Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन पढ्नुपर्छ समाजवादीहरूले?

समाजवादीले पढ्नका लागि मात्रै पढ्ने गर्दैनन्। बरु उदेश्य प्राप्तिको इच्छासहित पढ्छन्। समाज बुझ्ने र बदल्ने योजनाका साथ पढ्छन्।

पिटर होगार्थ पिटर होगार्थ
पुस ११, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    समाजवादीहरूले पठन समूहहरू नै बनाएर समाज, संस्कृति र अर्थशास्त्रका बारेमा पढ्ने संस्कृतिको लामो परम्परा छ। माक्र्सको ‘पूँजी’ पढ्ने पाँचजना साथीसँग मिलेर विश्व परिवर्तन गर्ने विषयमा समाजवादीहरू सोचिरहेका हुन्छन् भन्ने एउटा पूरानो ठट्यौली कथन पनि छ। वास्तवमा समाजवादी आन्दोलन किन कुनै पुरानो गल्ली, पुस्तक पसल वा चिया पसलको सानो पठन समूहसँग जोडिएको हुन्छ ? समाजवादीहरू किन समाज बुझ्न चाहन्छन्, ति किन पढ्छन्?

    पठन समूहको इतिहास

    समाजवादीहरूले समूहमा बसेर विभिन्न विचारका बारेमा कुरा गर्ने चलनको लामो इतिहास छ। फ्रान्स, इंग्ल्यान्डलगायत युरोपको अधिकांश क्षेत्रमा फैलिएको बौद्धिक परिवेशमा माक्र्स र एंगेल्स पनि तल्लिन थिए। जर्मनी र पोल्यान्डमा १९ औं शताब्दिको सुरुवातमा रोजा लक्जेम्बर्गले समाजवादी पठन समूह र कक्षाहरूको नेतृत्व गरेकी थिइन्। सन् १९७० को दशकमा दर एस सलाम (तान्जिनिया देशको ठूलो शहर) को समाजवादीहरूको अखडाको केन्द्रमा थिए, वाल्टर रोडनी। जबकि सन् १९२० को दशकमा जोर्ज प्याडमोर र पल रोबिसनजस्ता व्यक्तित्वहरू समाजवादी विचारका पक्षमा तथा लन्डनको साम्राज्यवादविरुद्धको आन्दोलनमा देखिएका थिए।

    अनलाइनमा कहिलेकाहीँ केही मानिसले किताबहरूको लहरसहितका तस्वीर देखाइरहेका अथवा केही ‘उच्च’ सिद्धान्तका कुरा गरिरहेका वा मार्क्सको ‘पूँजी’ नपढेका व्यक्तिहरूको उपहास गरिरहेका देख्छौंँ। तिनीहरू समाजवादमा चासो राख्ने अध्येताहरू हुन् र विश्व परिवर्तनका लागि गम्भीर समाजवादीहरूका लागि यस्तै खालका अनेकौँ पठन समूहहरू एकिकृत हुँदै आएका छन्।

    लेनिनले रुसी क्रान्तिको पाठलाई सम्प्रेषित गर्ने क्रममा उनले अनुभव र अध्ययनको भूमिकामा सबैभन्दा बढी जोड दिएका थिए। उनले भनेका थिए, ‘रुसले माक्र्सवाद (क्रान्तिको एकमात्र सही सिद्धान्त)लाई प्राप्त ग-यो। रुसले आधा शताब्दिसम्म भोगेको अद्धितिय पीडा, योगदान, अद्धितिय क्रान्तिकारी वीरता, अविश्सनीय उर्जा, समर्पित खोज, अध्ययन, व्यवहारिक प्रयास, निराशा, जाँच पड्ताल तथा युरोपियन अनुभवसँगको तुलनाको पीडाबाट गुज्रदै यो क्रान्ति हात पारेको हो।’

    चिनियाँ र रुसी क्रान्तिमा जस्तै क्युबन क्रान्तिले पनि समाजवादी साहित्यको माध्यमबाट गाउँ–गाउँमा साक्षरता ल्याउन सफल भयो। ग्लाबल साउथको राष्ट्रिय स्वतन्त्रता र समाजवादी आन्दोलनको इतिहास त्यस्ता मानिससँग जोडिएको छ, जसको पछाडिपट्टि बन्दुक र गोजीमा एउटा रातो किताब हुने गथ्र्यो।

    विचारको आदानप्रदान र आत्मविश्वासको निर्माण

    आधारभूत रूपमा समाजवादीहरू विचारको सम्प्रेषण गर्न चाहन्छन्, त्यसैले समाजवादीहरू पढ्छन्। टिमस्टर (अमेरिका र क्यानाडाको मजदुर संगठन) ले सन् १९३० को दशकमा समाजवादी विचार, इतिहास र राजनीतिका बारेमा पत्रिकाका आलेखहरू वितरण ग-यो। सन् १९३० को दशकमा कम्युनिष्टहरूले अलाबामामा आफ्ना साथी तथा कमरेडहरूबीच विश्वभरका अश्वेतहरूको स्वतन्त्रता संघर्षका बारेमा लेखिएका साहित्यहरू ठूलो स्वरमा पढेका थिए। र, त्यसपछि यी विचार कहाँबाट आए, कसरी यी पाठ तथा विचारलाई ठोस रूप दिन सकिन्छ र आफ्नो विशेष परिवेशमा लागु गर्न सकिन्छ भन्ने विषयमा छलफल गरे।

    समाजवादीको पठन समूह र पठन संस्कृतिका बारेमा एउटा समकालिन उदाहरण हुनसक्छ, शिक्षक हड्तालको पछिल्लो छाल। वेस्ट भर्जिनिया र वरपरका शिक्षकहरूले पठन समूहको माध्यमबाट साझा राजनीतिको सञ्जाल विकास गरे। उनीहरूले सिकागोका विद्रोही शिक्षकहरूको बारेमा अध्ययन गरे।

