Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विश्व-महामारी शब्द हल्का वा लापरवाहीपूर्वक प्रयोग गरिएको होइन – महानिर्देशक टेड्रोस अडानोम(वक्तव्य सहित)

नेपाल रिडर्स नेपाल रिडर्स
फाल्गुन २९, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड १९ लाई विश्वमहामारी भएको घोषणा गरेको छ। उक्त घोषणा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोमले स्विजरल्याण्डको जेनेभामा बुधवार पत्रकारबीच एक वक्तव्य मार्फत गरेका हुन्। उनको सो बक्तव्यको पूर्णपाठ तल दिइएको छ।

    कोभिद-१९ सम्बन्धमा ११ मार्च २०२० मा गरिएको पत्रकार सम्मेलनमा प्रस्तुत विश्व स्वास्थ्य संघका महानिर्देशकको वक्तब्य

    नमस्कार

    गएको दुई हप्ता देखि चिन बाहिर कोभिड-१९ बाट संक्रमितहरुको संख्या दोब्बरले र प्रभावित देशहरुको संख्या तब्बरले बढेको छ। हालसम्म ११४ देशमा संक्रमितहरुको संख्या ११,८०० र मृत्यु हुनेहरुको संख्या ४२९१ पुगेको छ।यस बाहेक हजारौं विरामीहरु अस्पतालमा मृत्युसँग लडिरहेका छन्।

    आउँदा दिन र हप्ताहरुमा संक्रमित हुने, मृत्यु हुने व्यक्तिहरु र प्रभावित देशहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ। विश्व स्वास्थ्य संघले २४ सै घण्टा यसको अनुगमन गरिरहेको छ र यसको फैलावट, जटिलता र त्यस विरुद्धको अकर्मन्यताले हामीलाई चिन्तित तुल्याएको छ।

    त्यसैले हामीले कोभिड-१९ लाई महामारी हो भनी ठहर्‍याएका छौं। महामारी भन्ने शब्द हलुका रुपमा वा लापरवाहका रुपमा प्रयोग गरिने शब्द होइन। यदि यसको दुरुपयोग भएमा यसले अकारण त्रास वा यस विरुद्ध लड्न छोड्ने हुनसक्छ र दुबै अवस्थाले अनावश्यक पीडा र मृत्यु थप्नेछ।

    अवस्थालाई महामारी भनी गरिएको घोषणाले यो भाइरसले निम्त्याएको खतराबारे विश्व स्वास्थ संघको मूल्याक‌नमा कुनै फेरबदल हुनेछैन।यसले विश्व स्वास्थ संगठनले जे गरिरहेको छ त्यसमा र देशहरुले जे जे गर्नुपर्ने हो त्यसमा कुनै परिवर्तन हुने छैन। यस अघि हामीले कोरोना भाइरसले फैलाएको महामारी कहिल्यै देखेका छैनौं। कोरोना भाइरसले फैलाएको यो नै पहिलो महामारी हो।

    र, हामीले  यस भन्दा अघिका दिनमा कहिल्यै प्रकोप चलिरहेका समयताका नै महामारी नियन्त्रण गरिएको देखेका छैनौं। संक्रमणको पहिलो सूचना पाउनासाथ विश्व स्वास्थ्य संघ जिम्मेवार भएर प्रस्तुत भइरहेको छ। र, प्रत्येक दिन हामीले देशहरुलाई तुरुन्त आक्रामक कदम चाल्न आह्वान गरेकाछौं।

    भिडियो हर्नुहोस् 

    https://www.facebook.com/XinhuaNewsAgency/videos/213253293373498/

     

    हामीले स्पस्ट र  अन्तिम खतराको घण्टी बजाइसकेकाछौं।

    जस्तो मैले सोमबार नै भनी सकेकोछु, संक्रमित व्यतिहरु  र प्रभावित देशहरुको संख्या गनेर मात्र कथा पूरा हुँदैन। संसारभरका १,१८,००० विरामी र ११४ प्रभावित देशहरुमध्ये ९० प्रतिशत विरामी केवल ४ देशमा देखिएका छन् र ती मध्ये  दुई, चिन र गणतन्त्र कोरियामा अर्थपूर्ण रुपमा महामारी घटिरहेको छ।

    ८१ देशमा कुनै संक्रमित भेटिएको छैन र ५७ देशमा संक्रमित संख्या १० भन्दा कम छ। हामी पर्याप्त ठूलो स्वरमा वा पर्याप्त स्पस्टतासाथ वा पर्याप्त परिमाणमा भन्न सक्दैनौं कि: सबै देशहरुले यस महामारीको धारलाई परिवर्तन गर्न सामर्थ्य राख्न सक्छन्।

