Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ट्रम्पको ‘क्यानोन’ र ओलीको ‘उदण्ड दस्ता’: के गरे/गर्लान्?

प्रकाश अजात प्रकाश अजात
पुस २७, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकाको क्यापिटोल हिलको संसद भवनभित्र राष्ट्रपति ट्रम्पको उक्साहटमा पाँच दिनअघि उनी पक्षधर प्रदर्शनकारीहरूले तोडफोड र आक्रमण गरे। हिंसामा एक सुरक्षाकर्मीसहित ५ जनाको ज्यानसमेत गयो। तर अमेरिकाजस्तो सभ्य ठानिने समाजमा, त्यो पनि चुनाव हारेको रिसमा बहालवाला राष्ट्रपतिकै आह्वानमा भएको त्यो आक्रमण आम हिंसाका घट्नाभन्दा बिल्कुल फरक थियो।

    अमेरिकी राष्ट्रपति ट्रम्पकोे मातृपार्टी रिपब्लिकन पार्टी हो। तर ट्रम्प पार्टीका सबै नेताकार्यकर्ताहरू यतिसम्म उग्रता, घृणा, अफवाह र हिंसाको शैली मन पराए होलान् जस्तो लाग्दैन। ट्रम्पका पक्षमा ज्यानै फाल्न तयार समूहको नाम हो क्यानोन। खासमा क्यानोन के हो? २०१७ मा सामाजिक संजाल प्लेटफर्महरूमा देखिएको यो एउटा विचार समूह हो।

    ट्रम्पका पक्षमा ज्यानै फाल्न तयार समूहको नाम हो क्यानोन। खासमा क्यानोन के हो? २०१७ मा सामाजिक संजाल प्लेटफर्महरूमा देखिएको यो एउटा विचार समूह हो।

    क्यानोनवालाहरू ठान्छन् कि राष्ट्रपति डोनल्ड ट्रम्प भूमिगत रूपमा सरकार, व्यापारिक प्रतिष्ठान र मिडियाहरूमा संलग्न ‘राक्षसपूजक र व्यभिचारी सम्भ्रान्त’विरुद्ध एक्लै युद्ध लडिरहेका छन्। यस्तो खालको भूमिगत युद्धले अन्ततः डेमोक्रेटिक पार्टीका पूर्व राष्ट्रपतीय उमेद्वार हिलारी क्लिन्टनलगायतलाई पक्रेर फाँसी दिइनेछ भन्ने कुरा पत्याउँछन् क्याननवालाहरू। यति हो कि उनीहरुले “हेग उभ्याउने” कुरा गरेका छैनन्।

    अनेकौं ‘षड्यन्त्र सिद्धान्त’ मा विश्वास गर्ने यो समूहमा अति राष्ट्रवादी, उग्रवादी, अनुदारवादी र धर्मभीरूहरू संलग्न छन्।

    एउटै जातकाे जमात

    यो जमातमा प्रायः सबै गोरा जातिकै मान्छेहरू संलग्न छन्। यिनीहरूमध्ये कतिले ट्रम्पलाई ‘कठिन समयमा आफूहरूको उद्धार गर्न आएका जिसस क्राइस्टको अवतार’ पनि ठान्ने गर्छन्। एक अध्ययनअनुसार अमेरिकामा क्यानोन नामबारे सुन्ने जान्ने मान्छेहरू छन्। यिनीहरू डेमोक्रेटविरोधी, काला जाति र अन्य आप्रवासीहरूको विरोधमा ‘राष्ट्रवादी’ मिम (ग्राफिक डिजाइनसहितका रोचक तस्वीर र भिडियो सामग्री)हरू बनाउँछन् र त्यसलाई सामाजिक संजालमा फैलाउने काम गर्छन्। क्यानोन अभियन्तामध्येकै एक मार्जेरी टेलर ग्रिन जर्जियाको कांग्रेस सदस्यका रूपमा गत नोभेम्बरमा निर्वाचित समेत भएका थिए।

