Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महामारीको बेलामा मैले बुझेको प्रेमको वास्तविक अर्थ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ६, २०७६
- मुख्य समाचार, यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म बशर इब्राहिम, म सिरियाली हुँ। म सेप्टेम्बर २०१४ देखि स्पोर्ट्स ट्रेनिङ विषयमा पिएचडी गर्नका लागि वुहान स्पोर्ट्स् युनिभर्सिटीमा अध्ययनरत छु।

    हरेक वर्ष, प्रणय दिवसमा, म मेरो प्रेमिकालाई एक फूल र एउटा सानो उपहार दिने गर्दथें। तर यो वर्ष दिन चाहिन। यसफटक मेरो हृदयमा प्रेम भिन्न अर्थमा वास बसेको छ। म यस पटक चिनियाँ समाज, चिनियाँ शिक्षक र मेरा चिनियाँ साथीहरूसँगको प्रेममा फसें। यो प्रेमको उद्भव हामीले एकअर्कालाई गर्ने सम्मान गरिने सम्बन्धमा आधारित कारणले होइन, यो चिनियाँ जनतामा आश्चर्यजनक मानवता रहेको महशुस गरेका कारणले भएको छ। मलाई लाग्थ्यो कि चिनियाँहरु सामान्य समयमा मैत्री र सहयोगी होलान्, तर त्यसो होइन रहेछ, उनीहरु कठीन समयमा पनि नम्रतका साथ सहयोगी हात फैलाउँदा रहेछन्।

    कोरोनाभाइरस महामारीको पहिलो दिनदेखि, हामीले सोचेका थियौं कि हाम्रा चिनियाँ शिक्षक र साथीहरू आफू र आफ्ना परिवार, बच्चाहरू र आफन्तहरूको हेरचाहमा व्यस्त हुन्छन् र हामीलाई कुनै ध्यान दिनसक्दैनन्। तर म आश्चर्यमा परें, महामारी फैलिएको हल्ला चल्नासाथ मेरो स्वास्थ्य र सुरक्षाको चिन्ता गर्दै मेरा चिनियाँ साथीहरू र शिक्षकहरूबाट धेरै सन्देशहरू आउन थालें।

    यो कठिन समयको सुरुदेखि नै हाम्रा शिक्षकहरूले हामीलाई थप ध्यान दिनु भयो। उहाँहरूले हामीलाई बाहिर बस्नुको सट्टा हाम्रो छात्रावासमा बस्ने निर्देशन दिनु भयो। त्यहाँ हामीलाई खाना, फलफूल, मास्क, झोल–साबुन र दिनचर्याका आवश्यक सामग्रीहरूलाई उपलव्ध गराउन थालियो। हामीलाई दैनिक मेडिकल चेकअप गर्न थालियो। कलेजका सबै विदेशीहरूबीच WeChat समूह खडा गरियो, र प्रशासकहरूले यस महामारीबाट बच्नका लागि हामीलाई कोरोनाभाइरसको बारेमा विस्तृत जानकारी पठाउन थाले। उहाँहरुले यसरी ख्याल गर्नु भयो कि मानौं हामी उहाँहरुकै परिवारका अभिन्न सदस्यहरू हौं।

    केही दिन पछि, विश्वविद्यालयका केही स्वयंसेवकहरूले सागसव्जी र आवश्यक चीजहरू ल्याउने जिम्मेवारी लिए। हरेक बिहान,  हामीलाई आवश्यक पर्ने अन्य सामानहरु किन्नका लागि हामीमध्ये कोहीलाई कलेजभित्रको सुपरमार्केटमा जानसक्ने व्यवस्था मिलाइयो। र हरेकपटक त्यहाँ जानेबेलामा सुरक्षा उपाय र प्रक्रियाकाबारे हामीलाई सम्झाउने गरियो।

    हुन त यसो गरिराख्नु पर्ने थिएन, तर उहाँहरूले यो स्वेच्छा र जिम्मेदारीसाथ गर्नु भयो। यो आश्चर्यजनक र अविश्वसनीय थियो। मैले पूरै बिर्सिएँ कि म वुहानमा एक विदेशी हुँ। मलाई लाग्छ कि म विश्वविद्यालयको एक ठूलो परिवारको सदस्य भएको छु र हामी एकअर्कामा विलिन भएका छौं।

    यसबाहेक, हाम्रा शिक्षकहरूले हाम्रो मानसिक र शारीरिक अवस्थाको बारेमा सधै ख्याल गरिरहनु भयो। प्रत्येक दिन, एन्टिभाइरस सम्बन्धी समाचारहरू प्रसार गरिएकोछ र सबै समूहमा यथाशक्य चाँडो हाम्रो समूह च्याटमा व्याख्या गरिन्छ। यसैबेला मैले जीवनमा अस्पताल निर्माण गरेको देखें पहिलो पटक त्यो पनि १० दिनमा! यी दिनहरूमा, हाम्रा शिक्षकहरूले तनावबाट मुक्त कसरी हुने भन्ने बारेमा धेरै उपयोगी कदमहरु सिकाउनु भएकोछ; उहाँहरूले हामीलाई हरेक दिन इनडोर व्यायाम गर्न प्रोत्साहित र मार्गदर्शन गर्नु भएको छ। साथसाथै, उहाँहरूले हामीलाई अनलाइन अध्ययन र निःशुल्क अनलाइन पाठ्यक्रमहरूको बारेमा केहि उपयोगी लिंकहरू पठाउनु भएकोछ। यसो हुँदा हालसम्म मैले कहिल्यै एक्लोपन वा डर महसुस गरेको छुइँन।

    यसैबीच मेरो अति प्यारो सिरिया (सिरियाली दूतावास) ले मलाई वुहानबाट मातृभूमि जाउँ भनेर बोलायो। अहँ मैले स्वीकार गरिन। म अहिलेको संकटको घडीमा, मेरा चिनियाँ शिक्षकहरू, मेरा चिनियाँ साथीहरू र वुहानका जनताहरूसँगको प्रेममा अनुरक्त छु। वुहान अहिले मेरो दोस्रो घर भएको छ। यस कठिन घडीमा उहाँहरू साथ रहनु मेरो जिम्मेवारी हो। म यस शहरमा स्वयंसेवी हुनका लागी तयार छु।

    मलाई विश्वास छ– चाँडै नै महामारी नियन्त्रणमा ल्याइनेछ। चिनियाँ जनताको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरूको मानवीय भावना हो जुन मेरो मष्तिष्कमा सँधै गडेर रहनेछ।

    चीन अझै सुदृढ हओस् ! वुहान अझै सुदृढ हओस् !

    बशर इब्राहिम स्पोर्टस ट्रेनिङ, वुहान स्पोर्ट्स विश्वविद्यालय, वुहान, हुबेई, चीनका पीएचडी स्कलर हुन्।

    साभारः पीपुल्स डेली अनलाइनद्वारा फेब्रुअरी १७, २०२० मा प्रकाशित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.