Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कामकाजी महिला : ‘आदर्श कर्मचारी’ बन्नु ‘कि असल आमा?’

आदर्श कर्मचारी र असल आमाको ‘पुरुष’ मापदण्ड विवादास्पद छ। हामीलाई त्यस्तो कार्यस्थल चाहिन्छ, जसले कर्मचारीको वास्तविकतालाई स्वीकार गरोस्।

nepal_readers nepal_readers
पुस २२, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -तप्ती बोस-

    विद्यालय तहको अध्ययन गर्दा देखि नै प्रायः सबै बालबालिकाले राम्रो जागरि खाने सपना देखेका हुन्छन्। योग्यताअनुसारको तलब र राम्रो सेवासुविधा भएका जागिरको अपेक्षा धेरैको हुन्छ। आजको प्रतिस्पर्धात्मक समयमा रोजगारदाता र रोजगारका लागि इच्छुक सबै आफूलाई अब्बल बनाउने कोशिशमा लागेका हुन्छन्। रोजगारदाता संस्थाले मेहनती कर्मचारीलाई प्रोत्साहित गर्न विभिन्न अवसरहरू पनि ल्याएका हुन्छन् भने कर्मचारीले पनि आफूलाई अब्बल देखाउन हरसम्भव प्रयास गरेको हुन्छ। फेरि एउटा कुरा के पनि सत्य हो भने जनशंख्याको तुलनामा विश्वभर अवसरहरूचाहिँ कम छन्।

    आदर्श कर्मचारीको ‘मर्दाङ्गी’ मापदण्ड

    सामान्यतः एउटा ‘आदर्श कर्मचारी’का गुणहरू के के हुन्छन् ? त्यस्तो कर्मचारी, जसको सम्बन्धित कार्यालयबाहेक अन्य कुनै संस्थामा संलग्नता छैन र सधैं कामलाई नै प्राथमिकतामा राख्छ, उ आदर्श कर्मचारी बन्न सक्छ। ‘आदर्श कर्मचारी’ त्यस्तो हुन्छ, जो सातैदिन चौबिसै घन्टा टेलिफोन, इमेल वा भौतिक रूपमै खटिरहन्छ। एउटा छोटो जानकारीपछि जुनसुकै समयमा जहाँसुकैको यात्रा गर्न सक्छ र जसलाई आफ्ना बच्चा तथा घरको कामका लागि अबेरसम्म अफिस छोड्नुपर्ने बाध्यता हुँदैन। हामीकहाँ एउटा ‘आदर्श कर्मचारी’को अवधारणा यिनै हुनसक्छन्। तर के आदर्श कर्मचारीका यी मानक महिला कर्मचारीका लागि पनि उत्तिकै अनुकूल छन् त? हाम्रो सामाजिक संरचनामा एउटी महिला ‘आदर्श कर्मचारी’ र ‘असल आमा’ दुबै बन्न सक्छिन्?

    पछिल्लो समय शिक्षित महिला र हरेक कार्यालयमा महिला कर्मचारीको बढ्दो संख्याका बावजुद आदर्श कर्मचारीको यस ‘मर्दाङ्गी’ मापदण्ड प्रायः ठूला कर्पोरेट हाउसदेखि लिएर सूचना प्रविधिको क्षेत्र, साना तथा मझौला संगठन लगायत सबै सरोकारवाला क्षेत्रमा लागु भएको छ। साना तथा मझौला संगठनमा समेत कर्पोरेट संस्कृति प्रवेश गरिसकेको अवस्था, निजी क्षेत्रको अर्थतन्त्र, ह्वाइट कोलर जब (सुकिलो मुकिलो अफिसवाला जागिर)को कमी, शिक्षित कर्मचारीको ठूलो संख्या, रोजगार सुरक्षाको कमी र कार्यसंस्कृतिमा मर्दाङ्गी मापदण्डका कारण निजी क्षेत्रका कार्यस्थलमा ‘आदर्श कर्मचारी’ को मिथ झनै बलशाली बनेको छ।

    यस्तो अवस्थामा चाहे महिला होस् वा पुरुष सबै लिंगका कर्मचारीले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्ने हुन्छ। तर आजका महिलाले आदर्श कर्मचारी मात्रै होइन, असल आमा बन्नुपर्ने कार्यभारलाई पनि थाप्लोमा राखेर हिँडिरहेका छन्। प्रकृतिको स्वभाविक कृत्यलाई महिलाले त्याग्न पनि कसरी सकुन्? आफ्ना सन्तानका आवश्यकताबाट पूर्ण रूपमा बाँधिनु नै ‘असल आमा’को सामाजिक मान्यताभित्र पर्नजान्छ। त्यसैले माथि उल्लेख गरिएजस्तो ‘आदर्श कर्मचारी’ बन्न चुनौतीपूर्ण मात्रै होइन, कठिन पनि छ।

