Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

प्रदेश-२ ले किन दियो झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ७२ करोड?

by पुरुषोत्तम पौडेल
September 5, 2020
- यो हप्ता, समाचार, सामयिक
प्रदेश-२ ले किन दियो झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ७२ करोड?
Share on FacebookShare on TwitterEmail

पुरुषोत्तम पौडेल। नेपालको तराईमा मात्र वर्सेनी २५०० भन्दा वढि मानिसहरू सर्पले टोकेर मर्छन । हजारौ हजार मानिसहरू सर्पले टोकेर जीवन मरणको दोसाँधमा लडिरहेका हुन्छन । उनीहरूको उपचार गर्नको निम्ति एण्टी स्नेक भेनम नभै हुँदैन । हाम्रो तराईमा मानीस र सर्पको जीवन संग सगै चली रहेको हुन्छ ।

मानिसले निरन्तर प्रकृति संग लडि रहनु पर्छ । प्रकृति संगको मानिसको लडाई चलुञ्जेल सर्पले टोक्ने र मानीसको जीवन जोखिममा पर्ने कुरा पनि आफै वन्द हुने होईन । मानीसले आफ्नो जीवन लाई जोखिमवाट वचाऊन आफैले औषधि र उपयुक्त उपचार विधी खोज्नु पर्दछ । यसका निम्ति एण्टी स्नेक भेनम नै उपयुक्त विकल्प हो ।

अहिले सम्म नेपालको लागी आवस्यक भेनम भारतबाट ल्याऊने गरिएको छ । भारतबाट ल्याऊने गरिएको भेनम पनि त्यती प्रभावकारी छैन । संसारका अरू कुनै पनि देशले उत्पादन गर्ने भेनम नेपाल भारतलाई कामै लाग्दैन । हाम्रो एउटै काम चलाउ श्रोत भारत हो ।

कथं भारतले भेनम दिन वन्द गरिदियो भने आजको युगमा पनि हामी उसै मर्नु पर्ने हुन्छ । नेपालको तराईमा वस्ने जनताले भोगी रहेको पीडा लाई महसुस गरेर नेकपाका नेता कमरेड झलनाथ खनालले एण्टी भेनम उत्पादनमा चासो लिनु भयो । यो सकारात्मक चासो लाई पनि अहिले धेरैले डाह गरेको देखिदैछ ।

नेकपा नेता कमरेड झलनाथ खनालले चासो लिएर झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गराऊनु भएछ । नेकपा सर्लाही जील्ला अध्यक्ष कमरेड रेवती पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरेर कार्यक्रम अघि वढि सकेको देखीन्छ । उक्त प्रतिष्ठानको एउटा कार्यक्रमको रूपमा सर्प पालन र नेपालमै एण्टी स्नेक भेनम उत्पादन गर्नको लागी सम्भाव्यता अध्ययन सम्पन्न गरिकन डिपीआर समेत तयार भैसकेको अवस्था रहेछ ।

यसलाई स्थानीय तह ९ लालबन्दी नगर पालिका ०, २ नम्बर प्रदेश सरकार र सङ्घीय सरकारले समेत उचित र आवस्यक महसुस गरेर साझेदारी गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको अवस्था छ । यहा उल्लेखनीय कुरा के छ भने सर्पको टोकाइको मर्म वुझेको प्रदेश सरकारले यसलाई ‘प्रदेशको गौरवको आयोजना’ कै रूपमा स्वीकार गरि प्राथमिकताका साथ अघि वढाऊने अठोट गरि सकेको अवस्था देखीन्छ । संघिय सरकार पनि त्यस आयोजनामा सहमत भएर काम समेत सुरू भेसकेको अवस्था छ । यो अत्यन्त आवस्यक र सकारात्मक काम हो ।

यो देशको प्राथमिकताको क्षेत्रमा पर्ने मानव जीवन र स्वास्थ्य संग जोडिएको ज्यादै महत्वपूर्ण आयोजना हो । यस्तो खालको देशको कानुनी र प्रकृया अनुसार व्यवस्थीत ढंगले सुरू गरिएको विकाश आयोजनालाई झलनाथ खनालको निजी काम जस्तो वनाउदै उनले निजी आम्दानी गरे जस्तो गरी प्रचार गरिनु सुहाऊने कुरा होइन ।

