Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मुसलमानहरू अमेरिकाका लागि विदेश नीतिका औजार मात्र हुन्

सबै मुसलमानहरु बराबर छन् तर केही मुसलमानहरू अरुभन्दा बढी बराबर छन्

मैत्रेय भाकल मैत्रेय भाकल
जेष्ठ २१, २०७८
- यो हप्ता, विचार
A A
0
Woman wrapped in an American Flag

Woman wrapped in an American Flag

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यस्तो लाग्छ कि अमेरिकाले इस्लाम धर्म र मुसलमानहरूप्रति घृणा तथा सन्त्रास भाव राख्छ। अमेरिकामा इस्लामोफोबिया अर्थात् मुसलामानप्रति सिर्जित घृणा ब्यक्तिगत र संस्थागत दुवै छन्। अमेरिकाद्वारा मुसलमानहरूमाथि थोपरिएका अनेकौँ इस्लामोफोबिक युद्धहरूलाई धेरै मानिसहरू ऐतिहासिक धर्मयुद्धहरुकै आधुनिक संस्करण मान्दछन्। हजार वर्ष अगाडि स्पष्ट रूपमा आफ्ना ‘पवित्र भुमि’लाई मुसलमानहरूबाट मुक्त गर्न र क्रिश्चियन तिर्थालुहरूका निम्ति सुरक्षित पदमार्ग सुनिश्चित गर्न धर्मयुद्धहरु लडिएका देखिन्छन्। त्यतिखेर, कुरा त्यतिमात्र थिएन, वास्तवमा त्यो इस्लामोफोबिक हठ र जमिन कब्जा तथा लुटपाटको सम्भाव्यताको खोजीको विषय थियो।

    एन्टि-टेरोरिजम् न्यारेटिभ

    त्यसबेलाको सोचाइबाट केही पश्चिमी देशहरू अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरूका लागि हिंसा सभ्यतागत विशेषता हो, त्याग्नु पर्ने विषय होइन। हिजोका दिनमा तिनीहरूका पुर्खाहरुले धर्मका आडमा हिंसालाई जायज ठहर्‍याएका थिए भने आज केही पश्चिमा नेताहरु “एन्टिटेरोरिज्म “(प्रति–आतङ्कवाद)’’ र “मानवअधिकार“ को आडमा हिंसालाई जायज ठहर्‍याउँदै छन्। “आतङ्क विरोधी युद्ध”मुल रूपमा इस्लाम धर्मविरुद्धको युद्ध थियो। “एन्टिटेरोरिज्म” (प्रति–आतङ्कवाद ) र “मानवअधिकार“ को आडमा हिंसालाई जायज ठहर्‍याउँदै छन्। “आतङ्कवाद विरोधी युद्ध” को बहानामा संसारभर १० लाख भन्दा बढी मुसलमानहरुलाई मारियो र ३ करोड ७० लाख मानिसलाई विस्थापित गरियो।

    अमेरिका, मुसलमानहरुलाई विदेश नीतिका औजार मात्र बनाइरहन्छ। मुसलमानहरूलाई पुर्ण रूपले दानवीकृत गर्दै र सबैजसो संस्थाहरूबाट बेदखल गरिसके पछि, अमेरिकाले मुसलमानहरूलाई भू–राजनीतिक चेस खेलका प्यादामात्र ठान्दछ। त्यसले के सोच्छ भने उनीहरू उपयोगी फेसो मात्र हुन्, जसको प्रयोग पक्ष वा विपक्षमा मनचाहे अनुसार प्रेम वा घृणा जगाउन  गरिएको छ।

    यति हुँदाहुँदै पनि कहिलेकाहीँ तलमाथि भइहाल्छ र मुखुण्डो उत्रिन्छ। कुनै समय अफ्गानिस्तानमाथि गरिएको अमेरिकी आक्रमणलाई “अनन्त न्यायका लागि कारवाही” (Operation Infinite Justice) नामाकरण गरिएको थियो, जसको उद्देश्य “प्रभुद्वारा चुनिएका मानिसहरु“ (God’s chosen people) द्वारा सैतानी साराकेनहरूलाई (अरबी मरुभूमिका घुमन्ते मुसलमानका जाति) ईस्वरीय न्याय प्रदान गरिएको देखाउनु थियो।

