Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गीतामा के छ ? गीता कस्तो छ ? 

गीतामा गीताको मुख्य नायक कृष्ण र उनको चरीत्र अभिनयलाई ‘वा रे वा’ भन्दै ताली बजाउन, प्रशंसा गर्न र आरती उतार्न प्रेरित गरिएको छ। तर कृष्णलाई प्रश्न गर्ने र उनीप्रति सन्देह राख्ने सचेत आलोचनात्मक स्वरलाई भने नास्तिक, नासुर, रजोगुणी र तमोगुणी भन्दै अत्यन्त तल्लो स्तरमा निन्दा र भत्सर्नाका शब्दहरू खर्चिएको छ। 

nepal_readers nepal_readers
असार ३२, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    -रामबहादुर जिसी-
    गीतामा त्यस्ता के विषयहरू छन्? किन गीतालाई ‘हिन्दू’ धर्मावलम्वीहरू पुज्य ग्रन्थका रूपमा लिन्छन्? कुनै पदको सपथ ग्रहण गर्दा या अदालतमा झुट नबोल्ने ‘वाचा’ गराउँदा समेत सो पुस्तक किन छुन लगाउन लगाइन्छ? धेरै मान्छेहरूले ‘गीता त पढ्नैपर्छ’ भनेको सुनेका कारण र यति धेरै चर्चा भएको पुस्तकमा के लेखिएको होला भन्ने जिज्ञासा र हुटहुटिका कारण मैले गीताका अनेकौँ भाष्यहरूमध्ये प्रभुपादले गरेको गीताको भाष्य पढेँ। सकभर आफूलाई तटस्थ बनेर प्रत्येक अध्यायलाई दोहोर्याइ–तेहर्याइ बुझ्ने र छिमल्ने कोशिस गरेँ।
    मलाई ख्याल भएसम्म आजसम्म मैले कुनै पनि पुस्तकलाई यसरी दोहोर्याएर पढेको छैन। ढिलै भएपनि गीताजस्तो काव्य पढ्दा खुसी लाग्यो तर गीतालाई दोहोर्याएर–तेहेर्याएर पढी भ्याउँदा पनि यसमा प्रयुक्त भाव पक्ष र शब्द व्यहोराले म तरङ्गित र प्रभावित हुन भने सकिनँ। कृष्ण, अर्जुन, धृतराष्ट्र, सञ्जय, भीष्म, भिम, दुर्योधन, दोर्णाचार्य, कर्ण, बर्बरिकजस्ता पात्रहरू र तिनीहरूले निर्वाह गरेको भूमिका र चरीत्र चित्रण बारेमा अनेकौँ बखत र सन्दर्भहरूमा सुनेपनि यी पात्रहरूका सम्पूर्ण भूमिकाहरूका बेखबर मेरा लागि गिता अध्ययनको अनुभव भने राम्रै रह्यो।
    भागवद गीता मूलत :  दक्षिण एसियामा व्यापक रूपमा प्रकाशित हुँदै र पढिँदै आएको किताब हो। प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य–महाभारतको एउटा घटनाको रूप हो। भनिए र कथिएअनुसार झन्डै ५ हजार बर्षअघि कृष्णले आफ्ना मित्र तथा भक्त अर्जुनलाई भागवद गीता सुनाएका थिए। कृष्ण र अर्जुनबीचको धार्मिक वार्तालाप तथा धृतराष्ट र संजयको प्रश्नोत्तर नै गीता हो। धृतराष्टका सय भाइ छोराहरू, उनका भतिजाहरूबिच भएको कुटुम्बघाती लडार्इँ हुनुभन्दा अगाडी कथिएको वार्ताका रूपमा गीतालाई लिइन्छ। कथिए अनुसार धृतराष्ट र पाण्डु कुरु वंंशका दुई दाजुभाइ हुन्।
    प्राचीन शासक राजा भरतबाट कुरु वंश चलेको र उनैबाट महाभारत रहन गएको भनिन्छ। जेठा दाजु धृतराष्ट जन्मैदेखि आँखा नदेख्ने भएकोले उक्त राजसिंहासन उनले नपाएर उनका भाइ पाण्डुले पाएका थिए। उमेर नपुगिकन पाण्डुको मृत्यु भएकोले पाण्डुका ५ भाइ छोराहरू क्रमशः युधिष्टिर, भिम, अर्जुन, नकुल र सहदेवको रेखदेख गर्ने काम धृतराष्टको जिम्मामा रहन गयो। धृतराष्ट र पाण्डुका छोराहरू एउटै राजमहलमा हुर्किए। पारङ्गत गुरु दोर्णाचार्यद्वारा दुबै पक्षलाई युद्ध कलासम्बन्धि प्रशिक्षण दिइयो। यति हुँदाहँुदै पनि धृतराष्टका छोराहरूमध्ये विशेष गरी जेठो छोरो दुर्योधन पाण्डबहरूप्रती ईष्र्या र घृणा गर्दथे।