    महिलालाई बच्चाको प्रश्न

    निजी क्षेत्रमा रोजगारका लागि आवेदन दिएका महिलाहरूलाई आजपनि गर्भ र सन्तानका बारेमा प्रश्न गरिन्छ। विवाहित महिलालाई बच्चा जन्माउने योजना भए/नभएको तथा एउटा बच्चा जन्माइसकेका आमालाई अर्को बच्चाको विषयमा प्रश्न सोध्ने गरिन्छ। मानौं, रोजगार प्राप्त गर्नका लागि मातृत्व सबैभन्दा ठूलो बाधक हो। तर हाम्रो पुरुषप्रधान सामाजिक संरचना र आदर्श कर्मचारीको ‘मर्दाङ्गी’ मापदण्डका कारण महिलाले हरेक ठाउँ आफ्नो क्षमता र मातृत्वका सवाल जवाफमा भाग लिइरहनुपर्ने बाध्यता छ। रोजगारको क्षेत्रमा आम बनिसकेको एउटा आदर्श वाक्य पनि छँदैछ ः ‘आफ्ना व्यक्तिगत मामलाहरू कार्यस्थलभन्दा बाहिर राख्नुपर्छ।’ तर के यो पूर्वाग्राही आदर्शलाई महिला कर्मचारीले पालना गर्न सक्छन्? यो सवाल पनि आजको समयमा सोचनीय बन्नुपर्छ।

    कार्यस्थलमा आदर्श कर्मचारी बन्न चुनौति एकातर्फ छ, अर्कोतर्फ पितृसत्तात्मक समाजको घरभित्रमा एउटी कामकाजी महिला ‘असल आमा’ बन्न नसकेको आरोप खेप्नुपर्ने यथार्थ हामीमाझ छ। एउटा कामकाजी पुरुष समाजमा सम्मानजनक व्यक्ति बन्न सक्छ, तर कामकाजी आमा जबसम्म काम, घर, पारिवारिक सम्बन्ध, बालबालिका, भान्सा आदिको सन्तुलन मिलाउनमा उदाहरणीय बन्न सक्दिनन्, तबसम्म उनले त्यही सम्मान पाउन मुस्किल छ। महिलाहरू कैयौँ वर्षदेखि आफूमाथि व्यवस्थित उत्पीडनमा परेका हुन्छन्। पटकपटक अनेकौँ सामाजिक परीक्षा दिइरहेका हुन्छन्, तरपनि महिलालाई हरेक ठाउँमा असक्षम घोषित गरिन्छ र तिनको हुर्मत लिइन्छ।

    कामकाजी आमाका समस्या

    यी पूर्वाग्रहहरूका बीच जब महिलाहरूले निजी क्षेत्रमा रोजगारीको बाटो रोज्छन्, त्यहाँ उनीहरूले पुरुष सहकर्मीभन्दा कम मूल्यांकन र कम पारिश्रमिकजस्ता विभेदको सामना गर्नुपर्छ। अर्कोतर्फ, आमाहरूले रोजगारीमा जानुपर्दा महंगा ‘चाइल्ड केयर’ सेवादाताहरूको सहारा लिनुपर्छ, जसको खर्च उनी आफैँले बहन गर्नुपर्छ। कार्यालयको कामसहित महिलाले घरेलु काम तथा बालबालिकाको हेरचाहको प्रबन्ध पनि मिलाउनुपर्ने हुन्छ। बच्चालाई स्कुल बससम्म छोड्ने, घरका पुरुष सदस्यका लागि खाना/खाजा तयार गरिदिनुपर्ने लगायत घरको एकसरो काम आफैँले सक्नैपर्ने बाध्यताले कार्यलय समय अघि नै महिलाहरू थकित बनिसकेका हुन्छन्। दैनिक तनाव र थकानका कारण महिलाले आफूलाई आवश्यक आधारभूत पोषणको समेत बेवास्ता गरिरहेका हुन्छ। हुनतः दक्षिण एशियाली समाजको पारिवारिक संरचनामा विवाहित महिलाको पोषणको आवश्यकता कम प्राथमिकतामा पर्छ, चाहे उनी गृहणी हुन् या कामकाजी।

