Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युक्रेन: रुस र अमेरिकाको चेस बोर्ड

आधुनिक जर्मनीका संस्थापक अटो वोन विस्मार्कले भनेका थिए - मलाई रुसी भालुलाई उसको गुफाबाट बाहिर निकाल्ने सयौं तरिका थाह छ तर उसलाई फेरि गुफा भित्र फर्काउने कुनै तरिका थाह छैन। तसर्थ रुसी भालुलाई जिस्काउनु हुदैंन। अमेरिकाले रुसलाई जिस्काएर उसको सिमाना बाहिर निकालेको छ।

केदार सिटौला केदार सिटौला
फाल्गुन १४, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    फेब्रुअरी २१ मा रुसले युक्रेनका पृथक्कतावादी स्वघोषित क्षेत्रहरु जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राज्यको मान्यता प्रधान गर्‍यो। र त्यसै दिन डोनेट्स्क र लुह्यान्सक क्षेत्रहरुको सुरक्षाको लागि रुसी सेनाहरू प्रवेश गर्न थाले । फेब्रुअरी २४ का दिन रुसले युक्रेनमा ठुलो आक्रमण सुरु गर्‍यो।

    केदार सिटौला

    केहि महिना यता सारा विश्वको ध्यान रुस र युक्रेनतर्फ केन्द्रित थियो। यूरोप दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा ठुलो युद्धको संघारमा उभिएको थियो। केहि महिना अगाडि देखि  रुसले युक्रेनको सिमानामा एक लाख भन्दा बढी सैनिकहरु तैनाथ गरेको थियो। युक्रेनको रक्षाको लागि अमेरिका र युरोपेली देशहरुले हतियारहरु त्यहाँ आपूर्ति गरिरहेका थिए। साथै अमेरिकाले आफ्ना हजारौ सैनिकहरुलाई पुर्वी युरोपमा पोल्याण्ड र रोमानियामा तैनाथ गर्न थालेको थियो। केहि समय यता अमेरिकाले आज, भोलि वा पर्सि नै रुसले युक्रेनमाथि रुसले आक्रमण गर्दैछ भनेर निरन्तर चर्को प्रचार गरिरहेको थियो। अमेरिकाले मितिनै तोकेर फेब्रुअरी १६ मा हमला हुनेवाला छ भनेर घोषणा पनि गरेको थियो। तर त्यो दिन पनि बिना कुनै घटना बितेर गयो। त्यसपछि पनि रुसले कहिले युक्रन माथि हमला गर्ने छ भनेर जोखना हेर्ने अमेरिकी कार्य जारि थियो। अमेरिकाले यसरी निरन्तर सूचना जारि गर्नुको उद्देश्य रुसको सम्भावित आक्रमणलाई रोक्नु थियो। तर यो मनोवैज्ञानिक खेल पनि धेरै दिनसम्म टिक्न सकेन।

    रुस र युक्रेन बीचको वर्तमान तनावको कारण बुझ्नको लागि अलिकति यी दुई देश बीचको इतिहासलाई जान्नु उचित हुनेछ। रुसी सभ्यता र संस्कृतिमा युक्रेनको ज्यादै ठुलो महत्व छ। युक्रेन बेगर रुसी सभ्यता अधुरै रहन्छ। यी सांस्कृतिक रुपमा दुई देशहरु अलग होइनन् एउटै हुन्। रुसको युक्रेनसँग बलियो सांस्कृतिक, आर्थिक र राजनीतिक बन्धन छ। रुस र युक्रेनबीचको संस्कृतिक बन्धनको इतिहास शताब्दीऔ पुरानो छ। युक्रेनको राजधानी किएभलाई रूसको सबै सहरहरुको जननी भनेर सम्बोधन गर्ने गरिन्छ। त्यस्तै किएभलाई मस्को र सेन्ट पिटर्सबर्ग हैसियतमा राखेर हेर्ने गरिन्छ। आठौं र नवौं शताब्दीमा बाइजेंटाइनबाट किएभमा पहिलो चोटी स्लाभिक जाति बीच क्रिश्चियन धर्मले प्रवेश पाएको थियो। अर्थोडक्स क्रिश्चियन सम्प्रदायले किएभिएन रूस नामक सुरुवाती स्लाभिक राज्यको आधारको रुपमा काम गरेको थियो। यहि किएभिएन रूस भन्ने स्लाभिक राज्यलाई अहिलेका रसियन, युक्रेनियन र बेलोरसियनहरुले आफ्नो उद्गम भएको मान्ने गर्छन्।