    दुर्वल मनस्थिति भएका धृतराष्ट्रको सम्मतिमा दुर्योधनले पाण्डुका युवा छोराहरूलाई मार्ने षड्यन्त्र गरेको, राजसिंहासनबाट च्युत गर्नका खातिर युद्धलाई अनिवार्य निम्त्याएको सन्दर्भ गीतामा छ। सोही युद्धको पक्ष–विपक्षमा भएका चातुर्य, षड्यन्त्र, कुटनिती, रणकौशल तथा जय–पराजयका संघर्षदेखि लिएर मृष्णको महिमागान समेटिएको ग्रन्थ नै गीता हो।
    गीता पढिरहँदा त्यहाँ प्रयुक्त शव्द व्यहोरा र पेटेबोलीमा खाली शास्त्रीय मतहरूलाई जबर्जस्त घोकाएर पिलाउन भरमग्दुर कोशिस गरिएको छ। र, अर्जुनद्वारा कृष्णको प्रशस्ती र महत्ता गाउन लगाइएको छ। प्रश्नोत्तर शैलीमा व्याख्या गरिएको देखाइए पनि अन्त्यमा कृष्णको व्याख्यालाई नै अन्तिम मानिएको छ। र, कृष्ण स्वयंले ‘म नै सबैथोक हुँ’ भन्ने व्याख्या गराइएबाट यो ग्रन्थ कृष्णलाई देवताका रूपमा स्थापित गराउने ग्रन्थ हो भन्ने बुझिन्छ। र, श्रीकृष्ण र अर्जुनबीच प्रारम्भदेखि नै असमानपूर्ण सम्बन्ध र सम्बोधन देखिन्छ गीतामा।
    गीतामा इश्वरिय चेतना, रहस्य अलौकिकता, आत्मा, परमात्मा, पदार्थ, चेतना, पूर्वजन्म, भाग्य, भरोसा, स्वर्ग, नर्क, इन्द्रिय संयम, ‘कर्म गर तर फलको आशा नराख’ भन्ने सन्देशका कुरा व्यापक रूपमा उल्लेख छ। रजोगुण, सतोगुण र तमोगुणका कुरा, शरीर मरेर गए पनि आत्मा अविनाशि र अमर रहन्छ भन्ने सन्देश गीताका सन्देशहरूमध्ये हुन्।  जीवनमा कृष्णको सरणको महत्व र उनीप्रतिको एकाग्र ध्यान, कर्मयोग, भक्तियोग, दैवीयोगका बारेमा गीताको पेटबोलीमा निकै महत्त्व र जोडका साथ बुझाउन र दर्शाउन खोजिएको छ।
    गीतामा गीताको मुख्य नायक कृष्ण र उनको चरीत्र अभिनयलाई ‘वा रे वा’ भन्दै ताली बजाउन, प्रशंसा गर्न र आरती उतार्न प्रेरित गरिएको छ। तर कृष्णलाई प्रश्न गर्ने र उनीप्रति सन्देह राख्ने सचेत आलोचनात्मक स्वरलाई भने नास्तिक, नासुर, रजोगुणी र तमोगुणी भन्दै अत्यन्त तल्लो स्तरमा निन्दा र भत्सर्नाका शब्दहरू खर्चिएको छ।  र, गीतामा बारम्बार कृष्ण आफू बिना संसार नचल्ने, आफूले नै चराचर जगतको सृष्टि गरेको, सबै जीवको जन्मदेखि मृत्युसम्मका सम्पूर्ण क्रियाकलापमा आफू संलग्न रहने भएकोले अरु कसैलाई होइन, केबल आफूलाई नै मान्नुपर्ने भन्दै आफ्नो जिद्धीपना, मपाइत्व देखाउँछन् र आफ्नै प्रशस्तीगान गाउँछन्। र, अर्जुन भने बेलाबेला प्रश्च गरेझैँ गरेपनि केबल असल शिष्य र स्रोताको भूमिकामा बस्छन्। केही प्रश्न सोधेझैँ गरेर कृष्णलाई व्याख्या गर्न थप सहज बनाइदिन्छन्।