    अधिकांश कामकाजी आमाहरू आफ्नो व्यक्तिगत सिर्जना वा आवश्यकता र यहाँसम्म कि व्यक्तिगत स्वास्थ्य जाँचका लागि समेत विदा लिँदैनन्। बालबालिका बिरामी भएमा चेकअपका लागि अथवा बच्चाको हेरचाह गर्नुपर्ने अवस्थाका लागि महिला कर्मचारीहरूले आफ्नो अफिसका विदाहरू साँचेर राखेका हुन्छन्। त्यसैले सामान्य रुपमा, महिलाहरू अन्य कर्मचारीभन्दा कम विदा लिन्छन्। महिलाहरूले अन्य कर्मचारीलेझैँ विदा लिँदा उनलाई प्रायः पूर्वाग्रही नजरले हेर्ने गरिन्छ। उनी जतिसुकै प्रतिस्पर्धी, जिम्मेवार र उत्पादनमूलक भएपनि महिलाले लिने विदालाई उनको लैंगिक समस्यासँगै जोडेर हेर्ने गरिन्छ। यस्ता समस्याहरूका कारण महिलाहरू पार्टटाइमको जागि रोज्न पुग्छन्, जहाँ उनले कम तलब र सुविधामा चित्त बुझाउनुपर्ने हुन्छ।

    विडम्बनाः जब महिलाहरू यस ‘आदर्श कर्मचारी’ को विषाक्त मापदण्डमा बिना कुनै गुनासो आफूलाई फिट राख्दै अघि बढ्छिन्, उनीमाथि ‘खराब आमा’को संज्ञा दिइन्छ। यस्तो अवस्थामा उनी स्वार्थी आमा कहलिन्छिन्। बालबालिकाहरूको हेरचाहमा कुनैपनि सामाजिक मापददण्डहरू पूरा नगरेको खण्डमा आमालाई नै दोष लगाइन्छ र पुरातन सोचअनुरुपको असल आमा हुन नसकेको घोषणा गरिन्छ।

    महामारीको असर

    त्यसमाथि कोरोना महामारीले कामकाजी आमाहरूलाई झनै बोझ थपेको छ। महामारीका कारण बालबालिका हेरचाह गरिदिनेहरूको कमी र अतिरिक्त सरसफाईको बोझ थपिएका कारण महिलाको जिम्मेवारी बढेको छ। यस्तै, लामो समय विद्यालय बन्द भएका कारण बालबालिकाको हेरचाहको समय थपिनुका साथै अनलाइन क्लासका कारण आमाले नै अतिरिक्त समय दिनुपर्ने हुन्छ। यसैगरी, महामारीका कारण घरका पुरुष सदस्यको आम्दानी घटेपछि परिवारिक जिम्मेवारीको सन्तुलन मिलाउन र आफ्नो करियरलाई कम प्राथमिकतामा राख्न पनि महिलाहरू बाध्य भएका छन्।

    यहाँसम्म कि उच्च आय वर्गका महिलाहरूले समेत आफ्नो पेशागत जीवनमा अपमान र विभेद भोग्नुपरेको छ। महामारीका समयमा भिडियो तथा जुम कलमा महिलाहरूसँग उनका बच्चाको उपस्थितिलाई लिएर कि त उपहास गरिन्छ, कि असक्षमताको संकेत मानिन्छ।

    कुनैपनि कर्मचारीको घरभित्रको जीवनको वास्तविकतालाई भविष्यको नयाँ कार्यस्थलमा स्वीकार्य हुनुपर्छ। आदर्श कर्मचारी र असल आमाको ‘पुरुष’ मापदण्ड विवादास्पद छ। हामीलाई त्यस्तो कार्यस्थल चाहिन्छ, जसले कर्मचारीको वास्तविकतालाई स्वीकार गरोस्। कार्यालयको काम तथा व्यक्तिगत जीवनबीचको सन्तुलन र महिलाका समस्याका लागि लचकताका प्रावधानहरू बनाइयोस। यसले कुनै पनि हालतमा कर्मचारीको उत्पादकत्वमा कमी आउँदैन। कुनैपनि अधिकारबाट कोही पनि बञ्चित हुनुहुँदैन। अब ‘आदर्श कर्मचारी’को अवास्तविक अपेक्षालाई हटाउन आवश्यक छ।

    फेमिनिजम इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.