    क्याननहरु नेपालमा हुर्कन र हुर्क्याउन सक्ने सम्भावना नेपालमा पनि देखिदैंछ। अहिले दोस्रो पटक प्रधानमन्त्री भएका खड्गप्रसाद ओलीका पक्षका कतिपय उदण्ड जत्था पनि अमेरिकामा क्याननले गरेजस्तै अभ्यास गर्दैछन्। केही पहिले त्यस्तो जत्थाको एउटा सदस्यले सामाजिक संजालमा नै नेकपाको बहुमत पक्षका सदस्यलाई ढुंगा हान्न आह्वान गरे। ‘बढि भइस् भने पेरिस डाँडामा आगो लगाउने’ धम्कि दिए। तर भौतिक आक्रमणमा उत्रन आग्रह गर्ने त्यस कानुनी कारवाहीका लागि सरकारले प्रयत्न गरेन। उल्टो ती व्यक्ति अहिले पनि ओलीकै मंचहरूमा माला लगाएर हिँड्ने गरेका छन्।

    षड्यन्त्र सिद्धान्त नै सिद्धान्त

    पार्टीभित्रका आन्तरिक समस्यालाई सुल्झाउन नसकेर ओलीले संसद विघटन गरेपश्चात् यस्तै कार्यकर्ताहरू अनेक षड्यन्त्र सिद्धान्त सिर्जना गर्दै ओलीको शक्ति र लोकप्रियता कायम गर्न जमेर लागेका छन्। क्याननजस्तै यो जत्थामा पनि संलग्नहरू पनि अतिराष्ट्रवादी र अनुदारवादी चिन्तनका छन्। दशकदेखि फरार अभियुक्त कालिबहादुर खाम र बबन सिंहजस्ता अपराधिक प्रवृत्तिका मान्छेहरू यस समूहमा पछिल्लो पटक सक्रिय भएका छन्।

    उल्लेखनीय छ, ओली पक्षधरका एक नेताले केही महिनाअघि प्रधानमन्त्री ओलीको प्रतिरक्षा तथा सूचना सम्प्रेषणका लागि ‘साइबर सेना’ बनाउने कुरा चर्चामा ल्याएका थिए। यी ती व्यक्ति हुन्, जसले माओवादी कालमा तत्कालिन् माओवादीको उदण्ड युवा समूह ‘वाइसिएल’विरुद्ध ‘युथ फोर्स’ नामको अर्को उदण्ड जत्थाको घोषणा गरेका थिए। राजनीतिक र अराजनीतिक सबै खालका मान्छेहरूसँगको उठवसबाट शक्ति प्राप्त प्रयत्न गर्ने यिनले केही महिनाअघि एक पूर्व आइजिपीसँग मिली सांसद अपहरण प्रयाससमेत गरेका थिए।

    खासमा, अमेरिकाका ट्रम्प पक्षधरहरू जसरी षड्यन्त्र सिद्धान्तहरू प्रतिपादन गर्छन्, प्रतिपक्षलाई त्रस्त पार्ने प्रयत्न गर्छन्, नेपालमा पनि ओली स्वयं र उनका हुल्लड जत्थाले त्यस्ता षड्यन्त्र सिद्धान्तहरू आविस्कार गर्दै त्यसलाई सामाजिक संजालमा फैलाउने गरेका छन्।

    खासमा, अमेरिकाका ट्रम्प पक्षधरहरू जसरी षड्यन्त्र सिद्धान्तहरू प्रतिपादन गर्छन्, प्रतिपक्षलाई त्रस्त पार्ने प्रयत्न गर्छन्, नेपालमा पनि ओली स्वयं र उनका हुल्लड जत्थाले त्यस्ता षड्यन्त्र सिद्धान्तहरू आविस्कार गर्दै त्यसलाई सामाजिक संजालमा फैलाउने गरेका छन्। २०३६ सालसम्म  राष्ट्रवादी मण्डलका नाममा पंचहरूले   र २०६२/६३ ताक राजावादीहरूले जनआन्दोलनविरुद्ध त्यस्तै दुस्प्रचार गर्थे, आन्दोलनकारीविरुद्ध भौतिक कारवाही समेत गर्थे। भ्रम फैलाउने सजिलो माध्यम अहिले मिडिया र सामाजिक संजाल भएका छन्। र, सामाजिक संजाल र मिडियाका जटिलता नबुझ्ने सर्वसाधारणहरूले प्रायः त्यस्ता सामग्रीहरूलाई पत्याउने गरेका छन्।

