Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Sunday, June 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकामा कोरोनाभाइरस मृत्यु दर विश्वमा सबैभन्दा उच्च: परिक्षण व्यवस्था कमजोर

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २३, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकामा नयाँ कोरोनाभाइरसको मृत्यु दर विश्वमै सबैभन्दा बढी रहेको छ। स्वास्थ्य संस्थामा दर्ता भएका विमारी र सोबाट भएको मृत्युको अनुपातको आधारमा ५.४% बिरामीहरूको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले गत मंगलबार गरेको रिपोर्ट अनुसार विश्वव्यापी सरदर ३.४% र चीनको ३.७% भन्दा पनि उच्च दर छ।

    यसको मतलव यो होइन – कोरोनाभाइरस अमेरिकामा बढी घातक भएर हो; बरु, धेरै अनुपातमा मृत्यु हुनु कम परिक्षण सुविधा कम हुनुले हो।

    पहिलो घटना रिपोर्ट भएको लगत्तै अमेरिकामा व्यापक परीक्षण सम्भव थिएन। त्यसमाथि संक्रामक रोग नियन्त्रण केन्द्र (CDC) ले परीक्षण गर्ने योग्यताका लागि कडा मापदण्ड राख्यो। बुधवार सम्म, यसले केवल कोभिड–१९ का विरामीसँग संसर्ग भएका व्यक्तिहरू, महामारी फैलिएका मुलुकबाट फर्किएका वा अस्पताल भर्ना हुन आवश्यक भएका व्यक्तिहरुको मात्र परीक्षण गर्‍यो।

    त्यसकारण अमेरिकाले सम्भवतः अझै पनि साधारण बिरामी भएका धेरैको परीक्षण वा निदान गर्न सकेको छैन।

    “त्यहाँ लक्षण नदेखिएका वा ज्यादै कम लक्षणहरु देखिएका अर्को समूह पनि छ,” एलर्जी र संक्रामक रोगहरूको राष्ट्रिय संस्थानको निर्देशक, एन्थोनी फौसीले जानकारी दिएका छन्।
    बिहीबार सम्म, अमेरिकामा कोरोनाभाइरसका विरामी जम्मा २२१ रहेको बताइएको थियो। यसमा राज्य-स्तरमा गरिएको कोरोनाभाइरस परीक्षणको नतिजा पनि समावेश छ। सीडीसीले बिहीबार दिउँसोसम्म देशभर जम्मा ९९ विरामी मात्र भएको पुष्टि गरेको थियो। यदि तपाईं मृत्यु दरलाई केन्द्रले प्रमाणित गरेकोलाई मान्यता दिनु हुन्छ भने त्यस आधारमा अमेरिकामा कोरोनाभाइसको मृत्यु दर झन्डै १०% पुग्छ।

    ‘अमेरिकामा भन्दा अरु देशहरूले धेरै व्यापकरूपमा परीक्षण गरिरहेका छन्’
    त्रुटिपूर्ण परीक्षण र सीमित कोष भएका कारणले शुरूमा अमेरिकामा परीक्षण क्षमता सिमित भएको अवस्थामा, सीडीसीले अमेरिकामा करिब १,५२६ व्यक्तिको मात्र परीक्षण गरेको थियो। तर गत आइतवारमा जम्मा ३६०० अमेरिकीहरुको परिक्षण भएको अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिव एलेक्स अजरले एबीसीलाई जानकारी दिएका छन्। बताए कि जम्मा ३६०० अमेरिकीहरू जाँचिएका थिए।

    अमेरिकामा कोरोनाभाइरसको मृत्यु दर ५% भन्दा उच्च रहेको देखिएको छ, जुन विश्वमा सबैभन्दा बढि हो। यसो हुनुले त्यहाँ परीक्षण सुविधामा कमजोरी रहेको प्रतिबिम्बित गर्दछ।

