Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उपभोक्तावाद र एमाले महाधिवेशन

देशैभरी यस्तो पंक्तिले नै पार्टीलाई ड्राइभ गरिरहेको छ जो पार्टी निर्माणको हिस्सा थिएन, केवल उपभोगको हिस्सा थियो। यो उपभोक्ता वर्गले न उत्पादन (पार्टी निर्माण) मा पूँजि (विचार, नीतिनिर्माण नेतृत्व आदि) लगानी गरेको छ न श्रम (संगठन, संघर्ष कार्यक्रम कार्यान्वयन आदि) लगानी गरेकोछ। यसको काम उत्पादित वस्तु र सेवाहरु (पार्टीका उपलव्धिहरु) को उपभोग मात्र हो।

सच्चिदानन्द जोशी सच्चिदानन्द जोशी
मंसिर ५, २०७८
- यो हप्ता, विचार, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्रौं सताव्दितिरबाट दुनियाँमा विस्तारै यस्तो वर्ग देखापर्न थाल्यो, जो उत्पादनको हिस्सा थिएन, केवल उपभोगको हिस्सा थियो। जसलाई उपभोक्ता भनियो। वर्गका हिसाबले उत्पादनमा दुई वर्गको उपस्थितिलाई स्विकार गरिन्छ, पूँजीपति वर्ग र श्रमिक वर्ग। अर्थात पूँजी लगानी गर्नेवाला र श्रम लगानी गर्नेवाला। तर यो उपभोक्ता वर्ग न उत्पादनमा पूँजी लगानी गर्छ न श्रम लगानी गर्छ। उत्पादित वस्तु र सेवाहरूको उपभोग मात्र हो यसको काम। यस वर्गले आवश्यकताका कारण उपभोग गर्दैन बरु उपभोगका लागि आवस्यकता पैदा गरिदिन्छ। यस्तो आवश्यकता जसले उत्पादक वर्गलाई अझ वढी वस्तु र सेवाको उत्पादनका लागि वाध्य पारिदिन्छ। प्रतिस्पर्धात्मक पूँजीवादको कालमा यो यति धेरै बढ्छ कि उत्पादकहरू गलाघोट–प्रतिस्पर्धामा उत्रन्छन्।

    लेखक- सच्चिदानन्द जोशी

    अत्यधिक उत्पादनले उत्पादकहरूमा उत्पादनको नसा चढाइदिन्छ र अति उत्पादनको बिक्रिका नयाँ–नयाँ उपभोक्ता तयार पार्नु उसको अत्यावश्यक वाध्यता बन्नजान्छ। त्यसले उनिहरूलाई नयाँ–नयाँ वजार विस्तारको आवस्यकता पर्छ। उत्पादनको दुनियाँमा एउटा नयाँ विषयक्षेत्रको प्रवेश हुन्छ–विज्ञापन, जसले वस्तुको वास्तविक फिचरभन्दा इमेजनरी फिचर (काल्पनिक गुण)लाई नै वढाइचढाइ गर्दछ। अर्को नयाँ विषयक्षेत्र पनि देखापर्छ। त्यो हो, अत्यावस्यक वस्तु तथा सेवाको उत्पादनमा कटौती र अर्थहीन वस्तु तथा सेवाहरूको उत्पादनमा अत्यधिक वृद्धि। फेन्सि सामान भन्नुस् वा लग्जरी, डेकोरेटिभ वा स्टाटस मेकर।

    अब उत्पादकसँग अतिउत्पादित वस्तु त हुन्छ नै, अझ अतिउत्पादक इच्छा र अतिउत्पादक तथा विशिष्टिकृत श्रमशीप पनि हुन्छ। जसको कारण वजारको विस्तार अपरिहार्य हुनजान्छ र वजारको विस्तार एवं विस्तारित बजारको सुरक्षाका लागि नयाँ–नयाँ युद्धहरू जन्मन्छन्। युद्धले उनीहरूलाई नयाँ उत्पादनको खपतको नयाँ मार्ग देखाउँछ, भनौं नयाँ उपभोक्ता देखाउँछ। नयाँ उपभोक्ताले थप उत्पादनको आवश्यकतालाई वढाइदिन्छ। र, उनीहरू थप बजार र थप बजारका लागि थप युद्धको गोलचक्करमा फस्छन्। उपभोक्तावादबारे अहिलेलाई यत्ति। धेरै जान्नलाई त भेन्स प्याकर्डको ‘दि वेष्ट मेकर’ पढे भैगो।

