Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मान्छे मारेर पनि अमेरिकी प्रहरी किन विरलै दोषी ठहरिन्छन्?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २८, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राज्य अमेरिकामा प्रहरीले बर्सेनि १,२०० जना मानिसहरूको हत्या गर्ने ठानिएको भएपनि लगभग ९९ प्रतिशत घटनामा सम्बन्धित प्रहरी अधिकारीमाथि अपराध गरेको अभियोग दायर गरिँदैन।मिनिसोटामा प्रहरीले जोर्ज फ्लोइडको हत्या गरेपछि उत्पन्न सार्वजनिक दबाव, प्रदर्शन र दङ्गालाई ध्यान दिँदै यस पटक अभियोग लगाइएको छ।

    एक प्रहरी अधिकृतमाथि मिनीयापलिसमा मे २५ मा घोप्टो पारेर लडाइएका फ्लोइडको घाँटीमा घुँडाले थिचेर ज्यान लिएको आरोप लगाइएको छ।घटनास्थलमा उपस्थित तीन जनालाई अपराध गर्न सहयोग गरेको र मतियार बनेको अभियोग लगाइएको छ।

    प्रदर्शनकारीहरूले फ्लोइडको मृत्युले कर्तव्य पालनाको सिलसिलामा हुने प्रहरी हत्यासम्बन्धी कानुनमा व्यापक परिवर्तनको बाटो खोल्ने अपेक्षा गरिरहेका छन्।ज्यान लिने प्रहरी अधिकृतहरूमाथि अमेरिकामा खासै मुद्दा चलाइँदैन किनभने अमेरिकी कानुनले उनीहरूलाई संरक्षित गरेको छ।

    कारबाहीबाट जोगिने क्रम
    प्रहरी हिंसाको तथ्याङ्क राखेको एउटा परियोजनाले सन् २०१३ देखि २०१९ को बीचमा अमेरिकामा प्रहरीबाट भएको थाहा भएका हत्याको सङ्ख्या ७,६६६ रहेको जनाएको छ। त्यो त्यस्ता हत्याको ९२ प्रतिशत भएको हुन सक्ने अभियानकर्ताहरू बताउँछन्।

    उनान्सय वटा त्यस्ता घटनामा मात्रै प्रहरीविरुद्ध मुद्दा दायर गरिएका थिए जुन १.३ प्रतिशत हो। त्यसमध्ये २५ घटनामा मात्रै दोषी ठहर गरिएका थिए।वाशिङट्नस्थित काटो इन्स्टि्यूटका उपाध्यक्ष क्लार्क नेली भन्छन्, “अभियोजकहरूले फ्लोइडको घटनामा जस्तो प्रहरी अधिकारीहरूविुद्ध फौजदारी अभियोग दायर गर्नु एकदमै दुर्लभ कुरा हो।”

    उनका अनुसार अभियोजकहरूले प्रहरीसँगै मिलेर काम गर्नुपर्ने हुन्छ र घटनाहरूको छानबिन र बयानका लागि उनीहरूमा निर्भर हुनुपर्ने हुन्छ। र प्रहरीले फौजदारी कसुर नै नगरी घातक प्रकृतिका बल प्रयोग गर्न मिल्ने व्यवस्था छ।

    पीडित र उनीहरूका आफन्तहरूले अदालतमा आफूलाई क्षति पुगेको भन्दै प्रहरी अधिकृतविरुद्ध अभियोग दायर गर्ने विकल्प छ तर नेलीका अनुसार ‘उन्मुक्तिका लागि योग्य’ भन्ने एउटा सिद्धान्तका कारण अधिकांश अवस्थामा अदालतको ढोका बन्द गरिन्छन्।

    त्यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई कसैको अधिकार खोस्दा सुरक्षा पीडितको रक्षा गर्नुपर्ने ‘स्पष्ट रूपमा स्थापित अधिकार’ बाहेकको अवस्थामा उन्मुक्ति दिने व्यवस्था गरेको छ। तर कानुनी नजिरहरूका कारण सार्वजनिक पद धारण गरेकाहरूलाई क्षतिका लागि उत्तरदायी बनाउन लगभग असम्भव रहेको छ।

    यस्ता छन् दृष्टान्त
    सन् २०१४ मा आफ्नो घरपछाडिको परिसरमा एक जना पुरुष अवैध रूपमा प्रवेश गरेपछि एमी कोर्बिटले प्रहरीलाई खबर गरिन्।त्यसपछि त्यहाँ आएका सशस्त्र प्रहरीले खेलिरहेका छ बालबलिकालाई भुइँमा सुत्न भने। जब एमीको कुकुर ब्रुस त्यहाँ देखा पर्‍यो, एक जना अधिकृतले चेतावनी नदिइ दुई पटक गोली चलाए।

