कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ। डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो।
‘दुईपटक सम्म परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएर डिस्चार्ज भइसकेका ती ३ व्यक्तिमा पुनः पुनः कोरोना पोजेटिभ देखिनुको कारण पुन संक्रमण होइन। यो परिक्षण त्रुटिमात्र हो । यसलाई पुष्टि गर्ने गरी
प्रयोगशाला विद् भन्छन्, ‘नमूना लिने संचयन गर्ने आदिमा त्रुटि भएका कारणले यस्तो भएको हुन सक्छ। म यी ३ मामलमा शरीरमा भाइरस कम भएको तर पुनः जाँच गर्दा भाइरसको लोड वृद्धि भएको कारण मान्न सक्दिन।’
डिस्चार्ज भएर घर गएको व्यक्तिमा अन्य व्यक्तिबाट पुनः संक्रमण सरेको हुनसक्ने संभावनाबारे कुरा नै गर्न मिल्दैन किनकि कोरोना संक्रमित नेगेटिभ भइसकेपछि उनको शरीरले तयार पारेको एन्टिबडिज यति समयमा नै सकियो भन्न मिल्दैन। त्यसमाथि यी ३ व्यक्तिहरु उच्च जोखिम भएका उमेर र स्वास्थ्य स्थितिका छैनन्।
एकैपटक तीनजना व्यक्तिमा पुनः संक्रमण देखिनुले कोरोना भाइरस संक्रमण परीक्षण गर्ने ल्याबको गुणस्तर र प्रभावकारितामा प्रश्न उव्जाएको छ। यसलाई लुकाउनै हुँदैन। कमजोरी लुकाएर कुनै पनि समस्या हुँदैन– एक विज्ञ बताउँछन्।
यसै कुरालाई पुष्टि हुने गरी एचआइभी लगायत अन्य संक्रामक विमारहरुको विस्तार रोक्न एक दशकदेखि सक्रिय रहेका सच्चिदानन्द जोशीले लेखेका छन्– हालसम्म प्राप्त प्रमाणहरुका आधारमा विज्ञानीहरु के कुरामा सहमत देखिन्छन् भने एक पटक निको भइसकेको व्यक्तिमा न्यू कोरोना भाइरस सामान्यतया पुनः सक्रिय हुँदैन। पुनः जाँच गर्दा पोजेटिभ देखिनु फाल्सली टेष्टेड पोजेटिभ (एकप्रकारको गलत रिपोर्ट) हो।
२) अर्कोतिर निको भइसकेका विरामीहरुमा प्रतिरोध क्षमता विकास भएको हुँनेहुँदा सामान्यतया पुनः संक्रमण हुने सम्भावना हुदैन।
3) तर न्यु कोरोना भाइरस अत्यन्त नयाँ भएको र यस सम्वन्धमा धेरै अनुसंधान हुन वाँकी रहेकोले सावधानी अत्यन्त जरुरी छ।