Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सिआईएद्वारा सन् पचास यता ८१ मुलुकका निर्वाचनमा हस्तक्षेप/बोलिभिया अर्को थप उदाहरण

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २८, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सिआईएले सन् पचास यता मात्र ८१ मुलुकका निर्वाचनमा हस्तक्षेप गरेको छ ।यस संख्यामा अमेरिकाले मन नपराउने निर्वाचनबाट जितेर आउने विजयीहरु र खासगरी इरान, ग्वाटेमाला र चिली जस्ता मुलुकहरु बिरुद्धको सैनिक कू र सत्ता परिवर्तनलाई गनिएको छैन।

    हुन त सिआईएले अमेरिकाको २०१६ को निर्वाचनमा रुसबाट  डेमोक्रयाटिक र रिपव्लीकन पार्टीका कम्प्युटर नेटवर्क र इमेलहरुलाई ह्याकिङ्ग गरेर  हस्तक्षेप गरियो भन्ने आरोप लगाएको छ, तर यससम्बन्धी कुनै प्रमाण  फेला परेका छैनन्।तर आलोचकहरुले अमेरिकाले यस्ता काम गरेका अनेकौं घटनाहरु पर्दाफास गरेका छन् ।

    अमेरिकाद्वारा अन्य मुलुकका कार्यकारिणी प्रमुखका निर्वाचनमा गरिएका हस्तक्षेपहरुको लामो इतिहास छ। सन् १९४६ देखि २००० सम्म यसले कम्तिमा ८१ हस्तक्षेप गरेको एक अध्ययनले बताएको छ। उक्त अध्ययन कार्नेजी मेलोन विश्वविद्यालयका राजनीतिक शास्त्रफ डोभ लेभिनले  गरेका हुन्।

    लेभिनको डाटावेसमा उल्लेखित  संख्यामा अमेरिकाले मन नपराउने निर्वाचनबाट जितेर आउने विजयीहरु र खासगरी इरान, ग्वाटेमाला र चिली जस्ता मुलुकहरु बिरुद्धको सैनिक कू र सत्ता परिवर्तनलाई गनिएको छैन। अनि निर्वाचन अनुगमनजस्ता निर्वाचन प्रक्रियामा गरिने नगदी तथा सामग्री सहयोगलाई यसमा समावेश गरिएको छैन।

    लेभिनले हस्तक्षेपलाई “दुई पक्षमध्ये कुनै एकको पक्षमा निर्वाचन परिणाम ल्याउन गरिने समग्र योजना कार्यान्वयन गर्ने अति खर्चिलो कार्य” का रुपमा परिभाषित गरेकाछन्।ती कार्यहरुमा खास दलको निर्वाचन अभियानका लागि भौतिक तथा आर्थिक सहयोग जुटाइदिने, गलत तथा भ्रामक सुचना फैलाइदिने,  खास दलका कार्यकर्ताहरुलाई  प्रचार अभियान चलाउन तालिमा दिने वा मत हाल्न  सिकाउने, प्रचार सामग्रीहरु बनाउन सिकाउने, आकर्षक भाषण गर्न सिकाउने वा अन्य उमेद्वारहरुलाई फकाउन र धम्क्याउन सक्ने बनाउने र विदेशी सहयोग पाउन वा फिर्ता लिने  घोषणा गर्ने जस्ता निर्वाचन प्रक्रिया भरमा गरिने कुराहरु हुन्।

    यस्ता घटनाहरुका ५९% जो सहयोग पाएर सरकारमा आएका दलहरुको करीव ३ % मतमात्र बृद्धि भएको कुरा लेभिनले अनुमान गरेका छन्। लेभिनको सूचनामा अमेरिकाले मात्र अन्य मुलुकहरुका निर्वाचनहरुमा हस्तक्षेप गर्न प्रयाश गरेका छैनन्। रुसले दोस्रो विश्वयुद्ध देखि सन् २००० सम्ममा ३६ वटा विदेशी निर्वाचनमा हस्तक्षेप गर्‍यो । यसको मतलव विशौं शताव्दिभित्र दुई महाशक्तिहरुले राष्ट्रिय कार्यकारिणी तहको प्रतिष्पर्धातमक निर्वाचनहरुको प्रति ९ मा १ लाई हस्तक्षेप गरे। सन् १९४८ को इटालीको आम निर्वाचनलाई  एक उदाहरणका रुपमा लिन सकिन्छ, जहाँ अमेरिकाले नतिजा आफूँले चाहेबमोजिम ल्याउन सक्यो।

