Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उहिलेको निबन्धमा अहिलेको व्यक्ति

गोर्कीले समाजमा नायक कसरी बन्छ, नायक बनिसकेपछि बिस्तारै व्यक्ति कसरी समाजबाट अलगिदै जान्छ र उसको व्यक्तित्व विघटन हुन्छ भन्ने कुराको ऐतिहासिक भौतिकवादी दृष्टिले व्याख्या गरेका छन्।

झलक सुवेदी झलक सुवेदी
अशोज १३, २०८०
- पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा साहित्यप्रति रुची राख्नेहरुकाबीच माक्सिम गोर्की (एलेक्सी म्याक्सिमोभिच पेस्कोभ) चिरपरिचित नाम हो। गोगोल, पुस्क्नि, दोस्तोव्स्की, टालस्टायका नम जस्तै गोर्की शास्त्रीय रुसी साहित्यका सबैभन्दा बढी पढिएका लेखकहरुमा पर्छन। नेपाली पाठकका माझ उनको विश्वप्रसिद्ध उपन्यास आमा, उनका आत्मकथा रहेका मेरो बाल्यकाल, मेरो किशोरावस्था र मेरो विश्वविद्यालय लगायत अरु धेरै कथा र उपन्यास लोकप्रिय रहेका छन्। अर्कोतिर नेपालको समाजवादी यथार्थवादी (प्रगतिवादी) धाराका लेखकहरुका लागि उनी गुरु समान मानिन्छन्। उनका बारेमा धेरै लेखिएको पनि छ। तर उनको समग्र साहित्यिक व्यक्तित्व भने अझै पनि हाम्रा सामु उद्घाटन भएको छैन। उनका अनेक रचनाहरु नेपालीमा अनुदित नभएका मात्र हैनन अंग्रेजी अनुवादका पुस्तक पनि हामीसम्म आइपुगेका छैनन्।

    पछिल्लो समय लेखक निनु चापागाई गोर्कीका केही लेख रचनाको अनुवाद गरेर नेपाली पाठकसम्म लाने प्रयत्नमा लागेका छन्। उनले गरेको पछिल्लो अनुवादका रुपमा व्यक्तित्वको विघटन निबन्ध बेला प्रकाशनले बजारमा ल्याएको छ। यो निबन्ध उनका निबन्धहरु समेटिएको अन लिटरेचर अंग्रेजी संग्रहबाट गरिएको हो।

    प्रस्तुत निबन्धमा गोर्कीले समाजमा नायक कसरी बन्छ, नायक बनिसकेपछि बिस्तारै व्यक्ति कसरी समाजबाट अलगिदै जान्छ र उसको व्यक्तित्व विघटन हुन्छ भन्ने कुराको ऐतिहासिक भौतिकवादी दृष्टिले व्याख्या गरेका छन्। यद्यपी यहाँ कुनै दार्शनिक र या सैद्धान्तीक शब्दाडम्बरहरु पटक्कै प्रयोग भएका छैनन्। उनी सम्पूर्ण मानवीय उपलब्धीहरु, भातैतिक तथा आत्मिक दुवै, ज्ञान र सौन्दर्य, कविता र नाटक तथा समग्रमा विश्व संस्कृतिका जननी नै जनतालाई मान्छन्।

    यो पनि पढ्नुहोस् –  माक्सिम गोर्कीको सामाजिक यथार्थवाद

    माक्सिम गोर्कीको सामाजिक यथार्थवाद

    उनी लेख्छन् “जनता सारा भौतिक मूल्य सृजना गर्ने शक्ति मात्र होइन, आत्मिक मूल्यहरुको एक मात्र र अक्षय स्रोत समेत हुन्। ठीकसँग भन्दा, उनीहरु सौन्दर्य र प्रज्ञाका स्रोत हुन। …अस्तित्वमा आएका सारा महान कविता र विश्वका सम्पूर्ण वियोगान्त नाटकका स्रष्टा हुन। अनि, यी वियोगान्तमध्येको महानतम वियोगान्त नाटक विश्व संस्कृतिको इतिहास हो।”

