Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन अर्जुनलाई समेत स्वर्ग लैजान सकेनन् कृष्णले ?

सबैभन्दा आश्चर्यको कुरा त के भने कृष्णका सबैभन्दा प्यारा मित्र भक्त भएको कुरा स्वयं कृष्ण बताउँछन् ‘‘इष्टोसि मे’ अर्थात् तिमी नै मेरो प्रिय हौ । यसरी आफनो प्रिय अर्जुनलाई समेत उनले पापबाट मुक्त गर्न र परमधाम लैजान सकेको देखिँदैन। जसका कारणले अर्जुनले नरकको यातना भोग्नु पर्यो भने साधारण मानिसको पाप काटेर कृष्णले मुक्त गरिदेलान भनेर हामीले कसरी पत्याउने र?

भोगेन्द्र कट्टेल भोगेन्द्र कट्टेल
भदौ १४, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ब्राह्मण/हिन्दू धर्ममा सबैभन्दा बढी चर्चा पाएको पुस्तक हो गीता। गीताका प्रमूख पात्र हुन् कृष्ण। कृष्णलाई विष्णुको अवतार मानेर पूजा गर्ने सम्प्रदाय पनि ठूलै छ। कृष्णलाई प्रमूख ईश्वर मानेर पूजा नगर्ने सम्प्रदायमा पनि गीताले महत्वपूर्ण ग्रन्थको हैसियत प्राप्त गरेको दखिन्छ। त्यसैगरि विष्णुका विभिन्न अवतार मध्ये पनि कृष्णलाई पूर्णावतार मानेको पनि पाइन्छ। गीतामा कृष्ण र अर्जुन बीचको बिचारोत्तेजक सम्बाद पाइन्छ । युद्धभूमिमा युद्ध गर्न हिच्किचाइरहेका अर्जुनलाई युद्ध गर्न प्रेरित गर्नु कृष्णको उद्देश्य देखिन्छ । त्यस क्रममा कृष्ण बभिन्न विषयमा आफ्ना दावी र घोषणा प्रस्तुत गर्दछन् । तसर्थ, यो लेखमा गीतामा कृष्णले गरेका दावी र तीनको सत्यासत्य के हो खोतल्ने प्रयत्न गरिनेछ ।

    दावी नं १ : अद्भूत स्मरण शक्ति

    पूरा गीतामा सबैभन्दा बढी र प्रष्ट रूपमा पाइने कुरा हो कृष्णको मपाइँत्वको प्रदर्शन । म नै सबै कारणको पनि कारण हुँ र म नै सबै थोक हुँ भनेर आफ्नो मपाइँत्वको प्रदर्शन गर्न कृष्ण कुनै कसर बाँकी राख्दैनन् । त्यसैक्रममा कृष्ण भन्छन् ः

    “अजोपि सन्नव्ययात्मा भूतानामीश्वरोपि सन् ।
    प्रकृतिं स्वामिधिष्ठाय सम्भवाम्यात्ममायया ” ४ः६

    (यद्यपी म अजन्मा तथा अविनाशी र समस्त जीवको स्वामि हुँ । तै पनि म प्रत्येक युगमा शरीरधारी जन्म लिन्छु।)

    यसै श्लोकको भाष्यमा प्रशिद्ध भाष्यकार श्रील प्रभूपाद लेख्छन् “कृष्ण पुरुष रूपमा प्रकट हुन सक्छन् किनभने उनमा बिगतका अनेकानेक जन्मको स्मृती रहिरहन्छ । तर सामान्य ब्यक्तिलाई केही घण्टा अगाडिकै घटनाको पनि स्मरण हुँदैन।”
    गीता ४ः५ मा कृष्ण अझ प्रष्ट रूपमा घोषणा गर्छन् :

    बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन।
    तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ।।

