Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वैज्ञानिकले सोचेभन्दा छिटो ‘हर्ड इम्युनिटी’ आएमा के होला ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ७, २०७७
- कोभिड–१९, यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अपूर्व मान्डभिली। हामी सुरुदेखि नै कोरोनाभाइरसको अन्तस् कसरी हुन्छ भन्ने कुरामा जानकार थियौँ। कोरोनाभाइरस जब आफू बाँच्न थप संवेदनशील सिकार पाउन छाड्नेछ, जहाँ यो देखिनेछ, त्यही अन्ततस् हराउनेछ। सुरुमा जनसंख्या आफैँले विकास गर्ने ‘बथान प्रतिरक्षा प्रणाली’ अर्थात् ‘हर्ड इम्युनिटी’को यो बिन्दुसम्म आइपुग्न वैज्ञानिकले खोप लगाएर अथवा संक्रमण भएर पनि बाँच्न सफल भएको जनसंख्या ७० प्रतिशत पुग्नुपर्ने सुझाएका थिए।

    अहिले आएर केही अनुसन्धानकर्ताले एउटा आशालाग्दो सम्भावना देखेका छन्। एक दर्जनभन्दा बढी वैज्ञाानिकले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा यो जनसंख्या ५० प्रतिशत अथवा सोभन्दा थोरै हुन सक्ने बताएका छन्। यो सही भएमा यसअघि अपेक्षा गरिएभन्दा धेरैअघि कोरोनाभाइरसलाई नियन्त्रण गर्न सकिनेछ।

    महामारीको जटिल तथ्यांकीय मोडलिङमार्फत यो नयाँ प्रक्षेपण गरिएको हो। यो मोडललाई विभिन्न दृष्टिकोणबाट हेरिएको थियो र कतिले असंगत अनुमान पनि देखाएका थिए। अहिलेसम्म विश्वका कुनै पनि समुदायका बासिन्दाले महामारीको दोस्रो लहर थेग्न आवश्यक प्रतिरक्षा प्रणालीको विकास गरेका छैनन्। तर, वैज्ञानिकका अनुसार न्युयोर्कका केही भाग, लन्डन तथा मुम्बईमा देखिएको यथेष्ट प्रतिरक्षात्मक क्षमतालाई कम आकलन गर्न सकिन्न।

    हार्भर्ड स्कुल अफ पब्लिक हेल्थका सरुवारोग विशेषज्ञ बिल हेनेज भन्छन्, ‘म के विश्वास गर्न तयार छु भने न्युयोर्क र लन्डनमा यथेष्ट प्रतिरक्षासहितका पकेटको विकास भएको छ। आउने हिउँदे याममा यो कुरा प्रतिविम्बित हुन सक्छ।’ तर समग्र जनसंख्यालाई यसले के अर्थ राख्छ भन्ने अहिले नै भन्न त्यति सजिलो नभएको उनको भनाइ छ।

    महामारीका लागि कारक मानिने प्रजननयोग्य संख्या ‘आरओ’को आधारमा ‘हर्ड इम्युनिटी’को आकलन गरिन्छ। ‘आरओ’अन्तर्गत एउटा संक्रमितले अन्य कतिजनालाई संक्रमण गर्न सक्छ भन्ने निर्धारण गरिन्छ। हर्ड इम्युनिटीका बिन्दुमा पुग्नका लागि प्रारम्भिक गणना गर्दा हरेक समुदायका सदस्य एक समान हिसाबले भाइरस संक्रमणको जोखिममा हुन्छन् भन्ने मानिन्छ र यो जनसंख्या समुदायका अन्य सदस्यसँग घुलमिल हुन सक्ने मानिन्छ।

    संसारको सबैभन्दा महत्वपूर्ण ‘म्याथ पजल’ को रूपमा कोरोना भाइरसको संक्रमण आफैँ हराउन समुदायका कति जनामा प्रतिरक्षात्मक प्रणालीको विकास हुनुपर्ला भन्ने हिसाबकिताब गर्न वैज्ञानिक जुटेका छन्।

    अमेरिकाको येल इन्स्टिच्युट फर ग्लोबल हेल्थका निर्देशक डा. साद ओमर भन्छन्, ‘हर्ड इम्युनिटी समूह–समूह र उप–जनसंख्यामा पनि फरक–फरक हुन्छ।’

    उदाहरणका लागि वृद्ध मानिस बस्ने समुदायमा अरु मानिससँग सम्पर्क हुने सम्भावनाा कम हुन्छ, तर संक्रमण भएमा यो छिटो फैलिन्छ। तर, किशोरकिशोरी आफू स्वस्थ भए पनि दर्जनौँ अरुलाई संक्रमण गर्न सक्छन्। भाइरस ग्रामीण र अर्थ–सहरी क्षेत्रमा ढिलो फैलन्छ भने सहर र घनाबस्तीमा छिटो फैलन्छ। यसरी वास्तविक दुनियाँको घनत्व र जनसंख्याको फरकपनालाई हिसाबकिताब गरेपछि ‘हर्ड इम्युनिटी’को बिन्दुमा छिटो पुग्न सकिन्छ। केही अनुसन्धानकर्ताले त यो संघारमा पुग्न मात्र १० देखि २० प्रतिशत जनसंख्या संक्रमित भए पनि पुग्ने दाबी गरेका छन्, तर त्यस्तो दाबी गर्ने अल्पमतमा छन्।

