कोरोना भाईरसबाट संक्रमित व्यक्तिहरूको संख्या पूर्वी युरोपका पहिलेका कम्युनिष्ट देशहरू भन्दा पश्चिमी यूरोपमा धेरै छ किन ? मध्य र पूर्वी यूरोपमा पुष्टि भएका घटनाहरूको संख्या, अस्पतालमा भर्ना हुने र मृत्यु हुनेहरूको संख्याले त्यहि सावित गर्छ ।
यो खोप, जसलाई BCG (Bacillus Calmette-Guérin) भनेर चिनिन्छ । यो वास्तवमै १०० वर्ष पुरानो हो र यूरोपको पूर्वी र पश्चिमी भागमा यो ब्यापकरूपमा प्रयोग भएको छ।
बुल्गेरियन सोसाईटी अफ लङ टर्म केयर एण्ड पालियाटिभ मेडिसिन वर्ल्डवाईडका अध्यक्ष प्राध्यापक डा लुम्बिमा डेस्पोटोभाका अनुसार यो बिसिजी खोप विश्वब्यापी खोप लगाउने चित्रसित खप्ट्याइएको छ । अर्थात् दोहोर्याईएको छ । जुन देशले बिसिजी खोप लगाउन बन्द गरे ति देशमा कोरोना भाईरसको संक्रमण उच्च छ । पूर्वी र पस्चिमी युरोपका केहि देशमा यहि भिन्नता देखिएको छ ।
उनले युराक्टिभ न्युजलाई प्रतिक्रिया दिँदै जर्मनीको उदाहरण दिएकि छन् – जर्मनीले आफ्नो ईलाकामा भएको महामारीको क्रमिक विकासको नक्शा बिस्त्रित रुपमा निकालेका छन् । त्यसमा के जोड दि ई एको छ भने पुरानो पूर्वी जर्मनी र पस्चिम जर्मनीको बिच महत्वपूर्ण भिन्नता छ । यो भिन्नता भनेको यि दुई क्षेत्रको सोच, संस्कार, काम गराईको तरिका र क्षेत्रगत भिन्नताले ल्याउने फरक हो ।
उनले दिएको अर्को उदाहरण पोर्तुगल हो, जसले बीसीजी खोपको अभ्यास गर्यो । स्पेन कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो । पोर्चुगलले ब्यापक प्रयोग गरेको थियो । आशाको सम्भावित झलक यस तथ्यबाट आउँदछ कि बीसीजी खोप विकासोन्मुख देशहरूमा व्यापक भएको छ । ति देशमा अझैपनि कोरोनाको संक्रमण तुलनात्मकरुपमा कमै छ ।
सम्भवतः पूर्व कम्युनिष्ट देशहरू जनसंख्याको विशाल प्रभावमा छैनन् । अर्को कुरा पश्चिममा एयरपोर्टहरु धेरै छन् । तिनमा हुने लाखौं लाखको ओहोरदोहोरलेपनि भाइरस संक्रमणमा भूमिका खेल्छ ।
अर्को संभावना के भने पूर्वी युरोपको जनसंख्या बढि अनुशासित छ जसले एकान्तवासमा बस्न दिएका निर्देशनहरु सहजरुपमा आदर गर्छ । पूर्वी युरोपका राजधानीहरुमा मास्क नलगाई हिँड्नेहरु देख्न प्राय मुस्किल पर्छ भने बेल्जियमको राजधानी ब्रसेल्समा मास्क लगाउनेहरु फाट्टफुट्ट मात्रै देखा पर्छन् । त्यहाँ मास्क ल्याउनपनि सजिलो छैन र ल्याउँदापनि निकै बिवादास्पद छ ।
सम्भवतः पूर्वी युरोपेलीहरूले कोरोना भाइरसको खतरालाई गम्भीर रूपमा लिन्छन् । त्यस्तै, पूर्वी यूरोपियनहरूले बसाइँ सर्नकालागि कडा विरोध गरेका छन्, मानौं “एलियनहरू”ले विज्ञानका काल्पनिक चलचित्रहरूमा झैं उनीहरूको समाजलाई ध्वस्त पार्छन् । पूर्वी यूरोपियनहरू सामान्यतया पश्चिमी युरोपकाले भन्ने गरेको ‘लेसे फैरे’ अर्थात् काम गर्ने तौर तरिका बुझ्न असफल हुन्छन् । त्यहाँ अन्य कारणपनि हुन सक्छ । तर बिसिजीको प्रभावका बारेमा अध्ययन हुने नै छ । चार देशमा अनुसन्धानकर्मीहरुले एक हजार स्वास्थ्यकर्मीहरुसँग अब चाँडैनै डच अस्पतालहरुमा क्लिनिकल परिक्षणहरु सुरु गर्ने छन् । सायद पुरानो औषधी अन्तमा प्रमाणित हुनसक्छ ।
तर यहाँ उपठाउनुपर्ने प्रश्न अरुपनि छन्
-बेलायतमा अहिले ६० वर्ष उमेरभन्दा माथिकालाई बिसिजी खोप लगाइएको थियो । तरपनि अन्य मुलुकमा जस्तै बेलायतमापनि संक्रमण देखियो । किन बेलायतमा बिसिजीको प्रभाव देखिएन रु कि युवायुवतीहरुले तिनलाई सारेका हुन् रु
पस्चिमी युरोपको भन्दा पुर्वी युरोपको अवस्था नाजुक छ । त्यसैले पस्चिमी युरोपको तुलनामा भाइरस संक्रमित भएमा त्यहाँ पस्चिमी युरोपमा भन्दा म्रितकको संख्या ज्यादै बढ्न सक्छ । कारण के भने राज्यको स्वामित्व लिने पूर्वी यूरोपियनहरू भयंकर बेवास्ता गर्ने गर्छन् सामाजिक विषयमा । ति अझ अयोग्य छन् ।
-पस्चिम युरोपमा भन्दा ब्रिद्दाब्रिद्दको संख्या पूर्वी युरोपमा कम छ । प्रदुषण र गरिबीको संयोजनले मानिसहरुको ज्यान छिटो जान्छ पूर्वी युरोपमा पस्चिममा भन्दा ।
-पूर्वी युरोपमा कुनैपनि संकटको अवशर पारेर राजनितिक शोषण गरिन्छ । किनकि पूर्वी युरोपका नेताहरु जनताको चासो उति गर्दैनन् । ति आफ्नै स्वार्थकालागि बढि काम गर्छन् । पूर्वी युरोपमा दासत्व बढि छ ।
-पस्चिमी युरोपका मानिसहरुको काम गर्ने तरिका र बुझाई (लेसे फेयर) पूर्वी युरोपकाले राम्रोसित बुझ्दैनन् । नेपाल प्लस