Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
Monday, May 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

षडयन्त्रहरू किन हावी हुन्छन्?

कीथ ल्याम्व कीथ ल्याम्व
मंसिर २०, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्पादकको नोट: कीथ लम्ब ग्लासगो विश्वविद्यालय, स्टाफोर्डशायर युनिभर्सिटी र अक्सफोर्ड विश्वविद्यालयबाट दिक्षित भएका हुन्। उनको प्राथमिक अनुसन्धान रुचिहरू चीनको अन्तर्राष्ट्रिय सम्बन्ध, नवउदारवाद र चीनको “चिनियाँ विशेषतासहितको समाजवाद” हो।

    जब विचारको पहिरन खुस्किन्छ र शक्ति नाङगो हुन्छ, नागरिकहरू आधिकारिक झूटलाई प्रतिवाद गर्न स्वाभाविक रूपमा अनौपचारिक कथन खोज्छन्।

    षड्यन्त्रलाई “गोप्य, गैह्र कानुनी कुत्सित उद्देस्य पूरा गर्ने हेतु ब्यक्तिहरुको गठजोड” भनी परिभाषित गर्दा हामीले भन्नुपर्ने हुन्छ कि सूक्ष्म तहमा षड्यन्त्र सर्बत्र विद्यमान हुन्छ किनभने मानिसहरु प्रायसः एउटै प्रतिफलका लागि षड्यन्त्र गर्छन्।

    निस्सन्देह, हामी प्राय: यो शव्दको प्रयोग नकारात्मक अर्थमा गर्दछौं। यद्यपि, षडयन्त्र सर्वत्र हुन्छ।

    अफगानिस्तानमा अष्ट्रेलियाली सेनाको भर्खरको रिपोर्टहरु धेरै व्यक्तिहरुका जघन्य कर्तुतलाई लुकाउने षडयन्त्रमा स्पष्टरुपमा संलग्न छन्।

    यद्यपि, ठूलो विश्वव्यापी षडयन्त्र सिद्धान्तहरूले समग्र विश्व शक्तिहरुभित्र विशेषगरी पश्चिममा घटिरहेका तीव्र घटनाहरूको व्याख्या गर्दछन्। षडयन्त्र सिद्धान्त सैद्धान्तिक हुनुको मतलब यो छ कि यसलाई व्याख्या गर्ने सूचनाहरु अनुमानित हुन्छन् वा केही नभएपनि तिनीहरुले आधिकारिक स्पष्टीकरणहरूलाई पत्याउदैनन्।

    कोभिड–१९ कै सन्दर्भमा चीनले त्यस्ता सिद्धान्तहरुले अन्धाधुन्ध आक्रमणको सामना गर्नु पर्‍यो। केहीले कोभिड–१९ लाई चीनले ढाकछोप गरेको एक जैविक दुर्घटना हो भन्ने ठाने। कसैकसैले कोभिड–१९ लाई चीनले विश्वलाई मार हानेको एक चिनियाँ सैन्य हतियार हो भन्ने ठाने।

    अब कोभिड–१९ को चरित्र उत्परिवर्तन भई  अब यो महामारी विश्वका कुलीन वर्गको सहयोद्धा बनेको छ। त्यसैले त्यस वर्गले यसको महामारीलाई प्रयोग गरेर मानवजातिमाथि आफ्नो नियन्त्रणमा ल्याउन खोज्दैछन्। केहिले यो षडयन्त्र सिद्धान्तको सहायतामा कोभिड–१९ धेरै घातक छैन र वास्तवमा, यो केवल फाइभ–जी टेक्नोलोजीको एक लक्षण हो भन्दै आवाज घन्काइरहेका छन्।

    पश्चिमी संसारमा षडयन्त्र सिद्धान्तहरू किन व्याप्त छन्?

    सन् २०१७ मा गरिएको प्रिन्सटन मनोवैज्ञानिक अध्ययनका अनुसार, एकाकीपन जुन पश्चिमी समाजमा सामान्य र सर्वत्र छ। यही एकाकीपनले षडयन्त्र सिद्धान्तहरुप्रति विश्वास गर्ने अवस्थामा पुर्‍याउँछ। लकडाउन र आइसोलेसनका कारणले मात्र होइन त्यहाँ धेरै व्यक्तिहरू एकाकीपनमा जिइरहेका हुन छन् तर यही कारणले मात्र किन षडयन्त्रहरूलाई विश्वास गरिन्छ भनेर भन्न सकिदैन।

