Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

कोरोना भाइरस मुक्त भएर घर फर्किएकाको अनुभव – ‘कोरोना लाग्ने बित्तिकै मान्छे मर्दाे रहेनछ’

by पत्रपत्रिकाबाट
June 11, 2020
- कोभिड–१९, यो हप्ता, समाचार
कोरोना भाइरस मुक्त भएर घर फर्किएकाको अनुभव – ‘कोरोना लाग्ने बित्तिकै मान्छे मर्दाे रहेनछ’
Share on FacebookShare on TwitterEmail

खोकी लाग्दै लागेन। ज्वरो आएन । शरीरमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण थिएन । तर जाँच गर्दा पोजेटिभ देखियो। उनलाई अब मरिन्छ कि भन्ने डरले सतायो । आँसु झरे । स्वास्थ्यकर्मीले सम्झाए।

कोरोनालाई जितेर धेरै घर फर्किएका छन्। चिन्ता लिनु पर्दैन। केही आश जाग्यो। अनि एम्बुलेन्स चढेर कोरोना विशेष अस्पताल बेल्झुण्डी पुगिन्। दुई दिनसम्म त सम्हालिन गाह्रो पर्‍यो । त्यसपछि बानी परिन्। अनि १५ दिन आइसोलेसन बसाईपछि निको भएर घर फर्किइन्।

अस्पताल जाँदा पीडाको आँसु झारेकी ती २० वर्षे किशोरी घर फर्किँदा उनका आँखाबाट खुशीका आँसु झरे । आमा–बाबालाई अंगाल्न चाहन्थिन्। बहिनीसँग माया साट्न चाहन्थिन्। कोरोनालाई जितेर घर फर्किएकी किशोरीलाई कोरोनाले झट्ट मान्छे मार्दो रहेनछ भन्ने बुझिन्। ‘कोरोना लाग्ने वित्तिकै मान्छे झट्ट मर्ने रहेनछ’, उनले भनिन्, ‘सबैले माया गर्नु पर्छ, भेदभाव गर्नुहुँदैन कोरोना लागेको मान्छेलाई।’ लमहीको क्वारेन्टिनमा पाँच दिन बसेकी उनी आइसोलेशनमा १४ दिन बसेकी हुन्।

‘म लमहीको क्वारेन्टिनमा पाँच दिन बसेँ। अनि मलाई बेल्झुण्डीमा लगियो । त्यहाँ १५ दिन राखियो । स्वास्थ्यकर्मीले जे–जे भन्नुभयो त्यो पालना गरे। पानी तताएर खाएँ। औषधिहरु खाएँ।’, उनले भनिन्, ‘घरबाट सल्लाह सुझाव पाएँ । पानी तताएर खाएँ। हौसला बढाई दिनुभयो। आत्मबलले जित्न सकिदो रहेछ कोरोना ।’ कोभिड–१९ बाट संक्रमित भएका तर, आइसोलेशनमा बसेर निको भएका किशोर कोशोरीको संख्या बढ्दै जान थालेको छ। यसरी कोरोना जितेर घर फर्किएका किशोर कोशोरीलाई स्थानीय सरकारले स्वागत तथा सम्मान गर्ने गरेका छन्।

यसैक्रममा दाङ लमही नगरपालिकाका कोरोना संक्रिमत दुईजना किशोर किशोरीसहित चारजनालाई कोरोना जितेर घर फर्किएपछि स्वागत सम्मान गरिएको हो। लमही नगरपालिकाले कोरोना जितेर घर फर्किएका चारजनालाई स्वागत तथा सम्मान गरेको हो। १८ वर्षे किशोर कोरोना जितेर घर फर्कन पाउदा खुसी छन्।

‘खुशी लाग्या छ। कोरोना जितेर आए भनेर । दवाई खाएर, राम्रोसँग मेडिकल चेक गरेर कोरोना जितियो।’, उनले भने, ‘राम्रै कुरा खेल्छ मनमा। त्यस्तो गाह्रो त लागेन्। घर फर्केर १५ दिन मज्जाले बस्ने। अनि हेरौँ के हुन्छ।’

कोरोना भाइरसको संक्रमण भएका मध्य चाँडो निको हुनेमा किशोर किशोरी बढी रहेका छन्। कोरोना संक्रमणको लक्षण नदेखिए पनि संक्रमित भएकाहरुले नियमित सरसफाईमा ध्यान दिँदै स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसरण गर्दा कोरोनालाई सजिलै जित्न सकिएको बताएका छन्। देशसञ्चार

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

4 years ago
युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.