अमेरिकामा नयाँ कोरोनाभाइरसको मृत्यु दर विश्वमै सबैभन्दा बढी रहेको छ। स्वास्थ्य संस्थामा दर्ता भएका विमारी र सोबाट भएको मृत्युको अनुपातको आधारमा ५.४% बिरामीहरूको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले गत मंगलबार गरेको रिपोर्ट अनुसार विश्वव्यापी सरदर ३.४% र चीनको ३.७% भन्दा पनि उच्च दर छ।
यसको मतलव यो होइन – कोरोनाभाइरस अमेरिकामा बढी घातक भएर हो; बरु, धेरै अनुपातमा मृत्यु हुनु कम परिक्षण सुविधा कम हुनुले हो।
पहिलो घटना रिपोर्ट भएको लगत्तै अमेरिकामा व्यापक परीक्षण सम्भव थिएन। त्यसमाथि संक्रामक रोग नियन्त्रण केन्द्र (CDC) ले परीक्षण गर्ने योग्यताका लागि कडा मापदण्ड राख्यो। बुधवार सम्म, यसले केवल कोभिड–१९ का विरामीसँग संसर्ग भएका व्यक्तिहरू, महामारी फैलिएका मुलुकबाट फर्किएका वा अस्पताल भर्ना हुन आवश्यक भएका व्यक्तिहरुको मात्र परीक्षण गर्यो।
त्यसकारण अमेरिकाले सम्भवतः अझै पनि साधारण बिरामी भएका धेरैको परीक्षण वा निदान गर्न सकेको छैन।
“त्यहाँ लक्षण नदेखिएका वा ज्यादै कम लक्षणहरु देखिएका अर्को समूह पनि छ,” एलर्जी र संक्रामक रोगहरूको राष्ट्रिय संस्थानको निर्देशक, एन्थोनी फौसीले जानकारी दिएका छन्।
बिहीबार सम्म, अमेरिकामा कोरोनाभाइरसका विरामी जम्मा २२१ रहेको बताइएको थियो। यसमा राज्य-स्तरमा गरिएको कोरोनाभाइरस परीक्षणको नतिजा पनि समावेश छ। सीडीसीले बिहीबार दिउँसोसम्म देशभर जम्मा ९९ विरामी मात्र भएको पुष्टि गरेको थियो। यदि तपाईं मृत्यु दरलाई केन्द्रले प्रमाणित गरेकोलाई मान्यता दिनु हुन्छ भने त्यस आधारमा अमेरिकामा कोरोनाभाइसको मृत्यु दर झन्डै १०% पुग्छ।
‘अमेरिकामा भन्दा अरु देशहरूले धेरै व्यापकरूपमा परीक्षण गरिरहेका छन्’
त्रुटिपूर्ण परीक्षण र सीमित कोष भएका कारणले शुरूमा अमेरिकामा परीक्षण क्षमता सिमित भएको अवस्थामा, सीडीसीले अमेरिकामा करिब १,५२६ व्यक्तिको मात्र परीक्षण गरेको थियो। तर गत आइतवारमा जम्मा ३६०० अमेरिकीहरुको परिक्षण भएको अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिव एलेक्स अजरले एबीसीलाई जानकारी दिएका छन्। बताए कि जम्मा ३६०० अमेरिकीहरू जाँचिएका थिए।
अमेरिकामा कोरोनाभाइरसको मृत्यु दर ५% भन्दा उच्च रहेको देखिएको छ, जुन विश्वमा सबैभन्दा बढि हो। यसो हुनुले त्यहाँ परीक्षण सुविधामा कमजोरी रहेको प्रतिबिम्बित गर्दछ।