    यसको ठीक विपरीत दक्षिण कोरियाले नि: शुल्क कोरोनाभाइरस-परीक्षण द्रुत सेवा दिएकोछ। हालसम्मा १ लाख ३६ हजार भन्दा बढीको परीक्षण गरेको छ। देशको मृत्यु दर हाल केवल ०.५% छ – दर्ता भएका संक्रमित ६०८८ मा ३५ को मात्र मृत्यु भएको बताइएकोछ।

    “अन्य देशहरूले हामी भन्दा धेरै व्यापक रूपमा परीक्षण गरिरहेका छन्,” भेन्डर्बिल्ट युनिभर्सिटी स्कूल अफ मेडिसिनका एक संक्रामक रोग विशेषज्ञ विलियम शेफनरले केही दिन पहिला बिजिनेश ईन्साइडरलाई भनेका थिए। “अरुहरू बेगले दौडदै गर्दा हामी लडखडाएर चल्दैछौं।”

    निश्चय पनि, अमेरिकाको समग्रमा दक्षिण कोरिया वा चीन भन्दा विरामी संख्या कम देखिन्छ। , जति नमूनाको आकार सानो हुन्छ त्यति नै कम सूचना प्राप्त हुन्छ। त्यसैले विरामी संख्या कम दर्ता भएको कारणले मृत्यु दर बढी देखिएको हुनसक्छ। तर त्यतिकै ध्यानमा राख्नु पर्ने कुरा के हो भने विरामी संख्या कम दर्ता हुनुको कारण कतै थोरै व्यक्तिहरुले परिक्षण गरिएकाले पनि हुनसक्छ।

    सिडिसिले यो हप्ता परीक्षण मापदण्ड परिवर्तन गरेकोछ

    सीडीसीको परीक्षणका नयाँ मापदण्डहरूलाई फराकिलो पारिएको छ, बिरामीहरुलाई नयाँ कोरोनाभाइरसको लागि जाँच गर्नु पर्छ या पर्दैन भनेर “चिकित्सकहरूले आफ्नो विवेक प्रयोग गर्नुपर्दछ” भनिएकोछ।

    अमेरिकी अधिकारीहरूले यो पनि भने कि उनीहरू थप परीक्षणहरू वितरण गर्ने अवस्थामा छन्। अजरले आइतबार एबीसीलाई भने कि “हामीसँग ७५००० टेस्ट उपलब्ध छन्।”
    “हामी तुरुन्तै उद्योगबाट पाउनेवाला छौं र यस हप्ताको अन्त सम्ममा करिब १० लाख परीक्षण गर्न सक्षम हुनेछौं,” फूड एंड ड्रग एडमिनिस्ट्रेशनका कमिश्नर डा. स्टीफन ह्यानले ह्वाइट हाउसको सोमबारको प्रेस ब्रीफिंगमा बताएका थिए। तर ब्लूमबर्गका अनुसार बिहीबारसम्म सिनेटरहरुले यस विषयमा समयसीमा तोक्नु सम्भव छैन।

    केही विज्ञहरू भन्छन् – अमेरिकी सरकारले परीक्षण कार्यलाई अघि बढाउन व्यापक कदम चाल्नु पर्छ।

    “यो सम्भावनाको दायराभित्रै पर्छ कि संयुक्त राज्य अमेरिकामा हाल १००,००० व्यक्ति यसबाट संक्रमित छन्।” रेडियोलोजिस्ट तथा स्वास्थ्य सेवा व्यवस्थापनमा विशेषज्ञ यार्ड प्रोफेसर होवार्ड फोरम्यानले बिजनेश इनसाइडरलाई भने। “स्वास्थ्य सेवा प्रदायकहरू समेत संसर्गमा परिसकेका हुनसक्छन्, अन्य बिरामीहरूलाई पनि संसर्गमा परिरहेका हुनसक्दछन्, र जबसम्म तपाईंले कुराहरु मानिसहरूलाई विश्वासका साथ बताउन सक्नु हुन्‍न तबसम्म हामी यहाँ संकटमा छौं।”

    समाचार स्रोतः बिजिनेस इनसाइडर अनलाइन संस्करण ६  मार्च २००६ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.