Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरसको संकटमा चीनले किन भारतीय डाक्टर कोटनिसलाई सम्झिरहेको छ!

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २०, २०७६
- यो हप्ता, समाचार
A A
0
भारतीय डाक्टर द्वारकानाथ कोटनिस विकीमीडिया कमन्स

भारतीय डाक्टर द्वारकानाथ कोटनिस विकीमीडिया कमन्स

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डा‍. लक्ष्मण सिंह। नयाँ दिल्लीः चीनमा कोरोनाभाइरस फैलिएपछि ९ फेब्रुअरीमा भारतीय प्रधानमंत्री नरेंद्र मोदीले चीनियाँ राष्ट्रपति शी जिनपिंगलाइ एकपत्र लेख्दै यो रोग विरुद्ध लड्नका लागि चीनलाई हरसंभव मद्धत गर्ने बताए। त्यसपछि चीनियाँ विदेश मन्त्रालयले एक आधिकारिक विज्ञप्ति जारी गर्दै भारतको सो प्रस्तावप्रति आभार व्यक्त गर्दै धन्यवाद दियो। केही चीनियाँले भारतको यस्तो प्रस्तावले डाक्टर कोटनिसको याद दिलाएको बताए।

    को थिए डाक्टर कोटनिस ? जसलाई यो समयमा याद गरिँदैछ। यही बताउनु यो लेखको उद्धेश्य हो। भारत र चीनको लगभग ४ हजार किलोमीटरको सीमाना जोडिएको छ। तथापी जब भारतीय र चीनियाँ जनता बीच प्रत्यक्ष सम्वाद या सम्पर्क कमै हुने गरेकोछ। प्राचीनकालमा बौद्ध मतको प्रचारको उद्धेश्यले चीन जाने प्रचारक र भारत आएर धर्म ज्ञान लिने केही चीनियाँ बौद्ध भिक्षुहरुको केही आख्यान प्रसिद्ध छन् र दुई देश बीच मैत्रीपूर्ण सम्बन्ध ऐतिहासिक रहेको प्रमाण दिने महत्वपूर्ण  केही स्रोत पनि हुन्। यसको अलावा पर्वतीय क्षेत्रको केही भारतीय व्यापारी चीनियाँबाट सामान खरिद बिक्री गर्दथे।

    पछिल्लो शताब्दीमा एक यस्तो भारतीय थिए, जसले यो हज्जारौं सालमा पुरानो चीन-भारत सम्बन्धमा एक नयाँ आयाम दिएका थिए। उनी थिए, महाराष्ट्रको शोलापुरमा जन्मिएका डा. द्वारकानाथ कोटनिस। डा. कोटनिसले मेडिकलको शिक्षा मुम्बइ विश्वविद्यालयबाट लिएका थिए। सन् १९३८ मा चीनमाथि जापानी हमला भएपछि चीनको कम्युनिस्ट पार्टीले जवाहरलाल नेहरुसँग केही डाक्टर चीन पठाउन अनुरोध गरेको थियो। सो अनुरोधलाई स्वीकार गर्दै भारतीय राष्ट्रीय कांग्रेसका तत्कालीन अध्यक्ष नेताजी सुभाष चन्द्र बोसले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय जनतासँग चीनको सहायता गर्नको लागि अपील गरे।

    आज जब भारतमा कोरोनाभाइरसले दुइजनाको मृत्यु भयो साथै दुनियाभरि यो भाइरस फैलिरहेको छ, यस्तोमा चीनले एक भारतीय डाक्टर कोटनिसको याद गरिरहेको छ जसले लगभग आठ दशक पहिले चीनमा पीडित सैनिकहरुको सेवा गर्दै जीवन समर्पण गरेका थिए।

    सुभाष चन्द्र बोसले स्वयंसेवक डाक्टरहरुको एक टिम तयार गरेर २२ हजार रुपैयाँको राशी सहित चीन पठाए। यो एक उपनिवेश रहेको देशले अर्को देशलाई उपनिवेशबाट बचाउन गरिएको सहयोग थियो। डाक्टरहरुको उक्त टिममा इलाहाबादका डा. एम. अटल, नागपुरका एम. चोलकर, शोलापुरबाट डा. कोटनिस र बी. के. बासु अनि कलकत्ताबाट देबेश मुखर्जी थिए। यो टिमबाट गएका सबै डाक्टरहरु फर्किए तर डाक्टर कोटनिस भने फर्किएनन्।