    तर ती कारणहरुले संयोगवश षडयन्त्र सिद्धान्तहरूमा विश्वास गर्ने अवस्थामा पुर्‍याउँछन्। उदाहरणका लागि,  त्यस्तै संयोगले जेफ्री एपस्टेनलाई “आत्महत्या” तर्फ पुर्‍यायो। यस घटनाले सम्भावनाको नियमलाई स्वीकार गरेन भनिइन्छ। उनले आत्महत्या गरेका हुन् भन्ने कुरालाई २९ प्रतिशत अमेरिकीले मात्र विश्वास गरे भनेर रासमसनको सर्वेक्षणको रिपोर्ट छ। त्यसपछि रहस्य अनेकौं कुराले झन् रहस्य बनेको छ। घटनाहरु अब कसले, कहिले, किन र कसरी भयो भनेर वर्णन गर्ने सनसनीखेज षड्यन्त्र सिद्धान्त विकसित भएकाछन्।

    यद्यपि हालसालैको कुरामा ध्यान दिँदा म माथिका दुईखाले व्याख्यामा के कुरा थप्न चाहन्छु भने पश्चिममा प्रणालीगत समस्याका कारणले षडयन्त्रका सिद्धान्तहरूमा व्यापकता आइरहेको हो।

    यसमाथि, षडयन्त्र सिद्धान्तहरूको थुप्रोबाट केही षड्यन्त्रका तथ्यहरू बाहिरिएर आधिकारिक कथनहरूलाई विश्वास नगर्ने अवस्था बनाइदिने गरेका छन्।

    उदाहरणका लागि, दोस्रो खाडी युद्ध इराकबाट ९ / ११ का एक कर्ता र सामूहिक विनाश गर्ने हतियार (डब्ल्यूएमडी) अधिनमा राखेका खतरनाक सद्दामलाई समाप्त गर्नु हो भनिएको थियो। साथसाथै, पश्चिमी शक्तिले इराकका बासिन्दाहरूका लागि स्वतन्त्रता र प्रजातन्त्र ल्याइदिन युद्ध छेडेको कुरा पश्चिमी दुनियालाई बताएका थिए।

    यी दाबीहरू झूटा मात्र भएनन्। ती दावीहरु इराकमा आक्रमण गर्न मात्र रहेछन् भनेर प्रमाणीत भए। सामूहिक विनाश गर्ने हतियार (डब्ल्यूएमडी) रहेको दाबी गर्ने टोनी ब्लेयरको दाहिने हात मानिने एलिस्टर क्याम्पबेल थिए।

    अन्तर्राष्ट्रिय पूंजीको फाइदाको लागि इराकी अर्थव्यवस्थाको पूर्ण पुनर्संरचनाबारे प्रोफेसर डेभिड हार्वेले दिएको विवरणले सबैजसो भ्रमलाई चिर्छ। त्यसले भन्छ कि पश्चिमले कसैलाई स्वतन्त्रता दिएन बरु अन्तर्राष्ट्रिय पूंजीवादी कुलीनवर्गको एउटा सानो समूहले यसबाट फाइदा लिने गरेका छन्।

    यसबाहेक, इराक युद्ध अन्तर्राष्ट्रिय पूँजीको स्वामित्वमा रहेका पश्चिमी मिडियाको व्यापक समर्थन विना हाँक्न सकिन्न थियो।

    यसैले, इराकले पश्चिमाहरूलाई षड्यन्त्रको पाठ सिकायो। यसले “विशेषज्ञहरू” र सत्तासिनहरुबाट झूटलाई सजिलै तथ्यको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने देखायो। यसले धेरै मिडियालाई भरोसा गर्न सकिदैन भन्ने बुझायो। धेरै गम्भीरतापूर्वक, यसले धेरै पश्चिमी नागरिकहरूमा रहेको आफ्नो राजनीतिक संस्था र नागरिक समाजमाथि राखेको श्रद्धा र विश्वासलाई चकनाचूर पारिदियो।

    यद्यपि, माथि वर्णन गरिएका पटकथाहरु कुनै नयाँ  होइनन् र धेरैले, यस्तो अनुभूत गरिसकेका छन्, त्यसकारण यी कुराहरुमा आश्चर्यचकित भई हाल्नु पर्दैन।