    यसरी मानिसहरुले सामुहिक रुपमा सिर्जना गरेको दर्शन, सौन्दर्य चेत र संस्कृतिकै निरन्तरताका रुपमा मानव समाज अहिलेको समयसम्म विकास भएर आएको हो। प्रकृतिसँग गरिने संघर्षहरुका क्रममा नै मानिसहरुले धर्म सिर्जना गरे, आफ्ना सफलताका गाथा बनाउन र प्रकृति र इश्वरसँग समेत लड्न सक्ने महानायकहरु बनाए। यस्ता अनेक मिथक, लोक गाथा र कथाहरु नै अहिले पनि काव्य महाकाव्य र अरु सिर्जनाका स्रोत बनेका छन्।

    मान्छेका गोत्र या कबिला या समाजले आफ्ना लागि सिर्जना गरेका सबैको प्रतिनिधित्व गर्ने नायक पछि गएर हामी बाट म मा परिवर्तन भयो। नायक पहिले समष्टिको प्रतिनिधि थियो पछि उसलाई समष्टि भन्दा माथिको बनाइयो र उसले बिस्तारै आफ्नो समष्टिगत व्यक्तित्वलाई भुल्दै व्यक्तिमा परिवर्तन हुन गयो।

    यसरी निबन्धमा आदि मानवले कसरी आफूभित्रबाट नायक बनायो, व्यक्तिको सिर्जना गर्‍यो र पछि बिस्तारै उ एक्लिदै गयो भन्ने विस्तारमा चर्चा गरेका छन्।

    यो पनि पढ्नुहोस् –  मैले कसरी लेख्न सिकें

    मैले कसरी लेख्न सिकें

    सँगै गोर्कीले कसरी पूँजीवादी समाजमा व्यक्ति एक्लिदै गएको छ, कसरी उसको व्यक्तित्व विघटन हुँदैछ भन्ने चर्चा गर्दै समाजवाद मात्रै समष्टिगत हितहरुको रक्षा गर्ने बाटो हो भन्ने तर्क बडो बलशाली रुपमा पेश गरेका छन्। गोर्कीको यो एउटै निबन्ध पढ्दा यस्तो लाग्छ उनी पढ्न र लेख्नकै लागि जन्मेका थिए। यहि निबन्धमा जति धेरै रचना र तिनका पात्र तथा सन्देशको चर्चा गरिएको छ त्यो देख्दा म चाँही आफूलाई लघुताभाषले ग्रस्त पाउँछु।

    निबन्ध पठनीय छ र धेरै हदसम्म आजको नेपाली समाजको व्यक्तित्व विघटनको व्याख्या जस्तो लाग्छ। गोर्कीलाई पढ्न थप रुची जगाउन यो निबन्ध सहयोगी हुनेछ। अनुवादकलाई धन्यवाद।

    (नोट: एउटा कुरा चाँही भन्नुपर्ने हुन्छ, यो निबन्ध आफै भाषिक रुपमा जटिल थियो या अनुवादकले यसलाई थप जटिल बनाए भन्ने अनुमान गर्न गाह्रो छ। त्यसका लागि अंग्रेजी पाठ पढ्नुपर्ने हुन्छ। मैले त्यो पढी नसकेको हुँदा यसका लागि अनुवादकलाई नै दोष दिनु सजिलो होला। नेपाली भाषालाई यति जटिल र बढो अर्थ खोजीखोजी पढ्नुपर्ने नबनाउँदा नै यस्ता रचना सबै पाठकका लागि सम्प्रेषणीय हुने थिए।)

    पुस्तकः व्यक्तित्वको विघटन
    विधा: निबन्ध
    लेखक माक्सिम गोर्की
    अनुवादः निनु चपागाई
    प्रकाशकः बेला पब्लिकेशन

    यो पनि पढ्नुहोस् – मैले कसरी पढे ? 

    मैले कसरी पढे ?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.