अझ सरकारवाट वहा ले यती धेरै अनुदान प्राप्त गरेको भनेर प्रचार गरिनु झन कति उचित होला रु जवकी कमरेड झलनाथ खनालले आफु निर्वाचन क्षेत्रका जनताको विचमा जादा जनताले उठाइएका पिडालाई सम्वोधन गर्न खोजेको देखीन्छ । प्राय नेताहरू जनताको आवाज सुन्दैनन भनिन्छ ।

अथवा एक कानले सुनेर अर्को कानले उडाई दिन्छन भनिन्छ । जनताका खास समस्या छोडेर दलाल र विचौलीयाहरूको निम्ती काम गर्न थालेको आरोप लगाइन्छ । शिक्षा र स्वास्थ्यका समस्यालाई वेख्याल गरियो भनेर विरोध गरिन्छ । आज कमरेड झलनाथ खनालको नाममा स्थापीत एउटा प्रतिष्ठानले जनताको चाहना र माग वमोजीमको काम गर्न लागेको देखिन्छ । मान्छेहरू किन यति धेरै हतास हुन्छन र गलत प्रचार गर्नतिर लागी हाल्छन । यस्ता खालका दुराग्रह पूर्ण प्रचारको कुनै अर्थ हुदैन ।

यहा सर्लाही डायरीमा प्रकाशित मधेशी धर्तिपुत्रको ध्यानाकर्षण लाई गम्भीरता पूर्वक हेर्नु उपयुक्त हुन्छ । मधेशी धर्ती पुत्र ध्यानाकर्षण गर्नु हुन्छ ू केही दिन देखी मिडियामा झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिशठानले सर्प पालनको लागी रू। ७२ करोड ल्यायो भन्दै प्रचार गरिएको सुनिन्छ ।

यस्तो खालको मधेश बिरोधि कुराले हामी मधेशीहरुलाई दुखी तुल्याएको छ । सानो कुरा के हो भने यस कार्यक्रमको लागी ७२ करोड बराबरको रकम ५ बर्षका लागि सम्झौता भयको हो । योजना अनुसार हरेक बर्ष लालबन्दी नगरपालिका मार्फत रकम आउने कुरा लालवन्दी गर प्रमुख मान वहादुर खड्काले नगर भेलामा हामीलाई जानकारी गराउनु भयको थियो ।

जुन सुकै व्यक्तिको नाममा काम होस त्यसले हामी जनतालाई कुनै किसीमको फरक पर्दैन । मूल कुरा के काम गर्न लागेको हो र रकम सहि तरिकाले खर्च हुन्छ कि हुदैन त्यो चाहि प्रमुख कुरा हो । हामीलाई थाहा छ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिशठानले सर्प पालेर रमाइलो गर्न रकम मागेर राखेको होइन ।

गर्मी याममा हजारौ हजार मानवोचित घर नभयका तराई वासीहरू राति आँगनमा सुत्न वाध्य हुन्छन । यसरी ऑगनमा सुत्ने गरिव मधेशीहरूलाई सधै सर्पको टोकाइको जोखिम रहि रहन्छ । उनीहरूलाई यो जोखिमबाट बाचाउनको लागि एन्टी भेनमको अनुसन्धान तथा उत्पादन गर्ने प्रयोजनकै लागि सर्प पाल्न लागेको हो भनेर जानकारीमा आयको छ ।

सर्पको खेल देखाउन सर्प पाल्न लागेको पनि होइन । यसबाट आन्तरिक पर्यटन प्रवर्धन समेत गर्ने र त्यसबाट प्राप्त आम्दानीले विकाशमा दिगोपन ल्याऊने समेत कुरा छ । आयोजनाको ल्याब वनेर तयार हुदा यो संसारकै ल्याव सहित को ३३ औ ठुलो आयोजना हुने कुरा समेत डिपीआरले देखाएको छ ।