    भूतपुर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले, जो एक ईसाइ पनि थिए, दम्भपुर्ण उद्घोष गरे, “यो धर्मयुद्ध, यो आतंकवाद विरोधी युद्ध केही समयलाई चलिरहने छ।” व्यापक आलोचना र धक्का ब्यहोरेपछि हतारहतार कार्वाहीको नाम “दिगो स्वतन्त्रताको लागि कार्वाही“ (Operation Enduring Freedom) मा परिवर्तित गरियो, र त्यस उप्रान्त “धर्मयुद्ध” (crusade) भन्ने शब्द सार्वजनिक रुपमा कहिल्यै उच्चारण गरिएन। तर, यो बाह्रौं शताब्दी होइन। हाल मानविय चेत भएकाहरू कुनै जमानामा जस्तो धर्मबाट उत्प्रेरित हुँदैनन्। केही पश्चिमा नेताहरू पोपले “आफूलाई अह्राएको“ भन्दै धर्मयुद्ध लड्न र मुसलमानलाई मार्दै हिँड्न सक्दैनन्। आज, तिनीहरूले पहिले आफ्ना जनताबाट सहमति निर्माण गर्नुपर्छ र तबमात्र “लोकतान्त्रिक“ सरकारहरुले जनचाहना पूरा गरिरहेको दावी गर्नसक्छन्।

    अरब–चीन सम्बन्धमा भने क्रुद्ध

    उदाहरणका लागि हालैको चिन विरोधी अमेरिकी धर्मयुद्धलाई लिऊँ। चिन र अरब विश्वको सुमधुर सम्बन्धबाट अमेरिका व्याकुल र क्रुद्ध बनेको छ। यसले यीबीचको सम्बन्धमा भाँजो हाल्न अनवरत प्रयत्न गरिरहन्छ। हालसालै चिनको जिनजियाङ उइगुर स्वायत्त प्रान्तमा “जातिहत्या“ भएको भन्ने अमेरिकी प्रोपोगान्डा अभियान पनि एक हो। यसले चीनले मुसलमानहरूमाथि अत्याचार गरेको भन्ने कपोलकल्पित प्रमाणबाट मुस्लिम बहुसंख्यक देशहरू द्रवित हुने अपेक्षा राखेको थियो।

    यसका लागि, अनेकन कथाहरु कथिएका थिए। ती कथाहरूमा चीनले सिनजियाङमा नानाभाँतिका अत्याचार गरेको छ भनिएका हुन्थे। जातिहत्या, मूलवासीको औपनिवेशिकरण, यातना गृह, व्यापक धरपकड, दास श्रम, यातना, मानव अङ्गको खेति, मानवमाथि अनुसन्धान/प्रयोग, जबरजस्ती बन्ध्याकरण, सांस्कृतिक आमहत्या, धर्मका आधारमा सजाय हुनेजस्ता अनर्गल बयानवाजी गरिएका हुन्थे। अमेरिकी प्रोपागान्डा यन्त्रले के मात्र बाँकी राखेन? शव्दकोषमा भएजति सबै आरोपहरु चीनमाथि थोपर्‍यो।

    तर अन्ततः यी सबै हर्कतहरु नाङ्गिए। मुसलमान बहुल देशहरुलगायत धेरै राष्ट्रहरूले यो प्रोपोगाण्डाको निहितार्थ स्पष्ट देखे। मुसलमानहरूप्रतिको अमेरिकाको अगाध प्रेम चीन विरोधी प्रोपोगाण्डा हो भनेर सही तरिकाले बुझियो। संयुक्त राष्ट्र संघमा मुसलमान विश्वलगायत ८० देशले चीनको समर्थन गरे भने केवल ३९ देश अमेरिकाको पक्षमा उभिए। इसाई राष्ट्रहरू समेत हतारपतार पछाडि हट्न बाध्य भए।

