Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

भाइरसले अमेरिकी राजनीतिक प्रणालीको कमजोरीहरु उजगार गरेको छ

by पत्रपत्रिकाबाट
April 21, 2020
- यो हप्ता, समाचार, सामयिक
भाइरसले अमेरिकी राजनीतिक प्रणालीको कमजोरीहरु उजगार गरेको छ
Share on FacebookShare on TwitterEmail

टम फाउडी । “मिचिगन मुक्त गर” र “भर्जिनिया मुक्त गर” भनी १७ अप्रिल, २०२० का दिन अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै ती क्षेत्रमा लागू गरिएको लकडाउन र घर मै बस भन्ने आदेश तोड्न आम जनतालाई उक्साए।

आज, हजारौं जनताहरु अमेरिका भर विभिन्न स्थानमा अधिकारीहरुद्वारा आफ्ना संवैधानिक अधिकार हनन गरिएको भन्दै, भाइरसले पार्न सक्ने असरलाई वेवास्ता गर्दै यस्ता पाबन्दीहरु हटाउने माग सहित प्रदर्शनमा उत्रिए।

एकाध महिना अगाडि मैले ” कसरी अमेरिकी ब्यवस्था कोभिड-१९ विरुद्ध लड्न असक्षम छ”, भन्ने लेख लेखेंको थिँए।

यो घटना ७ लाख भन्दा बढि संक्रमित भइसक्दा पनि देशले भाइरसबाट मुक्ति पाइसकेको छैन भन्ने चेतावनीलाई वेवास्ता गर्दै अमेरिकी अर्थतन्त्रलाई पुन संचालनमा ल्याउने ट्रम्पको आशक्ति र कोभिड-१९ भाइरस चिनको वुहान शहरस्थित प्रयोगशालामा निर्माण गरिएको थियो भन्ने षड्यन्त्रको सिद्धान्तको जोडदार प्रचार भइरहँदा भएको हो।

जे भइरहेको छ त्यो त्रासदीपूर्ण छ। भाइरस विरुद्ध लडिरहेका विश्वका सबै देशहरुमध्ये अमेरिका यस्तो एक्लो देश हो जो यो सिङ्गो अवधिभरि आफैं भित्र विभाजित छ र राजनीतिक पक्षघात पिडित छ। महान देशभक्तिपूर्ण गर्व र स्वयं माथि अगाध विश्वास भएको देश अमेरिकाले संक्रमण फैलनबाट रोक्न एकताको भावना वा दिशा पक्रन नसक्नु दुखद छ।

यसको विपरित, यस संकटले माथि देखि तलसम्म अमेरिकी राजनीतिक प्रणालीका कमजोरीहरु उदाङ्ग पारिदिएको छ। यो चिन होइन तर संघीयता र स्वतन्त्र बजार पुँजीवाद प्रतिको आशक्तिले देशको सम्बोधनमा बाधा खडा गरिरहेको छ। यो त्यस्तो प्रहार हो जसको चोटबाट बौरिन उनिहरुका निम्ति असम्भव प्राय छ।

एकाध महिना अगाडि मैले ” कसरी अमेरिकी प्रणाली कोभिड-१९ विरुद्ध लड्न असक्षम छ”, भन्ने लेख लेखेंको थिँए। अमेरिकामा स्थिति गम्भीर मोडमा नपुग्दै मैले, “निजी तथा वहुलवादी अमेरिकी स्वास्थ्य सेवा प्रणालीसहित बजार, मुनाफा र सिमित राज्यको भक्ति गर्ने शासनको स्वरुपले राष्ट्रिय र संगठनात्मक अनुक्रियामा ढिलाइ र बाधा भइरहेको छ” र यसैबाट थाहा हुन्छ भाइरसको सम्बोधन कमजोर हुनेछ।

मैले प्राय एकअर्काबिच प्रतिस्पर्धारत असंगठित (बिना संयोजनका) निजी स्वास्थ्य सेवा ब्यवस्थामाथि भर पर्दै कसरी राज्यहरु आफ्ना काम कार्वाहीका सर्वेसर्वा हुनसक्छन्, जबकी संघीय सरकारका कामकार्वाहीको अनुगमन गर्नुपर्ने राष्ट्रपति नै आफ्नै आग्रही विचार लिएर उनीहरु विरुद्ध नै काम गरिरहेका छन् भनी टिप्पणी गरेको थिंए।

ट्रम्पमा नेतृत्व गर्नसक्ने कमजोरी गम्भीर पक्ष त छदैंछ त्यसमाथि देशको शासन प्रणाली विभाजित र नाजुक संरचनाको आधारमा चालु छ।

