Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बेसार मूर्खको सुन हो तर स्मरण क्षय हुनेका लागि उपयोगी हुन सक्छ

डन म्याकीन   डन म्याकीन  
असार ५, २०७७
- स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एन्टिइन्फ्लामेटोरी र एन्टिअक्सिडेन्ट गुण भनेर कहलिएको वनस्पति धेरै स्वास्थ्य समस्याहरुमा उपयोगी हुन्छ भनी विश्वास गरिन्छ। के त्यो साँचो हो?

    के तपाईंले कफि, आइसक्रीम र बनाना सेकमा हुने सुन्तले या खैरो रङ के को हो भनेर सोच्नु भएको छ? त्यो तपाईंहामीले थाहा पाएकै तत्वको हो–  त्यो बेसारको रङ हुनसक्छ। त्यो वनस्पतिको जरा औषधिका रुपमा खानासँगै, चक्कि र पाउडर को रूपमा सर्वत्र प्रयोगमा छ।

    बेसार दक्षिण एशियामा उत्पादन हुने सप्लिमेन्ट–पोषणका रुपमा अत्यधिक प्रयोग हुन थालेको छ। सन् २०१८ मा अमेरिकामा करीव ३३ करोड डलरको बिक्री भयो। यस्तो बिक्रि न्युट्रिशन बिजनल जर्नलको एक रिपोर्ट अनुसार एक दशकअघिको तुलनामा सात गुणा बढी छ।

    धेरै घरका भान्साको भण्डारलाई उज्यालो बनाउँदै, यस बेसारले दैनिक जीवन, खाद्य– परिकार सीप, र सांस्कृतिक तथा ओखतिमूलोको परम्परालाई धानेको हुन्छ। यो बेसारको वनस्पति नाम कुर्कुमा लोङ्गा (Curcuma longa हो। यसलाई अदुवा परिवारकै सदस्य मानिएको छ। यो बेसार हजारौं बर्षदेखि आयुर्वेदिक औषधिमा प्रयोग भइरहेको छ। घाउमा बेसार दल्दा यसले संक्रमणविरुद्ध काम गर्ने विश्वास गरिन्छ। यसलाई दूधसँग मिलाई खाए दिमागलाई शान्त राख्छ। भारतमा नयाँ गृह प्रवेश गर्दा सुख निम्त्याउन बेसारको लेदो पोतिन्छ।  

    “बेसार शुभ लक्षण हो र महत्त्वपूर्ण जडिबुटी मध्ये एक हो,” राष्ट्रिय आयुर्वेदिक मेडिकल एसोसिएशनका बोर्ड सदस्य अनुपमा किजाकक्वेभिटिलले भने।

    चाना पारिएको वा सुकाएर पाउडर बनाइएको, बेसारले हाम्रो तरकारीमा गाढा सुन्तले तथा माटो जस्तो रङ र हलुका तितो स्वाद ल्याउँछ।  धेरै बेसारका सप्लिमेन्टमा  हुने सक्रिय तत्व कर्कुमिन हो। सुक्खा बेसारमा कर्कुमिन, अन्य कर्क्यूमिनोइड यौगिकहरूसमेत गरी करिब ३ प्रतिशत मात्र पाइन्छ।

    यसका व्यापारिक बोतलमा बेसार लेखिएपनि सक्रिय तत्व भनेर चाहीँ कर्क्युमिन लेखिएको हुन्छ।

    बेसारका प्रचारकहरुले दावी गरेका फाइदाहरु के हुन् ?

    बेसार धेरै स्वास्थ्य समस्याहरुमा उपयोगी हुन्छ भनी विश्वास गरिन्छ : उच्च कोलस्ट्रोल,  मर्गी–ज्वरो, डिप्रेशन, दन्तहर्षा, महिनावारी हुनेबेलाको पीडा र जाँडरक्सीको ह्याङओभर। आयुर्वेदिक चिकित्सामा, यसलाई एन्टिभाइरल, एन्टीव्याक्टेरियल र एन्टिपारासाइटिकको रूपमा काम गर्छ भनेर विश्वास गरिन्छ। यसलाई लामो समयदेखि मधुमेह, दुखाइ, जोर्नीबाथ, ओस्टियोआर्थराइटिस, स्मरण क्षय र एक्जिमा जस्ता छालाको समस्यामा प्रयोग गरिएको छ।

    “हामी यसलाई विभिन्न समस्याहरुका लागि प्रयोग गर्दछौं, यो सदियौंदेखि परीक्षण गरिएको जडिबुटी हो,” डा किजाकक्वेभिटिलले भने। “दुर्भाग्यवस, हाम्रो विज्ञान पूर्णतः परीक्षण गरिएका छैनन्। यो नै वैकल्पिक औषधीको सबैभन्दा ठूलो चुनौती हो। ”

    के बेसारमा हुने मुख्य तत्व कर्क्युमिनले काम गर्छ?