    =========

    अब कुरा एमाले महाधिवेशनबारे। यसपटकको महाधिवेशन आगामी लामो समय सम्मका लागि नेतृत्वको एउटा नयाँ पंक्ति तयार पार्ने नै हो। यस्तो पंक्ति जसले पार्टीमा देखिएको नयाँ वर्गको आवश्यकतालाई सम्बोधन गर्न सकोस्। आधा साथीहरूले छोडेर गैसकेपछि खालि रहेको ठाउँमा आफुलाई फिट देख्नेहरूको पनि ठुलै पंक्ति तयार भइसकेको छ, जो ‘उभन्दा उ राम्रो’को तछाडमछाडमा सिंगारिएर महाधिवेशन पुग्दैछन् र आफुलाई त्यहाँ सो–अफ गर्नेछन्। क्रेताका रूपमा जम्मा हुने कार्यकर्ताहरूको ठुलो हिस्सा माथि उल्लेख भएको उपभोक्ता जस्तै छन्, जसको पार्टी निर्माणमा उत्पादक हिस्सेदारी छैन, बरु उपभोग हिस्सेदारी छ। त्यहि नयाँ वर्ग (उपभोक्तावर्ग) ले पार्टीलाई नयाँ –नयाँ आवशयकता पैदा गरिदिएका छन् र ती आवश्यकताहरू पुरा गर्नु पार्टीको मुख्य दायित्व बनेको छ।

    पार्टी निर्माणमा खासगरी दुईवटा पंक्ति लागेको हुन्छ, नेता र कार्यकर्ता। तर समयक्रममा पार्टीमा यस्तो पंक्ति तयार भयो जो न नेता हो न कार्यकर्ता, उ उपभोक्ता हो। देशैभरी यस्तो पंक्तिले नै पार्टीलाई ड्राइभ गरिरहेको छ जो पार्टी निर्माणको हिस्सा थिएन, केवल उपभोगको हिस्सा थियो। यो उपभोक्ता वर्गले न उत्पादन (पार्टी निर्माण) मा पूँजी (विचार, नीतिनिर्माण नेतृत्व आदि) लगानी गरेको छ न श्रम (संगठन, संघर्ष कार्यक्रमको कार्यान्वयन आदि) लगानी गरेकोछ। यसको काम उत्पादित वस्तु र सेवाहरू (पार्टीका उपलव्धिहरू)को उपभोग मात्र हो। यो वर्ग आफ्नो वर्गीय आवश्यकताका कारण पार्टीमा लागेको होइन। बरु आफ्नो हितमा आवश्यकता पैदा गर्न पार्टीको हिस्सा बनेको हो। यस्तो आवश्यकता, जसले पार्टीका नेताकार्यकर्ता (उत्पादक शक्ति)लाई अझ वढी वस्तु र सेवाको उत्पादनका लागि वाध्य पारिरहेको हुन्छ।

    गरीब, दलित, महिला, श्रमिकजस्ता शव्दहरूलाई पत्रु बनाउन खोजेको थियो पार्टी नेतृत्वले। उ त्यसमा सफल भएको छ। र, रेल, हवाइजहाज, सडक बिल्डिङ, धरहरा र रानीपोखरीहरू वहुदलीय जनवादका विशेषता वन्दै गएका छन्। नेता कार्यकर्ताहरू पनि आपसी गलाघोट प्रतिस्पर्धामा उत्रेकाछन्। असल वा खराब होइन, बिकाउ नीति र कार्यक्रमहरूका बाढी नै आएका छन्। ‘नेपालमा राम जन्मभूमी बनाउछुँ’ भन्ने पार्टी अध्यक्ष मात्र एमालेमा छैनन्, ‘चारधाम कै संग्रहालय वनाउछुँ’ भन्ने माधव कामरेडका अनुयायी पनि मस्तै छन्।

    नेताकार्यकर्ताहरूमा ‘पार्टी काम’ गर्ने नशा चढाइदिएको छ। काम के नसोध्नुस्, ‘काम कतिको?’ प्रश्न प्रधान भएको छ। अब नेता कार्यकर्ताहरूलाई पनि अति उत्पादन (अनौठा नीति तथा कार्यक्रम) को बिक्रिका नयाँ–नयाँ उपभोक्ता तयार पार्नु वाध्यता बन्न गएको छ। त्यसले उनीहरूलाई नयाँ–नयाँ बजार विस्तारको आवश्यकता परेको छ। पार्टी कामको दुनियाँमा एउटा नयाँ विषयक्षेत्रको प्रवेश भएको छ ः विज्ञापन, जसले वस्तुको वास्तविक फिचरभन्दा इमेजनरी फिचरलाई नै वढाइँचढाइँ गर्दछ। एमाले नेतृत्व पंक्तिभित्र पनि विज्ञापनको प्रतिस्पर्धा चलेको छ उ भन्दा उ राम्रोको। अर्को नयाँ विषयक्षेत्र पनि देखापरेको छ, त्यो हो तात्विक नीति तथा कार्यक्रमको कटौती र अर्थहीन नीति तथा कार्यक्रमहरूमा अत्यधिक वृद्धि।