    युक्रेन स्वतन्त्र भएको करिब ३० बर्ष मात्र हुदैंछ। यस भन्दा अगाडि यो देश रूस साम्राज्य अन्तर्गत रहेको थियो। आधुनिक युक्रेनको सिर्जना १९१७ को बोल्सेभिक क्रान्तिपछि सोभियत संघले गरेको थियो। लेनिनले रूसलाई राष्ट्रियताको जेल भन्ने संज्ञा दिएका थिए। यहाँ बुझ्नलायक कुरा के छ भने लेनिनले जातिहरुलाई राष्ट्रियताको रुपमा ब्याख्या गरेका थिए। लेनिनले यहि सैधान्तिक आधारमा रहेर १९२२ मा रूसलाई जातीयताको आधारमा बिभिन्न राज्यमा बाडेर ती राज्यहरुको संघ निर्माण गरेका थिए। जसलाई सोभियत समाजवादी गणतन्त्रहरुको संघ नामकरण गरियो। यस भित्र रहेका राज्यहरुलाई छुट्टिने अधिकार पनि दिईएको थियो। लेनिनको यो संघीय मोडेलको बिरोध स्टालिनले गरेका थिए। स्टालिन संघीय मोडेल भन्दा एकात्मक राज्य ब्यबस्थाको पक्षमा थिए। लेनिनको पालामा रूसको डोनबास क्षेत्र युक्रेनमा गाभिएको थियो। त्यस्तै स्टालिनले दोश्रो विश्वयुद्धको समयमा पोल्याण्ड,  हंगेरी र रोमानियाबाट लिएको क्षेत्र पनि युक्रेनमा गाभेका थिए। र निकिता ख्रुश्चेभको पालामा क्राइमिया क्षेत्र रूसबाट अलग गरेर युक्रेनलाई उपहार दिएका थिए। सोभियत कालमा गरिएका यी कामहरुले त्यस बेला त केहि असर पारेन।  तर जब १९९१ मा सोभियत संघको पतन भयो त्यसपछि यी कामका परिणामहरु देखिन थाले। लेनिनले रूसलाई एकात्मक राज्य प्रणालीबाट आत्मनिर्णयको अधिकार सहितको संघीय प्रणालीमा लगेको र जसका कारण सो देश बिखण्डन भएको भनेर राष्ट्रपति पुटिनले लेनिनको बारम्बार आलोचना गर्छन्।

