Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

याङ नान by याङ नान
May 12, 2023
in यो हप्ता, समाचार
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको गिरोन तटमा ओर्लियो। यो समूहलाई अमेरिकाको समर्थन थियो। उनीहरूको उद्देश्य हभानामा घुसेर सरकार विरुद्धको बलमा संलग्न भई फिडेल क्यास्ट्रो नेतृत्वको क्युवाली सरकार ढाल्नु थियो। तर यो समूहले सुरुवातीदेखि नै क्युवाली आर्मीका तर्फबाट एउटा बलियो जवाफी कारवाहीको सामना गर्नुपर्‍यो, र तीनदिन पछि यो पूर्ण रुपमा पत्तासाफ भएको थियो। ‘बे अफ पिग’ आक्रमणले एउटा विश्वव्यापी हंगामाको सिर्जना गर्‍यो। साथमा यो आक्रमणको ‘निर्देशक’ अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी सीआईएले विश्वको ध्यान खिच्यो।

राष्ट्रिय सुरक्षा अधिनियम, १९४७, जसको जगमा टेकेर सीआईए स्थापना गरिएको थियो, यस अधिनियमले एजेन्सीका कार्यहरूको व्याख्या गर्नका लागि जानीजानी अस्पष्ट भाषाको प्रयोग गरेको थियो। यसमा भनिएको छ, “यसले संग्रह, मूल्यांकन, सहसम्बन्ध र गुप्तचर जानकारीको प्रचारमा ध्यान केन्द्रित गर्नेछ।” तथापी सीआइए हस्तक्षेप, विशिष्ट व्यक्तिको हत्या, अपहरण, बमबारी र चुनावमा हस्तक्षेप जस्ता ‘फोहोरी कार्य’ मा संलग्न हुँदै आएको छ। यो जहाँ जान्छ त्यहाँ अराजकता र अशान्ति ल्याएकै छ, र जहाँ अमेरिकाको प्रभुत्व छ त्यहाँ यसले एउटा अध्याँरो छायाँ पारेको छ। यसक्रममा सीआइएले अन्य देशका उच्च गोप्य कुराहरूको जासुसी गरेको छ, अरु देशका राजनीतिक परिदृश्यमा बाधा अड्चन हालेको छ। यहाँसम्म कि यसले शत्रुतापूर्ण सम्बन्ध रहेका देशका नेतालाई हत्या गर्न निशाना गाडेको छ। यी सबै उसले ‘राष्ट्रिय सुरक्षा’ को रक्षाको बहानामा गर्दै आएको छ।

अमेरिकामा एकमात्र स्वतन्त्र खुफिया विभाग र ह्युमन इन्टेलिजेन्सको लागि सबैभन्दा ठूलो केन्द्रका रुपमा रहेको सीआईए लामो समयदेखि विध्वंशात्मक छाप छोड्दै लक्षित देशहरूको ‘सामान्य स्थिति’लाई खलबल गर्नका लागि प्रतिबद्ध छ। यो रणनीतिले अमेरिकी सरकारको ‘नैतिक सुझबुझ’ भएको दावी गर्ने बाटो खुल्ला गर्छ। एजेन्सीका तेस्रो नेता एलेन डलेसले एकपटक भनेका थिए, “हाम्रो प्राथमिकता भनेको अमेरिकासँग मनचाहे गर्ने अधिकार छ भन्ने कुराको सुनिश्चित गर्नु हो।”

बोस्टोन कलेजका प्रोफेसर लिन्ड्से ओ रुर्कले गरेको अनुसन्धानअनुसार शीत युद्धका क्रममा अमेरिकाले विभिन्न देशहरूमा ७२ वटा सत्ता परिवर्तनको प्रयास गरेको थियो। जस अन्तरगत विदेशी सरकारलाई निच देखाउने उद्देश्यले गुप्त तथा प्रत्यक्ष कारवाहीहरूको श्रृंखला चलाएका थिए। जसरी अरु धेरै अभिलेखहरू खोतल्दै गइन्छ, यी कारवाहीमा सीआइएका महत्वपूर्ण भूमिका झनै बढी स्पष्ट हुँदै जान्छ।

