चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण अब विश्वमहामारी भइसकेको छ। चीनमा भने यसको संक्रमणको मामलामा लगातार कमी आइरहेको छ र विहिवारका दिन घरेलु मामला कुनै पनि दाखिल भएनन्। तर विश्वका अन्य मुलुकमा यसको प्रकोप दिन-प्रति-दिन बढिरहेकोछ।
अमेरिकामा बुधवारका दिन दुई सांसद यस भाइरसबाट संक्रमित भएको फेला परे। अमेरिकामा यस संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर करीव १५० पुगेको बताइएको छ। र १०,००० व्यक्ति यसबाट संक्रमित छन्।
चीनमा कोरोना भाइरसको मामला जनवरीमा दाखिला गर्न शुरू गर्न थालेपछि पहिलो पटक बिहिबार चिनमा घरेलू मामला दाखिला हुन आएन तर विदेशबाट ‘आयातित’ संक्रमणको मामलामा बृद्धि हुने क्रममा छ। चीनको राष्ट्रीय स्वास्थ्य आयोग अनुसार हालसम्म विदशबाट संक्रमणको ३४ मामाला भित्रिएका छन् र यो आंकड़ा विगत दुई हप्ता देखिको सबैभन्दा बढी हो।
रिपब्लिकन पार्टीका फ्लोरिडाका कांग्रेस सदस्य मारियो डियाज बलार्ट यो भाइरसबाट संक्रमित हुने प्रथम अमेरिकी सांसद हुन्।
बलार्टको कार्यालयले बतायो – सांसदलाई शनिवार ज्वरो आएको र टाउको दुखेको थियो र बुधवार उनलाई कोविड-१९ से संक्रमित भएको जानकारी दिइयो।
यसैबीच डेमोक्रेटिक पार्टीका सदस्य तथा सांसद बेन मैक्एडमले जानकारी दिए – उनलाई शनिवार नै रुघाको लक्षणहरु अनुभव भएको थियो र उनलाई पनि यस भाइरसबाट संक्रमित भएको पुष्टि गरिएको छ।