Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वर्षमा डेढ अर्ब आम्दानी गर्छन् कर्णालीका महिला

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ १६, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका छन्।कर्णाली प्रदेशका अधिकारीहरूका अनुसार त्यहाँ झन्डै १२,००० महिला उद्यमी छन् जसले करिब ३०,००० लाई रोजगारी दिएका छन्।

    महिला उद्यमीहरूले वर्षेनी एक अर्ब ४८ करोड रुपियाँभन्दा बढी आम्दानी गरेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क छ।उद्यममा लागेका कर्णालीका महिलाले प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन मद्दत गरिरहेको सरकारी अधिकारीहरू बताउँछन्।

    पाँच-छ वर्ष अघिसम्म आफ्नो कमाइ केही नभएकी भेरीगङ्गा नगरपालिका-१ सुर्खेतकी तिला महतराले उन्नत जातका बाख्रा पाल्न थालेपछि अहिले बर्सेनि तीन लाख रुपियाँ कमाउँछिन्।’व्यवसायिक बाख्रापालन थालेपछि पहिलेजस्तो कसैसँग हात पसार्नु परेको छैन,’ उनी भन्छिन्।’पैसा चाहिएको बेला एउटा खसी बेचेर पनि काम चलाउन सकिन्छ।’आफ्नो कमाइ नहुँदा हेपिनु परेको अनुभव सुनाउने दैलेखकी टीकादेवी जैसी अगरबत्ती बनाएर कमाउन थालेपछि कसैले पनि हेप्ने आँट नगरेको बताउँछिन्।’आफ्नो कमाइ नहुँदा धेरै दुख भोगियो । घरेलु हिंसा पनि खेपियो,’ उनी भन्छिन्।’पैसाको तनाव हुन थालेपछि आफैले केही गर्नुपर्छ भन्ने सोचेर व्यवसाय गर्दा अहिले सुखका दिन आए।’सीप सिकेर व्यवसाय गरिरहेका कर्णालीका धेरै महिला घरव्यवहारबाट बचेको समयलाई सदुपयोग गरी आयआर्जन गर्न सफल भएको बताउँछन्।

    स्वेटर बनाएर महिनामा ६० हजार रुपैयाँ कमाइरहेकी जाजरकोटकी शारदा हमाल भन्छिन, ‘आफैले व्यवसाय गर्न सके सुखका दिन आउँदा रहेछन्।’छ वर्षदेखि स्वेटर उद्योग सञ्चालन गरेकी उनले आठ महिलालाई रोजगारी दिएकी छन्।

    कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा ११,८४४ महिला उद्यमी रहेको जनाएको छ।मन्त्रालयका अनुसार उनीहरूले २९,८६९ जनालाई रोजागरी दिनुको साथै बर्सेनि एक अर्ब ४८ करोड २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

    जाजरकोटकी शारदा हमाल मासिक ६० हजार कमाउने बताउँछिन्। मन्त्रालयका उद्योग, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण शाखाका प्रमुख तुलसीप्रसाद आचार्यले महिला उद्यमीको व्यवसायलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले सहयोग गरिरहेको बताए।

    आचार्य भन्छन्, ‘हामीले अनुदान उपलब्ध गराइरहेका छौँ। बजारीकरणको लागि मद्दत गरेका छौँ।साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरेर पनि सहयोग गरिरहेका छौँ।’ती महिलाहरूले स्वेटर, सिस्नोको धुलो, हाते कागज, चिउरीको साबुन, दुनाटपरी र अल्लोका कपडा बनाउनेदेखि बाख्रापालन र बीउ उत्पादनसम्मका व्यवसाय गरिरहेका छन्।जङ्गलमा खेर जाने अल्लोबाट सामग्री बनाएर रुकुमकी तीर्था पुन मगरले बर्सेनि १० लाख रुपैयाँ आम्दानी गदै आएकी छन्।पाँच वर्षदेखि अल्लो प्रशोधन उद्योग सञ्चालन गरेकी उनी भन्छिन, ‘पौरख गर्यो र सोच बदल्यो भने प्रगति गर्न सकिँदो रहेछ।’

    परम्परागत अन्नबालीको विकल्पमा व्यवसायिक बीउ खेती गरिरहेकी सुर्खेत मेहलकुनाकी चन्द्रकला विश्वकर्मा आफैले व्यवसाय गर्दा जीविकोपार्जन गर्न सजिलो भएको बताउँछिन्।सामूहिक रूपमा बीउ उत्पादन गरेर महेलकुनाका महिलाहरूले बर्सेनि एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरिरहेका छन्।आफ्नै कमाइमा छोराछोरी पढाउनदेखि घरव्यवहार चलाउन सफल भएकोमा महिलाहरू गर्व गर्छन्।

    व्यवसाय गर्नुअघि धेरै महिलालाई घरव्यवहार चलाउन निकै मुस्किल थियो।सानो कामको लागि पनि ऋणसापट गर्नुपर्ने बाध्यता भोगेका उनीहरू मिहिनेत गर्यो भने पैसामात्र होइन, सुखपनि पाइने अनुभव व्यक्त गर्छन्।चाउमीन बेचेर गतिलो आम्दानी गदै आएकी उषा तारामी भन्छिन्, ‘व्यवसाय गरेर आत्मनिर्भर भएपछि गाउँसमाजले पनि आशा र विश्वासको नजरले हेर्न थालेका छन्।’

    खेर गइरहेको समयलाई सदुपयोग गर्ने हो भने आफुलाई मन परेको खान र लाउन अरूको मुख ताक्नु नपर्ने उद्यमी महिलाहरू बताउँछन्।लालमती पन्त भन्छिन्स् ‘फुर्सदको समयलाई खेर नफाली आफुले सक्ने व्यवसाय गर्न महिला दिदीबहिनीलाई सुझाव दिन्छु।’कर्णालीका महिलाहरु तीनै तहका सरकारदेखि विभिन्न सङ्घसंस्थाले ल्याएका सीपमूलक कार्यक्रमले आफूलाई आत्मनिर्भर बन्न बल दिएको बताउँछन्।त्यसबाहेक गाउँका आमा समूह, सहकारीसहित विभिन्न सङ्घसंस्थाका माध्यमबाट धेरै कुरा जान्ने र बुझ्ने अवसर पाएको उनीहरुको भनाइ छ।

    महिला उद्यमीले उत्पादन गरेको सिस्नोको धुलो, हाते कागज, चिउरीको साबुन, अल्लोको धागो र कपडाजस्ता सामान युरोपसम्म निर्यात हुने गरेको बताइन्छ।महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई सङ्कलन गरेर बजारीकरणमा सहयोग गरिरहेको राष्ट्रिय लघुउद्यमी महासङ्घका कर्णाली प्रदेश अध्यक्ष कविराज केसी बताउँछन्।कर्णाली प्रदेश उद्योग मन्त्रालयका प्रदेशिक लघुउद्यम विकास विशेषज्ञ दीपक गर्तौला महिलाहरू आत्मनिर्भर हुँदै गएपछि उनीहरूको सामाजिक हैसियत बढेको बताउँछन्।उनका अनुसार घरेलु हिंसामा कमी आएको र महिलाहरूले आफ्नो आम्दानी छोराछोरीको पढाइ, स्वास्थ्य तथा पोषणमा बढी लगानी गरेको देखिएको छ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.