Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ दोष थुपार्ने खेल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २५, २०७६
- यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महामारीले अरुलाई लपेटिरहँदा हाम्रो जीवन चिन्तामुक्त थियो। विगतका केही साताहरु पश्चिमी देशहरूमा चीन मृत्यु शैय्यामा घस्रीरहेको हेरेर मजाक भइरहेका थिए तर अब हामीकहाँ शुन्यता छाउन थालेको छ। जब महामारी हाम्रै नजिक आइपुग्यो र हाम्रालाई लपेट्न थाल्यो तब हाम्रा गला अबरुद्ध हुन थाले। अब भय र आतंकले युरोप र अमेरिकालाई गाँज्न थालिसकेको छ।

    यस्तो परिवर्तन मतनिर्माता मानिने अमेरिकी मिडिया र अमेरिकाका शीर्ष कूटनीतिज्ञले व्यक्त गरेका विचार भन्दा प्रष्टरुपमा भिन्न छ। फक्स न्युज टेलिभिजनका कमेन्टेटर जोसे वाट्टर्सले उनले देखाउने “दी फाइभ” मा भनेका थिए कि चीनले माहामारीका लागि औपचारिकरुपमा माफी माग्नु पर्छ। अझ त्यसपछि वाट्टर्सले चीनिया जनता भोका छन्, त्यसकारण तिनीहरु चमेरो र सर्पको काचै मासु हसुर्छन् भनेर चीनिया संस्कृतिको उपहास गरेका थिए।

    त्यसको लगत्तै, संयुक्त राज्यका सचिव विदेश मंत्री माइक पोम्पीओले ‘भाइरस नियन्त्रण गर्ने काममा अमेरिकालाई अप्रत्यक्षरुपमा पछुवा बनाउन खोजेको र चीनले सही तथा पूर्ण सूचना प्रवाह गर्न नसकेको आरोप लगाए। अवश्य पनि, वुहान नगरपालिका प्रशासनले डिसेम्बरको अन्त र जनवरीको शुरुवातसम्म गरेको प्रारम्भिक अनुक्रिया अपूरो थियो। यसैकारण चीनले तुरुन्तै त्यहाँको प्रशासनिक परिवर्तन गर्‍यो।

    यसपछि, बेइजिङ् सरकारले व्यापक संख्यामा नागरिकहरुलाई निगरानीमा राख्‍न, आवतजावतमा नियन्त्रण र सार्वजनिक भेलाहरु हुन नदिन ठूलो मात्रामा कदम चालेको छ। र अब एक महिनापछि, संकट मूलरूपमा नियन्त्रणमा छ। वुहानबाहिर, वास्तवमै कुनै नयाँ विरामीहरु देखिएका छैनन् र संक्रमणको मुहान मानिएको वुहानको स्थिति काबूमा छ।

    मध्य फेब्रुअरीमा नै विश्व स्वास्थ्य संगठनका महानिर्देशकका रूपमा टेड्रोस आधानम घेब्रेयेसस् भनेका थिए “चिनद्वारा भाइरस फैलावटलाई स्रोतमै रोक्न जे जस्ता कदमहरु चालेको छ, त्यसले विश्वलाई समय उपलब्ध भएको छ।”

    अमेरिकी सरकारले निकट आउदै गरेको संकटबारे पत्तै पाएन जस्तो लाग्छ र चिनबाट फिर्ता आएकाहरुको सम्पर्कमा जानैपर्ने अधिकारीले उपयुक्त पहिरन लगाउनु पर्ने, उपचार स्थलहरुमा (अस्पतालहरुमा) कोरोना–भाइरस रोग जाँच्ने पर्याप्त टेष्ट किटको ब्यवस्था मिलाउनु पर्छ र क्‍वारेन्टाइन योजना हुनु पर्छ भनेर बुझ्नै सकेन जस्तो लाग्छ ।

    आम यस मामलामा चीन वा अमेरिका, वा इरान, इटली, जापान, र दक्षिण कोरिया कसैको पनि आलोचना गर्न सकिदै‌न। मलाई थाहा छ, कहिलेकाँही महामारी र प्राकृतिक प्रकोपहरू मानव योजना र नियन्त्रणको दायरा भन्दा बाहिर हुन्छन्। तिनीहरूको पूरापुर पूर्वानुमान वा रोक्न सकिदैन। यस्तोमा कहिलेकाँही ‘ प्रयत्न गर्ने– गलतलाई सच्याउने’ विधि उपयोगी हुनेगर्छ।