यसका अलावा सीआइएले विभिन्न राष्ट्रहरुलाई भूत करार गर्दै विश्वभर आफ्नो हर्कत गर्ने गरेको छ। खासगरी ती राष्ट्रहरू जस्तैः कंगो, भियतनाम, चिली र निकारागुवाहरू हुन्। विभिन्न राजनीतिक व्यवस्थाहरूमा लामो समयसम्म चल्ने खालका संघर्षलाई प्रेरित गर्ने र स्थानीयहरूबीच असुरक्षाको व्यापक भावना पैदा गर्ने सम्मका कार्यहरू पर्दछन्।  यस दौरान यो एजेन्सीले अमेरिकाले नै लामो समयदेखि वकालत गर्दै आएको ‘लोकतान्त्रिक सिद्धान्तहरू’ को पालना गरेको थिएन। आफ्ना राष्ट्रिय हितहरूबाट प्रेरित यसका व्यवहारले नै यसको काम के हो भन्ने कुरा प्रष्ट पार्ने काम गर्छ। सन् २००६ मा गरिएको वासिङ्गटन पोस्टको रिपोर्टमा भनिएको थियो, “सीआईएले ‘लोकतान्त्रिक राष्ट्रहरू’ का नागरिकहरूमाथि दबाब सिर्जना गर्ने अधिक सम्भावना छ।”

अमेरिकाको वैश्विक प्रभुत्वको छत्रछायाँमा सीआइएका कार्यहरू अधिक भन्दा अधिक अनियन्त्रित हुँदै गयो। एजेन्सीका कार्यकर्ताहरू लगभग हरेक अमेरिकी दूतावास र विदेशमा रहेका गैर–सरकारी संस्था (एनजीओ) मा कुटनीतिज्ञका रुपमा र गैरसरकारी संस्थाका कर्मचारीको रुपमा तैनाथ थिए भन्ने कुरा सन् १९९५ मा न्युयोर्क टाइम्सको रिपोर्टले खुलासा गरेको थियो। यो लगभग एउटा ‘ओपन सिक्रेट’ हो। यसबाहेक सीआईएले ४०० भन्दा बढी विदेशी खुफिया सेवा सुरक्षा समूह तथा प्रहरी एजेन्सीहहरूसँगको मल्टिच्यानल सहकार्यलाई समेट्दै खुफिया सहसम्बन्धको एउटा जटिल सञ्जाल स्थापना गरेको थियो। सम्बन्धको यो जटिल र व्यापक जालो शीतयुद्धकालको रणनीतिक तर्कहरूलाई दोहोर्‍याउने उद्देश्यका साथ अक्टोपस जसरी विश्वका विभिन्न भागमा गहिरोसँग फैलिएको छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

May 29, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023
अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

April 24, 2023
के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

April 18, 2023

सेप्टेम्बर ११ को आक्रमणपछि सीआइएले अमेरिकी सरकारलाई यसको वैश्विक सैन्य प्रक्षेपणमा सहयोग गर्न निरन्तरता दियो। विभिन्न अर्धसैनिक कारवाहीमा सक्रिय रुपमा सहभागी भएर, अफगानिस्तान, इराक, सिरिया र युक्रेनमा अराजकता फैलाउने खालका ‘रंग क्रान्ति’ भड्काएर यसले अमेरिकालाई सहयोग गरेको थियो। अमेरिकासँगको सहकार्य मजबूद बनाउनका लागि सीआईएले अन्तर्राष्ट्रिय नियमको समेत अवज्ञा गर्दै विश्वव्यापी आतंकविरुद्धको लडाइँ (ग्लोवल वार अन टेरर) का क्रममा बन्दीहरूलाई यातना दिनेसम्मको काम गरेको थियो।

यति गर्दागर्दै पनि सीआईएले अहिलेको डिजिटल युगमा ठूलो ‘अस्तित्व संकट’ को सामना गर्नुपरेको छ। ह्युमन इन्टेलिजेन्सको सुनौलो युग सकिएको छ र ओपन सोर्स इन्टेलिजेन्स् र सिग्नल इन्टेलिजेन्सको महत्व बढिरहेको छ। जसका कारण नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) जस्ता एजेन्सीहरू उदाइरहेका छन्। जसले सानो बजेटमा ठूला भन्दा ठूला रणनीतिक उपलब्धिहरू प्राप्त गर्नका लागि इन्टरनेटको पूर्णत फाइदा लिएका छन्।

