

    यसै प्रशङ्गमा जनस्वास्थ्यका समस्याहरुबारे नजिकैबाट नियाली रहेका कोमल भट्टराईले यसरी २८ हप्तासम्म पनि गर्भपतन गर्न मिल्ने कानुन बने गर्भमा रहेका छोरीहरुको पेटमा नै हत्या गरिने समस्या झन् विकराल हुने बताए। तपाई‌हरुलाई थाहा नै छ- करीव २८ हप्तामा नै जन्मेका पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरेका थिए।

    यो पनि पढ्नुहोस्:

    महिला स्वास्थ्यको सन्दर्भमा गर्भपतन–अधिकार

    असहमति
    ऐन पारित भएपछि आवश्यक निर्देशिका, नियमावली आदि विषयमा स्वास्थ्य मन्त्रालयले स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूसँग छलफल पनि गरेको थियो।तर यस विषयमा चिकित्सकहरूले सहमत जुटाउन सकेनन्।

    महिलाको अधिकार सुनिश्चित गर्ने उद्धेश्यले ल्याइएको कानुनले शिशुको बाँच्ने अधिकार हनन गरेको परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालका निर्देशक डा जागेश्वर गौतम बताउँछन्। श्रीमान् नभएको समयमा गर्भ रह्यो, बलात्कार भयो वा हाडनाता करणी भयो भन्दैमा पूर्णरूपमा विकसित भएको बच्चालाई मार्न नमिल्ने उनको धारणा छ।

    बाँच्न पाउने अधिकार
    डा. गौतम भन्छन्, ‘एउटा गर्भवती महिलाको लाज जोगाउने नाममा पेटभित्र रहेको बच्चालाई हामी चिकित्सक मिलेर मार्न मिल्दैन।’आफूले २५ देखि २७ हप्तामा जन्मेका धेरै बच्चा जन्माउन सफल भएको र तीमध्ये धेरै अहिले उच्च शिक्षा गरिरहेको उनी बताउँछन्।’मेरा त सयौँ बच्चा छन् २५ हप्तापछि जन्मेका अहिले कोही कलेज पढ्छन्। सत्ताइस हप्तामा जन्मेको एउटा बच्चा एमबीबीएसको अन्तिम वर्षमा पढ्दैछ।’

    बाइस हप्तासम्म गर्भपतन गर्न सकिने व्यवस्था विश्व स्वास्थ्य सङ्गठनले गरेको र उक्त विधेयक निर्माण गर्ने क्रममा त्यहीअनुरूप सिफारिस चिकित्सकहरूले गरेको उनले बताए।’विधेयक बनाउने समयमा हामीले गर्भपतन गर्न मिल्ने अवधि अधिकतम २२ हप्तासम्म राख्ने सिफारिस गरेका थियौँ। तर पछि सांसदहरूले यसलाई बढाउन चाहनुभयो होला र कर्मचारीहरूले जागिर बचाउन माने जस्तो देखिन्छ।’

    तर त्यो आफूलाई अस्वीकार्य भएको उनले बताए।’अट्ठाइस हप्तामा गर्भपतन सांसद त के प्रधानमन्त्रीले भने पनि म गराउँदिनँ। बरु जेल जानु परे पनि जान्छु’ उनले भने।

    सरकारको भनाइ
    सम्बन्धित चिकित्सकहरूसँग छलफल गरेर नै कानुन बनाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए।’विधेयक पारित भएपछि पनि यस विषयमा धेरै छलफल भइसकेको छ र अब हामीले ऐन अनुसारकै नियमावली बनाएका छौँ र छिट्टै मन्त्रिपरिषद्‌बाट पारित पनि हुँदैछ।’

    नेपालले प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न भनी सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिएको हो।गर्भपतनलाई कानुनले मान्यता दिए पनि सुरक्षित हुन नसकेको कुरा महिला अधिकारकर्मीहरूले उठाउने गरेका छन्।नयाँ कानुनले सुरक्षित गर्भपतनमा सघाउने सरकारको भनाइ छ। तर गर्भपतनको अवधिबारे उक्त कानुनले चिकित्सकहरूकै विरोधको सामना गर्नुपरेको छ। बीबीसीकाे सहयाेगमा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.