    यदि थोरै मानिस संक्रमित भएका देशहरुले यसलाई सम्बोधन गर्ने उद्धेश्यले पहिचान गरे, जाँच तथा परीक्षण गरे, उपचार गरे, खोजी गरे  र आफ्ना जनतालाई परिचालन गरे भने एकाध संक्रमितको संख्या समूह बन्न पाउँदैन र पछि ती समूह ठूलो समुदाय बन्नबाट रोक्न सक्छन्।

    धेरै संख्यामा संक्रमितहरु भएका देशहरु पनि यस भाइरस विरुद्ध खनिन सक्छन्। केही देशहरुले यो भाइरसलाई दवाउन र नियन्त्रण गर्न सकिन्छ भनेर देखाइ सकेकाछन्।

    चुनौति भनेको ठूला समूह वा समुदायमा संक्रमण फैलिएका देशहरुले त्यस्तै गर्न सक्छन् वा सक्दैनन् भन्ने होइन, उनीहरु त्यस्तै गर्न चाहन्छन् चाहदैनन् भन्ने हो।

    केही देशहरु क्षमताको कमीले छट्पटाइ रहेकाछन्। केही देशहरु स्रोतहरुको कमीले छट्पटाइ रहेकाछन्। केही देशहरु अठोटको कमीले छट्पटाइ रहेकाछन्।

    हामी इरान, गणतन्त्र कोरिया र इटलीमा अपनाइएका महामारी नियन्त्रणका उपायहरु प्रति आभारी छौं।

    हामीलाई थाहा छ यस्ता उपायहरुले चिनमा जस्तै यी देशहरुमा पनि समाज र अर्थतन्त्रमा ठूलो बोझ थपेका छन्। सबै देशहरुले स्वास्थ्य सुरक्षा, सामाजिक र आर्थिक नोक्सानीको न्युनीकरण र मानव अधिकारको सम्मान बिच राम्रो सन्तुलन कायम गर्नु पर्छ।

    विश्व स्वास्थ संघको अधिकार क्षेत्र भनेको जनस्वास्थ्य हो। तर यस महामारीका सामाजिक र आर्थिक प्रभावहरु न्युनीकरण गर्न हामीले सबै क्षेत्रका पार्टनरहरुसँग मिलेर काम गरिरहेकाछौं। यो जनस्वास्थ्यको संकट मात्र होइन, यो सबै क्षेत्रलाई छुने संकट हो- त्यसैले यस लडाईमा सबै क्षेत्रका सबै ब्यक्ति संलग्न हुनुपर्छ।

    मैले सुरु देखि भन्दै आएको छु कि देशहरुले संक्रमण रोक्ने, जीवन बचाउने र असरलाई न्युनीकरण गर्ने विस्तृत रणनीति अन्तरगत सरकारको सम्पुर्ण, समाजको समग्रताको दृष्टिकोण अपनाउनु पर्छ।

    म यसलाई चार मुख्य क्षेत्रमा सार संक्षेप गर्दछु। पहिलो, तयारी गर्नुहोस् र तयार रहनुहोस्।दोस्रो, पहिचान गर्नुहोस, सुरक्षित गर्नुहोस् र उपचार गर्नुहोस्। तेस्रो, फैलने क्रमलाई  घटाउनुहोस्। चौथो, सिर्जनशील हुनुहोस् र शिक्षा लिनुहोस्।

    हामी सबै देशहरुलाई आफुलाई सकृय बनाउन र आफ्ना सबै आपतकालिन संयन्त्रहरुलाई उन्नत दर्जाको बनाउन आह्वान गर्दछौं। यसका जोखिमहरुबारे र त्यसबाट उनीहरु कसरी बच्नसक्छन् भन्नेबारे आफ्ना जनतासँग संवाद गर्नुहोस्- यो सबैको जिम्मेवारी हो;

    • प्रत्येक विरामी पत्ता लगाउनुहोस्,
    • जाँच्नुहोस र उपचार गर्नुहोस् र
    • विरामीको सम्पर्कमा आएकाहरुको पत्ता लगाउनुहोस्।
    • आफ्ना अस्पतालहरु तयार राख्नुहोस्,
    • आफ्ना स्वास्थकर्मीहरुलाई सुरक्षा र तालिम प्रदान गर्नुहोस्,र,
    • हामी सबैले एक अर्कालाई पहिल्याऔं किनभने हामी सबैलाई एक अर्काको साथ चाहिन्छ।

    यहाँ एउटै शब्दमा धेरै ध्यान दिइयो । म यहाँ तपाईहरुलाई अरु केही शब्दहरु दिन्छु जसले धेरै महत्व राख्छन् र कार्यान्वयन गर्न सकिन्छन्।

    • रोकथाम
    • तयारी
    • जनस्वास्थ
    • राजनैतिक नतृत्व
    • र सबैभन्दा माथि जनता।

    धैर्यताका साथ सहि काम गर्न र विश्वका नागरिकहरुलाई सुरक्षा दिन हामी सबै एक साथ छौं। यो काम गर्न सकिने हो।
    धन्यवाद ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.