    ‘महामारीको पहिलो लहरमा सबैभन्दा बढी जोखिममा रहेको जनसंख्या प्रभावित भएमा, सत्रंmमणको लहरपछि प्रतिरक्षा प्रणालीको विकास भएमा भाइरसको खोपले झन् बढी प्रभावकारिता देखाउन सक्छ,’ स्टकहोम विश्वविद्यालयका गणितज्ञ टोम ब्रिटोन भन्छन्। उनको गणितीय हिसाबको मोडलले ४३ प्रतिशत जनसंख्या संक्रमित भएमा ‘हर्ड इम्युनिटी’को बिन्दुमा पुग्न सकिने देखाएको छ। तर यसका लागि समुदायका कतिपय सदस्य संक्रमित तथा मृत्यु भएको हुनुपर्नेछ र यसको मुल्य चर्काे हुनेछ। अर्का विज्ञ हेनेज ‘हर्ड इम्युनिटी’ हासिल गरिसकेको समुदाय पनि सन्तुष्ट भएर बस्ने नसक्ने दाबी गर्छन्। ‘भाइरस फेरि कतै बौरन सक्छ र हामीलाई यो थाहा छैन कि संक्रमणबाट निको भएकामा कति समयसम्म प्रतिरक्षा प्रणाली कायम रहन सक्छ,’ उनी भन्छन्।

    भाइरस प्रतिरोधी समुदाय ?
    यो वर्षको मार्च १० र ११ मा न्युयोर्क सहरको एक यहुदी बस्तीमा भएको उत्सवमा कोरोनाभाइरसले संक्रमण ग¥यो र त्यो क्षेत्रका विद्यालय तथा प्रार्थनासभा बन्द गरिए। तर, ढिलो भइसकेको थियो। अप्रिलसम्म ब्रोकलिन समुदायका हजारौँलाई भाइरसको संक्रमण भइसकेको थियो र सयौँको मृत्यु भएको थियो।

    ‘यो मेरो सम्झनाको कुनै ‘ब्ल्याक होल’ जस्तै बनेको छ, किनकि यो अत्यन्त पीडादायी क्षण थियो,’ बोरोग पार्कमा बस्ने एक नर्स ब्लिमी मार्कसले भनिन्, ‘तर अहिले धेरै कुरा फेरिएको छ। जतिलाई संक्रमण हुने हो भइसकेको छ र हामी सुरिक्षत छौँ।’

    के यो समुदायमा ‘हर्ड इम्युनिटी’को विकास भएको हो ? केही क्लिनिकमा गरिएका परीक्षणले ८० प्रतिशत जनसंख्यामा रोगको प्रतिरोधी क्षमता रहेको देखिएको छ। सबैभन्दा बढी किशोरमा यो क्षमता रहेको छ।

    तर, क्लिनिकमा परीक्षण गरेकामा लक्षण रहेको हुन सक्ने र पुनः संक्रमणको सम्भावना रहने ठान्छिन् कोलम्बिया विश्वविद्यालयका महामारीविज्ञ वान याङ। उनी घरधुरी सर्वेक्षण गरेमा यो संख्या कम हुन सक्ने तर्क गर्छिन्। ‘तर यो न्युयोर्क सहरमा देखिएको सरदर २१ प्रतिशतभन्दा धेरैले बढी हुन सक्छ,’ उनी भन्छिन्।

    भारतको मुम्बईमा प्रत्येक चार घरधुरीमा एक घरधुरी समावेश गरेर गरिएको प्रतिरक्षा प्रणालीसम्बन्धी गरिएको एक अध्ययनले गरिबबस्ती र समृद्ध बस्तीमा प्रतिरोधी क्षमताको ठूलो अन्तर रहेको देखाएको छ। गरिब बस्तीका ५१ देखि ५८ प्रतिशत जनसंख्यमा रोग प्रतिरोधी क्षमता रहेको देखिएको थियो भने सहरका समृद्ध बस्तीमा यो ११ देखि १७ प्रतिशत मात्र थियो।

    गरिब समुदाय घनाबस्तीमा रहने, साझा शौचालय प्रयोग गर्ने र मास्क किन्न नसक्ने भएकाले महामारी शान्त हिसाबले यी बस्तीमा फैलिएको तर्क गर्छिन्, कस्तुरबा अस्पतालका माइक्रोबायोलोजिस्ट जयन्थी शास्त्री।

    तर, अधिकांश अनुसन्धानकर्ता मुम्बईका समुदाय अथवा ब्रोकलिनका बस्तीमा ‘हर्ड इम्युनिटी’ हासिल भइसकेको निष्कर्ष निकाल्न नसकिने र यी स्थानमा पुनः संक्रमणको सम्भावना हुँदैन भनेर भन्न नसकिने बताउँछन्।