    अफवाहका नाइके

    मिम (ग्राफिक डिजाइनसहितका रोचक तस्वीर र भिडियो सामग्री) बनाउने कुरामा त तथाकथित साइबर सेनाहरू अहिलेसम्म सक्षम देखिएका छैनन् तर यदाकदा व्यक्तिगत प्रयासमै भ्रमपूर्ण सामग्री बनाएर त्यसलाई फैलाउन भने सक्षम छन्। जस्तो, केही पहिले नेकपा नेता भीमबहादुर रावलका बारेमा सामाजिक संजालमा ‘महिलाको मृगौला प्रत्यारोपण गरेकाले दिमाग पनि महिलाको जस्तै भएको’ भन्ने स्त्रीद्वेसी वक्तव्य दिएको भन्दै प्रचार भयो। रावलको ट्विटर स्क्रिनसट गरी त्यसमा फोटोसप प्रयोग गरेर यस्तो अफवाह फैलाइएको थियो। त्यस्तो वक्तव्य नदिएको भनेर रावल स्वयंले स्पष्टीकरणसमेत दिए। त्यस्तो हावादारी सामग्री हाल्ने अनलाइन साइटले माफी पनि मागेको थियो।

    त्यति हुँदाहुँदै पनि स्वयं खड्गप्रसाद ओलीले सोही अफवाहलाई आधार मानेर रावलविरुद्ध लामो भाषण दिए। त्यसमाथि होइन, राष्ट्रिय सभामा ओली पक्षीय सदस्य डा. विमला राई पौड्यालले पनि त्यस्तै उत्तेजक भाषण दिइन्। यी दुवै जनाले राष्ट्रिय अफवाहलाई झनै फैलाए। यसअघि नै सामाजिक संजालमा रावलको भनिएको वक्तव्य भाइरल बनेको थियो। यस्तै अवसरका खोजीमा हुन्छन् ओली, ट्रम्प र क्यानोनका फौज। यस्ता कुरालाई फैलाउँदा आफ्नो विरोधी पक्षलाई खुइल्याउने अवसर मिल्छ यिनलाई। सत्यदेखि डराउने यिनीहरू भ्रमबाट शक्ति र लोकप्रियता आर्जन गर्न खोज्छन्।

    त्यति हुँदाहुँदै पनि स्वयं खड्गप्रसाद ओलीले सोही अफवाहलाई आधार मानेर रावलविरुद्ध लामो भाषण दिए। त्यसमाथि होइन, राष्ट्रिय सभामा ओली पक्षीय सदस्य डा. विमला राई पौड्यालले पनि त्यस्तै उत्तेजक भाषण दिइन्।

    असत्यलाई वारम्वार दोहोर्‍याएपछि झुट पनि सत्य ठहरिन्छ भन्ने गोयबल्स सिद्धान्तमा क्यानोनवालाको जस्तै अगाध विश्वास छ ओली र ओलीपक्षीय कतिपय कार्यकर्ताहरूको पनि। र, भ्रमबाट शक्ति आर्जन गर्ने प्रयोजनका लागि कमसेकम दुई दर्जन अनलाइनहरू पनि उत्तिकै सक्रिय छन्। कतिपय अनलाइनका सामग्री विरोधीविरुद्धका सामग्रीले भरिएका छन्। ‘लगइन’ गर्नेवित्तिकै तिनीहरू चिनिन्छन्। तर कतिपय अनलाइनहरू हेर्दा व्यवसायिकझैं लाग्छन् तर यिनीहरू पनि जमेर भ्रम फैलाउन सक्रिय छन्। आफूलाई व्यवसायिक ठान्ने केही टेलिभिजन च्यानल पनि ओलीका पक्षमा जमेर दुस्प्रचार गरिरहेका छन्।

