Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महामारीविरुद्ध नेवार जातिको लकडाउन कस्ता छन्?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ३, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डा.रोशन श्रेष्ठ । कोरोनाभाइरसको आतंक फैलिएको समयमा हाम्रा पुर्खाहरु यस्तो अवस्थामा के गर्थे भन्ने मनन गर्नु वान्छनीय देखिन्छ । क्वारेन्टाइन, आइसोलेशन, लकडाउन जस्ता शव्दहरु घरेलु शव्द जस्तै भएको अवस्थामा हाम्रा पूर्खाहरुले गरेको‍‍ अभ्यास तथा रितिथितिहरुको सान्दर्भिकता स्मरणयोग्य छ।

    जहाँ जता पुगेपनि गुचमुच्च एकै ठाउँमा बस्ति बसालेर त्यहि बस्तिलाइ शहरको रुपमा विकास गर्दै शहरिया सभ्यता अँगालेर सम्पन्नता हासिल गर्ने नेवारहरुको घर (समाज आन्तरिक रुपमा भने निकै ‘रुढीबादी’) तथा जटील नियमहरुको गञ्जागोलमा जेलिएको मानिन्छ।

    स्वतन्त्रताको आधुनिक नजरले हेर्दा बुझेर बुझ्न नसकिने त्यस्ता थुप्रै कुराहरुले हामी सबैलाइ रोमाञ्चकता होइन ‘दिक्कलाग्दो’ बनाएको थियो कुनै बेला। र हामी नै हो ती “रुढीबादी परम्परा” लाइ च्यातचुत पारेर भत्काउनु पर्छ भन्ने “उग्र क्रान्तिकारीता” मा लठ्ठिएर बुज्रुक वयस्कहरुका पुर्खौली ज्ञानमाथि धज्जी उडाउदै तिरस्कार गर्ने लठुवाहरु पनि।

    तर आधुनिक आवश्यकताहरु मनन गर्दै जाँदा हामीले क्रमशः तिनै पुर्खाहरुको ज्ञानभण्डार र आनीबानीलाई पुनरावलोकन गरी असल अभ्यासको लेखन गर्नु पर्ने भएको छ।

    डा.रोशन श्रेष्ठ

    जस्तो कि उदाहरणार्थ, क्वारेन्टाइन  यो शव्द अचेल कोरोनासित लड्ने महामन्त्र जस्तो भएको छ। धेरैलाइ यसको अर्थ राम्रोसित थाहा छैन। १४ दिन कतै अलग्ग राख्नु नै क्वारेन्टाइन हो भन्ठान्छन् प्राय मानिस (जुन गलत बुझाइ हो। ल्याटिन शव्द क्वाद्रागिन्ताबाट परिणत हुँदै इटालियन शव्द बनेको क्वारान्ताको अर्थ ४० हो भने ४० दिन अरुबाट छुटाएर राख्ने (जुन एकखालको सँजाय थियो) प्रचलन क्वारेन्टाइन भयो।

    छुटाएर राख्ने वा आफै छुटिएर बस्ने चलन आइसोलेशन, सेल्फ-आइसोलेशनको प्रचलन नेवार समाजमा पहिला देखि नै छ। यसलाइ ‘पुच्वनेगु’ भनिन्छ।

    रोगब्याधि र आवश्यकताको प्रकार अनुसार फरक फरक पुच्वनेगु प्रचलन थियो। अहिले पुच्वनेगु शव्द मात्र होइन भाषा नै बिलुप्त हुने अवस्थामा पुग्दा ती प्रचलन र त्यसपछाडि लुकेको ज्ञान जम्मै नष्ट भएर जानु स्वभाविकै हो।