    युक्रेनको वर्तमान संकटको मुख्य कारण युक्रेन होइन। यसको पछाडिको मुख्य कारण शीत युद्ध पछिको यूरोपेली सुरक्षा ब्यबस्था रहेको छ। १९८९-९० मा पुर्वी युरोपमा कम्युनिस्ट शासन प्रणाली बिरुद्ध चलेको आन्दोलनको क्रममा पुर्वी जर्मनीको बर्लिन पर्खाल भत्काइयो। त्यस लगत्तै १९९० मा पुर्वी जर्मनीको बिघटन भयो र जर्मनीको एकीकरण प्रक्रिया सुरु भयो। दोश्रो विश्वयुद्ध जर्मनी दुई भागमा विभाजित भएको थियो। पुर्वी जर्मनी सोभियत संघ नेतृत्वको वार्सा सैन्य गठबन्धनको सदस्य थियो भने पश्चिम जर्मनी अमेरिकी नेतृत्वको नाटो सैन्य गठबन्धनको सदस्य थियो। त्यसबेला जर्मनीको एकीकरणको सम्बन्धमा १९९० को फेब्रुवरी ९ मा मस्कोमा एउटा बैठक भएको थियो। सो बैठकमा अमेरिकी विदेश मन्त्री जेम्स बेकरले सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभलाई जर्मनीलाई नाटोमा संलग्न हुन सहयोग गर्न आग्रह गरेका थिए। जर्मनीको मामिलामा सहयोग गरे नाटोलाई पुर्वी जर्मनीको एल्वे नदी भन्दा पूर्व एक इञ्च पनि बिस्तार नगर्ने वाचा अमेरिकाले गोर्बाचोभ सामु गरेको थियो। यसै वाचामा विश्वास गर्दै गोर्बाचोभले जर्मनीलाई नाटोमा सामेल हुन अनुमति दिए। १९९१ मा सोभियत संघ बिघटन भएपछि अमेरिकाले आफैले गरेको वाचा लत्याउदै पुर्वी युरोपमा नाटोको बिस्तार गर्न थाल्यो। शीत युद्धको समाप्ति पछि अमेरिकाले नाटो सैन्य गठबन्धनमा १४ वटा पुर्वी यूरोपेली देशहरुलाई सामेल गरेको छ।  जसमा १९९९ मा चेक गणतन्त्र, हंगेरी र पोल्याण्ड, २००४ मा बुल्गरिया, इस्टोनिया, लाटभिया, लिथवानिया, रोमानिया, स्लोभाकिया र स्लोभेनिया, २००९ मा अल्बानिया र क्रोएसिया, २०१७ मा मोन्टेनेग्रो र २०२० मा म्यासेडोनिया सामेल छन्। अझ भविष्यमा नाटोमा बोस्निया र हर्जगोभिना, जर्जिया र युक्रेनलाई समेत सामेल गर्नेबारे छलफल भैरहेको छ।

    अमेरिकाले यसरी आफ्नो वाचा तोडेर नाटोको बिस्तार गरेकोमा रूस क्रुद्ध बनेको छ। विशेषगरी पोल्याण्ड, हंगेरी, चेक गणतन्त्र र बाल्टिक देशहरु (इस्टोनिया, लाटभिया, लिथवानिया) लाई नाटोमा संलग्न गराएकोमा रूसले आफुलाई घेराबन्दीमा पारिएको महसुश गरेको छ। अमेरिकाको यो कदमको लगातार बिरोध वर्तमान राष्ट्रपति पुटिनले मात्र होइन पहिलाका राष्ट्रपतिहरु बोरिस येल्तसिन, दिमित्री मेदभेदेभ र गोर्बाचोभ समेतले गरेका छन्।

    अमेरिकामा केहि खातिप्राप्त राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुले त्यसै बेला नै अमेरिकाको यो नीतिले पछि गएर ठुलो संकट आउन सक्ने सम्भावना देखेका थिए।  जर्ज केनन स्टालिनको समयमा रूसका लागि अमेरिकी कूटनीतिज्ञ र राजदुत थिए। जर्ज केननलाई सोभियत संघलाई रोकथाम गर्ने नीतिको प्रतिपादक मानिन्छ। जर्ज केननले सोभियत संघमा कार्यरत रहदा करिब आठ हजार शब्दको टेलिग्राम पठाएका थिए। यो टेलिग्राम लंग टेलिग्राम (Long Telegram ) को नामले प्रख्यात छ। जुन सोभियत संघ विरुद्धको अमेरिकी नीतिको आधार बन्यो।  त्यस्तै जर्ज केननले अन्तराष्ट्रिय मामिला सम्बन्धी प्रख्यात अमेरिकी पत्रिका फरेन अफेयर्स (Foreign Affairs ) नामक पत्रिकामा एक्स (X ) उपनामबाट सोभियत ब्यबहारका श्रोतहरु (The Sources of Soviet Conduct ) भन्ने चर्चित लेख लेखेका थिए। जर्ज केननले पुर्वी यूरोप तर्फ नाटोको बिस्तारबारे भनेका थिए- मलाई लाग्छ यो नया शीत युद्धको सुरुवात हो। रसियनहरुले क्रमिकरुपमा अनपेक्षित तवरले प्रतिक्रिया जनाउने छन् र यसले उनीहरुको नीतिलाई प्रभावित पार्ने छ। यो दुखद निर्णय हो। अझ १९९७ मा लेखेको एउटा लेखमा त जर्ज केननले नाटोको बिस्तार शीत युद्ध पछिको अमेरिकी विदेश नीतिको सबैभन्दा ठुलो भूल साबित हुनेवाला छ भनेका थिए। केननको भनाइ यतिबेला भविष्यवाणी जस्तै सत्य सावित भएको छ।