यसको ठीक विपरीत दक्षिण कोरियाले नि: शुल्क कोरोनाभाइरस-परीक्षण द्रुत सेवा दिएकोछ। हालसम्मा १ लाख ३६ हजार भन्दा बढीको परीक्षण गरेको छ। देशको मृत्यु दर हाल केवल ०.५% छ – दर्ता भएका संक्रमित ६०८८ मा ३५ को मात्र मृत्यु भएको बताइएकोछ।
“अन्य देशहरूले हामी भन्दा धेरै व्यापक रूपमा परीक्षण गरिरहेका छन्,” भेन्डर्बिल्ट युनिभर्सिटी स्कूल अफ मेडिसिनका एक संक्रामक रोग विशेषज्ञ विलियम शेफनरले केही दिन पहिला बिजिनेश ईन्साइडरलाई भनेका थिए। “अरुहरू बेगले दौडदै गर्दा हामी लडखडाएर चल्दैछौं।”
निश्चय पनि, अमेरिकाको समग्रमा दक्षिण कोरिया वा चीन भन्दा विरामी संख्या कम देखिन्छ। , जति नमूनाको आकार सानो हुन्छ त्यति नै कम सूचना प्राप्त हुन्छ। त्यसैले विरामी संख्या कम दर्ता भएको कारणले मृत्यु दर बढी देखिएको हुनसक्छ। तर त्यतिकै ध्यानमा राख्नु पर्ने कुरा के हो भने विरामी संख्या कम दर्ता हुनुको कारण कतै थोरै व्यक्तिहरुले परिक्षण गरिएकाले पनि हुनसक्छ।
सिडिसिले यो हप्ता परीक्षण मापदण्ड परिवर्तन गरेकोछ
सीडीसीको परीक्षणका नयाँ मापदण्डहरूलाई फराकिलो पारिएको छ, बिरामीहरुलाई नयाँ कोरोनाभाइरसको लागि जाँच गर्नु पर्छ या पर्दैन भनेर “चिकित्सकहरूले आफ्नो विवेक प्रयोग गर्नुपर्दछ” भनिएकोछ।
अमेरिकी अधिकारीहरूले यो पनि भने कि उनीहरू थप परीक्षणहरू वितरण गर्ने अवस्थामा छन्। अजरले आइतबार एबीसीलाई भने कि “हामीसँग ७५००० टेस्ट उपलब्ध छन्।”
“हामी तुरुन्तै उद्योगबाट पाउनेवाला छौं र यस हप्ताको अन्त सम्ममा करिब १० लाख परीक्षण गर्न सक्षम हुनेछौं,” फूड एंड ड्रग एडमिनिस्ट्रेशनका कमिश्नर डा. स्टीफन ह्यानले ह्वाइट हाउसको सोमबारको प्रेस ब्रीफिंगमा बताएका थिए। तर ब्लूमबर्गका अनुसार बिहीबारसम्म सिनेटरहरुले यस विषयमा समयसीमा तोक्नु सम्भव छैन।
केही विज्ञहरू भन्छन् – अमेरिकी सरकारले परीक्षण कार्यलाई अघि बढाउन व्यापक कदम चाल्नु पर्छ।
“यो सम्भावनाको दायराभित्रै पर्छ कि संयुक्त राज्य अमेरिकामा हाल १००,००० व्यक्ति यसबाट संक्रमित छन्।” रेडियोलोजिस्ट तथा स्वास्थ्य सेवा व्यवस्थापनमा विशेषज्ञ यार्ड प्रोफेसर होवार्ड फोरम्यानले बिजनेश इनसाइडरलाई भने। “स्वास्थ्य सेवा प्रदायकहरू समेत संसर्गमा परिसकेका हुनसक्छन्, अन्य बिरामीहरूलाई पनि संसर्गमा परिरहेका हुनसक्दछन्, र जबसम्म तपाईंले कुराहरु मानिसहरूलाई विश्वासका साथ बताउन सक्नु हुन्न तबसम्म हामी यहाँ संकटमा छौं।”
समाचार स्रोतः बिजिनेस इनसाइडर अनलाइन संस्करण ६ मार्च २००६ ।