Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनको गरिबी उन्मूलनको सफलताले संसारलाई के सिकाउन सक्छ

पश्चिमी दुनिया धेरै धनी हुनुमा शताब्दीयौको नरसंहार र साम्राज्यवादी सम्पत्तिको जम्माखोरीको कारण हो

मैत्रेय भाकल मैत्रेय भाकल
फाल्गुन १५, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गरीबीमा बाँच्न नपर्ने अधिकार मानव अधिकारको लक्ष्य हो। गरीबी उन्मूलन गर्नु आजको मानव सभ्यताको सबैभन्दा जरुरी र महत्त्वपूर्ण काम हो। यसैकारण यो काममा जन गणतन्त्र चीनमात्र होइन कैयन देशहरू केन्द्रित छन्।

    यदि विश्वमा न्याय छ भने (अर्थात् यसलाई पश्चिमले कव्जामा नराखेको भए) र यदि परिणामलाई ध्यान दिने र परम्परामा कम जोड दिएर पुरस्कार दिइने भए अर्थशास्त्रको नोबेल पुरस्कारमा चिनीयाँ कम्युनिष्ट पार्टीको दावी पुग्ने थियो। गत ७ दशकमा चीनले ८५ करोड जनताहरूलाई गरिबीको रेखाभन्दा माथि पुर्‍याएको छ जुन विश्वव्यापी गरीबी उन्मूलनको ७० प्रतिशत भन्दा बढी हो। जसले मानव इतिहासमा एक रेकर्ड स्थापित गरेको छ।

    १९९४ मा, चीनले राष्ट्रिय गरीबी उन्मूलनसम्बन्धी एक महासभा गरेको थियो। जसले चीनको गरीबी उन्मूलन कार्यक्रमको आधारभूत योजना तर्जुमा गरेको थियो। योजनामा गरिब घरपरिवारलाई जमिन भाडामा दिने, शिक्षा र स्वास्थ्य सुधार गर्ने, रोजगारीका अवसरहरू उपलब्ध गराउने, सामूहिक विद्युतीकरण सुनिश्चित गर्ने, र ग्रामीण क्षेत्रमा व्यावसायिक शिक्षा र प्रशिक्षण प्रदान गर्ने विषयहरू थिए।

    यी सबैलाई कार्यान्वयनमा क्रमशः गरिए। उदाहरणका लागि २००० सम्ममा कार्यक्रममा समावेश ९५ प्रतिशत गाउँहरुमा बिजुली सुविधा पुर्‍याइए।

    शुरुमा चिनियाँ सरकारले गरीबी उन्मूलन गर्नुको सट्टा न्युन गर्नमा ध्यान केन्द्रित गर्‍यो। यसले सन् २०१५ को उत्तरार्धमा मात्र, चिनियाँ सरकारले २०२० सम्ममा गरीबी उन्मूलन गर्ने आधिकारिक रूपमा प्रतिबद्धता जनायो। नेतृत्वले “दुई समस्याहरु” (अपर्याप्त भोजन र अपर्याप्त कपडा) को समाधान गर्ने र “तीन ग्यारेन्टीहरू” (स्वास्थ्य सेवा, शिक्षा र आवासमा पहुँच) गर्ने संकल्प गर्‍यो।

    नोभेम्बर २०२० मा, अधिकारीहरूले देशका अति नै गरिब ९ काउन्टीहरूमा निरपेक्ष गरीबी हटाइएको घोषणा गरेका थिए। संयुक्त राष्ट्र संघीय दिगो विकास– २०३० अनुसार २०३० सम्म यो लक्ष हासिल गर्न भनिएको थियो तर चीनले १० बर्ष अगाडि नै अभावको जिन्दगीबाट जनतालाई मुक्त गर्‍यो। यतिले नै सबैभन्दा राम्रो प्रणाली भनिने पश्चिमी शैलीको प्रजातन्त्र र पुँजीवादलाई जवाफ दिएको छ।

    विगतका आठ बर्षमा करीव १० करोड जनसंख्या आश्चर्यजनकरुपमा गरीबीबाट मुक्त भएका छन्।  गरीबी उन्मूलनको मूल्यांकन गर्न आधारभूत मापदण्ड आय मात्र होइन – यसभित्र खाना र कपडा, आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी, आवास र शिक्षा समावेश हुन्छन्। चीनको न्यूनतम जीवनस्तरको गारेन्टी (चीनमा डिबाओ भनिन्छ) विश्वमा नै सबैभन्दा ठूलो सामाजिक सुरक्षा-नेट प्रोग्राम मानिइन्छ।

