Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा

बेसार मूर्खको सुन हो तर स्मरण क्षय हुनेका लागि उपयोगी हुन सक्छ

by डन म्याकीन  
June 19, 2020
- स्वास्थ्य /शिक्षा
बेसार मूर्खको सुन हो तर स्मरण क्षय हुनेका लागि उपयोगी हुन सक्छ
Share on FacebookShare on TwitterEmail

एन्टिइन्फ्लामेटोरी र एन्टिअक्सिडेन्ट गुण भनेर कहलिएको वनस्पति धेरै स्वास्थ्य समस्याहरुमा उपयोगी हुन्छ भनी विश्वास गरिन्छ। के त्यो साँचो हो?

के तपाईंले कफि, आइसक्रीम र बनाना सेकमा हुने सुन्तले या खैरो रङ के को हो भनेर सोच्नु भएको छ? त्यो तपाईंहामीले थाहा पाएकै तत्वको हो–  त्यो बेसारको रङ हुनसक्छ। त्यो वनस्पतिको जरा औषधिका रुपमा खानासँगै, चक्कि र पाउडर को रूपमा सर्वत्र प्रयोगमा छ।

बेसार दक्षिण एशियामा उत्पादन हुने सप्लिमेन्ट–पोषणका रुपमा अत्यधिक प्रयोग हुन थालेको छ। सन् २०१८ मा अमेरिकामा करीव ३३ करोड डलरको बिक्री भयो। यस्तो बिक्रि न्युट्रिशन बिजनल जर्नलको एक रिपोर्ट अनुसार एक दशकअघिको तुलनामा सात गुणा बढी छ।

धेरै घरका भान्साको भण्डारलाई उज्यालो बनाउँदै, यस बेसारले दैनिक जीवन, खाद्य– परिकार सीप, र सांस्कृतिक तथा ओखतिमूलोको परम्परालाई धानेको हुन्छ। यो बेसारको वनस्पति नाम कुर्कुमा लोङ्गा (Curcuma longa हो। यसलाई अदुवा परिवारकै सदस्य मानिएको छ। यो बेसार हजारौं बर्षदेखि आयुर्वेदिक औषधिमा प्रयोग भइरहेको छ। घाउमा बेसार दल्दा यसले संक्रमणविरुद्ध काम गर्ने विश्वास गरिन्छ। यसलाई दूधसँग मिलाई खाए दिमागलाई शान्त राख्छ। भारतमा नयाँ गृह प्रवेश गर्दा सुख निम्त्याउन बेसारको लेदो पोतिन्छ।  

“बेसार शुभ लक्षण हो र महत्त्वपूर्ण जडिबुटी मध्ये एक हो,” राष्ट्रिय आयुर्वेदिक मेडिकल एसोसिएशनका बोर्ड सदस्य अनुपमा किजाकक्वेभिटिलले भने।

चाना पारिएको वा सुकाएर पाउडर बनाइएको, बेसारले हाम्रो तरकारीमा गाढा सुन्तले तथा माटो जस्तो रङ र हलुका तितो स्वाद ल्याउँछ।  धेरै बेसारका सप्लिमेन्टमा  हुने सक्रिय तत्व कर्कुमिन हो। सुक्खा बेसारमा कर्कुमिन, अन्य कर्क्यूमिनोइड यौगिकहरूसमेत गरी करिब ३ प्रतिशत मात्र पाइन्छ।

यसका व्यापारिक बोतलमा बेसार लेखिएपनि सक्रिय तत्व भनेर चाहीँ कर्क्युमिन लेखिएको हुन्छ।

बेसारका प्रचारकहरुले दावी गरेका फाइदाहरु के हुन् ?

बेसार धेरै स्वास्थ्य समस्याहरुमा उपयोगी हुन्छ भनी विश्वास गरिन्छ : उच्च कोलस्ट्रोल,  मर्गी–ज्वरो, डिप्रेशन, दन्तहर्षा, महिनावारी हुनेबेलाको पीडा र जाँडरक्सीको ह्याङओभर। आयुर्वेदिक चिकित्सामा, यसलाई एन्टिभाइरल, एन्टीव्याक्टेरियल र एन्टिपारासाइटिकको रूपमा काम गर्छ भनेर विश्वास गरिन्छ। यसलाई लामो समयदेखि मधुमेह, दुखाइ, जोर्नीबाथ, ओस्टियोआर्थराइटिस, स्मरण क्षय र एक्जिमा जस्ता छालाको समस्यामा प्रयोग गरिएको छ।

“हामी यसलाई विभिन्न समस्याहरुका लागि प्रयोग गर्दछौं, यो सदियौंदेखि परीक्षण गरिएको जडिबुटी हो,” डा किजाकक्वेभिटिलले भने। “दुर्भाग्यवस, हाम्रो विज्ञान पूर्णतः परीक्षण गरिएका छैनन्। यो नै वैकल्पिक औषधीको सबैभन्दा ठूलो चुनौती हो। ”

के बेसारमा हुने मुख्य तत्व कर्क्युमिनले काम गर्छ?