    (तिम्रो र मेरो अनेकानेक जन्म भैसकेको छ । मलाई त ती सबै जन्मको स्मरण छ तर तिमिलाई तिम्रो पूर्व जन्मको स्मरण हुन सक्दैन।) यसरी कृष्ण आफूसँग ईश्वरीय शक्ति भएको दावी गर्दै आफूले अगाडिका सम्पूर्ण जन्मको स्मरण गर्न सक्ने तर अरु सामान्य मानिसले आफ्ना पूर्वजन्मका घटना सम्झिन नसक्ने घोषणा गर्छन्। यसै श्लोको ब्याख्या गर्दै प्रभूपाद लेख्छन् ‘‘कृष्णलाइ लाखौँ वर्ष अगाडी सम्पन्न कार्यको पनि सम्झना हुन्छ तर अर्जुनलाई हुँदैन।’’ अर्थात् कृष्णलाई सामान्य मानिसलाई झैँ अगाडिका घटनाको विस्मरण हुँदैन। उनलाई प्रत्येक युगमा जन्म लिँदा अघिल्ला जन्मका सारा घटना याद भैरहन्छन् । अर्थात कृष्णमा अद्भुत स्मरण शक्ति छ । ईशवरीय शक्ति छ।

    अब परीक्षण गरौँ, के कृष्णमा कुनै ईश्वरीय शक्ति थियो त ? अथवा उनमा त्यस्तो दावी गरिएजस्तो स्मरण शक्ति थियो त ? यस दावीको सत्यासत्यको परीक्षण महाभारतबाटै गरौँ । महाभारत, अश्वमेधिक पर्व, अध्याय १६ मा महाभारतको युद्धपश्चात् अर्जुन आफूले युद्धमैदानमा पाएको उपदेश तथा ज्ञान आफ्नो विचलित चित्तका कारण बिर्सेकोले उक्त ज्ञान फेरि सुनाउन कृष्णसँग आग्रह गर्छन् । तब कृष्ण भन्छन् ‘‘त्यस समय मैले अति गोपनीय ज्ञानको श्रवण गराएको थिएँ तर तिमीले आफ्नो लापर्वाहीका कारण त्यो उपदेशलाई याद गरेनौ । अब मैले पनि ती कुराहरु स्मरण गर्न असम्भव छ । हे धनन्जय, अब म त्यो उपदेश जस्ताको तस्तै स्मरण गर्न र भन्न सक्दिन।’’

    अब बिचार गरौँ, केही दिन अगाडि आफैँले दिएको उपदेश सम्झिन नसक्ने कृष्णले आफूलाई पूर्वजन्मका सम्पूर्ण घटना स्मरण हुने भन्ने दावी पूर्णरुपमा झूटो र हावादारी गफ मात्र भएको पुष्टी हुन्छ । साथै आफू सर्वशक्तिमान ईश्वर हुनुको दावी पनि पुर्ण रूपमा असत्य सवित हुन्छ ।

    दावी नं २ : पापबाट मुक्ति

    गीता ९ः३२ मा कृष्ण उनको शरण पर्नेहरू ; पापयोनीवाला स्त्री, वैश्य या शूद्र नै भए पनि परमधाम जान्छन् भनेर आश्वासन बाँड्छन् । त्यस्तै गीताको अन्तिम अध्यायमा कृष्ण अर्जुनलाई आफ्नो दिव्य उपदेशको शार अर्थात महात्म्य बताउँछन् । उनी आफू नै एक मात्र शक्तिशाली परमेश्वर भएको र आफूले मात्र मनुष्यको उद्धार गर्न सक्ने बताउँदै भन्छन्, ‘‘सम्पूर्ण प्रकारको धर्मको परित्याग गर र मेरो शरणमा आउ । म सम्पूर्ण पापबाट तिम्रो उद्धार गर्छु । नडराउ । चिन्ता नगर ।’’ १८ः६६

    यसरी कृष्ण अर्जुनलाई आफनो शरणमा आएमा, आफनो भक्ति गरेमा, सारा पापबाट मुक्त गरिदिने र आफूसँगै परमधाम लैजाने वचन दिन्छन् । उनले आफनो यो वचन पुरा गर्न सके कि सकेनन् त हेरौँ । महाभारत, स्वर्गारोहण पर्व, अध्याय २ मा महाभारत युद्धपछि पाण्डवहरु स्वर्ग जाने भनेर आफ्नो यात्रा सुरु गर्छन् तर द्रौपदी र चार भाइहरू पाप कर्मका कारण बाटैमा मर्छन् र युधिष्ठिर मात्र स्वर्ग पुग्छन् । स्वर्गमा देवदुतले युधिष्ठिरलाई नरक घुमाउन लैजान्छन् । त्यहाँ नरकमा अर्जुनसहित अरु भाइहरू तथा द्रौपदी नरकको यातना पाएर रोइकराइ गरिरहेका भेटिन्छन् । तर अधर्मी भनिएका दुर्योधन चाहिँ आफ्ना सम्पूर्ण सेवकसहित अपूर्व सम्मानका साथ स्वर्गमा विराजमान थिए। २ः४० ४५