    यद्यपि चुनौतिहरू अझै बाँकी छन्, जसमध्ये आयमा असमानता प्रमुखरुपमा देखिएकोछ। यो चुनौतीपूर्ण हो जुन कुरा अति नै महत्वको विषय हो। यसबारे रुचिर शर्माले आफ्नो पुस्तक “द राइज एण्ड फल अफ नेशन्स” मा एक रोचक सन्दर्भ दिएका छन्।

    १९८० को दशकमा विश्व बैंकको फोरममा तत्काल अपरिचित भारतीय अधिकारी मनमोहन सिंह (जो पछि भारतको प्रधानमन्त्री भए) ले एक चिनियाँ अधिकारीलाई सोधे – के उद्योगपतिहरुलाई विशेष अनुदान दिएर तटीय क्षेत्र निर्माण गर्ने चीनको कदमले शहरहरु र ग्रामीण इलाकाहरुबिचको सम्पत्तिको खाडल बढ्ने जोखिम हुँदैन र? चिनीया अधिकारीले “म पनि यस्तै विश्वास गर्दछु” भन्ने जवाफ दिएका थिए।

    उनले चीनको आर्थिक सुधारमा आधारित एउटा मुख्य विचार व्यक्त गर्दै थिएः धनी हुनु केवल गौरवशाली थिएन, तर देशका केही क्षेत्रहरु अरु भन्दा अगाडि धनी हुने अपेक्षा गरिएको थियो। त्यो १९८० को दशक कुरा थियो। आज, चीनले गरीब र पश्चिमी क्षेत्रहरूको लागि चीनको आर्थिक सुधारबाट धेरै अंश दिनु पर्ने समय आएको छ।

    चीन २०२१ को अन्त्यसम्ममा शियाओकांग, या “मध्यमरूपको समृद्धि,” गर्ने आफ्नो निर्धारित लक्ष्य प्राप्तिका लागि दृढतापूर्वक व्यस्त छ। यसको लक्ष्यलाई ईर्ष्यालु पश्चिमी पर्यवेक्षकहरूले केवल अव्यवहारिक र अनावश्यक बकवास भन्दै खारेज गर्दैछन्। तथापी, यो मापनयोग्य लक्षसँग जोडिएको उद्देश्य पूर्ण रूपमा वैज्ञानिक छः २०१०को प्रति व्यक्ति आय स्तरको दुईगुना।

    अचम्मको कुरा होइन– पश्चिमी मिडियाले गरीबी न्यूनीकरणमा चीनको ठूला सफलताहरुलाई बेवास्ता गर्न वा चर्चामा नल्याउन खोज्दछ। हुन त, गरीबी न्यूनीकरणको रिपोर्टिंग दिक्कलाग्दो हुन्छ। यसको विपरित शिनजियाङ्गको “नरसंहार” रिपोर्टिंग गर्न सजिलो छ र त्यसले धेरै क्लिकहरू प्राप्त गर्दछ। तरपनि,  पश्चिमा मिडियाहरुले समाचारका पाठकहरु गृह–पृष्ठमा नफर्किउन् भनेर गलत समाचार राख्न सावधानी अपनाउछन्।

    पश्चिमी राष्ट्रहरूले उनीहरू धनी हुनुको कारण त्यहाँको उत्तम राजनीतिक प्रणालीका कारणले हो भनेर विश्वास दिलाउन हामीलाई हरदम प्रयत्न गर्छन्। तर सत्य कुराचाहीँ के हो भने पश्चिमी दुनिया धेरै धनी हुनुमा शताब्दीयौको नरसंहार र साम्राज्यवादी सम्पत्तिको जम्माखोरीको कारण हो।

    चीनले त्यस्तो सुविधा कहिल्यै पाएको छैन। यो सम्मानजनक तरिकामा धनी बन्नेछ: यसका लागि चिनिया जनताले कडा परिश्रम गरेका छन्। चीनले ४० बर्षमा जति गर्‍यो त्यति गर्न पश्चिमा दुनियालाई शताब्दी लाग्यो। याद गरौं चीनले यति समृद्धि प्राप्त गर्न आधा संसारलाई औपनिवेशिक बनाउनु परेन।

    सिजिटिएनमा २५ फेब्रुअरी २०२१ मा प्रसारित।

    मैत्रेय भाकल एक भारतीय टिप्पणीकार हुन् जसले चीन, भारत, अमेरिका र विश्वव्यापी मुद्दाहरूको बारेमा लेख्छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मैत्रेय भाकल

      मैत्रेय भाकल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.