स्वभाविक रुपमा सीआईएले पनि वैश्विक डिजिटल परिवर्तनले ल्याएको ‘अवसर’ लाई छुटाएको भने छैन। २१ औं शताब्दीको सुरुवातदेखि नै यो एजेन्सीले उदाउँदा प्रविधिहरूको प्रयोग गर्दै मध्यपूर्व, मध्य एसिया र पूर्वी युरोपका देशहरूका आन्तरिक मामलामा नयाँ तरिकाले हस्तक्षेप गरेको छ। यसले विध्वंशकारी कारवाहीहरूलाई सशक्त बनाउन र तिनलाई अझै तिखो बनाउनका लागि नयाँ नयाँ प्रविधिहरूको प्रयोग गरेको थियो।

आपत्तिजनक साइवर कारवाहीमा केन्द्रित रहेका एनएसए र अमेरिकाको साइवर कमाण्ड भन्दा फरक काम सीआईएले गर्छ, यो सामान्य व्यवस्थालाई तहसनहस पार्न केन्द्रित हुँदै आएको छ। अमेरिकी स्टेट डिपार्टमेन्ट र अन्य एजेन्सीहरूसँग सहकार्य गर्दै सीआइएले लक्षित देशमा असन्तुष्टहरूको निगरानीबाट बच्ने साधन प्रदान गर्नका लागि डार्क वेबको टिओआर टेक्नोलोजीद्वारा प्रदान गरिएको एनोनिमिटी (पहिचान र स्थान गोप्य राख्न सकिने प्रविधि)को पूर्ण फइदा लियो। यी अभ्यासहरू नेसनल कम्युटर भाइरस इमरजेन्सी रेस्पोन्स सेन्टरले प्रकाशन गरेको एउटा रिपोर्टमा खुलासा भएका थिए।

सीआईएका विदेशमा गरिएका कारवाहीरूको इतिहासलाई फर्केर हेर्ने हो भने (यद्यपि यसका तरिकाहरू विकसित भएका छन्) यसले अरु देशको आन्तरिक मामलामा हस्तक्षेप गर्नका लागि ‘राष्ट्रिय सुरक्षा’ र ‘लोकतन्त्र’ का बाहानालाई आश्चर्यजनक रुपमा प्रयोग गर्दै आएको छ। तर, यो स्पष्ट रुपमा निष्पक्षता, न्याय र पारस्परिक रुपले लाभदायी सहयोग भनिने ‘अन्तर्राष्ट्रिय सहमति’ विपरित छ। आफ्नै देशमा राजनीतिक ध्रुवीकरण र सामाजिक विभाजनको दुर्दशाको सामना गर्दै आएको अमेरिका अहिले पनि अन्य देशलाई टुक्राएर तिनमाथि प्रभुत्व जमाउनुलाई नै समाधानको उपाय मान्छ भने यसको लामो समयदेखि कायम वैश्विक नेतृत्वको आयू झनै कम हुनेछ।

(सीजीटीएनबाट भावानुवाद)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
याङ नान

याङ नान

Related Posts

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

by nepal_readers
May 29, 2023

मे, २०२० मा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरीले यातनापूर्वक हत्या गरे। प्रहरीले आफ्नो घुँडाले थिचेर फ्लोएडको हत्या...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

by रुकिया अन्वर
April 24, 2023

संयुक्त राज्य अमेरिकाको जासुसी संयन्त्रले लामो समयदेखि संयुक्त राष्ट्र संघ (यूएन) भित्रका हरेक गतिविधिलाई सुन्न लोभी र दुष्ट अक्टोपस जस्तै...

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

by पत्रपत्रिकाबाट
April 18, 2023

गत साता इन्टरनेटमा झन्डै एक सय वटा गोप्य अमेरिकी दस्तावेज चुहियो । अमेरिकी सरकारले ती दस्तावेजहरू नक्कली नभई आधिकारिक दस्तावेज...

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

by डा. प्रकाशचन्द्र लोहनी
April 6, 2023

हाम्रो विकासको महत्वपूर्ण विन्दू नै नेपालमा स्थायित्व र लगानीमैत्री वातावरण सिर्जना गर्नु हो। हाम्रा पुर्खाले विशेषतः राणाकालीन सामन्ती व्यवस्थामा त्यसबेलाका...

समाजवादमा मजदुरका मुद्दा

समाजवादमा मजदुरका मुद्दा

by nepal_readers
April 2, 2023

अहिलेको पूँजीवाद मार्क्सको जमानाको जस्तो छैन तर उनको दुरसोच अनुसार पूँजीवाद सामुहिक उत्पादन प्रणालीमा सामुहिक प्रयत्न तर वितरण प्रणालीमा छैन।...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist