Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Sunday, May 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘आर्य’ जातिको मूल खोज्न जब नाजीहरूले हिमालय क्षेत्रमा वैज्ञानिकहरू पठाए…

सहयोगीबाट सहयोगीबाट
भदौ ३१, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जर्मनीको नाजी पार्टीका एकजना प्रमुख सदस्य एवम् यहुदीहरूको आम नरसंहार (होलोकस्ट) भनिने घटनाका एकजना मुख्य योजनाकार हेनरिक हिम्लरले सन् १९३८ मा आर्य जातिको उत्पत्तिको खोजीका लागि पाँच जनाको समूहलाई तिब्बतमा पठाएका थिए।

    भारतको बाटो हुँदै गएको उक्त टोलीबारे लेखक वैभव पुरन्दरेले वर्णन गरेका छन्। दोस्रो विश्वयुद्ध सुरु हुनु एक वर्षभन्दा केहीअघि एउटा जर्मन समूह भारतको पूर्वी सीमामा गोप्य रूपमा उत्रियो। उनीहरू “आर्य वंशको उत्पत्तिको स्रोत” पत्ता लगाउने अभियानमा थिए।

    एडल्फ हिटलरले “आर्य” नोर्डिक मानिसहरू करिब १५ सय वर्षअघि उत्तरतर्फबाट भारत प्रवेश गरेको विश्वास गर्ने गर्दथे। ती आर्यहरूले स्थानीय अनार्य जातिहरूसँग वंश मिसाएर अपराध गरेको हिटलर ठान्दथे। अंग्रेजीमा आर्यन भनिने आर्य जाति विश्वभरिमै श्रेष्ठ रहेको हिटलरको बुझाइ थियो।

    हिटलर नियमित रूपमा आफ्ना मन्तव्यहरू, लेखहरू र बहसहरूमा भारतीय मानिसहरू र उनीहरूको स्वतन्त्रताको सङ्घर्षप्रति गहिरो घृणा व्यक्त गर्थे।त्यति हुँदाहुँदै पनि हिटलरका एकजना उच्च सहायक र कुख्यात गुप्तचर निकाय, एसएस, का प्रमुख हिम्लरका अनुसार भारतीय उपमहाद्वीप नजिकबाट नियाल्नयोग्य थियो।

    त्यसैले गर्दा तिब्बतको तस्बिर बाहिर आयो। ‘नोर्डिक श्वेत जातियताको श्रेष्ठता’मा विश्वास गर्ने मानिसहरूले एट्लान्टिस नामको एउटा विलुप्त राज्यको काल्पनिक कथामा पनि विश्वास गर्थे।ती मानिसहरू त्यस राज्यमा कुनै बेला “शुद्धतम रगत “वाला मानिसहरूको बसोबास थियो भन्नेमा पनि विश्वास गर्थे ।

    त्यस्तो स्थान एट्लान्टिक महासागरको इङ्ल्यान्ड र पोर्चुगलको बीचमा कतै थियो भन्ने उनीहरू ठान्दथे।उक्त मिथकीय टापु एउटा दिव्य चट्याङ्गको प्रहारको चपेटामा परेर डुबेको उनीहरूको ठम्याइ थियो।त्यसबाट बचेका सबै आर्यनहरू सुरक्षित स्थानमा गएको ठानिन्थ्यो।

    त्यस्तो ठाउँ मध्येमा हिमालय क्षेत्र पनि एउटा थियो। विशेषगरी ‘विश्वको छानो’ भनेर चर्चित भएको तिब्बतलाई त्यस्तो क्षेत्र हुनु पर्ने भनेर विश्वास गरिएको थियो।सन् १९३५ मा हिम्लरले एसएसभित्र एउटा युनिट बनाए जसको काम उक्त विनाशकारी चट्याङ्गमा परेर आफ्नो राज्य नष्ट भएपछि एट्लान्टिसका मानिसहरू कहाँ गए भन्ने पत्ता लगाउनु थियो।

    सन् १९३८ मा उनले पाँच जर्मनहरूलाई त्यसको खोजी अभियानका लागि तिब्बत पठाए। उक्त टोलीका दुईजना सदस्य भने बाँकीभन्दा फरक थिए।त्यसमध्येमा एकजना २८ वर्षीय प्रतिभाशाली प्राणीशास्त्री अर्न्स्ट सेफर थिए। उनी त्यसअघि नै दुई पटक भारत-चीन-तिब्बत सीमामा आइसकेका थिए।

    सेफर सन् १९३३ मा नाजी विजयलगत्तै एसएसमा सामेल भएका थिए। त्यो भनेको तिब्बत अभियानका लागि हिम्लर उनको संरक्षक बन्नु निकै अघिको कुरा हो।सेफर सिकार खेल्न र आफ्नो बर्लिनस्थित घरमा ट्रफीहरू थुपार्न शौखिन थिए।

    एउटा सिकार खेल्ने क्रममा उनले डुङ्गाबाट पानीहाँसलाई गोली चलाउन लाग्दा चिप्लिएर आफ्नै पत्नीको टाउकामा गोली हानेका थिए। त्यस घटनामा उनी पत्नीको मृत्यु भयो।अभियानको अर्को मुख्य व्यक्ति युवा मानवशास्त्री ब्रुनो बेगेर थिए। उनी सन् १९३५ मा एसएसमा सामेल भएका थिए।

    उनले तिब्बतीहरूको खोपडी र अनुहारको नाप लिएर मुखुन्डो बनाउने काम लिएका थिए।त्यसका आधारमा उनले नोर्डिक जातिको उत्पत्ति र विकासको खोजीका लागि सामग्री जम्मा पार्ने बताएका थिए।सन् १९३८ को मे महिनाको सुरुमा पाँचजना जर्मनहरूलाई लिएर आएको समुद्री जहाज श्रीलङ्काको कोलम्बो आइपुग्यो।

