म बशर इब्राहिम, म सिरियाली हुँ। म सेप्टेम्बर २०१४ देखि स्पोर्ट्स ट्रेनिङ विषयमा पिएचडी गर्नका लागि वुहान स्पोर्ट्स् युनिभर्सिटीमा अध्ययनरत छु।
हरेक वर्ष, प्रणय दिवसमा, म मेरो प्रेमिकालाई एक फूल र एउटा सानो उपहार दिने गर्दथें। तर यो वर्ष दिन चाहिन। यसफटक मेरो हृदयमा प्रेम भिन्न अर्थमा वास बसेको छ। म यस पटक चिनियाँ समाज, चिनियाँ शिक्षक र मेरा चिनियाँ साथीहरूसँगको प्रेममा फसें। यो प्रेमको उद्भव हामीले एकअर्कालाई गर्ने सम्मान गरिने सम्बन्धमा आधारित कारणले होइन, यो चिनियाँ जनतामा आश्चर्यजनक मानवता रहेको महशुस गरेका कारणले भएको छ। मलाई लाग्थ्यो कि चिनियाँहरु सामान्य समयमा मैत्री र सहयोगी होलान्, तर त्यसो होइन रहेछ, उनीहरु कठीन समयमा पनि नम्रतका साथ सहयोगी हात फैलाउँदा रहेछन्।
कोरोनाभाइरस महामारीको पहिलो दिनदेखि, हामीले सोचेका थियौं कि हाम्रा चिनियाँ शिक्षक र साथीहरू आफू र आफ्ना परिवार, बच्चाहरू र आफन्तहरूको हेरचाहमा व्यस्त हुन्छन् र हामीलाई कुनै ध्यान दिनसक्दैनन्। तर म आश्चर्यमा परें, महामारी फैलिएको हल्ला चल्नासाथ मेरो स्वास्थ्य र सुरक्षाको चिन्ता गर्दै मेरा चिनियाँ साथीहरू र शिक्षकहरूबाट धेरै सन्देशहरू आउन थालें।
यो कठिन समयको सुरुदेखि नै हाम्रा शिक्षकहरूले हामीलाई थप ध्यान दिनु भयो। उहाँहरूले हामीलाई बाहिर बस्नुको सट्टा हाम्रो छात्रावासमा बस्ने निर्देशन दिनु भयो। त्यहाँ हामीलाई खाना, फलफूल, मास्क, झोल–साबुन र दिनचर्याका आवश्यक सामग्रीहरूलाई उपलव्ध गराउन थालियो। हामीलाई दैनिक मेडिकल चेकअप गर्न थालियो। कलेजका सबै विदेशीहरूबीच WeChat समूह खडा गरियो, र प्रशासकहरूले यस महामारीबाट बच्नका लागि हामीलाई कोरोनाभाइरसको बारेमा विस्तृत जानकारी पठाउन थाले। उहाँहरुले यसरी ख्याल गर्नु भयो कि मानौं हामी उहाँहरुकै परिवारका अभिन्न सदस्यहरू हौं।
केही दिन पछि, विश्वविद्यालयका केही स्वयंसेवकहरूले सागसव्जी र आवश्यक चीजहरू ल्याउने जिम्मेवारी लिए। हरेक बिहान, हामीलाई आवश्यक पर्ने अन्य सामानहरु किन्नका लागि हामीमध्ये कोहीलाई कलेजभित्रको सुपरमार्केटमा जानसक्ने व्यवस्था मिलाइयो। र हरेकपटक त्यहाँ जानेबेलामा सुरक्षा उपाय र प्रक्रियाकाबारे हामीलाई सम्झाउने गरियो।
हुन त यसो गरिराख्नु पर्ने थिएन, तर उहाँहरूले यो स्वेच्छा र जिम्मेदारीसाथ गर्नु भयो। यो आश्चर्यजनक र अविश्वसनीय थियो। मैले पूरै बिर्सिएँ कि म वुहानमा एक विदेशी हुँ। मलाई लाग्छ कि म विश्वविद्यालयको एक ठूलो परिवारको सदस्य भएको छु र हामी एकअर्कामा विलिन भएका छौं।
यसबाहेक, हाम्रा शिक्षकहरूले हाम्रो मानसिक र शारीरिक अवस्थाको बारेमा सधै ख्याल गरिरहनु भयो। प्रत्येक दिन, एन्टिभाइरस सम्बन्धी समाचारहरू प्रसार गरिएकोछ र सबै समूहमा यथाशक्य चाँडो हाम्रो समूह च्याटमा व्याख्या गरिन्छ। यसैबेला मैले जीवनमा अस्पताल निर्माण गरेको देखें पहिलो पटक त्यो पनि १० दिनमा! यी दिनहरूमा, हाम्रा शिक्षकहरूले तनावबाट मुक्त कसरी हुने भन्ने बारेमा धेरै उपयोगी कदमहरु सिकाउनु भएकोछ; उहाँहरूले हामीलाई हरेक दिन इनडोर व्यायाम गर्न प्रोत्साहित र मार्गदर्शन गर्नु भएको छ। साथसाथै, उहाँहरूले हामीलाई अनलाइन अध्ययन र निःशुल्क अनलाइन पाठ्यक्रमहरूको बारेमा केहि उपयोगी लिंकहरू पठाउनु भएकोछ। यसो हुँदा हालसम्म मैले कहिल्यै एक्लोपन वा डर महसुस गरेको छुइँन।
यसैबीच मेरो अति प्यारो सिरिया (सिरियाली दूतावास) ले मलाई वुहानबाट मातृभूमि जाउँ भनेर बोलायो। अहँ मैले स्वीकार गरिन। म अहिलेको संकटको घडीमा, मेरा चिनियाँ शिक्षकहरू, मेरा चिनियाँ साथीहरू र वुहानका जनताहरूसँगको प्रेममा अनुरक्त छु। वुहान अहिले मेरो दोस्रो घर भएको छ। यस कठिन घडीमा उहाँहरू साथ रहनु मेरो जिम्मेवारी हो। म यस शहरमा स्वयंसेवी हुनका लागी तयार छु।
मलाई विश्वास छ– चाँडै नै महामारी नियन्त्रणमा ल्याइनेछ। चिनियाँ जनताको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरूको मानवीय भावना हो जुन मेरो मष्तिष्कमा सँधै गडेर रहनेछ।
चीन अझै सुदृढ हओस् ! वुहान अझै सुदृढ हओस् !
बशर इब्राहिम स्पोर्टस ट्रेनिङ, वुहान स्पोर्ट्स विश्वविद्यालय, वुहान, हुबेई, चीनका पीएचडी स्कलर हुन्।
साभारः पीपुल्स डेली अनलाइनद्वारा फेब्रुअरी १७, २०२० मा प्रकाशित।