    सबैभन्दा आश्चर्यको कुरा त के भने कृष्णका सबैभन्दा प्यारा मित्र भक्त भएको कुरा स्वयं कृष्ण बताउँछन् ‘‘इष्टोसि मे’ अर्थात् तिमी नै मेरो प्रिय हौ । यसरी आफनो प्रिय अर्जुनलाई समेत उनले पापबाट मुक्त गर्न र परमधाम लैजान सकेको देखिँदैन। जसका कारणले अर्जुनले नरकको यातना भोग्नु पर्यो भने साधारण मानिसको पाप काटेर कृष्णले मुक्त गरिदेलान भनेर हामीले कसरी पत्याउने र? अत: आफ्नो ईश्वरत्वको स्वघोषणा गरेर सबै पापबाट छुटकारा दिलाई दिव्यलोक लैजाने कृष्णको आश्वासन पूर्ण रूपमा एक झूट सवित हुन्छ । साथै झूटको खेती गरेसँगै कृष्णको सर्वशक्तिशाली परमेश्वर हुनुको घोषणा पनि असत्य सावित हुन्छ । ईश्वरले यसरी झूटो कुरा गर्न मिल्छ ? ईश्वरले आफनो वचन पुरा गर्नु पर्दैन ?

    दावी नं ३ : कृष्ण अर्जुन संबाद

    गीतामा दिइएको कृष्ण र अर्जुनको संवाद युद्धमैदानको बीचमा भएको अर्थात् कृष्णले युद्धमैदानभित्रै अर्जुनलाई मौखिक उपदेश दिएका थिए भन्ने ब्याख्या साथै आम बुझाइ रहेको पाइन्छ । तर गीताको अध्याउ १८ः७० मा कृष्ण भन्छन् :

    ‘‘अध्येष्यते च य इमं धर्म्यं संवादमावयोः । ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः ।।’’ (जसले हामी दुईको यो संवाद पढ्छ, उसले आफ्नो बुद्धिले मेरो सेवा गर्छ । यदि कृष्ण र अर्जुनबीच साँच्चै संवाद भएको भए अनि कृष्णले अर्जुनलाई मौखिक उपदेश दिएको भए कृष्णले ‘‘जसले हाम्रो संवाद पढ्छ’’ भनेर ‘‘अध्येष्यत’’ शब्दको प्रयोग गर्ने थिएनन्। युद्धक्षेत्रमा भएको मौखिक संवाद अरुले कसरि पढ्ने ? त्यो पनि युद्धमैदानको बीचमा दुईजनाबीच भएको गोप्य वार्ता अरुले कसरी पढ्ने ?

    बरु जसले यो संवाद सुन्छ भन्न सकिन्थ्यो । यसबाट के प्रष्ट हुन्छ भने कृष्ण र अर्जुन बीचको संवाद रूपमा गीताको रचना कसैले घरमै बसेर गरेको थियो । त्यसैले लेखक यो श्लोक लेख्ने बेलामा चिप्लिए । उनले यस श्लोकलाई मौखिक संवादको ढाँचामा लेख्न बिर्सिए । यसरी कृष्ण र अर्जुनबीच युद्धक्षेत्रमा भएको भनिएको संवाद र उपदेश पूर्ण रूपमा काल्पनिक भएको प्रमाणित हुन्छ ।

    दावी ४ : सर्वज्ञता

    गीतामा कृष्ण जताततै आफू सर्वेसर्वा शक्तिशालि तथा सर्वज्ञ भएको दावी गरिरहेका भेटिन्छन् । तर के उनी साँच्चै सर्वज्ञ थिए त ? गीता १५ः१८ मा कृष्ण भन्छन् :

    ‘‘तोस्मि लोके वेदे च प्रथितः परुषोत्तमः ।।’’ (म यस संसारमा तथा वेदमा पुरषोत्तम नामले प्रसिद्ध छु ।)

    तर वेदमा त ‘‘पुरषोत्तम’’ नामको कुनै शब्द नै छैन (हेर्नुहोस, अ ग्रमाटिकल वर्डइन्डेक्स टु फोर वेदज,१९६४, विश्ववन्धु शास्त्री ) । जब वेद स्वयं पुरुषोतत्म शब्द या उक्त नामको कुनै ब्यक्ति चिन्दैन भने ‘‘म वेदमा पुरुषोत्तम हुँ’’ भनेर दावी गर्नु त सर्वज्ञताको प्रमाण नभएर अज्ञानको घोषणा पो भयो नि !