    विभिन्न महामारी चल्दा आइसोलेशन यसरी गरिइन्थ्यो जस्तैः

    • झारबान्ता वल कि निवास् पुच्वनेगु अर्थात हैजाको महामारी फैलिदा २ हप्ता आइसोलेशन

    • तस्कै वल कि प्यवास् पुच्वनेगु  अर्थात् बिफर फैलिदा ४ हप्ता आइसोलेशन।

    • नां काये मज्यूम्ह पुन कि खुवास् पुच्वनेगु अर्थात्  थाहा नभएको, नयाँ खाले, संक्रमण भए ६ हप्ता आइसोलेशन। ६ हप्ता भनेको ४२ दिन, अर्थात् ४० दिनको हाराहारी क्वारेन्टाइन। यी नेवार वस्तिमा प्रचलनमा थिए।

    अहिले विज्ञानले भन्दैछ कोरोनाभाइरस संक्रमणबाट पूर्ण मुक्तिको निमित्त ३४ दिन आइसोलेशन आवश्यक पर्छ। दिनको हिसाबले शताव्दियौं पुरानो नेवार परम्परागत ज्ञानको नजिक बिज्ञान पुगेछ भन्न मिलेको अवस्था छ।

    यसबाहेक ब्यापार वा धर्मकर्मको सिलसिलामा टाढाको यात्रा गरी फर्किए उनीहरुलाइ पनि ‘निवास् पुच्वनेगु’ (दुइ हप्ते आइसोलेशन) मा अनिवार्य राखेर त्यसपछि मात्र सगुन दिई घर भित्राइने नियम थियो पहिला।

    अर्थात् विविध रोग र आवश्यकताअनुसार क्वारेन्टाइन मात्र होइन अन्य थरीथरीका आइसोलेशन नेवार समाजमा विद्यमान थियो भन्ने बुझिन्छ, जुन हामीले बिर्सिएपछि भोली पश्चिमाहरुबाट फेरि सिक्ने होला।

    दैनिक रुपमा चलनचल्तिका नियमहरु पनि स्वास्थ्य चेतना प्रेरित थिए । जस्तो कि, घरबस्ति बाहिर गई कामबाट फर्किदा ‘ल्हास् तुति सिलास् दुहाँ वयेगु’ अर्थात हात खुट्टा धोएर घर पस्ने नियम थियो पहिला  त्यसको लागि बस्ति छिर्ने मुलबाटोमा बस्ति नजिकै पुगेपछि ‘हिति’ (ढुङ्गेधारो) को ब्यवस्था थियो पहिला ।

    दैनिक रुपमा बाहिर दिनभरी काम गरी फर्केर घरभित्र पसेपछि ‘म्हुतु च्वलास् जक न्ववायेगु’ अर्थात्  मुख पानीले कुल्ला कुल्ला गरेर मात्र अरुसित बोल्ने कुराकानी गर्नेु नियम थियो पहिला । ‘म्हुतु च्वलेगु’ नगरेसम्म कुरा समेत नगरी हातको इशाराले कुरा गर्नु पर्ने कडा नियम थियो पहिला ।

    पुनेयस्गु थाय्, पुनास्हैगु थाय् अर्थात संक्रमण हुने सम्भावित ठाँउहरु छ्वास, दुबात आदि पहिले नै पहिचान गरेर राखिन्थ्यो । कोहि संक्रमित भएर विरामी भए ‘पुँइ हनेगु (जसको शाव्दिक उल्था अरु कुनै पनि भाषामा छैन) गरिन्थ्यो । कपासको डल्ला डल्लाको बीचमा सिम्रिक रंग दलेर लामो सिन्कामा झुन्डाइ बनाइने पुँइ ले अरु मानिसलाई यो ठाँउमा रोग लगाउने कुरा सक्रिय छ, यहाँबाट पर बसु भन्ने चेतावनी दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