    त्यहाँबाट उनीहरूले अर्को जहाज लिएर भारतको मद्रास (चेन्नई) सम्म आए र तेस्रो जहाजबाट उनीहरू कोलकाता आए।भारतमा रहेका ब्रिटिश अधिकारीहरू त्यसरी यात्रा गरिरहेका जर्मनबारे सजग थिए र उनीहरू ती जर्मनलाई जासुस ठान्थे।सुरुमा उनीहरू ती जर्मनलाई भारतबाट जान दिन चाहन्थेनन्।

    त्यसबेला ब्रिटिशद्वारा चलाइएको टाइम्स अफ इन्डिया अखबारले अझ आरोपित गर्ने खाले “भारतमा गेस्टापो एजेन्ट” भन्ने शीर्षक छापेको थियो।गान्तोकमा रहेका ब्रिटिश राजनीतिक अधिकारी पनि सिक्किम हुँदै तिब्बत जाने मान्छेहरूलाई भेला हुन दिन चाहन्थेनन्।

    त्यसबेला सिक्किम एउटा स्वतन्त्र पहाडी देश थियो। तर अन्तत: नाजी समूहको सङ्कल्प पूरा भयो। त्यस वर्षको अन्त्यतिर पाँच जर्मनहरू खच्चडहरू र आफ्ना सामानहरूसहित स्वस्तिक चिह्नयुक्त झण्डा लिएर तिब्बत प्रवेश गरे।स्वस्तिक तिब्बतमा एउटा परिचित चिह्न थियो त्यसलाई त्यहाँ “युङ्ड्रुङ” भनिन्थ्यो।

    सेफर र उनको समूहले उक्त चिन्हलाई भारतमा पनि व्यापक रूपमा देखे। भारतमा विशेषगरी हिन्दूहरूले उक्त चिन्हलाई शुभ मान्ने गर्छन्। अहिले पनि भारतमा उक्त चिह्न जताततै देखिन्छ। तिब्बतमा त्यसबेला अवस्था परिवर्तन भइरहेको थियो। सन् १९३३ मा १३औँ दलाई लामाको मृत्यु भएको थियो र नयाँ दलाई लामा तीन वर्षका मात्र थिए।

    त्यसैले बौद्ध तिब्बती राज्यलाई राजप्रतिनिधिले चलाइरहेका थिए। जर्मनहरूलाई सर्वसाधारण र राजप्रतिनिधिहरूले अस्वभाविक रूपमा धेरै राम्रो रूपमा ग्रहण गरे।मुकुन्डो बनाउने बेगेरले त्यहाँ केही समयका लागि चिकित्सकको काम पनि गरे।

    तर तिब्बतीहरूलाई नाजीहरूको विकृत कल्पनाबारे थाहा थिएन।नाजीहरू हिन्दू धर्मले जस्तै बौद्ध धर्मले पनि तिब्बतमा आएका आर्यहरूलाई कमजोर बनाएको ठान्थे।उनीहरू त्यसका कारणले आर्यहरूको आत्मा र शक्ति कमजोर भएकोमा विश्वास गर्थे।

    सेफर र अन्य वैज्ञानिकहरूले उक्त अभियानका आडमा प्राणीशास्त्र र मानवशास्त्रजस्ता विषयमा वैज्ञानिक अनुसन्धान गर्न बढी समय बिताउनसक्ने जस्तो देखिएका बेला सन् १९३९ मा जर्मन अभियानलाई एक्कासी छोट्याउनु पर्‍यो।

    त्यसको कारण सुरु हुनै लागेको युद्ध थियो।बेगेरले त्यसबेलासम्म ३७६ जना तिब्बतीहरूको खोपडीको नाप लिएका थिए र २,००० तस्बिरहरू लिएक थिए।१७ मानिसहरूको शिर, हात, अनुहार र कानको नमुना बनाएका थिए र अन्य ३५० जनाको औँठाछाप र पञ्जाछाप सङ्कलन गरेका थिए।

    उनले २,००० वटा मानवशास्त्रीय अध्ययनको निम्ति भनेर नमुना सङ्कलन गरेका थिए भने अन्य सदस्यहरूले १८ हजार मिटरको श्यामश्वेत फिल्म र ४० हजार तस्बिरहरू लिएका थिए।उनीहरूको यात्रा छोट्याइएपछि हिम्लरले कोलकाताबाट उनीहरूलाई स्वदेश उड्ने व्यवस्था मिलाएका थिए भनेर म्युनिखमा विमान अवतरण हुँदा आफैँ उपस्थित भएर उनीहरूको स्वागत गरेका थिए।

    सेफरले आफ्ना अधिकांश तिब्बती “खजाना” साल्जबर्गको एउटा महलमा लगेर राखेका थिए। युद्धका बेला उनी त्यहाँ सरेका थिए।तर सन् १९४५ मा ‘मित्र देशहरू’को सेनाले त्यहाँ छापा मार्‍यो र युद्धका क्रममा धेरै कुराहरू नष्ट भए। त्यसले गर्दा अर्को कथित “वैज्ञानिक खोजको नतिजा”को परिणाम पनि युद्धकै जस्तो भयो। – बीबीसी ।

    वैभव पुरन्दरे ‘हिटलर एन्ड इन्डिया: द अनटोल्ड स्टोरी अफ हिज् हेट्रेड फर द कन्ट्री एन्ड इट्स पिपल’ पुस्तकका लेखक हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.