    मानव–निर्मित समस्याहरूमा सूचना दवाउनु र अरूलाई दोष थोपर्नुसमेत पर्दछ। तर दोषारोपण गर्ने तिकडमवाजी हरकोहीका लागि धेरै खतरनाक हो। यसैकारण विशेषगरी एसिया विरोधी भावना र व्यवहार दुनियामा दिनप्रतिदिन बढ्दैछ।
    त्यसकारण, यो समय आरोप र प्रचारवाजी गर्ने समय हुँदैहोइन, न त वाट्टर्स र पोम्पीओले गरेजस्तो वैचारिक आक्रमण गर्ने अवसर हो, न त अन्तमा यस कठिन घडीमा विजेता र हरुवाको कल्पना गर्ने बेला हो।

    पोम्पीओले घमण्डका साथ भविष्यवाणी गरे: “हामी यसलाई विश्वका अरु राष्ट्र भन्दा राम्ररी संभाल्नेछौं।” यो राष्ट्रिय प्रतिस्पर्धाको परीक्षा होइन; यो साझा खतरा हो। जसलाई एकअर्काको सहयोग र सहकार्यबाट समाधान गर्न आवश्यक छ।
    झाओ लिजियानले चीनको विदेश मामिला मन्त्रालयको तर्फबाट भनेका थिए: “महामारी मानवजातिको साझा दुश्मन हो।” त्यस्तै गरी, संक्रामक रोगहरू विश्वभरि उब्जन्छन् र सीमापार फैलिन्छन् र व्यक्ति–व्यक्तिमा सर्दछन्।

    के हामी संक्रमित भएको कारण ती व्यक्तिहरुलाई दोष दिन सक्छौं? पक्कै सक्दैनौ। के हामी संक्रमणको उद्भव थलो र पहिलो सिकार भएको कारण कुनै देशलाई आरोप लगाउन सक्छौं? अहँ सक्दैनौं। झाओले स्मरण गराए – के त्यसो भए अमेरिकाले पनि सन् २००९ को स्वाइन फ्लूको लागि माफी माग्नु पर्छ भनेर कसैले अपेक्षा गरेको थियो?

    प्रष्टरुपमा भन्दा, चीनले कोभिड– १९ को प्रसार रोक्न नाटकीय कदम चालेको छ। यस्तो अमेरिकामा कल्पना गर्न पनि असम्भव छ, जहाँ छिरोलिएको बस्तीमा बसोबास छ र ठूला अपार्टमेन्ट परिसरहरूमा भेला पार्न कमै सकिन्छ।

    म आशा गर्छु कि गृष्म ऋतुको आगमनसँगै भाइरस नियन्त्रण हुनेछ, आगामी महिनाहरूमा यसको खोपको विकास हुनेछ।  भाइरसको उपस्थितिलाई सहीरूपमा खुट्याउनसक्ने परीक्षण किटहरु उपलव्ध भइसक्नेछन् र जनस्वास्थ्यकर्मीहरूले प्रभावकारी रूपमा अनुक्रिया दिनसक्नेछन्।

    म यो पनि आशा गर्छु कि अमेरिकी प्रतिक्रियाहरु आफ्नै देश भित्रका पूर्व राष्ट्रपतिहरुलाई दोष दिइन खालको हुनु हुँदैन र ती प्रतिक्रियाहरुमा पक्षविपक्षी भई लड्नु हुँदैन, बरु मुलुकलाई जिम्मेवारी लिन भनौं। अन्तमा हामी सबैको ध्यान जनस्वास्थ्य प्रकोप रोक्नमा केन्द्रित हुनुपर्दछ। यस सम्बन्धमा चीनले एक उपयोगी मोडेल प्रदान गरेको छ तर उसका हरेक क्रियाहरुलाई दुरुस्तै नक्कल गर्न नसकिएला।

    लेखकः जेम्स राए क्यालिफोर्निया स्टेट यूनिवर्सिटी स्याक्रमेन्टोका प्राध्यापक हुन्। उनी २०१७ देखि २०१८ सम्म बेइजिङ फरेन स्टडिज यूनिवर्सिटीमा फुलब्राइट स्कलर पनि थिए। 

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.