    सिकागोका शिक्षकहरूको हड्तालका विषयमा लेखिएका पुस्तकहरू (हाउ टु जम्प स्टार्ट योर युनिअन र स्ट्राइक फर अमेरिका) पढ्नुका साथै यसलाई सहकर्मीहरूकाबीच आदानप्रदान गरेर यी शिक्षकहरूले आफूसँग उस्तै विचार भएका र उस्तै संघर्षबाट प्रेरित कामदारहरूको नेटवर्क बनाउन थाले। उनीहरूले शिकागोबाट पाठ सिके र यसलाई जवाफी आक्रमणका लागि प्रयोग गरे। विचारको एउटा साझा समूहको माध्यमबाट आफू वरिपरिका मानिसहरूलाई संगठित गरेर जुन विचारमाथि छलफल र तर्कवितर्क गरियो, यसले शिक्षकहरूमा आत्मविश्वास र ज्ञानको निर्माण मात्रै गरेन, उनीहरूको रणनीति र युक्तिलाई झनै तिखार्ने काम पनि ग-यो।

    शिक्षक पठन समूहको महत्वलाई दर्शाउँदै वेस्ट भर्जिनियाका एक शिक्षकले भने ‘त्यो पठन समूह हामीलाई संगठित गर्ने र हामी एक हौं भन्नका लागि आत्मविश्वास प्रदान गर्ने सुरुवाती वन्दु थियो। हामीलाई जागिरको तलब दिन बाँकी थियो, त्यसैले हामीले परिवर्तनका लागि कसैलाई पर्खेनौँ।’ अर्का आन्दोलनरत शिक्षकले ‘नो सर्टकट’जस्ता पुस्तकलाई उल्लेख गर्दै भने, ‘यो पुस्तक वास्तवमै शक्तिशाली छ, किनकि यसलाई पढेपछि हामीले समाजवादीहरू सधैं एउटा ठूलो श्रमिक युद्ध र हड्तालको अग्रपंक्तिमा हुन्छ भन्ने कुरा महशुस ग-यौं।’

    मैले केही वर्षदेखि अर्थतन्त्र, साम्राज्यवाद र ‘वैयक्तित कार्यशालामा विशिष्ट हड्तालको ठोस परीक्षा’ जस्ता अमूर्त विषयहरूमथि पठन समूह संगठित गरेको छु। यिनीहरूको लक्ष्य एउटा छलफल चलाउनुमात्र होइन, बरु मानिसहरूलाई इतिहास र राजनीतिबारे फराकिलो बहस चलाउनुहो। जसले वर्ग संघर्षको फराकिलो विश्वमा हाम्रो वर्तमान परिस्थितिलाई स्थान दिन मद्धत गर्छ। यसो गर्दा हामी सबै जना सिद्धान्तकार र राजनीतिकर्मी हौँ भन्ने बोध हुन्छ। हाम्रो लक्ष्य हो त्यो।’ पठन समूहले हामीलाई विचार आदानप्रदान गर्न, प्रश्न सोध्न र सुन्नका लागि सहयोग गर्छ। यसले समूहिक रुपमा वर्ग संघर्ष र दमनविरुद्ध लड्नका लागि हाम्रो क्षमतालाई बढाउन मद्धत गर्छ।

    वर्तमानलाई इतिहासँग जोड्दै

    पढ्नुका साथै आपसमा छलफलको माध्यमबाट हामी इतिहास र वर्तमानलाई जोड्न सक्छौं र कहिलेकाहीँ हामी सहभागी भएका भिन्नभिन्न संघर्षहरूलाई एक ठाउँमा ल्याउन सक्छौँ। झट्ट सुन्दा, पढाई एकल प्रयास होजस्तो लाग्छ। तर जब हामी सामूहिक सघर्षको ‘प्रिज्मा’बाट पढ्छौं र संगठित हुन्छौं, यसले प्रश्न, विचार र सम्भावनाहरूको नयाँ संसारको ढोका खोलिदिन्छ। राजनीतिक परिवर्तन र राजनीतिक विकासका लागि समाजमा हाम्रो अमूल्य स्थान छ। सामूहिक अध्ययनले हाम्रा लक्ष्यहरू सामूहिक आधारमा पूरा गर्ने अवसर पनि दिन्छ।

    समाजवादीले पढ्नका लागि मात्रै पढ्ने गर्दैनन्। बरु उदेश्य प्राप्तिको इच्छासहित पढ्छन्। समाज बुझ्ने र बदल्ने योजनाका साथ पढ्छन्। समाजवादीले गर्ने अध्ययनले लामो समयदेखिको समाजवाद र उपनिवेशन परम्पराको विरोधी विचार तथा उपकरणहरू प्रदान गर्ने उद्देश्य राखेको हुन्छ, जसले आजको संघर्ष समापन गर्नका लागि व्यक्ति तथा समूहलाई अझै धेरै बलियो बनाउँछ। यी सबैको अर्थ समाजवादीले सिद्धान्त पढ्नुपर्छ। यो एउटा उद्देश्य र लक्ष्यका साथ प्रयोग गरिनुपर्छ। सँगसँगै पढ्नुले हामीलाई हाम्रो सञ्जाल निर्माण गर्न सहयोग गर्छ, हाम्रो राजनीतिक सम्बन्धलाई गहिरो बनाउँछ, आत्मविश्वास बढाउँछ र विश्व परिवर्तनका लागि हामीले जानेसम्म गरेको प्रयासको कामको सूचना दिन्छ।

    स्प्रिङम्याग डट सिए बाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पिटर होगार्थ

      पिटर होगार्थ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.