    अनुसन्धानकर्ताहरूको एउटा समूहले यसबारेका उपलब्ध अनुसन्धान लेखहरु पुनरावलोकन गरेर यसको जवाफ दिन खोज्यो। सन् २०१७ मा जर्नल अफ मेडिसाइनल केमेस्ट्रीमा प्रकासित एक लेखमा, ‘पहेंलो रङको यो बेसार मूर्खको सुन हो” भन्ने निष्कर्षमा पुगेको देखिन्छ। “तिनीहरु यसले सबै कुरा निको पार्छ भनेर दावी गर्छन्” मिनेसोटा विश्वविद्यालयका अनुसन्धान सहायक प्राध्यापक र यस अध्ययनका प्रमुख लेखक क्याथरिन एम. नेल्सनले भने “मेरो लागि, त्यो खतराको झण्डा हो।”

    लन्डन, ओन्टारियोको वेस्टर्न युनिवर्सिटीका मेडिसिनका प्राध्यापक डा. अमित एक्स गर्गलाई भारतीय हुनुको नाताले बेसारलाई औषधीका रुपमा प्रयोग गरिने कुरा थाहा थियो। उनलाई यसको समृद्ध सांस्कृतिक महत्व पनि थाहा थियो। उनको विवाहको दिन, आफन्तहरूले उनको शरीरभरी बेसार दलेका थिए। यसरी दल्नाले सुद्ध (सफा भन्दा पाप पखालिने अर्थमा) होइन्छ भनेर थियो।

    डा. गर्ग र उनका सहयोगीहरूले एउटा सानो अध्ययनमा कर्क्युमिनको प्रभावकारिता देखे। यसपछि, ज्यादै उत्साहित भएर सो समूहले महाधमनीको शल्यक्रियामा हुनसक्ने हृदयघात, मृगौलामा चोटपटक र मृत्यु  समेतबाट सुरक्षित बनाउने आशामा ठूलो स्तरमा बेसारलाई औषधि मान्दै परीक्षण गर्ने निर्णय गर्‍यो। त्यसपछिको र्‍याण्डम क्लिनिकल परीक्षणमा, ६०६ बिरामीहरू मध्ये आधा (३०३) लाई चार दिनको लागि आठ पटक २,००० मिलीग्राम कर्क्युमिन (सक्रिय तत्व) दिइएको थियो, जबकि अन्य ३०३ जनालाई प्लेसिबो (कुनै असर नभएको तत्व) दिइएको थियो।

    “यस परिक्षणबाट हामीलाई निराशा नै हाता लाग्यो, यस अध्ययनबाट कुनै पनि लाभ प्रदर्शन गर्न सकिएन” डा. गर्गले क्यानाडाली मेडिकल एसोसिएशन जर्नलमा गत वर्ष प्रकाशित अध्ययनको एक लेखमा भनेका छन्।

    नेशनल सेन्टर फर सप्लिमेन्ट एण्ड इन्टिग्रेटेड हेल्थका अनुसार ‘वास्तवमा मानवमा कुनै पनि समस्याहरुका लागि बेसार वा कुर्क्युमिन सिफारिस गर्न सकिने पर्याप्त भरपर्दो प्रमाण छैन।’

    प्रयोगशालामा गरिएका सेल्युलर र जनावरमाथिको अध्ययनले गर्दा पनि बेसार खानाको परिकारको प्रिय पात्र बन्यो। केही अनुसन्धानहरुले बेसार र कर्क्युमिन (बेसारका सप्लिमेन्टहरुका सक्रिय तत्व) दुबैमा एन्टिइन्फ्लामाटोरी, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टिपारासाइटिक गुण रहेको देखाए। तर यी सबैजसो प्रयोशालाका अध्ययनहरुमा देखिएका हुन् र धेरै अवस्थाहरुमा क्लिनिकल परिक्षणहरुमा प्रिक्लिनिकल अनुसन्धानका उपलब्धिहरुको अवलोकन गरिदैन।

