Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

वर्षमा डेढ अर्ब आम्दानी गर्छन् कर्णालीका महिला

by पत्रपत्रिकाबाट
January 30, 2020
- यो हप्ता, समाचार
वर्षमा डेढ अर्ब आम्दानी गर्छन् कर्णालीका महिला
Share on FacebookShare on TwitterEmail

उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका छन्।कर्णाली प्रदेशका अधिकारीहरूका अनुसार त्यहाँ झन्डै १२,००० महिला उद्यमी छन् जसले करिब ३०,००० लाई रोजगारी दिएका छन्।

महिला उद्यमीहरूले वर्षेनी एक अर्ब ४८ करोड रुपियाँभन्दा बढी आम्दानी गरेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क छ।उद्यममा लागेका कर्णालीका महिलाले प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन मद्दत गरिरहेको सरकारी अधिकारीहरू बताउँछन्।

पाँच-छ वर्ष अघिसम्म आफ्नो कमाइ केही नभएकी भेरीगङ्गा नगरपालिका-१ सुर्खेतकी तिला महतराले उन्नत जातका बाख्रा पाल्न थालेपछि अहिले बर्सेनि तीन लाख रुपियाँ कमाउँछिन्।’व्यवसायिक बाख्रापालन थालेपछि पहिलेजस्तो कसैसँग हात पसार्नु परेको छैन,’ उनी भन्छिन्।’पैसा चाहिएको बेला एउटा खसी बेचेर पनि काम चलाउन सकिन्छ।’आफ्नो कमाइ नहुँदा हेपिनु परेको अनुभव सुनाउने दैलेखकी टीकादेवी जैसी अगरबत्ती बनाएर कमाउन थालेपछि कसैले पनि हेप्ने आँट नगरेको बताउँछिन्।’आफ्नो कमाइ नहुँदा धेरै दुख भोगियो । घरेलु हिंसा पनि खेपियो,’ उनी भन्छिन्।’पैसाको तनाव हुन थालेपछि आफैले केही गर्नुपर्छ भन्ने सोचेर व्यवसाय गर्दा अहिले सुखका दिन आए।’सीप सिकेर व्यवसाय गरिरहेका कर्णालीका धेरै महिला घरव्यवहारबाट बचेको समयलाई सदुपयोग गरी आयआर्जन गर्न सफल भएको बताउँछन्।

स्वेटर बनाएर महिनामा ६० हजार रुपैयाँ कमाइरहेकी जाजरकोटकी शारदा हमाल भन्छिन, ‘आफैले व्यवसाय गर्न सके सुखका दिन आउँदा रहेछन्।’छ वर्षदेखि स्वेटर उद्योग सञ्चालन गरेकी उनले आठ महिलालाई रोजगारी दिएकी छन्।

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा ११,८४४ महिला उद्यमी रहेको जनाएको छ।मन्त्रालयका अनुसार उनीहरूले २९,८६९ जनालाई रोजागरी दिनुको साथै बर्सेनि एक अर्ब ४८ करोड २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

जाजरकोटकी शारदा हमाल मासिक ६० हजार कमाउने बताउँछिन्। मन्त्रालयका उद्योग, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण शाखाका प्रमुख तुलसीप्रसाद आचार्यले महिला उद्यमीको व्यवसायलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले सहयोग गरिरहेको बताए।

आचार्य भन्छन्, ‘हामीले अनुदान उपलब्ध गराइरहेका छौँ। बजारीकरणको लागि मद्दत गरेका छौँ।साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरेर पनि सहयोग गरिरहेका छौँ।’ती महिलाहरूले स्वेटर, सिस्नोको धुलो, हाते कागज, चिउरीको साबुन, दुनाटपरी र अल्लोका कपडा बनाउनेदेखि बाख्रापालन र बीउ उत्पादनसम्मका व्यवसाय गरिरहेका छन्।जङ्गलमा खेर जाने अल्लोबाट सामग्री बनाएर रुकुमकी तीर्था पुन मगरले बर्सेनि १० लाख रुपैयाँ आम्दानी गदै आएकी छन्।पाँच वर्षदेखि अल्लो प्रशोधन उद्योग सञ्चालन गरेकी उनी भन्छिन, ‘पौरख गर्यो र सोच बदल्यो भने प्रगति गर्न सकिँदो रहेछ।’

परम्परागत अन्नबालीको विकल्पमा व्यवसायिक बीउ खेती गरिरहेकी सुर्खेत मेहलकुनाकी चन्द्रकला विश्वकर्मा आफैले व्यवसाय गर्दा जीविकोपार्जन गर्न सजिलो भएको बताउँछिन्।सामूहिक रूपमा बीउ उत्पादन गरेर महेलकुनाका महिलाहरूले बर्सेनि एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरिरहेका छन्।आफ्नै कमाइमा छोराछोरी पढाउनदेखि घरव्यवहार चलाउन सफल भएकोमा महिलाहरू गर्व गर्छन्।

व्यवसाय गर्नुअघि धेरै महिलालाई घरव्यवहार चलाउन निकै मुस्किल थियो।सानो कामको लागि पनि ऋणसापट गर्नुपर्ने बाध्यता भोगेका उनीहरू मिहिनेत गर्यो भने पैसामात्र होइन, सुखपनि पाइने अनुभव व्यक्त गर्छन्।चाउमीन बेचेर गतिलो आम्दानी गदै आएकी उषा तारामी भन्छिन्, ‘व्यवसाय गरेर आत्मनिर्भर भएपछि गाउँसमाजले पनि आशा र विश्वासको नजरले हेर्न थालेका छन्।’

खेर गइरहेको समयलाई सदुपयोग गर्ने हो भने आफुलाई मन परेको खान र लाउन अरूको मुख ताक्नु नपर्ने उद्यमी महिलाहरू बताउँछन्।लालमती पन्त भन्छिन्स् ‘फुर्सदको समयलाई खेर नफाली आफुले सक्ने व्यवसाय गर्न महिला दिदीबहिनीलाई सुझाव दिन्छु।’कर्णालीका महिलाहरु तीनै तहका सरकारदेखि विभिन्न सङ्घसंस्थाले ल्याएका सीपमूलक कार्यक्रमले आफूलाई आत्मनिर्भर बन्न बल दिएको बताउँछन्।त्यसबाहेक गाउँका आमा समूह, सहकारीसहित विभिन्न सङ्घसंस्थाका माध्यमबाट धेरै कुरा जान्ने र बुझ्ने अवसर पाएको उनीहरुको भनाइ छ।

महिला उद्यमीले उत्पादन गरेको सिस्नोको धुलो, हाते कागज, चिउरीको साबुन, अल्लोको धागो र कपडाजस्ता सामान युरोपसम्म निर्यात हुने गरेको बताइन्छ।महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई सङ्कलन गरेर बजारीकरणमा सहयोग गरिरहेको राष्ट्रिय लघुउद्यमी महासङ्घका कर्णाली प्रदेश अध्यक्ष कविराज केसी बताउँछन्।कर्णाली प्रदेश उद्योग मन्त्रालयका प्रदेशिक लघुउद्यम विकास विशेषज्ञ दीपक गर्तौला महिलाहरू आत्मनिर्भर हुँदै गएपछि उनीहरूको सामाजिक हैसियत बढेको बताउँछन्।उनका अनुसार घरेलु हिंसामा कमी आएको र महिलाहरूले आफ्नो आम्दानी छोराछोरीको पढाइ, स्वास्थ्य तथा पोषणमा बढी लगानी गरेको देखिएको छ। बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

1 year ago
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

8 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.