    त्यसो हुँदाहुँदै पनि मानवीय मनोविज्ञान, नाम, शक्ति र यश प्राप्त गर्ने मान्छेको स्वभाव, पारिवारिक खिचातानीजस्ता सर्वकालिक विषयलाई ख्याल गरेर रचिएको कुटिल पुस्तक भने हो यो। त्यसकारण, पुरानो समयमा रचिएको यो महत्त्वपूर्ण र ऐतिहासिक दस्ताबेज अवश्य नै हो। र, गीता लेख्दा सम्भवतः समाजमा अराजकता, भाँडभैलो र आशान्ति नफैलोस् समेत भनेर लेखकले सुविचार गरेको अनुमान लगाउन सकिन्छ। ‘नैतिक मूल्य मान्यता’मा आधारित रही धर्म, कर्म र इश्वरिय चेतनामा लिप्त रही एकाग्र मनले कृष्ण भक्तिमा समर्पित रहनु नै जीवन जिउने राम्रो तरिका हो भन्ने मुल आशय गीतामा पाइन्छ।
    तत्काल उपलब्ध प्रमाणहरूका आधार मानेर विज्ञान र समाज विज्ञानले सत्य र असत्य निर्धारण गर्दछ । तर गीतामा कृष्णको पक्षमा रहनु स्वतः सत्यवादी हुनु र कृष्णविरुद्ध हुनु स्वतः असत्यका पक्षमा रहनु भन्ने परिभाषा गरिएका छन्। व्यक्ती र समाजमा देखापर्ने खिचातानी, उतारचढाव,अन्तरसंघर्ष र ‘नैतिक मूल्य’ मान्यताका कुराहरूलाई पनि सुक्ष्म तरिकाले अवलोकन गर्दै प्रष्ट्याउने र बुझाउने कोशिस गरिएको छ। यस्तोमा आजका दिनमा अति सूचनाले गाँजिएको तथा अशान्त मान्छेले गीता पढ्दा आफ्नै मनको भाका गीतामा उल्लेख भएझैँ ठान्न पनि सक्छ। हिजोको अविकसित समाजमा लेखिएको भएपनि मानव मनोविज्ञान त आम रूपमा उही हो। पहिल्यैदेखि ‘गीता गीता’ को रटानले गीताप्रति आम मान्छेहरूमा स्वतः अतिश्रद्धा पनि छ। यस्तोमा गीतामा लेखिएका शब्दले स्रोता तथा पाठक केही क्षण अवाक र सोचमग्न हुन्छ।
    यसो हुँदा समालोचनात्मक दृष्टिकोण नभएका, अन्य जीवन दर्शन तथा ज्ञान विज्ञानबारे अध्ययन नगरेका या साक्षात्कार हुन नपाएका पाठक तथा स्रोताले गीता ग्रन्थलाई बिना सन्देह सम्पूर्ण रूपमा स्वीकार्न कन्जुस्याईँ गर्दैनन्। तर समालोचनात्मक दृष्टिकोण राख्ने पाठकले भने गीतालाई त्यो रूपमा स्वीकार्न सक्दैन। गीतामा ‘पदार्थबाट चेतनाको जन्म हुन्छ’ भन्ने सोचाइलाई भ्रमपूर्ण छ भन्दै त्यसको यथोचित खण्डन र भत्सर्ना गर्ने कोशिस गरिएको छ।
    जबकि ऐतिहासिक, द्वन्द्वात्मक र भौतिकबादी दृष्टिकोण राख्नेहरूले ‘पदार्थ नै प्रधान हो,  पदार्थबाट चेतनाको विकास हुन्छ। पदार्थ र चेतनाको अन्योन्याश्रीत सम्बन्ध हुन्छ’ भन्ने विषयमा सप्रमाण राय प्रकट गर्दै जीवन र जगतलाई तथ्य, सत्य र विज्ञानको कसिमा व्याख्या गर्न रुचाउँछन्। गीताले प्रत्येक जीवात्मा शाश्वत र अविनाशी छ र शरीर नष्ट हुँदा पनि आत्मा रहिरहन्छ भन्ने कुरामा विशेष जोड दिइएको छ। जबकि भौतिकवादीहरूले सो कुरा ठाडै नकार्नछन् र भन्दछन्, ‘कुनै पनि सजिब बस्तु जन्मे पछि त्यसको मृत्यु अबश्यम्भावी छ। हरेक चिज  निरन्तर गतिवान र परिवर्तनशिल छन्। हरेक सजिव बस्तुमा जीवनशील र मरणशील पक्षको द्वन्द्वात्मक सम्बन्ध रहिरहन्छ। त्यसैकारण कुनै पनि सजिब प्राणीको मृत्यु भएपछि त्यसले पारेका प्रभाव, सकारात्मक र नकारात्मक गुण विशेषताप्रति छलफल र पैरबी हुन खोज्नु स्वभाबिकै हो। तर मृत्युभएपश्चात् कुनै पनि प्राणीको छुट्टै आत्मा हुन्छ र त्यसको अस्तित्व जिवित रहिरहन्छ भन्नू बेतुकको तर्क हो। दृष्टि दोष र भ्रम मात्र हो।
