Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनवरी १ : नयाँ वर्ष दासहरूका लागि आतङ्कपूर्ण दिन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस १५, २०७६
- यो हप्ता, समाचार
A A
0
circa 1830:  A slave auction in America.  (Photo by Rischgitz/Getty Images)

circa 1830: A slave auction in America. (Photo by Rischgitz/Getty Images)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकीहरूले नयाँ वर्षको साँझ र नयाँ वर्षको दिनलाई नयाँ सालको उत्सवको रुपमा मनाइने सोच्न सक्दछन्, तर यस विदाको ईतिहासको दुखदायी पक्ष पनि छ। गृहयुद्धभन्दा अघिका वर्षहरूमा, नयाँ वर्षको पहिलो दिन संयुक्त राज्य अमेरिकामा दासहरूको लागि अक्सर हृदयविदारक हुने गर्थ्यो।

    अफ्रिकी-अमेरिकी उन्मूलनवादी पत्रकार विलियम कूपर नेलले वर्णन गरे अनुसार  अफ्रिकी-अमेरिकी समुदायमा, नयाँ वर्षलाई व्यापक रूपमा “बन्धकी दिवश” – वा “विछोड दिवश” भनेर जानिन्थ्यो, किनभने दासहरू नयाँ वर्षलाई एक संत्रासका साथ पर्खिरहेका हुन्थे। कतै तिनीहरूको मालिकहरूले कसैलाई बन्धकीमा दिएभने, उनीहरूको परिवारहरूको विछोड हुन्थ्यो। दक्षिणी एन्टेबेलममा दास श्रमिकलाई बन्धकमा लिनु अपेक्षाकृत सामान्य अभ्यास मानिन्थ्यो। यो अभ्यास कुइरे दास मालिक र बन्धकीमा लिनेहरूको लागि लाभदायक हुनेगर्थ्यो।

    “बन्धकी दिवश’ ठूलो आर्थिक चक्रको हिस्सा थियो जसमा अधिकांश ऋणहरू जोडेर  नयाँ वर्षको दिनमा असूलउपर तथा सालतमामी गरिन्थ्यो,” अलेक्सिस म्याक्रोक्र्सन भन्छिन्। यस “‘बन्धकी दिवश’बारे नयाँ वर्षको ईतिहास तथा नयाँ वर्षको इतिहास विज्ञ र साउथेर्न मेथोडिस्ट यूनिभर्सिटीका इतिहासकि प्राध्यापक म्याक्रोक्र्सनले उनको प्रकाशोन्मुख पुस्तक “टाइम्स टचस्टोन: द न्यू इयर इन अमेरिकन लाइफ” मा लेखेकीछिन्।

    दासहरू नयाँ वर्षका दिन लिलामीको लागि राखिएका हुन्थे, वा जनवरी महिनाको शुरु देखि दाश किनवेचको सम्झौता लागु गरिन्थ्यो। (यी लेनदेनहरू वर्षभरकोमात्र हुनसक्थ्यो वा सो भन्दा बढीको पनि।) यी सम्झौताहरू परिवारहरू, मित्रहरू र व्यापारिक सम्पर्कहरू बीच गोप्य रूपमा सञ्चालन गरिएका हुन्थे, र दासहरू शहरको चौरमा, अदालतका प्राङ्गणहरुमा र कहिलेकाँही सडकको पेटीमा हुने गर्थे- यस्ता दुखदायी घटनाका बारेमा जोनाथन डी मार्टिनले आफ्नो सुप्रसिद्ध पुस्तक “डिभाइडेड मास्टरी : स्लेभ हायरिंग अफ द अमेरिकन साउथमा लेखेका छन्।

    बन्धकी दिवशको क्रूरताको लेखाजोखा दाश जीवनबाट स्वतन्त्रता पाएका व्यक्तिहरुले कहींकहीं उल्लेख गरेका छन् –  तिनीहरु कम्तिमा जनवरी १ भन्दा अघिका दिन जस्तै बिताउने आशा गर्थे र उनीहरू संधै आफूलाई बन्धकीमा लिनेहरू मानवता भएका होउन् भनेर प्रार्थना गरिरहेका हुन्थे ताकि उनीहरू परिवारहरूसँगै बसेर दुख काटौं।

    ” दासहरूका लागि नयाँ वर्षको दिन सबैभन्दा डरलाग्दो संन्त्रासपूर्ण दिन”  भएको कुरा लुइस क्लार्क नाम गरेका एक दासले १८४२ मा लेखेकाछन्।

    “नयाँ वर्षको दिनमा, हामी बन्धकी गरिने मोहल्लामा गयौं, जहाँ म एक वर्षको लागि सबैभन्दा बढी  मूल्यमा बन्धकी बस्नु पर्ने थियो,” फिलाडेल्फियामा प्रकाशित एउटा संस्मरणमा इजरायल क्याम्पबेलले लेखेका छन् । यस संस्मरणमा उनले आफूलाई तीन पटक बन्धकीमा राखिएको वर्णन गरेका छन्।