    अरब विश्वमा अमेरिकालाई व्यापक घृणा गरिन्छ। उसलाई हत्यारो, जातीय सफाया गर्ने इसाई साम्राज्यको रूपमा हेरिन्छ, र जुन कुरा एक हदमा सही पनि हो। दोस्रो विश्वयुद्ध पछि अरु सबै राष्ट्रहरूले गरे जति भन्दा बढी अमेरिकाले एक्लैले जति मुसलमानहरुको हत्या गरेको छ। अमेरिकाले इजरायलीहरूबाट हुने गरेका बालबालिकासहित मुसलमानहरूको हत्या र इजरायलका मूलवासी औपनिवेसिकरण र जातीय सफायालाई समर्थन गर्दछ। हालैको एक हप्ताभित्रमात्र अमेरिका एक्लैले संयुक्त राष्ट्र संघबाट जारी गर्न लागिएको यहुदी सत्ताको आलोचना गरिएका तीनवटा बक्तब्य रोकिदियो।

    इजरायल र सियाचिन

    इजरायलको पक्षमा लागेर अमेरिका मुसलमान राष्ट्रहरूविरुद्ध जाइलाग्छ तर सियाचिनका मामिलामा भने उ मुसलमानको पक्षमा लागेको देखाउँछ। यो उदेक लाग्दो छ। हुन त अमेरिकीहरू विश्वका सबैभन्दा बौद्धिक मानिसहरू हुन् भनेर कसैले दावी गर्दैन तर उनीहरू यतिसम्म बेवकुफ हुनसक्छन् भन्ने कुराले धेरैलाई चकित तुल्याएको छ।

    अमेरिकाका लागि, मुसलमानहरु एक प्रकारले विदेश नीतिका औजार मात्र हुन्। मुसलमानहरूलाई पुर्णरूपले दानवीकृत गर्दै र सबैजसो संस्थाहरूबाट बेदखल गरिसके पछि, अमेरिकाले मुसलमानहरूलाई भू–राजनीतिक चेस खेलका प्यादामात्र ठान्दछ। त्यसले के सोच्छ भने उनीहरू उपयोगी फेसो मात्र हुन्, जसको प्रयोग पक्ष वा विपक्षमा मनचाहे अनुसार प्रेम वा घृणा जगाउन गरिन्छ। अमेरिकी नीतिमा विचित्रको अन्तरविरोध छ। उक्त नीति प्रायसः केही मुसलमानहरूलाई घृणा गर्ने र अन्य मुसलमानहरूलाई माया गर्ने खालको हुन्छ, जुन समयका एजेन्डा अनुसार यताउता भइरहन्छ।

    अत : ८० को दशकमा मुसलमानहरू अफगानिस्तानका गुफाहरूबाट “सैतान सोभियत संघ साम्राज्य’’विरुद्ध बहादुरीपुर्वक लडिरहेका “स्वतन्त्रता सेनानी’’ थिए। तर तिनीहरू नै सन् २००० ताका विशेष गरी ९/११ को आक्रमणपछि त्यही गुफाबाट अमेरिकी स्वतन्त्रतालाई नास गर्न तयार भएका “दुष्ट आतङ्कवादी“ बने। आज अमेरिकीहरूले सियाचिनमा “सैतान चिनियाँहरू’’बाट मुसलमानहरू सजायँ भोगिरहेका देखेको भन्दैछन्। तर वास्तविकता के छ भने यसै समयमा प्यालेस्टाइनमा मुसलमानहरू अमेरिका समर्थित इजरायली–यहुदी सत्ताद्वारा मारिइरहेका छन्।

    आश्चर्य छ कि, केही अमेरिकीहरूका दिमागमा के भरिएको छ भने– प्यालेस्टिनीहरू “खराब मुसलमान” थिए र मारिन योग्य थिए तर सियाचिनका असल मुसलमानहरू हुन् र उनीहरू सान्त्वनाका हकदार हुन्। यिनीहरुका नजरमा सबै मुसलमानहरु बराबर छन् तर केही मुसलमानहरू अरुभन्दा बढी बराबर छन्।

    साभारः ३० मई २०२१ मा सिजिटिएनबाट प्रसारित। अनुवादः दामोदर उपाध्याय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मैत्रेय भाकल

      मैत्रेय भाकल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.