    अनि, संजयको दिव्य दृष्टी :

    व्यासजीले संजयलाई दिव्यदृष्टी प्रदान गरेको र उनले दरवारमै बसी कुरुक्षेत्रको युद्ध हेर्दै त्यो विवरण प्रत्यक्ष रूपमा धृतराष्ट्रलाई सुनाएको दावी गर्ने गरिएको पाइन्छ । धेरैले संजयको दिव्यदृष्टीलाई धार्मिकताको रंग पोतेर एक अकाट्य सत्यको रूपमा ब्याख्या गर्ने गरेको पाइन्छ । के त्यो साँच्चै नै सत्य थियो या एक कविको कल्पना मात्र ? हेरौँ महाभारत भिष्मपर्व १३औं अध्यायमा भएको विवरण ‘‘भूत वर्तमान र भविष्यका ज्ञाता एवं सबै घटना प्रत्यक्ष देख्न सक्ने गवल्गण पुत्र विद्वान संजयले युद्धभूमिबाट फर्किएर चिन्तामग्न धृतराष्ट्र छेउ गई अत्यन्त दुःखी हुँदै भरतवंशका पितामह भीष्म युद्धभूमिमा मारिएको समाचार सुनाए।’’

    यहाँ प्रष्ट रूपमा संजय दिनभर युद्धभुमीमा बसी युद्ध हेरेर र साँझ दरवारमा फर्किएर धृतराष्ट्रलाई दिनभर युद्धमैदानमा घटेका घटना बताउने गरेको उल्लेख छ । यदि संजयसँग कोठामै बसेर कुरुक्षेत्रको लडाईँ देख्नसक्ने दिव्यदृष्टी भएको भए उनी युद्धभुमीमै किन गइरहन्थे? त्यसैगरि संजयले प्रयोग गरेको भाषाको विवेचन गर्ने हो भने पनि संजयको दिव्यदृष्टी असत्य सावित हुन्छ ।

    यहाँ संजयले युद्धका सम्पूर्ण घटना बताउँदा भूतकालिक क्रियापदको प्रयोग गरेका छन्। यस पर्वका पूरा १३, १४, १५ १६ अध्यायमा संजय ‘‘यस्तो भयो, भएको थियो, भइरहेको थियो, तिनीहरुले यसो गरे, भने’’जस्ता भूतकालिक क्रियापदको प्रयोग गर्छन् । तर यदि संजयले दरबारमै बसेर दिव्यदृष्टीको सहायताले युद्धका घटना प्रत्यक्ष हेर्दै धृतराष्ट्रलाई सुनाएको भए उनले, ‘‘यसो भइरहेको छ, फलानोले यसो गर्दैछ, यसो हुन लाग्दैछ’’जस्ता वर्तमानकालिक क्रियापदको प्रयोग गर्ने थिए ।

    त्यसैगरी गीताको पहिलो श्लोकमा धृतराष्ट्र संजयलाई सोध्छन्, ‘‘ए संजय, धर्मक्षेत्र कुरुक्षेत्रमा युद्ध गर्न एकत्र भएका मेरा तथा पाण्डुका पुत्रले के गरे (किमकुर्वत=किम– के + अकुर्वत –गरे) ?’’ यदि धृतराष्ट्रको अगाडि बसेर संजयले प्रत्यक्ष युद्ध हेरिरहेको भए धृतराष्ट्रले ‘‘मेरा र पाण्डु पुत्रहरूले के गरे?’’ भनेर भूतकालिक क्रियापद प्रयोग गर्नुको साटो ‘‘के गर्दैछन्?’’ जस्तो वर्तमानकालिक क्रियापद प्रयोग गर्ने थिए । यसरी, संजयको दिव्यदृष्टीको प्रसंग पनि पूर्ण रूपमा काल्पनिक साबित हुन्छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      भोगेन्द्र कट्टेल

      भोगेन्द्र कट्टेल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.