    प्राकृतिक चिकित्साका सूचनासंग्रहमा बेसारलाई आहाराको पूरक,  जडीबुटी औषधि, र सहयोगी तथा एकीकृत औषधि–उपचारका रुपमा प्रयोग गर्न सकिने भनेर उल्लेख गरिएको पाइन्छ। जब कि केही क्लिनिकल अनुभवमा बेसारको मुख्य तत्व कर्क्युमिन डिप्रेसन, रुघाज्वरो, हाइपरलिपिडेमिया, अल्सरेटिव कोलाइटिस, ओस्टियोआर्थराइटिस र नन–अल्कोहोलिक फ्याट लिभरका समस्याका लागि लाभदायक हुन सक्छन् कि भन्ने पाइएको छ। यी समस्याहरू मध्ये कुनैका लागि पनि अहिलेका प्रमाणका आधारमा यसलाई सिफारिस गर्ने काम हतपत नै हुन्छ।   

    प्राकृतिक चिकित्साले पत्ता लगाएको छ कि स्मरण क्षय, मधुमेह, थकाइ, जोर्नीबाथ, दन्तहर्षा,  जोर्नी दुखाइ,  महिनावारी हुनलाग्दाको समस्या, एक्जिमा वा जाँडरक्सीको ह्याङ्गओभरको लागि बेसरा वा कर्क्युमिनको प्रयोग गर्न सकिने कुनै वैज्ञानिक प्रमाणहरू पर्याप्त छैन।

    चिकित्सकहरु भन्छन् कि पर्याप्त अनुसन्धान गर्नु आवश्यक छ। तर प्राध्यापक डा. ग्यारी डब्ल्यू स्माल भने आशावादी छन्। उनी क्यालिफोर्निया विश्वविद्यालय, डेविड गेफेन स्कूल अफ मेडिसिन, लस एन्जलसका मनोचिकित्सा तथा जीवविज्ञान विज्ञानका एक प्राध्यापक हुन्। उनले स्मरण क्षयका लागि कर्क्युमिनले गरेको असरबारे अध्ययन गरेका छन्। त्यस अध्ययनबाट उनले धेरै उपचारात्मक सम्भावना देखेका छन्। उनले यो पनि भनेका छन् हालको अनुसन्धानले कर्क्युमिनको जैविक असर प्रदर्शन गर्दछ।

    भावानुवादः न्यूयोर्क टाइम्समा २०१९ अक्टुवर १७ मा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डन म्याकीन  

      डन म्याकीन  

      Related Posts

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      दवाब समूह र लाचार सरकार

      दवाब समूह र लाचार सरकार

      मेनुका बस्नेत
      अशोज ४, २०८०

      निजी विद्यालयहरूलाई केही वर्षभित्रै गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने आफैले यसअघि गरेको निर्णयमा सरकार लचक भएपछि राज्यको नीति निर्माणमा स्वार्थ...

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      डा. अर्जुन कार्की
      चैत्र १४, २०७९

      विश्व श्रम बजारमा स्थापित हुने खालका विद्यार्थी उत्पादन गर्न हाम्रा विश्वविद्यालयहरू कमजोर देखिएका छन्। यसलाई गोलमटोल रुपमा पनि नबुझौं, यसभित्र...

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      विष्णु कार्की
      माघ २, २०७९

      अहिलको प्रतिस्पर्धात्मक समय र प्रविधिको युग सापेक्ष बनाउन हाम्रो शिक्षा प्रणालीमा ठूलो सुधारको आवश्यकता धेरैले महशुस गरेको कुरा हो। सामाजिक...

      समाजवादी शिक्षा व्यवस्थाः चीनमा भएका केही प्रयोगहरू

      nepal_readers
      अशोज १२, २०७९

      चीनमा समाजवादी निर्माण प्रक्रियाका तमाम प्रयोगहरू मध्ये शिक्षा व्यवस्था सम्बन्धी प्रयोग सबैभन्दा महत्वपूर्ण प्रयोग हो। समाजवादी व्यवस्था स्थापनापछि चीन र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.