    बौ तयेगु (यसको पनि शाव्दिक उल्था उपलव्ध छैन) भनिने स्वास्थ्यलाभको निमित्त गर्ने प्रचलन किन गरिन्छ।  यसपछाडिको वैज्ञानिक कारण के के छन भन्ने रहस्यकै गर्भमा छ। यस्तै थाहा हुन नसकेको अरु स्वास्थ्यलाभका नेवार प्रचलनहरु किगस् ह्वकेगु, गुँ थनेगु, पियास् छ्वयेगु, पुकेगु, आदि छन् जुन अन्य भाषामा शव्द नै छैन। ज्ञात अज्ञात किटाणु वा भाइरसहरुबाट तिनले मुक्ति कसरी दिन्छ भन्ने पनि रहस्यको गर्भ मै लुकेको छ। यस्ता प्रक्रियामा संलग्न हुनेले आफै पनि हातखुट्टा मुख सबै नवद्वार पखालेर शुद्ध भई त्यो प्रक्रिया थालेर समाप्त भइसकेपछि फेरि नवद्वार पखालीसकेपछि मात्र अरुसित बोल्न पाइने कडा नियम विद्यमान छ।

    भाइरस जस्ता अदृष्य किटाणुहरुसित लापरवाहि नगर है भन्ने ज्ञानचेतनाकै कारण ती कडा नियमहरु बनेको हो ।

    अलि ब्यापक प्रचलनमा रहेको र बुहार्तनको मामिलामा झञ्ञटिलो शव्द चिपनिपु अर्था जुठोचोखो पनि स्वास्थ्यचेतना सित सम्बन्धित नियम नै हो। चिपं थिल भन्दाखेरी जुठो भयो, अपवित्र भयो, फोहर भयो भन्ने बुझिन्छ । ुचिप भ्यास् जुलु पनि भनिने अर्को खाले संक्रमण छ, जसको शाव्दिक उल्था पश्चिमा मात्र होइन नेपालकै अरु भाषाभाषिमा पनि शायद छैन होला । यस्तै ुचिपं स्वातु भन्ने फेरी फरक खाले संक्रमण पनि छ, यो पनि राम्ररी बुझ्न बुझाउन बाँकि नै छ।

    मृत्युकर्म वा अशक्त विरामीलाइ सहायता गरेर फर्केपछि ‘कस्थियेगु’ भन्ने प्रचलन छ। यो चलनमा हातखुट्टा सफा गर्नको लागि मँरहेम्व (धानको भुस) र कः (जाँड वा रक्सि पारेर बचेको रेजिड्यू) मिसाइ त्यसले हातखुट्टा राम्रोसित माडेर धोइपखाली गर्ने चलन थियो। अचेल भने कर्मकाण्डी पारामा त्यो मिश्रणमा खुट्टाको औलामात्र चोपल्ने गरिन्छ। यो चलन पनि हात खु्ट्टामा रहन सक्ने किटाणु जिवाणु नष्ट गर्नुपर्छ भन्ने चेतनाको अवशेष नै हो ।

    त्यस्तै कतिपय संस्कारहरुमा ‘खौ कायेगु’ चलन छ । सरसफाइ गरिसकेपछि तोरीको पिना लिएर अनुहार हात जस्ता ‘एक्सपोज’ हुने छालामा पिना दल्ने प्रचलनलाइ ‘खौ कायेगु’ भनिन्छ । तोरीको तेल तथा पिनाको यस्तो प्रयोगले भाइरसबाट कसरी बचाउँछ भनेर पहिला पनि बताइसकेको छु।

    यस्ता परम्परागत ज्ञानहरु परिष्कृत गर्दै समयसापेक्ष गर्दै लानु पर्नेमा, उल्टो झन ‘रुढीबादी’   भन्दै तिरस्कार गर्ने, तथा नयाँ पुस्तामाझ भाषा नष्ट भएसँगै ती ज्ञानहरु पनि नष्ट हुँदै गएको अवस्था छ। यस्तो दुखद सिलसिला कसरी अन्त्य हुने हो खै? आज आएर नेवार समाजले विकास गरेका यस्ता अनगिन्ति ज्ञानगुणका कुराहरु नेवारलाइ बुझाउनको निमित्त पनि अरु भाषाको सहारा लिन पर्ने दुखद परिस्थिति आएको छ ।

    परम्परागत ज्ञान पनि भाषाबिलिन भएसँगै बिलिन भएर जाने अवस्था देखिएको छ। www.rajshrestha2002.com.np/ बाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.