Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भाइरसले अमेरिकी राजनीतिक प्रणालीको कमजोरीहरु उजगार गरेको छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ९, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    टम फाउडी । “मिचिगन मुक्त गर” र “भर्जिनिया मुक्त गर” भनी १७ अप्रिल, २०२० का दिन अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै ती क्षेत्रमा लागू गरिएको लकडाउन र घर मै बस भन्ने आदेश तोड्न आम जनतालाई उक्साए।

    आज, हजारौं जनताहरु अमेरिका भर विभिन्न स्थानमा अधिकारीहरुद्वारा आफ्ना संवैधानिक अधिकार हनन गरिएको भन्दै, भाइरसले पार्न सक्ने असरलाई वेवास्ता गर्दै यस्ता पाबन्दीहरु हटाउने माग सहित प्रदर्शनमा उत्रिए।

    एकाध महिना अगाडि मैले ” कसरी अमेरिकी ब्यवस्था कोभिड-१९ विरुद्ध लड्न असक्षम छ”, भन्ने लेख लेखेंको थिँए।

    यो घटना ७ लाख भन्दा बढि संक्रमित भइसक्दा पनि देशले भाइरसबाट मुक्ति पाइसकेको छैन भन्ने चेतावनीलाई वेवास्ता गर्दै अमेरिकी अर्थतन्त्रलाई पुन संचालनमा ल्याउने ट्रम्पको आशक्ति र कोभिड-१९ भाइरस चिनको वुहान शहरस्थित प्रयोगशालामा निर्माण गरिएको थियो भन्ने षड्यन्त्रको सिद्धान्तको जोडदार प्रचार भइरहँदा भएको हो।

    जे भइरहेको छ त्यो त्रासदीपूर्ण छ। भाइरस विरुद्ध लडिरहेका विश्वका सबै देशहरुमध्ये अमेरिका यस्तो एक्लो देश हो जो यो सिङ्गो अवधिभरि आफैं भित्र विभाजित छ र राजनीतिक पक्षघात पिडित छ। महान देशभक्तिपूर्ण गर्व र स्वयं माथि अगाध विश्वास भएको देश अमेरिकाले संक्रमण फैलनबाट रोक्न एकताको भावना वा दिशा पक्रन नसक्नु दुखद छ।

    यसको विपरित, यस संकटले माथि देखि तलसम्म अमेरिकी राजनीतिक प्रणालीका कमजोरीहरु उदाङ्ग पारिदिएको छ। यो चिन होइन तर संघीयता र स्वतन्त्र बजार पुँजीवाद प्रतिको आशक्तिले देशको सम्बोधनमा बाधा खडा गरिरहेको छ। यो त्यस्तो प्रहार हो जसको चोटबाट बौरिन उनिहरुका निम्ति असम्भव प्राय छ।

    एकाध महिना अगाडि मैले ” कसरी अमेरिकी प्रणाली कोभिड-१९ विरुद्ध लड्न असक्षम छ”, भन्ने लेख लेखेंको थिँए। अमेरिकामा स्थिति गम्भीर मोडमा नपुग्दै मैले, “निजी तथा वहुलवादी अमेरिकी स्वास्थ्य सेवा प्रणालीसहित बजार, मुनाफा र सिमित राज्यको भक्ति गर्ने शासनको स्वरुपले राष्ट्रिय र संगठनात्मक अनुक्रियामा ढिलाइ र बाधा भइरहेको छ” र यसैबाट थाहा हुन्छ भाइरसको सम्बोधन कमजोर हुनेछ।

    मैले प्राय एकअर्काबिच प्रतिस्पर्धारत असंगठित (बिना संयोजनका) निजी स्वास्थ्य सेवा ब्यवस्थामाथि भर पर्दै कसरी राज्यहरु आफ्ना काम कार्वाहीका सर्वेसर्वा हुनसक्छन्, जबकी संघीय सरकारका कामकार्वाहीको अनुगमन गर्नुपर्ने राष्ट्रपति नै आफ्नै आग्रही विचार लिएर उनीहरु विरुद्ध नै काम गरिरहेका छन् भनी टिप्पणी गरेको थिंए।

    ट्रम्पमा नेतृत्व गर्नसक्ने कमजोरी गम्भीर पक्ष त छदैंछ त्यसमाथि देशको शासन प्रणाली विभाजित र नाजुक संरचनाको आधारमा चालु छ।