    ‘मिम अखाडा र ह्वाट्सएप युनिभर्सिटी’काे प्रभाव

    चर्चामा आएको ‘साइबर सेना’ सम्भवतः भारतका प्रधानमन्त्रीले संचालन गरेका दुस्प्रचारका अनेकौं ‘मिम अखाडा र ह्वाट्सएप युनिभर्सिटी’का नेपाली मोडल हुन्। भारतमा यस्तै हावादारी मिम र नक्कली समाचार प्रयोग गरेर घृणा र दंगा फैलाउने गरिएको छ। मुसलमानहरूबाट हिन्दू समुदायमाथि संकट छ भनेर नक्कली कथा रचिएको छ। बाबरी मस्जिदका बारेमा भ्रम फैलाएर त्यसलाई भत्काउन अगुवाई गर्ने त्यहाँको दक्षिणपन्थी आरएसएस पनि भारतीय जनता पार्टीको स्वार्थरक्षाका लागि बनेको त्यस्तै दंगा दल हो। यस्ता दंगा दलले जस्तासुकै भ्रमहरू फैलाएर या हिंसा फैलाएर होस्, आफ्ना आत्मकेन्द्रित स्वार्थहरूको संरक्षण गर्छन्।

    बाबरी मस्जिदका बारेमा भ्रम फैलाएर त्यसलाई भत्काउन अगुवाई गर्ने त्यहाँको दक्षिणपन्थी आरएसएस पनि भारतीय जनता पार्टीको स्वार्थरक्षाका लागि बनेको त्यस्तै दंगा दल हो। यस्ता दंगा दलले जस्तासुकै भ्रमहरू फैलाएर या हिंसा फैलाएर होस्, आफ्ना आत्मकेन्द्रित स्वार्थहरूको संरक्षण गर्छन्।

    सामाजिक संजाल नियाल्दा अहिले नै संगठीत रूपमा ओलीका युवा जत्थाहरूले साइबर सेल गठन गरेरै काम थालेका त देखिन्नन् तर ओलीले संविधानमाथि गरेको प्रहारसँगै जनआक्रोश बढ्दोछ। मिडियाले आफ्ना समाचारलाई प्राथमिकता नदिएको भन्दै आइतबारमात्रै ओलीले राष्ट्रियसभाको करिब डेढ घण्टा लामो भाषणमा तिक्तता पोखेका छन्। ‘राष्ट्रपिता’को धङधङीलाई बिर्साउनेगरी प्रधानमन्त्री ओलीलाई पनि सबैले ‘बा’ भन्नुपर्छ अभिव्यक्ति दिएका युवाजत्थाका एक नेताले केही समयअघि मिडियाबारे यस्तै गुनासो गरेका थिए। उनले वैकल्पिक संचारमाध्यमका रूपमा ‘साइबर सेना’को बनाउने कुरा उठाएका थिए। ‘सेना’ शब्द उल्लेख गर्दा विपक्षीलाई मनोवैज्ञानिक रूपमा कमजोर पार्न सकिएला भन्ने आशयका साथ उनको त्यस्तो अभिव्यक्ति आएको पनि हुनसक्छ।

    आफ्नो शक्ति, सामर्थ्य र प्रभावलाई कायम राख्न जस्तोसुकै सम्झौता गर्न सक्ने ओली र ओलीका अनुचरहरूले दुस्प्रचारका लागि सरकारी धनराशी खर्च गर्दै संगठीत रूपमा नै भोलिका दिनमा ‘दुस्प्रचारसम्बन्धी गोप्य कार्यालय’हरू नै स्थापित गदै मिडिया सामग्रीहरू तोडमोड गर्दै अफवाह र त्रास अझै बढी नफैलाउलान् चाहिँ भन्न सकिन्न। नागरिकको ‘वाचडग’का रूपमा काम गर्ने स्वतन्त्र र व्यवसायिक मिडियाहरूले मात्र त्यसको जमेर प्रतिकार गर्न सक्नेछन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.