    कम्युनिष्टलाई हराउन क्रिश्चियन डेमोक्र्याटलाई सहयोग गर्न ” हामीले सबै कुरा मिल्क्याइदियौं भान्साको मुख चुठ्ने धारोसमेत” लेभिन भन्छन्। उनी थप्छन् -चुनावी प्रचार धान्ने खर्चका लागि “बोराका बोरा पैशा” गोप्य रुपमा दिएर चुनावी प्रचारविज्ञ पठाएर,  भूमि फिर्ता दिइने आयोजनाहरुको क्षतिपूर्ति गरेर तथा यदि कम्युनिष्टहरुले जिते भने अमेरिकी सहयोग रोकिने धम्की दिंदै  सहयोग गरियो।

    लेभिन भन्छन् कि यस्तो अमेरिकी हस्तक्षेपका कारण कम्युनिष्ट पार्टीको विजय हुन नदिन महत्वपूर्ण भूमिका खेल्यो  यो कुरा १९४८ को निर्वाचनमा मात्र होइन त्यसपछिका लगातार ७ पटक सम्मका निर्वाचनहरुमा समेत। शीत युद्धकालभर विदेशी मुलुकका निर्वाचनहरुमा अमेरिकाको संलग्नता कम्युनिष्टलाई रोक्न लक्षित थियो-  कार्नेगी अन्तरराष्ट्रिय शान्ति अनुदान आयोगका परराष्ट्र विज्ञ थोमश क्यारोथ्रस  भन्छन्।

    क्यारोथ्रस भन्छन् “अमेरिका वाम पक्ष चुनावबाट सरकारमा गएको मन पराउदैन र यसकारण त्यसले हरबखत अन्य मुलुकहरुका निर्वाचनहरुमा प्रभाव पार्न खोजी रहन्छ।” यस्तो तौरतरिका सोभियत संघको उदयसँगै शुरुवात गरेको हो। सन् १९९० को निकारागुवाको निर्वाचनमा सिआईएले जर्मनका अखवारहरुमा मार्क्सवादी सान्दादिस्ताले भ्रष्टाचार गरेकोबारे सूचना प्रवाह गर्‍यो। त्यसपछि यस समाचारलाई सान्दादिस्ताका उम्मेद्वार डानियल ओर्टेगा विरुद्ध उनका विरोधीले भरमग्दुर प्रचार गरे । फलस्वरुप ओर्टेगा उनका विरोधी भायोलट चमारोबाट पराजित भए।

    यसै वर्ष चेकोस्लाभाकियामा  भास्लभ हावेलको पार्टी र उनको समर्थक स्लोभाकलाई चुनावी अभियानका लागि तालिम र आर्थिक सहयोग दियो। यसको कारण लेभिन भन्छन्-  हामी साम्यवादको समाप्ती र पतन भएको ठोकुवा भएको बुझाउन चाहन्थ्यौ। त्यसपछि पनि अमेरिकाले  हरेक निर्वाचनलाई आफ्नो  पक्षमा ल्याउन हरदम प्रयत्न गरिरहेकोछ।

    हाइटिमा सन् १९८६ मा तानाशाह र अमेरिकाको  सहयोगी जीन-क्लाउड “बेबी डक” डुवालियर पतनपछि, सीआईएले खासखास उम्मेदवारहरूको समर्थन गर्न र रोमन क्याथोलिक पादरी तथा मुक्ति धर्मशास्त्रका व्याख्याता जीन-बर्ट्रेन्डे अरिस्टिडेलाई कमजोर बनाउन खोज्यो।

    न्यु योर्क टाइम्सले १९९० मा लेखेको छ कि सीआईएबाट तलवभत्ता लिने जुन्टा सैन्यहरुले एरिस्टाइडलाई हटाउन सक्दथे। एरिस्टाइड प्रजातान्त्रिक तरिकाले चुनिने भने पनि सो दशकमा विश्व बैंकका एक पदाधिकारी तथा अमेरिकी समर्थक वित्त मन्त्रि मार्क बाजिन अत्यधिक मतले बिजयी भए।  लाई हटाएपछिको निर्वाचनमा उनी लोकतन्त्रमा संयुक्त राज्यका पूर्व अधिकारी तथा वित्तमन्त्री मार्क बाजिनको पहिरोमा निर्वाचित भए।