    विकास र समृद्धिको ‘बोगस’ फेहरिस्त। अब पार्टीसँग यस्ता अतिउत्पादित बोगस नीति तथा कार्यक्रम त छ नै, अझ अतिउत्पादक इच्छा र अतिउत्पादक तथा विशिष्टिकृत श्रमसीप (कायर्ककर्ता) पनि छ। जसको कारण पार्टीको विस्तार अपरिहार्य हुनगएको छ र पार्टीको विस्तार एवं विस्तारित पार्टीको सुरक्षाका लागि पार्टीभित्रै र पार्टीवाहिर पनि नयाँ–नयाँ झगडाहरू जन्मेका छन्। नयाँ खाले सेना तयार भएका छन्। ती झगडाले उनिहरूलाई नयाँ नीति कार्यक्रमको खपतको नयाँ मार्ग देखाइ रहेका छन्, नयाँ–नयाँ उपभोक्ता पनि।
    अब पार्टीमा एक महिना लगाएर एकजना कार्यकर्ता प्रवेश गराउने दिन गए। अब त एउटा गफ दिने, अलिकति आश्वासन दिने, कुनै योजना वा ठेक्का दिने वा अझ कनै पद, पैसा वा ‘प्रतिष्ठा’ दिने र मास पार्टी प्रवेस गराउने क्रम बढेको छ।अर्काे ठाउँमा पनि पार्टी सदस्य मात्रै होइन पदाधिकारी नै एकै पटक कयौ पार्टीको सदस्य मात्र होइन पदाधिकारी नै देखिन थालेका छन् ।

    यसरी थपिएका नयाँ उपभोक्ताले थप उत्पादनको आवश्यकतालाई बढाइदिएका छन् र थप वढाउँदै लानेछन्। अनि नेता कार्यकर्ताहरू थप बजारको विस्तार र थप विस्तारित बजारका लागि थप झगडाको गोलचक्करमा फस्दैछन्, फस्दै जानेछन्। विस्तारै पुनः विभाजन, पुनः एकिकरणजस्ता नाटकको मञ्चन गर्दै माथिल्लो पंक्तिमा आफुलाई सार्दै लग्नेहरूले नेता कार्यकर्ताको ठाउँ लिदैछन र अन्तत ः एकदिन न पूँजी न श्रम लगानी गरेको पंक्तिले बनमारा झारजस्तै सम्पूर्ण रूपमा पार्टीलाई निल्नेछ। तर न पूँजी भएको न श्रमशीप भएको त्यो पंक्ति लामो समय अस्तित्वमा रहने कुरै आउदैन र अन्नत : पार्टी बिलयको दिशामा अघि बढ्ने छ। उपभोक्तालाई त के फरक पर्छ र यो दोकान बन्द भए अर्को दोकान, त्यो पनि बन्द भए अर्को दोकान छँदैछ।

    महाधिवेशनमा जम्मा हुने गैरउपभोक्ता कार्यकर्ताहरूको सचेत प्रयत्नले केही फरक पार्न सक्छ की भन्ने झिनो आशालाई मर्न नदिने हो भने ‘चितवन कुम्भमेला’को विसर्जनसम्म पर्खनै पर्छ। यद्दपि कतिपय प्रेडिक्टेबल कुराहरूमा धेरै आशा गर्नु पिडादायी हुनसक्छ। ढुक्क हुने कुरा के हो भने यस पटकको महाधिवेशन केपी कामरेडलाई मुख्य नेतृत्व देखाउँदै आगामी लामो समय सम्मका लागि नेतृत्वको एउटा नयाँ पंक्ति तयार पार्ने नै हो, यस्तो पंक्ति जसले पार्टीमा देखिएको नयाँ वर्गको आवश्यकतालाई सम्बोधन गर्न सकोस्।
    एमाले अधिवेशनबारे अहिलेलाई यत्ति।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सच्चिदानन्द जोशी

      सच्चिदानन्द जोशी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.