त्यो टिप्पणी सहि सावित भयो। पहिलो दिन देखि नै, प्रत्येक तहमा अमेरिकी ब्यवस्था विभाजित र दिशाहिन थियो। ब्यवस्था निरन्तर आफैं विरुद्ध जुझिरहेको छ र नतिजा विश्व मै कोभिड–१९ को सबैभन्दा खराब अवस्था अमेरिकामा छ। स्वतन्त्र बजारमा केन्द्रित हुनु संगठनको कमजोरी भएर मात्र होइन, अनुक्रिया र प्राथमिकताहरुमा रहेको कमी पनि हो।

यसको परिणाम भनेको ट्रम्पको अमेरिकी अर्थतन्त्र खुला गर्ने आशक्तिलाई मलजल गर्नु हो, जसले राष्ट्रिय रुपमा गरिने भाइरसको अनुक्रियालाई थप खराब बनाइरहेको छ। अत: महामारी अन्त्य नहुदै संयुक्त रुपमा यी पक्षहरु (तत्वहरु) ले लकडाउन लम्याउने बिषयलाई लिएर सरकारका संघीय र राज्य तह बिच द्वन्द्व सिर्जना गरेको छ। यस्तो लाग्छ राष्ट्रपति राजनीतिकरुपमा विच्छेदित छन् र हाल घर मै बस्ने आदेश बाबजुद मानिसहरुलाई विरोध प्रदर्शन गर्न उक्साउदै स्थितिलाई अझ खराब बनाइरहेका छन्।

ह्वाइटहाउसबाट उत्प्रेरितहरु संख्यामा अल्पमतमा भएता पनि अमेरिकी राजनीति र समाजमा आएको विभाजन र निश्चय नै भाइरस विरुद्ध लड्न कुनै रोडम्याप वा सन्तुलित रणनीतिको सर्वथा अभाव स्पष्ट देखिन्छ।

यहाँ कुनै विहङ्गम चित्र छैन, केवल भिन्नतापूर्ण प्राथमिकताहरुको राजनीतिक द्वन्द्व र देशको आउदो निर्वाचनका लागि तानातान मात्र छ।

ट्रम्पलाई आफ्नो पुन निर्वाचन बाहेक अरु केही कुराको मतलब छैन जसले गर्दा समग्र अनुक्रियामा विलम्बमात्र भएको छैन बरु त्यसमा अवरोध पनि खडा गरेको छ र केही रिपब्लिकनहरु पनि आफ्ना राज्यहरुमा अरुहरुको विरोध हुँदाहुँदै पनि त्यही राग अलापिरहेका छन् जबकी अमेरिकामा संक्रमितहरुको संख्या सात लाख भन्दा माथि पुगिसकेको छ।

यस परिदृष्यमा अमेरिकी संघीय ब्यवस्था धेरै कुराहरुमा असफल भइसकेको छ र यसले आफ्ना भित्री कमजोरीहरु उदाङ्ग पारेको छ भनी सार खिच्न कुनै कठिनाइ हुनेछैन।

ट्रम्पमा नेतृत्व गर्नसक्ने कमजोरी गम्भीर पक्ष त छदैंछ त्यसमाथि देशको शासन प्रणाली विभाजित र नाजुक संरचनाको आधारमा चालु छ।

यस्तो शासन प्रणालीले फैलिरहेको प्रकोप रोकथाममा प्रशासनका सामू बाधा खडा गरी राज्यहरुलाई आफ्नै भरमा छोडिदिएकोछ। कङ्ग्रेसले खासै सहयोग गरेन। यस्तो बेला पनि एकता कायम हुन सकेन र कहिल्यै हुनसक्ने छैन। यसो हुँदा अहिले हामी कहिल्यै पनि उपलव्धि हुन सक्छ भनेर देख्छौं।

तयारी, अनुक्रिया र प्राथमिकताहरुका हरेक गत्यात्मकता (डाइनामिक्स) मा पनि मानिसको जीवनभन्दा पहिले बजार आउँछ।

यस गडवडीको परिणामस्वरुप देशले छोटो समयमा भाइरस माथि विजय पाउन सक्नेछैन। अर्थतन्त्र माथि थप बोझ थोपर्नेछ। अझ गहिरो अस्थिरता र बेथिति ल्याउने छ। कुनै शंका नराखौं यो माथि देखि तलसम्म अमेरिकी प्रणाली र शासनको युगिन असफलता हो।

-सिटिजीएन  १९ अप्रिलबाट।

लेखक टम फाउडि एक बेलायति राजनीतिक तथा अन्तरराष्ट्रिय सम्बन्धका विश्लेषक हुन् र दुर्हाम तथा अक्सफोर्ड विश्विवद्याल दिक्षित हुन्।

 

 

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

5 months ago
बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.