यस्तो गर्बिलो आयोजना संचालनको लागि अग्रसर लीएकोमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लालबन्दी नगरपालिका, २ नम्बर प्रदेश सरकारका मन्त्री बिजय यादब र केन्द्र सरकार समेत प्रशंसाका पात्र छन । यसर्थ सवैले सकरात्मक सोच राखौ । राम्रो कामको लागि हौशला दिने गरौ । गलत काम भए मात्र खबरदारी र विरोध गरौ ू।

यसरी विषालु सर्प तराईका आम गरिव दुखी जनताको पिडा हो । तराईका भुई झुप्रा र छाप्रामा जीवन गुजारा गर्न वाद्य दलित तथा विपन्न वर्गका आम नागरिकहरूको सर्पको टोकाइबाट हुने पीडालाई कसैले वुझ्न सकेनन । तराईमा सर्पले टोकेर ठुलो संख्यामा मान्छेहरू मर्ने गरेको आज होईन । तराईमा चुनाव सुरू भएको पनि आज होईन ।

देशमा धेरै खालका चुनाव भए । तराई बाट चुनाव जितेका धेरै व्यक्तिहरू मन्त्री र प्रधानमन्त्री भएको पनि आज मात्र होईन । जनता माथीको यस्तो डरलाग्दो र हिंस्रक सर्प आतङ्कको समाधान खोज्ने विषयमा आज सम्म कसैले चासो सम्म राखेन । नेकपाका नेता कमरेड झलनाथ खनालको गम्भीर ध्यानाकर्षण भयो ।

के यो नै उनको अपराध हो त रु के नेपालमा ु एण्टी स्नेक भेनम ु उत्पादन गर्न सर्प पालन गर्नु कुनै अपराध होर रु प्रत्येक वर्ष सर्प दंश वाट मारीने गरेका हजारौ जनताको जीवन रक्षाको लागी नेपालमा औषधी उत्पादन गर्न सुरू गर्नु कुनै अपराध हो त रु होईन भने विषयको गम्भीरता नबुझिकन जथाभाबी लेख्नु , समस्याको महत्व नवुझीकन कसैलाई आरोपित गर्नु , अनी विषय वस्तुलाई पूर्वाग्रह राखेर वाङ्गो टिङ्गो वनाई प्रस्तुत गर्नु सर्वथा उचित हुन सक्दैन ।

अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक नेताको रूपमा परिचय वनाएका झलनाथ खनाललाई वदनाम गर्न अनेक प्रपञ्च सुरू भएको छ । खराव नियत सहित विषय वस्तुलाई वङ्ग्याएर गरिएको प्रचारलाई कदापि उचित मान्न सकिन्न । कमरेड झलनाथ खनाल तत्कालीन नेकपा मालेका महासचिव चलाएर आएका वैचारीक नेता हुन ।

उनी नेकपा मालेको तर्फवाट २०४५्०४६ सालको जनआन्दोलनको नेतृत्व गरेर २०४८ सालको अन्तरिम सरकारमा वन तथा भूसंरक्षण र भुमीसुधार मन्त्री र २०५४ सालको संयुक्त सरकारमा संचार मन्त्री भएका वरिष्ट नेता हुन ।

उनी नेकपा एमालेको आठौ महाधिवेशनवाट पहिलो पटक निर्वाचित पार्टी अध्यक्ष र २०६७ सालमा देशको प्रधानमन्त्री भएर कार्य सम्पादन गरिसकेका निष्कलङ्क नेता हुन । यती धेरै सार्वजनिक जिम्मेवारीबाट कलङ्क रहित ढंगले निस्केर आएका कमरेड झलनाथ खनाललाई अहिले खुद्रा मसिना कुरामा वद्नाम गर्न खोज्नेहरू कहिल्यै सफल हुने छैनन । सवैलाई चेतना भया ।

अनलाइन सगरमाथामा भदौ १९, २०७७ मा प्रकाशित ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पुरुषोत्तम पौडेल

पुरुषोत्तम पौडेल

Discussion about this post

Connect with us

Recommended

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.