    तर, ब्रिटोनका मोडलले देखाएका अनुसार यो असम्भव पनि छैन। अलिक विवादास्पद भए पनि अन्य अनुसन्धानकर्ताको तर्क अनुसार १० देखि २० प्रतिशत जनसंख्या संक्रमित भएपछि ‘हर्ड इम्युनिटी’को बिन्दुमा पुग्न सकिन्छ, र पूरै देशले यो लक्ष्य हासिल गरिसकेको हुन सक्छ।

    अक्सफोर्ड विश्व विद्यालयका सरुवा रोग विशेषज्ञ सुनेत्रा गुप्ताले लन्डन र न्युयोर्कमा प्रतिरक्षा प्रणालीको बिन्दु हासिल भइसकेको बताएपछि उनको आलोचना भएको थियो। मानिसमा भएको विविधता र सामान्य रुघाखोकीसँग लड्न सक्ने प्रतिरक्षा शक्तिका कारण उनले यो तर्क गरेकी थिइन्।

    ‘न्युयोर्कमा फेरि अर्काे लहर नदेखिनुको यही कारण हो,’ उनले भनिन्। तर, अन्य विज्ञले उनको तर्कलाई स्वीकार गर्दैनन् र न्युयोर्क महामारी सुरु हुनुअघिको अवस्थामा अझै नफर्केका तर्क गर्छन्।

    ‘हामी अझै पनि सामान्य स्थितिको नजिकमा छैनौँ,’ येल स्कुल अफ पब्लिक हेल्थका गणितीय महामारीविज्ञ भर्जिनिया पित्जर भन्छिन्।

    ‘महामारीको अर्काे लहरले यसअघि प्रभावित नभएका विभिन्न समूह तथा समुदायलाई चाप्न सक्छ,’ उनी भन्छिन्। प्रतिरक्षा प्रणाली पनि ठाउँ अनुसार फरक स्तरमा विकास भएको देखिएको छ। उदाहरणका लागि न्युयोर्कका क्विन्सका विभिन्न क्लिनिकमा गरिएका परीक्षणले ६८ प्रतिशत जनसंख्यामा प्रतिरक्षा प्रणाली विकास भएको देखिएको थियो भने ब्रोकलिनका कोबल हिलमा गरिएका अन्य परीक्षणले यो मात्र १३ प्रतिशत रहेको देखाएको थियो।

    तर बेलायतका स्ट्राथक्लाइड विश्वविद्यालयका गणितज्ञ गाब्रियल गोम्सले नेतृत्व गरेको अर्काे अध्ययनले समाजका विभिन्न स्थानमा देखिएको फरक नतिजालाई समेत ख्याल गरेर अध्ययन गरेको थियो। अध्ययनको नतिजाले बेलायत, पोर्चुगल, स्पेन र बेल्जियमा ‘हर्ड इम्युनिटी’को बिन्दुमा पुग्न १० देखि २० प्रतिशत जनसंख्या संक्रमित भए पुग्छ। तर, अन्य विज्ञ यो नतिजालाई सावधानीपूर्वक हेर्नुपर्ने ठान्छन्।

    ‘गणितीय हिसाबले यति निम्न तहमा ‘हर्ड इम्युनिटी’ हासिल गर्न सम्भव देखाउलान् तर यो मात्र आकलन हो,’ वासिङ्टन विश्व विद्यालयका सरुवा रोग विशेषज्ञ कार्ल बर्गस्ट्रोम भन्छन्।

    अपूर्ण प्रतिरक्षा
    ‘हर्ड इम्युनिटी’ हासिल गर्ने तहमा नपुगेको अवस्थामा प्रतिरक्षा प्रणाली के होला ?

    ‘मानिसमा भएको आनीबानीको परिवर्तनका कारण चार महिनाअघि जस्तो रोगको फैलन सक्ने सम्भावना छैन,’ अस्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका गणितज्ञ जोल मिलर भन्छन्।

    देश र सहरमा विभिन्न उमेर, रंग, जातजाति र विभिन्न तहमा सामाजिक गतिविधिमा संलग्न रहने समुदाय बस्छन् भन्ने कुराको हेक्का राखेर सम्बन्धित देशले कमजोर प्रतिरक्षा प्रणाली भएकालाई सुरक्षा गर्ने रणनीति तय गर्न सक्छन्।

    ‘रोगको धेरै जोखिम रहने र अन्य हिसाबले असमान तबरले बाँच्न बाध्य समुदायको सुरक्षाका लागि यस्ता सूचनाले धेरै काम गर्छन्,’ इमोरी विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. मनोज जैन भन्छन्। उनी यस्ता समूहलाई सबैभन्दा छिटो खोपको सुविधा दिनुपर्ने तर्क गर्छन्।
    (न्युयोर्क टाइम्समा/नागरिक दैनिकबाट सभार।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.