Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के कारण मान्छेहरू आगोमा दौडन सक्छन्?

आगोमा दौडेकै कारण कसैले आफूलाई दैवी शक्ति भएको बताउँछ भने उसले तपाईँलाई मुर्ख बनाइरहेको छ।

nepal_readers nepal_readers
मंसिर २०, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आफूमा दैवी शक्ति भएको बताउने धार्मिक पुजारी या झाँक्रीहरूले विश्वका अनेकौँ ठाउँमा आगोको कोइलामाथि दौडेर आफूलाई बेग्लै क्षमता भएको भन्दै सर्वसाधारणहरूलाई ठग्ने काम गर्ने गरेका छन्। अहिले पनि यो अभ्यास नेपाल भारतलगायत विश्वका अनेक ठाउँहरूमा विद्यमान छ।

    झाँक्रीहरू आगोमा दौडेको देखेपछि सर्वसाधारणहरूले त्यसलाई ईश्वरीय शक्तिकै कारण झाँक्रीहरूले त्यसो गर्न सकेको ठान्ने गरेका छन्। झाँक्रीको ‘विशिष्ट क्षमता’ देखेर जिभ्रो काढ्ने गरेका छन्। तर जसरी र जस्तो आगोमा झाँक्रीहरू दौडन्छन्, विज्ञानका दृष्टिबाट हेर्दा त्यो सामान्य कुरा हो। र, त्यस कुरालाई प्रमाणित गर्नका लागि वैज्ञानिक र समाज सुधारकहरू आफैँमा आगोमा दौडेका पनि छन्। यो भ्रम चिर्न उनीहरूले अनेकौँ प्रयास पनि गरेका छन्।

    विश्वका सबैजसो भेगमा हजारौँ वर्षअघि पहिलेबाट आगोको कोइलामा दौडने अभ्यास हुने गरेको छ। अनेकौँ धर्म र संस्कृतिहरूले ईश्वरीय शक्तिको दुहाइ दिएर यस्ता अभ्यासहरू गर्ने गर्थे। अध्ययनहरूले करीब ३ देखि ४ हजार वर्षअघिदेखि यस्ता अभ्यासहरू संसारका अनेक भागमा चलेको देखाएका छन्। र, विज्ञानले आगोमाथि दौडने कुरा सामान्य हो भनेर यसको व्याख्या गरेको एक सय वर्षभन्दा बढी भइसकेको छ। तर पर्याप्त वैज्ञानिक शिक्षाका अभावका कारण अझै पनि सर्वसाधारणहरूले आगोमा दौडनुलाई चमत्कारै ठान्ने गरेका छन्।

    सन् १९३० मा युनिभर्सिटी अफ लण्डनको काउन्सिल फर फिजिकल रिसर्चले आगोमा दौडनुको बारेमा वैज्ञानिक अध्ययन गर्नको लागि दुई फरक आगो दौडको आयोजना गर्यो। यस खालका दौडहरू अन्य अध्ययन संस्थाहरूले पनि गरेर र निचोड निकाले कि कुनै दैवी शक्तिका कारण आगोमा दौडन सम्भव भएको होइन। बरु आगोमा दौडन सम्भव हुनुको कारण कोइलाको कम ताप प्रसारण (थर्मल कन्डक्टिभिटि) हो। र, कोइलामा पाइतालाले छुने समय जति कम भयो, उति नै राम्रो हुनेगर्छ। नियमित आगोमा दौडने अभ्यास गर्नेहरूले यसलाई झनै कुसलातपूर्वक सम्पन्न गर्छन्।

    भारतका कतिपय गाउँठाउँमा बोक्सी र भुतप्रेत हटाउने भन्दै झाँक्रीहरूले आगोमा कुदेर आफूलाई दैवीशक्ति भएको भ्रम छरिरहँदा त्यहाँको प्रहरी स्वयंले पनि विभिन्न ठाउँमा आगोमा आफैँ दौडेर देखाउने गरेका छन्।

    ‘आत्मविश्वासले सम्भवै नभएका काम पनि गर्न सकिन्छ’ भन्दै अमेरिकालगायत पश्चिमा देशहरूमा चलेको ‘आत्मविश्वास बढाउने’ उपायको कोर्स भन्दै आगोमाथि दौडने कोर्सहरू केही दशक पहिले खुबै लोकप्रिय थिए। यो पैसा कमाउने धन्दाकै रूपमा त्यहाँ चलेको थियो। यस्ता कोर्स चलाउनेहरूले ‘केबल आत्मविश्वासका कारण आगोको कोइलामाथि हिँड्न सकिन्छ’ भन्दै समाजमा हाउगुजी फैलाए। सामान्य भौतिक विज्ञानबाट यसको हल नभएको उनीहरूको प्रचार थियो। पदार्थभन्दा मन ठूलो भएको व्याख्या गर्थे उनीहरू।

    तर बर्नड जे लेइकान्ड र विलियम जे म्याकार्थीले सन् १९८५ मा एउटा पुस्तक प्रकाशित गर्दै उनीहरूले ‘अँगारको कम ताप प्रसारण गर्ने स्वभाव र आगोमा हिँड्ने मान्छेले कोइलालाई छोटो समयमात्र कुल्चने भएकाले कोइलामाथि हिँड्न सम्भव भएको’ उल्लेख गरे। स्मरणीय छ, आगोमा दौडनेहरूले काठ बलेर कोइला भइसकेपछि मात्र दौडने गर्छन्।

    त्यसको कारण काठ कोइला बनिसक्दा काठको बाहिर भाग जलेर खरानी भएको हुन्छ र प्रायजसो कोइला खरानीले पुरिएको अवस्थामा हुन्छ। खरानी आफैँमा तापको कुचालक (कमजोर प्रसारक)हो। अतः खरानीयुक्त कोइलामा छिटोछिटो हिँड्दा आगोले पाइताल छुन पाउँदैन र पाइताला जल्दैन। माथि नै उल्लेख गरियो, यसका लागि दौडने व्यक्ति चंख र छरितो हुनुपर्छ। उसको पाइतालाले कोइलामा आधा सेकण्ड वा त्योभन्दा मात्र राख्नुपर्छ।

    पहिलो कुरा त छोटो दुरीमा यस्ता कोइलाहरू बिच्छ्याइन्छ र आगोमा दौडने समय नै अत्यन्त कम हुन्छ। तर त्यति हुँदाहुँदै पनि भुलवस र असावधानीका कारण कहिलेकाहीँ आगोले छ्वास्स पाइताला पोल्न पनि सक्छ भनेर यस्ता आगो दौड गर्ने जोगीर झाँक्रीहरू सचेत नै हुन्छन्। त्यसकारण, उनीहरूले आगो–दौड सकिने स्थानमा पानीका बाटामा पानी राख्छन् वा पानीले भिजाएका टालाहरू ओच्छ्याउने गर्छन्। त्यसो हुँदा आगोले छ्वास्स पोलिहाले पनि तत्कालै पानीले फोका उठ्न दिँदैन।

    त्यसकारण आगोमा दौडेकै कारण कसैले आफूलाई दैवी शक्ति भएको बताउँछ भने उसले तपाईँलाई मुर्ख बनाइरहेको छ। ख्याल राखौँ। विज्ञान बुझौँ। कुनै पनि जादु टुना र भ्रमहरूमा नपरौँ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.