    गीतामा ‘कर्म गर तर फलको आशा नराख’ भन्ने उक्ति र भावलाई पनि निकै जोडका साथ महत्व दिइएको छ, जबकि कुनै निश्चित उद्देश्य, आशा र गन्तव्यबिना कुनै पनि प्राणीले कर्म (काम) गर्दैन। अपेक्षा र आशा गरेरै मान्छेले काम गर्ने हो। अपेक्षा भएन भने त काम गर्ने उत्साह नै हुँदैन। फलको आशा नराखिकन गरिने कर्ममा सिर्जनात्मक र रचनात्मक पक्ष नै हुँदैन। उद्देश्य किटान बिनाको यात्रा फलदायी र परिणाममुखी पनि हुन सक्तैन। अतिसय लोभ, काम, क्रोध, माया, ईष्र्या र भय गलत हुन् तर यी स्वभावहरू स्वभाविक मानवीय स्वभाव हुन्। एउटा मान्छे वा प्राणीमा क्रोध नै नहुने हो भने उसमाथि आक्रमण र मृत्युकै खतरा हुन्छ। काम र वासना नहुने हो भने निरन्तर सृष्टि संचालन सम्भव हुँदैन।
    गीताको पेटबोलीमा दलित, महिला र श्रमजीवी वर्गलाइ हेय तथा अपमानका व्यहोरा र भावहरू समेत आउँछन्। उत्पीडित, तथा महिला वर्गले आफूमाथि पुरुष तथा तथाकथित उपल्लो जातिले ताडना दिँदा र अपमानपूर्ण व्यवहार देखाउँदा कृष्णनाम जप्ने होइन, बरु त्यसविरुद्ध प्रतिकार या लडाईँ गर्ने हो। देशले राम्रा कानुन बनाएको छ भने कानुनमा टेकेर अपमान र अन्यायविरुद्ध लड्ने हो। तर आजका सबै कर्महरू अघिल्लो जन्मको कर्मको कारण भएको बताउँदै विद्रोह र अन्यायविरुद्ध लड्ने कुरालाई निषेध गर्छ गिता। र, यदि पुनःजन्म सत्य हो र अघिल्लो जन्मको कामकै आधारमा यो जन्ममा परिणाम भोग्ने हो भने त संसारमा जेजे भइरहेका छन्, त्यो सबै न्यायोचित कुरा हो।
    कुन जमानाको कुन चेतनामा लेखिएको र सैयौँ पल्ट अनेकौँ भाष्यहरू लेखिँदै र गुजुल्टिँदै आएको गीतामा अनेकौँ विषयहरू समेटिएका छन्। समाज विकासको शुरुवाती चरणमा सामुहिक बसाइ, खानपिन र उठबसबाट निजि सम्पत्तिको उदय हुँदै जाने क्रममा तेरीमेरीको प्रतिस्पर्धा चल्यो। लोभ र लालचा समाज र गाउँठाउँमा बढ्दै गएपछि सम्भवत ः त्यस समाज र प्रवृत्तिलाई व्यवस्थित गर्न, सामाजिक र ‘नैतिक’ मूल्य मान्यतामा बाँधी राख्न, भद्रगोल र अव्यवस्थित हुन नदिन धर्म, कर्म र त्यसको जग आधार अलौकिक रहस्यमय चिज अर्थात् ईश्वरको जन्म गराइयो । गराउनु जरुरी ठानियो । हिजोको अशिक्षित समाजमा डर र त्रासमा समाजलाई डोहो-याउनकै लागि पनि त्यसो गर्नु आवश्यक थियो कि !
    त्यस जमाना र चेतनामा लेखिएको भएपनि गीताका कतिपय सन्दर्भहरू आजको सन्दर्भमा पनि मिल्न जान्छ। गीतामा भक्तियोग, कर्मयोग, दैवी तथा आसुरी स्वभाव र श्रद्धाका प्रकार, प्रकृति, पुरुष र चेतना, प्रकृतिका तीन गुण शिर्षकअन्तर्गत आचार, विचार, आचरण, व्यवहार, नैतिक मूल्य–मान्यता, सामाजिक मर्यादा र आर्थिक मुद्दाहरूमा समेत काफि बोलिएको छ।  र, गीताभित्र भएका कतिपय सकारात्मक भाव–बोलीलालाई पालना गर्न रत्तिभर कन्जुस्याईँ नगर्दा पनि हुन्छ। एउटा समयको चेतना र ईश्वरवादी दृष्टिकोण बुझ्न गीता पढ्दा हुन्छ तर गीता छुटाउनै नहुने ग्रन्थ भने होइन। यो औसत धार्मिक पुस्तक हो।
    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.