    सन् १९३९ मा यो टिम युनान पुगेको थियो, जहाँ त्यस समयको आधार शिविर थियो। त्यहाँ त्यो समय उक्त मेडिकल टिमको स्वागत स्वयम् माओ त्से तुँगले गरेका थिए। यो कुनै एशियाली देशबाट चीन पुग्ने पहिलो टिम थियो। डा. कोटनिस पुरा ५ वर्ष चीनमा रहे। उनले युद्धको मोर्चामा घायल चीनियाँ सैनिकहरुको सेवा गरे। सन् १९४० मा डा. कोटनिसको भेटघाट क्‍वो छींगलान नामकी एक चीनियाँ नर्ससँग भयो। त्यसबेलासम्म डा. कोटनिसले चीनियाँ भाषा सिकिसकेका थिए। डिसेम्बर १९४१ मा डा. कोटनिसले क्‍वो छींगलानसँग विवाह गरे। विवाहको एकवर्षपछि  उनीहरुको एक छोराको जन्म भयो, जसको नाम उनीहरुले इनहुआ राखे, चीनियाँ भाषामा यसको अर्थ हुन्छ – भारत र चीन।

    डा. कोटनिस दिन-रात युद्धमोर्चामा सैनिकहरुको सेवा – सुश्रुषामा खटिरहे। यतिधेरै मेहनतका कारण बिस्तारै उनको स्वास्थ्य बिग्रिन थाल्यो। उनलाई छारेरोग लाग्यो र यहीँ रोगको कारण एकदिन उनको मृत्यु भयो। ९ डिसेम्बर १९४२ को दिन उनले आफ्नो पत्नी र छोरालाई सधैंका लागि छोडेर बिदा भए। डा. कोटनिसलाई ननकुआन गाउँमा नायकहरुको चिहानमा राखियो। उनको मृत्युमा माओ त्से तुंग भने कि ‘हाम्रो सेनाले एक सच्चा सहयोगीलाई गुमाएको छ, चीनले एक साथीलाई गुमाएको छ। उनको अन्तर्राष्ट्रिय भावना सधैं हाम्रो दिलमा जिउँदो रहनेछ।’

    चीनमा हेपेयी राज्यको शहीद स्मृति स्थलमा एक स्थान डा. कोटनिसलाई समर्पित गरिएको ५ र त्यहाँ उनले प्रयोग गरेका मेडिकल उपकरण र त्यस समयको चिनीयाँ नेताहरुको साथ फोटो प्रदर्शनीमा राखिएको छ। एक फोटोमा उनी माओ त्से तुंगसँग देखिएका छन्।

    भारतीय डाक्टर द्वारकानाथ कोटनिस विकीमीडिया कमन्स

    १ जनवरी २०१२ मा डा. कोटनिसको स्मृतिमा उनको गृह नगर शोलापुरमा तत्कालीन कैबिनेट मन्त्री, सुशील कुमार शिन्देले एक स्मारकको उद्घाटन गरेका थिए। डा. कोटनिसको मृत्यु पश्चात उनकी पत्नी क्‍वो ले एक चीनियाँ पुरुषसँग विवाह गरिन्। तर पनि धेरै अवसरहरुमा उनलाई चीन सरकारबाट बोलावट हुन्थ्यो। उनको पत्नी क्‍वोले प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग २००३ मा भएको भ्रमणमा भेट गरेकी थिइन्। चीनका राष्ट्रपति हु जिन्ताओको २००६मा भएको भारत भ्रमणमा उनी पनि सँगै आएकी थिइन्। २०१२ मा ९६ वर्षको उमेरमा उनको चीनमा देहान्त भयो।

    महान फिल्मकार वी शांतारामले १९४६मा उनको जीवनमा एक फिल्म बनाएका थिए, जसको नाम थियो ‘डॉक्टर कोटनिस की अमर कहानी’। यो फिल्मको पटकथा ख्वाजा अहमद अब्बासले लेखेका थिए भने डा. कोटनिसको रोल वी शांतारामले  आफैंले गरेका थिए। १९९२ मा चीनमा पनि उनीमाथि एक फिचर फिल्म बनाइएको थियो। जुन जुन बेला चीनका राष्ट्रपति या प्रधानमन्त्री भारत आए, त्ययसबेला उनीहरुले डाक्टर कोटनिसका परिवारजनको सम्मान गरे। धेरै चीनियाँ राष्ट्राध्यक्ष डाक्टर कोटनिसको बहिनीसँग भेट गरेका थिए। भारत यात्राको दौरानमा २०१४ मा चीनियाँ राष्ट्रपति शी जिनपिंगले पनि उनकी बहिनीलाई  भेटघाट गरेका थिए।

    २०१७ मा चीन सरकारले डा. कोटनिसले मेडिकल अध्ययन गरेको मुम्बई विश्वविद्यालयलाई माओले लेखेका डा. कोटनिसको बारेमा हस्तलिखित सन्देश दिएका थिए। केही वर्ष पहिले चीन सरकारले चीनको सर्वोत्तम ७ विदेशी सहयोगीको सूचीमा डा. कोटनिसको पनि नाम राखेको छ।

    यहीँ कारणले आज चीनमा स्वास्थ्य संकट देखिएकोबेला, चीनले डा. कोटनिसलाई पुनः स्मरण गरेको छ।

    (लेखक समाज तथा कला विषयको जानकार हुन्)।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.