    युक्रेनको वास्तविक संकटको सुरुवात चाँहि २०१४ मा भएको थियो। २०१४ मा युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिचले यूरोपियन युनियनसँग आर्थिक रुपमा जोडिने सम्झौता गर्न अस्विकार गरे। उनी युरोपियन युनियन भन्दा रुससँग नजिकको सम्बन्ध राख्न चाहन्थे। त्यसपछि भिक्टर यानुकोभिच विरुद्ध अमेरिका र यूरोपेली देशहरुको उक्साहटमा यूरो मैदान बिद्रोह सुरु भयो। जसलाई दबाउने क्रममा थुप्रै मानिसहरुको मृत्यु भएको थियो। भिक्टर यानुकोभिचले देश छोडेर भाग्नु पर्‍यो। यो घटनाको लगत्तै युक्रेनको पुर्वी क्षेत्र जहाँ रुसी भाषीहरुको बाहुल्यता छ त्यहाँ बिद्रोह सुरु भयो। त्यहाँ रुस समर्थक डोनेट्स्क र लुह्यान्सक नामक पृथकतावादी राज्यको गठन भयो। साथै रुसले क्रिमियामा कब्जा जमायो। युक्रेनको समस्यालाई समाधान गर्न रुस, युक्रेन, जर्मनी र फ्रान्सबीच बेलारुसको राजधानी मिन्स्कमा २०१४-१५ मा सहमति भएको थियो। जसलाई मिन्स्क सहमति भनिन्छ। यो सहमतिमा १३ वटा बुँदाहरु भए पनि यसको मुख्य कुरा चाँहि युद्धविराम गर्ने, युक्रेनको भौगोलिक अखण्डताको सम्मान, बिदेशी सेना हटाउने र डोनेट्स्क र लुह्यान्सक क्षेत्रलाई संवैधानिक ब्यबस्था गरेर स्वशासन दिने थियो। तर युक्रेनले यो सहमति पालना गर्ने कुनै चासो देखाएन। २०१४ पछि युक्रेनले रुसको सुरक्षा चासोलाई बेवास्ता गर्दै २०१९ मा आफ्नो संविधान संसोधन गर्दै यूरोपियन युनियन र नाटोको सदस्य हुने कुरा उल्लेख गरेको थियो। यसले रुसलाई झन् चिढाउने काम गर्‍यो।

    पुर्वी यूरोपमा प्राय सबै देशहरुमा नाटोको बिस्तार भैसकेको छ। त्यसमाथि अमेरिका १९७२ मा अमेरिका र सोभियत संघबीच सहमति भएको एन्टी बैलेस्टिक मिसाइल सन्धीबाट २००२ मा पछाडि हट्यो। त्यस्तै अमेरिकाले रुसको सिमाना नजिक पोल्याण्ड र रोमानियामा मिसाइल प्रतिरोधी प्रणाली र आणविक हतियार तैनाथ गरेको थियो। अब त्यसमाथि युक्रेन पनि नाटोको सदस्य बन्ने हो भने रुस पुरै अमेरिकी घेराबन्दीमा पर्ने थियो। यहि परिस्थितिलाई चिर्न रुसले २०२१ को डिसेम्बर महिनामा अमेरिका र नाटो गठबन्धन सामु सुरक्षा सम्बन्धी केहि मागहरु राखेको थियो। यी मागहरुमा युक्रेन लगायतका अन्य पूर्व सोभियत संघका सदस्य देशहरुलाई नाटोको सदस्य दिनु नहुने, पुर्वी यूरोपका देशहरुमा हतियार र सैन्य तैनाथीलाई घटाउनु पर्ने वा फिर्ता लैजानु पर्ने। यो मागको अर्थ हुन्थ्- यो नाटोलाई पुर्व यूरोपमा बिस्तार गर्नु अगाडिको अवस्थामा फर्किनु। अमेरिका र नाटोले यी मागहरु विशेषगरि युक्रेनको नाटोमा समावेश हुन प्रतिबन्ध लगाउने कुरा मान्न अस्विकार गरे।