    त्यो टिप्पणी सहि सावित भयो। पहिलो दिन देखि नै, प्रत्येक तहमा अमेरिकी ब्यवस्था विभाजित र दिशाहिन थियो। ब्यवस्था निरन्तर आफैं विरुद्ध जुझिरहेको छ र नतिजा विश्व मै कोभिड–१९ को सबैभन्दा खराब अवस्था अमेरिकामा छ। स्वतन्त्र बजारमा केन्द्रित हुनु संगठनको कमजोरी भएर मात्र होइन, अनुक्रिया र प्राथमिकताहरुमा रहेको कमी पनि हो।

    यसको परिणाम भनेको ट्रम्पको अमेरिकी अर्थतन्त्र खुला गर्ने आशक्तिलाई मलजल गर्नु हो, जसले राष्ट्रिय रुपमा गरिने भाइरसको अनुक्रियालाई थप खराब बनाइरहेको छ। अत: महामारी अन्त्य नहुदै संयुक्त रुपमा यी पक्षहरु (तत्वहरु) ले लकडाउन लम्याउने बिषयलाई लिएर सरकारका संघीय र राज्य तह बिच द्वन्द्व सिर्जना गरेको छ। यस्तो लाग्छ राष्ट्रपति राजनीतिकरुपमा विच्छेदित छन् र हाल घर मै बस्ने आदेश बाबजुद मानिसहरुलाई विरोध प्रदर्शन गर्न उक्साउदै स्थितिलाई अझ खराब बनाइरहेका छन्।

    ह्वाइटहाउसबाट उत्प्रेरितहरु संख्यामा अल्पमतमा भएता पनि अमेरिकी राजनीति र समाजमा आएको विभाजन र निश्चय नै भाइरस विरुद्ध लड्न कुनै रोडम्याप वा सन्तुलित रणनीतिको सर्वथा अभाव स्पष्ट देखिन्छ।

    यहाँ कुनै विहङ्गम चित्र छैन, केवल भिन्नतापूर्ण प्राथमिकताहरुको राजनीतिक द्वन्द्व र देशको आउदो निर्वाचनका लागि तानातान मात्र छ।

    ट्रम्पलाई आफ्नो पुन निर्वाचन बाहेक अरु केही कुराको मतलब छैन जसले गर्दा समग्र अनुक्रियामा विलम्बमात्र भएको छैन बरु त्यसमा अवरोध पनि खडा गरेको छ र केही रिपब्लिकनहरु पनि आफ्ना राज्यहरुमा अरुहरुको विरोध हुँदाहुँदै पनि त्यही राग अलापिरहेका छन् जबकी अमेरिकामा संक्रमितहरुको संख्या सात लाख भन्दा माथि पुगिसकेको छ।

    यस परिदृष्यमा अमेरिकी संघीय ब्यवस्था धेरै कुराहरुमा असफल भइसकेको छ र यसले आफ्ना भित्री कमजोरीहरु उदाङ्ग पारेको छ भनी सार खिच्न कुनै कठिनाइ हुनेछैन।

    ट्रम्पमा नेतृत्व गर्नसक्ने कमजोरी गम्भीर पक्ष त छदैंछ त्यसमाथि देशको शासन प्रणाली विभाजित र नाजुक संरचनाको आधारमा चालु छ।

    यस्तो शासन प्रणालीले फैलिरहेको प्रकोप रोकथाममा प्रशासनका सामू बाधा खडा गरी राज्यहरुलाई आफ्नै भरमा छोडिदिएकोछ। कङ्ग्रेसले खासै सहयोग गरेन। यस्तो बेला पनि एकता कायम हुन सकेन र कहिल्यै हुनसक्ने छैन। यसो हुँदा अहिले हामी कहिल्यै पनि उपलव्धि हुन सक्छ भनेर देख्छौं।

    तयारी, अनुक्रिया र प्राथमिकताहरुका हरेक गत्यात्मकता (डाइनामिक्स) मा पनि मानिसको जीवनभन्दा पहिले बजार आउँछ।

    यस गडवडीको परिणामस्वरुप देशले छोटो समयमा भाइरस माथि विजय पाउन सक्नेछैन। अर्थतन्त्र माथि थप बोझ थोपर्नेछ। अझ गहिरो अस्थिरता र बेथिति ल्याउने छ। कुनै शंका नराखौं यो माथि देखि तलसम्म अमेरिकी प्रणाली र शासनको युगिन असफलता हो।

    -सिटिजीएन  १९ अप्रिलबाट।

    लेखक टम फाउडि एक बेलायति राजनीतिक तथा अन्तरराष्ट्रिय सम्बन्धका विश्लेषक हुन् र दुर्हाम तथा अक्सफोर्ड विश्विवद्याल दिक्षित हुन्।

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.