    उदाहरणका लागि, १८ औं शताब्दीमा मार्क्सले बुर्जुवा वर्गले मजदुरहरू विरुद्ध गरेको षड्यन्त्रको वर्णन गरेका थिए। लेनिनले १०० बर्ष भन्दा पहिले नै लेखेका थिए– कसरी स्वछन्द वित्तिय पूंजीले साम्राज्यवादतर्फ लान्छ। ग्राम्सीले बुझाएका थिए कि तटस्थ रहेको झूटा दावी गर्ने नागरिक समाजमार्फत् कसरी बुर्जुवा वर्ग आफ्नो हितको सेवा गर्ने वैचारिक सहमति निर्माण गर्न सक्षम हुन्छ।

    चीनमा, मार्क्स र लेनिनको शिक्षालाई महत्व दिइन्छ। चीनले राष्ट्रिय र विदेशी पूंजीको प्रभुत्वबाट स्वतन्त्र हुन क्रान्ति गर्‍यो। त्यसैले चिनीयाहरु पश्चिमा शक्ति पूर्णतया शान्ति र प्रजातन्त्र स्थापना गर्ने शक्ति होइन भन्ने तथ्यलाई सजिलैसँग स्वीकार गर्दछन्।

    यद्यपि चीनमा अझै पनि वर्गीय अन्तरविरोधहरु छन्, जुन अझै उन्मूलन भएका छैनन्। पूंजीवादीहरू अझै छन् र यस्तै श्रमिकहरू पनि। यद्यपि, महत्त्वपूर्ण कुरा के छ भने, पूँजीले राज्य शक्तिमाथि हावी हुन सक्दैन। राज्य शक्तिलाई समाजवाद निर्माणका लागि प्रयोग हुन्छ।

    पूँजी नियन्त्रण गर्ने चीनको वर्तमान अवधारणा विकासको मनाशायका लागि हो भने युद्धमा पश्चिमी ट्रान्सनेशनल पूंजीको प्रयोग गर्ने पश्चिमाको कुरा मुनाफा प्राप्त गर्न हो। यसकारण पुँजीको प्रयोगबारे चीन र पश्चिमाको अवधारणा एकअर्काका विरोधी हुन्।  

    यसैकारण, चीन पनि अरु मुलुकजस्तै पश्चिमी सरकारहरू र ट्रान्सनेशनल पूँजीद्वारा नियन्त्रित मिडियाद्वारा बारम्बार अपमानित छ। तिनीहरु वारबार कोभिड–१९ लाई षडयन्त्र सिद्धान्तमा स्थापित गर्न चाहन्थे तर वस्तुस्थितिले गलत सावित गरिदियो।

    षडयन्त्र जब चीनको सन्दर्भमा आउँछ, कोभिड–१९ का नाममा अनेक कुरा देखिन्छन्। उदाहरणका लागि हङकङमा भएका प्रदर्शनलाई अमेरिकी सरकारले आर्थिक सहयोग गर्‍यो। तर, पश्चिमी मिडियाले ती सबै गतिविधिहरु स्थानीय थिए भनेर हामी पश्चिमी नागरिकलाई विश्वास गराउन उत्प्रेरित गरे।

    वास्तवमा, कोभिड १९, इराक, र हङकङका केशहरु हिमशिलाका टुप्पाहरु मात्र हुन्। पश्चिमा दुनियाका लागि षडयन्त्र वर्षौंदेखि अन्तर्राष्ट्रिय सम्बन्धको एक हतियार भएको छ। औपनिवेशिकरण र दासत्व, जसले पश्चिमालाई शक्तिशाली हुने अवसर बनाइदियो। जसलाई तिनीहरुले त्यस युगको न्यायोचित अवसर भन्दै वकालत गरिरहे। यहींदेखि उनीहरूमा षडयन्त्रवादी गुण प्राप्त भयो।

    त्यस्तै, दुश्प्रचार सधैं उदारवादी विश्व शक्ति केन्द्रको हृदयमा रहेको छ। जब विचारको पहिरन खुस्किन्छ र शक्ति नाङगो हुन्छ, नागरिकहरू आधिकारिक झूटलाई प्रतिवाद गर्न स्वाभाविक रूपमा अनौपचारिक कथन खोज्छन्।

    फलस्वरूप यसले विभिन्न थरिका तर्कसंगत र बाहिरी दुबै पक्षले प्रायजसो परस्पर विरोधी षडयन्त्रहरूतर्फ पुर्‍याउँछ। जसले यस संसारको आधारभूत षडयन्त्रवादी प्रकृतिलाई बुझ्न नसक्ने नागरिकहरूबीचको एकतालाई बाधा पुर्‍याउँछ।

    सिजिटिएन २०२० दिसम्वर ३ मा प्रसारितबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कीथ ल्याम्व

      कीथ ल्याम्व

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.