अनुसन्धानकर्ताहरूको एउटा समूहले यसबारेका उपलब्ध अनुसन्धान लेखहरु पुनरावलोकन गरेर यसको जवाफ दिन खोज्यो। सन् २०१७ मा जर्नल अफ मेडिसाइनल केमेस्ट्रीमा प्रकासित एक लेखमा, ‘पहेंलो रङको यो बेसार मूर्खको सुन हो” भन्ने निष्कर्षमा पुगेको देखिन्छ। “तिनीहरु यसले सबै कुरा निको पार्छ भनेर दावी गर्छन्” मिनेसोटा विश्वविद्यालयका अनुसन्धान सहायक प्राध्यापक र यस अध्ययनका प्रमुख लेखक क्याथरिन एम. नेल्सनले भने “मेरो लागि, त्यो खतराको झण्डा हो।”

लन्डन, ओन्टारियोको वेस्टर्न युनिवर्सिटीका मेडिसिनका प्राध्यापक डा. अमित एक्स गर्गलाई भारतीय हुनुको नाताले बेसारलाई औषधीका रुपमा प्रयोग गरिने कुरा थाहा थियो। उनलाई यसको समृद्ध सांस्कृतिक महत्व पनि थाहा थियो। उनको विवाहको दिन, आफन्तहरूले उनको शरीरभरी बेसार दलेका थिए। यसरी दल्नाले सुद्ध (सफा भन्दा पाप पखालिने अर्थमा) होइन्छ भनेर थियो।

डा. गर्ग र उनका सहयोगीहरूले एउटा सानो अध्ययनमा कर्क्युमिनको प्रभावकारिता देखे। यसपछि, ज्यादै उत्साहित भएर सो समूहले महाधमनीको शल्यक्रियामा हुनसक्ने हृदयघात, मृगौलामा चोटपटक र मृत्यु  समेतबाट सुरक्षित बनाउने आशामा ठूलो स्तरमा बेसारलाई औषधि मान्दै परीक्षण गर्ने निर्णय गर्‍यो। त्यसपछिको र्‍याण्डम क्लिनिकल परीक्षणमा, ६०६ बिरामीहरू मध्ये आधा (३०३) लाई चार दिनको लागि आठ पटक २,००० मिलीग्राम कर्क्युमिन (सक्रिय तत्व) दिइएको थियो, जबकि अन्य ३०३ जनालाई प्लेसिबो (कुनै असर नभएको तत्व) दिइएको थियो।

“यस परिक्षणबाट हामीलाई निराशा नै हाता लाग्यो, यस अध्ययनबाट कुनै पनि लाभ प्रदर्शन गर्न सकिएन” डा. गर्गले क्यानाडाली मेडिकल एसोसिएशन जर्नलमा गत वर्ष प्रकाशित अध्ययनको एक लेखमा भनेका छन्।

नेशनल सेन्टर फर सप्लिमेन्ट एण्ड इन्टिग्रेटेड हेल्थका अनुसार ‘वास्तवमा मानवमा कुनै पनि समस्याहरुका लागि बेसार वा कुर्क्युमिन सिफारिस गर्न सकिने पर्याप्त भरपर्दो प्रमाण छैन।’

प्रयोगशालामा गरिएका सेल्युलर र जनावरमाथिको अध्ययनले गर्दा पनि बेसार खानाको परिकारको प्रिय पात्र बन्यो। केही अनुसन्धानहरुले बेसार र कर्क्युमिन (बेसारका सप्लिमेन्टहरुका सक्रिय तत्व) दुबैमा एन्टिइन्फ्लामाटोरी, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टिपारासाइटिक गुण रहेको देखाए। तर यी सबैजसो प्रयोशालाका अध्ययनहरुमा देखिएका हुन् र धेरै अवस्थाहरुमा क्लिनिकल परिक्षणहरुमा प्रिक्लिनिकल अनुसन्धानका उपलब्धिहरुको अवलोकन गरिदैन।

प्राकृतिक चिकित्साका सूचनासंग्रहमा बेसारलाई आहाराको पूरक,  जडीबुटी औषधि, र सहयोगी तथा एकीकृत औषधि–उपचारका रुपमा प्रयोग गर्न सकिने भनेर उल्लेख गरिएको पाइन्छ। जब कि केही क्लिनिकल अनुभवमा बेसारको मुख्य तत्व कर्क्युमिन डिप्रेसन, रुघाज्वरो, हाइपरलिपिडेमिया, अल्सरेटिव कोलाइटिस, ओस्टियोआर्थराइटिस र नन–अल्कोहोलिक फ्याट लिभरका समस्याका लागि लाभदायक हुन सक्छन् कि भन्ने पाइएको छ। यी समस्याहरू मध्ये कुनैका लागि पनि अहिलेका प्रमाणका आधारमा यसलाई सिफारिस गर्ने काम हतपत नै हुन्छ।   

प्राकृतिक चिकित्साले पत्ता लगाएको छ कि स्मरण क्षय, मधुमेह, थकाइ, जोर्नीबाथ, दन्तहर्षा,  जोर्नी दुखाइ,  महिनावारी हुनलाग्दाको समस्या, एक्जिमा वा जाँडरक्सीको ह्याङ्गओभरको लागि बेसरा वा कर्क्युमिनको प्रयोग गर्न सकिने कुनै वैज्ञानिक प्रमाणहरू पर्याप्त छैन।

चिकित्सकहरु भन्छन् कि पर्याप्त अनुसन्धान गर्नु आवश्यक छ। तर प्राध्यापक डा. ग्यारी डब्ल्यू स्माल भने आशावादी छन्। उनी क्यालिफोर्निया विश्वविद्यालय, डेविड गेफेन स्कूल अफ मेडिसिन, लस एन्जलसका मनोचिकित्सा तथा जीवविज्ञान विज्ञानका एक प्राध्यापक हुन्। उनले स्मरण क्षयका लागि कर्क्युमिनले गरेको असरबारे अध्ययन गरेका छन्। त्यस अध्ययनबाट उनले धेरै उपचारात्मक सम्भावना देखेका छन्। उनले यो पनि भनेका छन् हालको अनुसन्धानले कर्क्युमिनको जैविक असर प्रदर्शन गर्दछ।

भावानुवादः न्यूयोर्क टाइम्समा २०१९ अक्टुवर १७ मा प्रसारित।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
डन म्याकीन  

डन म्याकीन  

Connect with us

Recommended

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.