    अदालतको दस्तावेजका अनुसार अधिकृतहरूलाई कुनै जोखिम नै नभई गोली चलाइएको उल्लेख गरिएको छ।
    प्रहरीको गोली कुकुरलाई लाग्नुको साटो त्यहाँबाट आधा मिटरपर भुइँमा सुतिरहेका एमीका १० वर्षका छोरा डकोटालाई लाग्यो। उनी बाँचे तर खुट्टामा गहिरो चोट लाग्यो र त्यसले मनोवैज्ञानिक पीडा पनि दियो।

    प्रहरी अधिकृतलाई उत्तरदायी बनाउने एमीको प्रयासलाई खारेज गर्ने क्रममा अदालतले ‘गिरफ्तार गर्ने क्रममा दुर्घटनावश बलको प्रयोग हुन नसक्ने स्पष्ट अधिकार नरहेको’ उल्लेख गरेको थियो।

    यस सन्दर्भमा मलाइका ब्रुक्ससँग जोडिएको अर्को एउटा घटना पनि बहुचर्चित बनेको थियो।उनलाई प्रहरीले तीन पटक करेन्ट लगाउने विद्युतीय टेसर गनबाट प्रहार गर्दै कारबाट घिसारेर बाहिर निकालेका थिए, भुँइतर्फ फर्किन लगाएर आफ्ना ११ वर्षे छोराका अघि हतकडी लगाइदिएका थिए।

    द्रुत गतिमा कार चलाएको तर टिकट लिन अस्वीकार गरेकोमा कारबाही भोग्दा ब्रुक्स आठ महिनाकी गर्भवती थिइन्।उनको मुद्दालाई कसरी टेसर गन प्रयोग गर्ने भन्ने स्पष्ट स्थापित अधिकार नभएको भन्दै खारेज गरिएको थियो। घटना भएको १० वर्षपछि अदालतबाहिर ४५ हजार डलरमा उनले मिलापत्र गरेकी थिइन्।

    सुधारको माग
    नेलीका अनुसार प्रहरीहरू उन्मुक्तिका लागि योग्य ठहरिने भएकाले फ्लोइडको परिवारलाई पनि न्याय पाउन गाह्रो हुन सक्छ।बीबीसीले अमेरिकाको न्याश्नल पुलिस अफिसर्स असोसीएशनई प्रतिक्रिया दिन बारम्बार अनुरोध गरेको थियो।

    उक्त संस्थाका अध्यक्षले यसअघि जोर्ज फ्लोइडको हत्यालाई कानुनी, आत्मरक्षा वा नैतिक कारण दिएर बचाउ गर्न नसकिने बताएका थिए।यस्तै धारणा राजनीतिज्ञहरूले पनि राखिरहेका छन् र प्रहरीद्वारा भएका हत्याको गहन छानबिनका लागि कानुनी सुधारहरूका प्रस्तावहरू पनि आएका छन्।

    विज्ञहरूले र सञ्चारमाध्यमहरूले उन्मुक्तिका लागि योग्य भनिने अवधारणाको आफ्नो बुझाइमा नै अमेरिकी सर्वोच्च अदालतले पुनर्विचार गर्न सक्ने बताइरहेका छन्।अभियानकर्ताहरूले अमेरिकी संसद्ले प्रहरीले जो सुकैमाथि बल प्रयोग गर्दा पनि सावधानी अपनाउनुपर्ने माग सहितको कानुन पारित गर्नुपर्ने माग गरिरहेका छन्।

    पीस एक्ट भनिने उक्त विधेयकले प्रहरीले अत्यावश्यक र अन्तिम विकल्पका रूपमा मात्रै त्यस्तो घातक किसिमका बल प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।अमेरिकामा प्रहरी सङ्गठन निक्कै विकेन्द्रीकृत रहेको बताइन्छ।

    प्रत्येक तीन सेकन्डमा अमेरिकामा कुनै व्यक्ति गिरफ्तारमा पर्ने र सन् २०१८ मा एक करोडभन्दा बढी मानिसहरू गिरफ्तार गरिएका अमेरिकी अनुसन्धान निकाय एफबीआईको एउटा तथ्याङ्कमा उल्लेख छ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.