    रुसले युक्रेनमा फेब्रुअरी २४ का दिन ठुलो आक्रमण सुरु गर्‍यो। यो आक्रमणको उद्देश्य ब्याख्या गर्दै राष्ट्रपति पुटिनले भनेका छन्-  युक्रेन माथि कब्जा जमाउने रुसको उद्देश्य छैन, यो आक्रमणको उद्देश्य युक्रेनलाई असैनिकीकरण गर्नु हो, त्यस्तै युक्रेनलाई नाजीवादबाट मुक्त गर्ने। रुस जस्तो महाशक्ति राष्ट्रले सहजै युक्रेनमा विजय हासिल गर्न सक्छ। सायद रुसले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर पूर्व राष्ट्रपति भिक्टर यानुकोभिच वा अरु कोहि रुस समर्थक नेतालाई सत्तामा ल्याउन पनि सक्ला। तर युक्रेन जस्तो ठुलो देशमा लामो समयसम्म कब्जा जमाएर बस्नु कठिन हुनेछ। रुसी सेना बिरुद्ध युक्रेनी सेनाले चलाउने छापामार आक्रमणले दीर्घकालमा ठुलो क्षति पुर्‍याउन सक्छ। युरोएसिया र भू-राजनीतिक मामिलाका विशेषज्ञ पत्रकार पेपे एस्कोबरका अनुसार रुसले सम्भवत लेनिनले १९२२ मा युक्रेनलाई उपहार दिएको भूमिलाई फिर्ता ल्याउने छ।  जसले गर्दा युक्रेनको कृष्ण सागर (Black Sea ) संगको सम्बन्ध पुरै बिच्छेद गरिदिन सक्छ। र रुस र मोल्दोभा गणतन्त्रबाट अलग भएको ट्रान्सनिस्त्रियासँग जोड्ने पुल पनि बन्नेछ।

    अहिले रुसको युक्रेन माथिको आक्रमणको समाधान गर्न केहि उपायहरु गर्न सकिन्छ। त्यसको लागि तत्काल मिन्स्क सहमतिलाई पूर्ण रुपमा लागु गर्ने। रुसले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने।  डोनबास क्षेत्रलाई युक्रेन भित्रै तत्काल स्वायतत्ता प्रधान गर्ने। युक्रेनलाई नाटो सैन्य गठबन्धनको सदस्य नबनाउने। अमेरिकाका  अमेरिकाका तथा पूर्व विदेश मन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले सन् २०१४ मा युक्रेनलाई नाटोको सदस्य बनाउन हुदैन भन्ने विचार ब्यक्त गरेका थिए। उनले युक्रेनले फिनल्यान्ड जस्तो तटस्थता अपनाउनु उचित हुने सुझाव दिएका थिए। यी कदमहरु उठाउन सकेमा रुसको सुरक्षा चासो समाधान हुनसक्छ।

    आधुनिक जर्मनीका संस्थापक अटो वोन विस्मार्कले भनेका थिए – मलाई रुसी भालुलाई उसको गुफाबाट बाहिर निकाल्ने सयौं तरिका थाह छ तर उसलाई फेरि गुफा भित्र फर्काउने कुनै तरिका थाह छैन। तसर्थ रुसी भालुलाई जिस्काउनु हुदैंन। अमेरिकाले रुसलाई जिस्काएर उसको सिमाना बाहिर निकालेको छ। यसको परिणाम के हुन सक्छ सायदै कसैले अनुमान गर्न नसक्लान्!

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केदार सिटौला

      केदार सिटौला

      Related Posts

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.