    “त्यसैले भन्ने गरिन्छ कि” नयाँ वर्षको संक्रान्तिमा जे गरिन्छ वर्षभर त्यस्तै गरिरहनु पर्छ ” सिस्टर ह्यारिसन नामक एक पूर्व दासले १९३७ मा एक अन्तर्वार्तामा भनेकी थिइन्।

    ह्यारिएट जेकब्सले Incidents in the Life of a Slave Girl नामक आत्मवृतान्तको ‘नयाँ वर्ष दिवशका दाशहरु’ भन्ने अध्यायमा विस्तारपूर्वक उल्लेख गरेकाछन् । “दक्षिणमा बन्धकी दिवश जनवरी १ मनाइन्छ। र, दुई तारेखमा, दासहरू आफ्ना नयाँ मालिकहरूमा जान पर्खिरहेका हुन्छन्, “उनले लेखेकी छिन्। उनले दास मालिक र किसानहरू कपास र मकै बाली उठाउन र अर्को बाली लगाउने अवधीको बीचमा अतिरिक्त आम्दानीको लागि दाश भाडामा लिने गर्थे। क्रिसमसदेखि नयाँ वर्षको साँझसम्म थुप्रै परिवारहरू उनीहरूलाई कसले र कसलाई भाडामा लिनेछन् भनेर जान्न “चिन्तापूर्वक प्रतिक्षा” मा हुन्थे। नयाँ वर्षको दिन, ” तोकिएको समय र स्थानमा पुरुष, महिला र तिनीहरुका बालबच्चाहरुसमेत अपराधीहरू जस्तो भएर सजाँय सुन्न बसे जसरी पर्खिरहेका थिए,” जेकब्सले लेखेकी छन्।

    ती मध्ये एउटा डरलाग्दो दिनमाजेकब्सले “एउटी आमा आफ्ना सात बच्चाहरूलाई लिएर बन्धकी गरिने मोहल्लामा बसेको” जेकब्सले देखिन्। उनलाई लागेको थियो कि ती मध्ये केहीलाई कसैले लानेछ तर ती सबैलाई कसैले लिएर गयो। “बच्चा लिने दास नोकरले तिनीहरुलाई कहाँ लगिदैछ भन्ने कुरा बताउँदैन किनभने उसले कहाँ लानुपर्ने हो त्यो कुरा “बढी मूल्य” कहाँबाट पाउन सक्छ भन्ने कुरामा निर्भर गर्दछ। जेकब्स भन्छिन् त्यसबेला ती आमाले गरेको विलाप म कहिल्यै बिर्सन सक्दिन,” गए ! सबै गए ! ए परमेश्वर मलाई किन मार्नुहुन्न?

    दासहरु जसले आफ्नो नयाँ मालिकसँग जान प्रतिरोध गर्न खोज्दथे तिनीहरूलाई कोर्रा लगाइन्थ्यो र झ्यालखानामा हालिन्थ्यो, जबसम्म कि तिनीहरूले नयाँ मालिककहाँ बस्न स्वीकार गर्दैनथे।

    तर नयाँ वर्षको दिन र अमेरिकी दासत्वको इतिहास सबै त्रासदयुक्त मात्र होइन । यो विदाइ दिवश स्वतन्त्रतासँग सम्बन्धित पनि थियो।

    सन् १८०८ को नयाँ सालको दिनमा ट्रान्सट्लान्टिक दास व्यापारलाई संघीय प्रतिबन्ध लागू भयो, र अफ्रिकी-अमेरिकी समुदायहरूले यसको उत्सव मनाए, तर उत्सवहरू अल्पकालीन थिए।

    “सन् १८०८ देखि १८३१ सम्म बिभिन्न गुलाम-व्यापार उन्मूलन समारोहहरू मनाइए, तर ती दाश प्रथा कायमै रहे । घरेलु दास व्यापार यति गहिरोसँग गडेको थियो कि ” म्याक्रोक्र्सन भन्छन्- हिंसाको जोखिम पनि अति नै ठूलो थियो। उदाहरणको लागि, १८२७ मा नयाँ वर्षको पूर्व संध्यामा, न्यु योर्क शहरमा, एउटा कुइरेहरुको भीडले अफ्रिकी-अमेरिकी समूहहरूलाई आक्रमण गरे र तिनीहरूको चर्चमा तोडफोड गरे।

    विदाई दिवश दाशका लागि हृदयविदारक भन्दा स्वतन्त्रतासँग गाँसिन पुग्यो जब १८६३ को नयाँ सालको अवसरमा इब्राहिम लिंकनले कन्फेडेरेट राज्यमा दासहरू स्वतन्त्र पार्दै मुक्ति घोषणामा हस्ताक्षर गरे। दासहरू डिसेम्बर ३१, १८६२ मा प्रार्थना गर्न र गाउन चर्च गएको थिए र यसैकारण त्यहाँ अझै छ अफ्रिकी-अमेरिकी चर्चहरूमा राष्ट्रव्यापी नयाँ वर्षको पूर्वसन्ध्या प्रार्थनाहरू गरिन्छ।

    OLIVIA B. WAXMAN द्वारा लिखित 2019 Dec 27 मा TIME मा  प्रकाशित लेखको भावानुवाद ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.