    अमेरिकाले रुसी निर्वाचनहरुलाई  समेत प्रभाव पार्न प्रयत्न गरेकोछ। सन् १९९६मा वोरिस यल्तसिनको पालामा रुसी अर्थव्यवस्था चकनाचुर भइरहेकोबेला,  राष्ट्रपति क्लिन्टनले अन्तर्राष्ट्रिय मुद्रा कोष मार्फत १०.२ बिलियन डलर  ऋण मिलाइदिए। जसले नीजिकरण, व्यापार उदारीकरण र अन्य उपायहरु अपनाएर रुसलाई पूँजीवादी अर्थव्यवस्था तर्फ जान सहयोग गर्‍थ्यो।

    यस ऋणको कारण यल्तसिनले आफ्नो पक्षमा जनमत बढाउन सके, त्यसवेलामा संचारका अनुसार उनले यो ऋण आफ्नो सुधारात्मक कार्यहरुमा भरोसा गरेर आएको हो भन्दै प्रचारमा जुटेका थिए।उनले पैसाको केही अंश चुनाव अघि सामाजिक खर्च लगायत तलव र पेन्सनका लागि प्रयोग गरेका थिए।मध्य पूर्वमा, अमेरिकाले आफ्नो इजरायली –प्यालेस्टाइन शान्ति प्रक्रियालाई अगाडि बढाउन सक्ने उम्मेदवारहरूलाई उचाल्ने लक्ष्य राखेको छ।

    सन् १९९६ मा, मारिएका इजरायली प्रधानमन्त्री यात्जिक रविनको परम्परा धान्न र  अमेरिकाले चाहेबमोजिम  शान्ति सम्झौता गर्न तयार भएपछि क्लिन्टनले शिमोन पेरेजको खुल्लमखुल्ला समर्थन गरे र उनको लोकप्रिय समर्थनलाई बढावा दिन शर्म एल शेकको इजिप्शियन रिसोर्टमा एक शिखर सम्मेलन बोलाए र चुनावको एक महिना अघि उनलाई ह्वाइट हाउसमा भएको बैठकमा आमन्त्रित गरे।

    ” यदि लिकुड उम्मेद्वार बेन्जामिन नेतान्याहूले जिते भने शान्ति प्रक्रिया अबरुद्ध हुनेछ भनेर हामीलाई बाध्य बनाइयो,” त्यसबेला विदेश विभागमा काम गर्ने आरोन डेभिड मिलर बताउँछन्।१९९९ मा, चुनावलाई नियन्त्रणमा लिनका लागि सूक्ष्म  व्यवस्थापन गर्ने प्रयास गरियो । र नेतान्याहूको प्रतिद्वन्द्वि लेवर पार्टीका उम्मेदवार एहुद बराकलाई सल्लाह दिन जेम्स कारभिल लगायत क्लिन्टनका शीर्ष रणनीतिकारहरूलाई पठाइयो ।

    युगोस्लाभियामा, अमेरिका र नाटोले लामो समयदेखि सर्बियाली राष्ट्रवादी र युगोस्लाभ नेता स्लोबोदान मिलोसेभिकलाई आर्थिक प्रतिबन्ध र सैन्य कारबाही गरेर अन्तर्राष्ट्रिय प्रणालीबाट अलग गर्न प्रयाश गरेको थियो।सन् २००० मा, अमेरिकाले राजनीतिक दलहरू, चुनाव प्रचार खर्च र स्वतन्त्र मिडियाको लागि लाखौं डलर खर्च गरेको थियो। लेभिनका अनुसार विपक्षका  प्रचार साधनहरुलाई प्रसार उपकरण र पैशा उपलव्ध गराएर   विपक्षी उम्मेद्वार भोजिलाभ कोस्टुनिकालाई युगोस्लाभका अध्यक्षका रूपमा निर्वाचित गर्ने निर्णायक कारण बनेको थिए।

    “यदि यस्तो चरम हस्तक्षेप नभएको भए … मिलोसेभिकले अर्को कार्यकालका लागि पनि जित्न सक्दथे।

    यस्तै हाल बोलिभियाका राष्ट्रपतिको मेक्सिको पलायन चुनावी हस्तक्षेपका साथै सैनिक हस्तक्षेप हो भन्ने विश्व जनमत रहेको छ।

    निना अग्रवाल लस एन्जेल्स टाइम्सबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.